२०७५ साल साउन २० गतेदेखि २६ गतेसम्मको साप्ताहीक राशीफल


मेष राशि
२० गते दिन अनुकूल भएर बित्ला । सहयोगीहरूले सहयोग गरिदेलान् । गरेका काम सफल होलान् धनमाल वस्तुहरु प्राप्त होला । मित्रजनबाट सहयोग मिल्ला । २१ र २२ गते काम गर्दागर्दै पनि असफल भइएला । मानसिक असन्तोष पर्ला । अनावश्यक घर शरीर अस्वस्थ रहला । पठनपाठनको क्षेत्र कमजोर बन्ला । २३ र २४ गते आम्दानीका नयाँ बाटा भेटिएलान् । गरेका काममा सफलता प्राप्त होला । धनमाल बस्तुहरु प्राप्त होलान् । आकस्मिक यात्राको योग बन्ला । धैर्य पूर्ण तरिकाले गरेका काम सफल होला ।२५ र २६ गते शारीरिक समस्या केही बढ्ला । बाँध विवादकाबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिहरूको फन्दामा परिएला ।
वृष राशि
२० गते ब्यथा खर्च हुने दिन रहला । लेनदेनमा जनिकका व्यक्तिहरुसँग मनमुटाब होला । नसोचेका व्यक्तिहरुबाट अपमान व्यहोर्नु पर्ला । मनमा अशान्ति रहला । आरोप लाग्ला । २१ र २२ गते समस्याहरु केही सामान्य होला । सुख्खा होला । मानसम्मान बढेर जाला । हाँसखेल गरेर दिन बित्ला । धनमाल वस्तुहरु प्राप्त होलान् । २३ र २४ गते सहयोगीबाट असहयोग होला । पठनपाठनका क्षेत्रमा कमजोरी देखिएलान्। अशुभ समाचार सुन्नुपर्ला । मनमा असन्तोष बढ्ला । शरीरमा आलस्यताको महसुस होला । २५ र २६ गते नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालवस्तुहरु आउलान् । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला । अरु दिन सामान्य रहला ।
मिथुन राशि
२० गते शुभ समाचार प्राप्त होला । परोपकार गर्ने मौका मिल्ला । सहयोगी भावना विकास होलान् । अलंकार प्राप्त होलान् । आफन्तहरुले साथ देलान् । २१ र २२ गते आर्थिक पक्ष केही कमजोर होला । मानसिक चिन्ता तथा असन्तोष रहला । गरेका काम अपुरा होलान् । २३ र २४ गते दिन केही सुखद रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला । सम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला । नयाँ काम थाल्ने योजना बन्ला । साथीभाइहरुले सहयोग गर्लान् । २५ र २६ गते पठनपाठनका क्षेत्रमा भने हानी होला । आफन्ती व्यक्तिले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा दिक्दारी मात्र लाग्ला । धन मालवस्तुको हानी होला
कर्कट राशि
२० गते मान्यजनबाट आशिर्वाद प्राप्त होला । धनमाल बस्तुहरु प्राप्त होलान् । कार्य तथा व्यवसायबाट लाभ होला । शुभकार्य गर्ने अवसर मिल्ला । २१ र २२ गते विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्ला । मनमा हर्ष होला । मिष्ठान्न भोजन प्राप्त होला । २३ र २४ गते स्वास्थ्यमा भने केही बाधा होला । धनहानि होला । झन्झटिलो यात्रा गर्नुपर्ला । बेकारको दौडधुप र हैरानी रहला । समस्याहरु जटिल होलान् । मानसिक चिन्ता पर्ला । २५ र २६ गते अन्न तथा वस्त्रको लाभ होला । विशिष्ट व्यक्तिसंग भेटघाट होला । दौडधुप गरेपनि काम सम्पन्न होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।
सिंह राशि
