‘नेपाल पासपोर्ट’ एप सुरु, मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिने ।।
मङ्गलबारदेखि मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिने भएको छ ।
राहदानी विभागले ‘नेपाल पासपोर्ट’ एप प्रयोगमा ल्याएसँगै सर्वसाधारणले
मोबाइलबाटै राहदानीको अनलाइन फाराम भर्ने सुविधा पाएका हुन् ।
राहदानी विभागले सेवाग्राहीको माग र आवश्यकतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो । यस मोबाइल एपको आरम्भसँगै राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्था अन्त्य भएको छ । मङ्गलबार सार्वजनिक भएको ‘नेपाल पासपोर्ट’ एप एक हजारभन्दा बढी एन्ड्रोइडको एप स्टोरबाट डाउनलोड भइसकेको छ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले राहदानी विभागमा आयोजित एक कार्यक्रमबीच ‘नेपाल पासपोर्ट’ मोबाइल एप शुभारम्भ गर्नुभयो ।
यसरी मोबाइल एप प्रयोग गरेर आवेदनकर्ताले अनलाइन फाराम भरेजस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् । मोबाइलबाट फाराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन् । उक्त बारकोडलाई स्क्रिन सट लिएर वा प्रिन्ट लिएर विभागमा शुल्क, फोटो, औँठा छाप र नागरिकता बुझाउन जानुपर्छ ।

परराष्ट्रमन्त्री महतले परराष्ट्र मन्त्रालयले आफ्ना सेवा जनस्तरसम्म सहज
रूपमा पु¥याउन सूचनाप्रविधिको उपयोग गरेको बताउँदै भन्नुभयो, “यो प्रविधिको
युग हो । सरकारी निकायबाट दिने सेवा सुविधालाई दु्रत रूपमा जनस्तरसम्म
व्यापक र सहज रूपमा पु¥याउन परराष्ट्र मन्त्रालय नेतृत्व लिन तयार छ । सबै
सरकारी निकायले पनि यस्तो प्रविधि प्रयोग गरून् र त्यसको अनुसरण होस्
भन्ने परराष्ट्र मन्त्रालयको चाहना छ । ”
परराष्ट्रमन्त्री महतले कन्सुलर विभागलाई पनि यथासक्य छिटो विश्वका जुनसुकै स्थानबाटै अनलाइन निवेदन दिने व्यवस्थाका साथै उक्त समस्या समाधान पनि तत्काल गर्ने प्रणाली विकास गर्न लागेको जानकारी दिनुभयो । “हामी ई–पासपोर्टको गृहकार्यमा जुटेका छौँ । सो सेवा सुरु भएपछि प्रविधिका आधारमा पासपोर्टको शुल्क घटाउने भन्ने कुराको तय हुन्छ । यसअघि खाडी मुलुकमा लिइने पासपोर्टमा ३० डलर घटाइसकेका छौँ”, उहाँले भन्नुभयो ।
पहिलो चरणमा मोबाइल एपबाट नेपालभित्र विभागबाट र नेपालबाहिर दसवटा स्थानबाट लिन सकिने विभागका महानिर्देशक सुशीलकुमार लम्सालले बताउनुभयो । साथै उहाँले नेपाल बाहिरबाट मोबाइल एप प्रयोग गरेर बेलायत, वासिङ्टन डीसी, दोहा, हङकङ, रियाद, जेद्दा, आबुधाबी, लन्डन, कुवेत, न्युयोर्क लगायतका नेपाली नियोग र कन्सुलरबाट लिन सकिने जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले प्रविधिको माध्यमबाट सबै सेवा दिने मार्गतर्फ मन्त्रालय लागिपरेको बताउँदै निकट भविष्यमा मोबाइल एपमार्फत परराष्ट्रका सबै सेवा देशभर लागू गर्ने योजना छ भन्नुभयो ।
राहदानी विभागका महानिर्देशक सुशीलकुमार लम्सालले नेपालको राहदानीलाई आईएसओ स्ट्यान्डरमा पु¥याउन विभाग लागिपरेको बताउनुभयो । “राहदानी वितरण अझ सरल, सहज र प्रविधिमैत्री बनाउनेतर्फको पहिलो प्रयास मोबाइल एप हो”, उहाँले भन्नुभयो ।
कसरी भर्ने राहदानी अनलाइन फाराम ?
सबैभन्दा पहिले तपाईंले चलाएको मोबाइलको प्लेटफर्म थाहा पाउनु जरुरी छ । तपाईंको मोबाइल एन्ड्रोइड हो वा आईएसओ हो, सोको पहिचान गर्नुहोस् ।
त्यसपछि मोबाइलको एप स्टोर वा प्ले स्टोरमा गएर ‘नेपाल पासपोर्ट’ सर्च गर्नुहोस् ।
‘नेपाल पासपोर्ट’ एपलाई मोबाइलमा इन्स्टल गर्नुहोस् ।
मोबाइल एपमा ‘एप्लाई अनलाइन’मा क्लिक गरेपछि त्यहाँ फाराम भर्न दिइएको निर्देशिका पढ्नुहोस् ।
त्यसपछि त्यहाँ रहेको ‘एप्लाई अनलाइन’मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंलाई सुरक्षाका लागि राखिएका कोड सोसिनेछ, उक्त कोड टाइप गर्नुुहोस् ।
त्यसपछि तपाईंको मोबाइलमा राहदानीको फाराम आउनेछ, जुन अनलाइन फाराम जस्तै हुनेछ । त्यहाँ सोधिएको विवरण भर्नुहोस् ।
मोबाइल एप अनलाइन फाराम भरिसकेपछि मोबाइलमा देखिने बारकोडको स्क्रिन सट लिनुहोस् वा सो कोड प्रिन्ट गर्नुहोस् ।
सबै विवरण मोबाइलबाट भरेपछि आँैठा छाप, शुल्क, फोटो र नागरिकता बुझाउन राहदानी विभाग वा विदेशका लागि नेपाली नियोग र कन्सुलरमा जानुहोस् ।