२० गते समय प्रतिकूल रहला । स्थान परिवर्तन गर्नुपर्ला । राज्यपक्षबाट सहयोग नहोला । आम्दानीभन्दा खर्च बढी होला । धैर्यपूर्वक गरेका काम मात्र सफल होलान् । २१ र २२ गते आँटेका कामहरु सम्पन्न होलान् । विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला । २३ र २४ गते विशिष्ट व्यक्तिको सेवा गर्ने अवसर मिल्दा । सहयोगीहरु धनमाल बस्तुहरु प्राप्त होला । व्यवसायबाट मनग्य आम्दानी होला । २५ र २६ गते स्वास्थ्य भने केही कमजोर देखिएला । धन मालवस्तुहरु हानी होलान् । नजिकका व्यक्तिसँग मनमुटाव हुन सक्ला । मानसिक चिन्ता पर्ला अपमान सहनु पर्ला ।
कन्या राशि
२० गते दिन केही संघर्षपूर्ण रहला । थालेका काम बीचैमा अपुरा होलान् । आम्दानीका लागि धेरै संघर्ष गर्नु पर्ला । कष्टपूर्ण यात्रा होला । प्रतिकुलताका वावजुत पनि केही सफलता भने होला । २१ र २२ गते राज्यपक्षबाट केही लाभ होला । शरीरमा भने आलस्यता रहिरहला । आफ्ना नजिकका व्यक्तिसँग वादविवाद हुनसक्ला । सामान्य किसिमका चोटपटक पनि लाग्न सक्ला । मनमा एक किसिमको खिन्नता रहिरहला । २३ र २४ गते विशिष्ट किसिमका व्यक्ति सहयोग प्राप्त होला । आँटेका काम सफल होलान् । मानसम्मान प्राप्त होला । धान मालवस्तुहरु लाभ होला । मनमा हर्ष रहला । २५ र २६ गते अतिथिको सेवा गर्ने मौका मिल्ला । धन मालवस्तु अलंकार प्राप्त होलान् । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला ।
तुला राशि
२० गते सहयोगी मानिसबाट सफल प्राप्त होला । नसोचेका कामहरू बन्लान् । लाभकारी यात्रा सुरुवात होला । व्यापार व्यवसायबाट मनग्य आम्दानी होला । विरोधीहरु निष्क्रिय होलान् । गरेका काम सफल होलान् । २१ र २२ गते शरीरमा विभिन्न किसिमका रोग लाग्लान् । पेटसम्बन्धी समस्याले सताउलान् । विरोधीहरु सक्रिय रहलान् । धनमाल नष्ट होला । आर्थिक संकटले मनमा चिन्ता जमाउला । २३ र २४ गते राज्यपक्षबाट भय होला । घरपरिवारसँग मनमुटाब होला । मानसिक चिन्ता पर्ला । आकस्मिक धन हानि होला । २५ र २६ गते विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा शान्ति मिल्ला । आर्थिक पक्ष मजबुत बन्ला । मनमा उत्साह बढ्ला । थालेका काम सफल होला ।
वृश्चिक राशि
२० गते विरोधीहरु निष्क्रिय हुँदै जालान् । उद्योगधन्दाबाट गरेका काम सम्पन्न होलान् । मानसम्मान पनि बढेर जाला । समयअनुकूल भएर बित्ला । २१ र २२ गते नजिकका व्यक्तिबाट सुख सहयोग प्राप्त होला । मानसम्मान प्राप्त होला । व्यापार व्यवसायबाट विशेष लाभ होला । मिष्ठान्न भोजन प्राप्त होला । २३ र २४ गते समय केही प्रतिकुल बन्ला । धनमाल नष्ट होलान् । शत्रुले काममा बाधा गर्लान् । रोगको डर रहला । शारीरिक स्वास्थ्यका समस्याले सताउला । असन्तोष बढेर जाला । २५ र २६ गते प्रशासनिक क्षेत्रबाट असहयोग होला । धर्म तथा भाग्यले पनि साथ नदेला । घर परिवारका सदस्यबाट धोका मिल्ला । दुःखपूर्ण तरिकाले काम सम्पन्न होला ठाउँ परिवर्तन गर्नु पर्ला ।
धनु राशि
२० गते दिन केही प्रतिकुल रहला । गरेका काम बिग्रेला । परिवारबाट नसोचेका क्षेत्रमा आर्थिक क्षति होला । कार्य गर्न आवश्यक जगरुकता नहोला । शरीर त्यसै आलस्य रहला । पठनपाठनमा प्रगति नहोला । २१ र २२ गते शत्रुले साथ देलान । कार्यव्यापार तथा व्यवसायबाट लाभ होला । जोश जाँगर बढेर जाला । मानसम्मानमा वृद्धि होला । मित्रजन जनबाट सहयोग र सुख प्राप्त होला । धन लाभका नयाँबाट बाटा भेटिएला। परिश्रमको फल प्राप्त होला । २३ र २४ गते इष्टमित्रबाट सुख होला । साथीभाइहरुले आर्थिक सहयोग गर्लान् । यात्रामा विशेष लाभ प्राप्त होला । व्यापार भोजन तथा निन्द्रामा विशेष आनन्द प्राप्त होला । २५ र २६ गते आर्थिक संकटको सामना गर्नुपर्ला । रोगले सताउला । समस्या बढेर जाला । विरोधीहरुले काममा बाधा गर्लान् । धननाश हुनाले मनमा चिन्ता पर्ला । कष्टकर यात्रा गर्नु पर्ला ।
मकर राशि
२० गते दिन केही सामान्य होला । धन आम्दानी होला । मिष्ठान्न भोजन प्राप्त होला । परिवारका सदस्यहरुले विशिष्ट कार्यमा प्रगति गर्लान् । नसोचेको क्षेत्रबाट सहयोग होला । आर्थिक आम्दानीका नयाँ बाटो पत्ता लाग्ला । २१ र २२ गते गरेका काम खेर जाला । पठनपाठनमा अरुचि बढेर जाला । पुत्र तथा परिवारबाट धोका होला । मानसिक चिन्ताले सताउन मनमा बेचैनी पैदा होला । २३ र २४ गते व्यवसायिक क्षेत्रबाट सफलता प्राप्त होला । गर्ने जोश जाँगर बढेर जाला । शत्रुहरुको नाश होलान् । धनलाभ हुने बाटा भेटिएनन् यहाँ सफल होला । स्वास्थ्य क्षेत्रमा प्रगति होला । २५ र २६ गते नयाँ इष्टमित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । व्यापार तथा व्यवसायबाट प्रगति होला । सुख प्राप्त होला ।
कुम्भ राशि
२० गते अपरान्न पछिको दिन राम्रो रहला । सहकर्मीले साथ देलान् नसोचेको ठाउँबाट प्राप्त होला । सम्मान बढेर जाला । २१ र २२ गते परिवारमा झमेला आइपर्ला । आर्थिक हानी होला । आर्थिक समस्या आइपर्ला । शारीरिक स्वास्थ्यले सताउला । मानसिक अशान्ति बढ्ला । २३ र २४ गते गरेका काम व्यर्थ होलान् । पठनपाठनमा अरुचि देखेर घर परिवारका सदस्यहरुबाट धोका होला । परिवारका सदस्यहरु बिरामी पर्न सक्ला । २५ र २६ गते विरोधीहरु कमजोर होलान् । मित्रहरूको सुखद तथा सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्न जाँगर वृद्धि होला । धनमाल प्राप्त होलान् । मनमा हर्ष होला । नसोचेको काम बन्ला ।
मीन राशि
२० गते आफन्तबाट धोका मिल्ला । पठनपाठनमा प्रगति होला । मन असन्तोष रहला । आलस्यताले काम बिग्रेला । २१ र २२ गते पराक्रमले काम सम्पन्न होला । धनलाभ होला । लत्ता कपडाको प्राप्ति होला । म प्रसन्नता छाउला । बुद्धिले गरेका काम सफल होला । २३ र २४ गते मनमा दर्शनका रहला । साथी संगातीसंग झगडा होला । मानसिक चिन्ता पर्लान् । खानपान सम्बन्धी असुविधा होला । २५ र २६ गते गरेका काम बिग्रेर यात्रामा बाधा आउला । शारीरिक शक्ति निस्तेज होला । स्वास्थ्यमा समस्या देखिएला । पारिवारिक स्वास्थ्यको बिषयमा खर्च होला ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post