नआत्तिनुस, रातो नम्बरबाट फोन आउँदैमा जाेखिम हुँदैन् !
सामाजिक सञ्जालमा अहिले रातो नम्बरको आतङ्क व्यापक बन्दै गएको छ। मोबाइल
प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम
हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार हुन थालेको छ।
चल्तीमा नरहेका अनलाइनका नाममा यस्तो रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्याल बताउनुहुन्छ।
‘हाम्रो प्रारम्भिक अध्ययन अनुसार अन्तर्राष्ट्रिय बजारमा यस्तो रातो नम्बर भन्ने कतै पनि प्रचलनमा देखिंदैन’ उहाँले भन्नुभयो ‘सामाजिक सञ्जालमा भनिएका कुरा भ्रम हुन्।’
प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न अर्यालको सुझाव छ। प्राधिकरणले रातो नम्बरका विषयमा आएका अनावश्यक प्रचारका विषयमा आवश्यक परे थप पुष्टि गर्ने पनि उहाँले जानकारी दिनुभयो। सामाजिक सञ्जालमा कुनै पनि सेवा प्रदायकको नम्बरसँग नमिल्ने नम्बर राखेर उदाहरण प्रस्तुत गरिंदै आएको छ।
नेपाल टेलिकम वायरलेस सेवाका निर्देशक इन्जिनियर अशोक थापाका अनुसार अहिलेसम्म टेलिकमका कुनै नम्बरमा यस किसिमको फोन आएको छैन। ‘हाम्रो नेटवर्कमा रातो नम्बर अहिलेसम्म आएको जानकारी छैन’ उहाँले भन्नुभयो । प्रयोगकर्तालाई यस किसिमको भ्रमको पछि नलाग्न पनि उहाँले सुझाव दिनुभयो।
सामाजिक सञ्जालमा विशेषगरी एनसेल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आएको हल्ला फैलाइएको छ । तर यो सबै सेवा प्रदायकको विश्वसनीयतालाई कमजोर बनाउन गरिएको ‘होक्स’ मात्र भएको एनसेलका सञ्चार विज्ञ मिलनमणि शर्माले बताउनुभयो। कसैलाई भ्रममा पार्न फैलाइने गलत प्रचारलाई इण्टरनेटको भाषामा होक्स भनिन्छ।
टेलिकम कम्पनीका बीटीएस टावरमा ‘युनिफाइड फ्रिक्वेन्सी’ प्रयोग गर्ने हुनाले फरक फरक रङ्बाट फोन आउने प्राविधिक रुपमा सही नहुने उहाँको भनाइ छ। ‘फोन गर्दा रातो नम्बरबाट फोन आउने भन्ने नै हुँदैन’ उहाँले भन्नुभयो। सामाजिक सञ्जालमा आएका यस्ता कुरामा कुनै सत्यता नभएको र एनसेलले आफ्ना ग्राहकलाई सूचना सम्पे्रषण गरिरहेको पनि उहाँले बताउनुभयो।

Subscribe to:
Posts (Atom)
-
गरिबीको कारण विद्यालय छाड्न बाध्य पुजा खत्रीका लागि सहयोग जुट्ने भएको छ । खत्रीले विद्यालयबाट निष्काशन गरिदिन भन्दै लखेको ‘मार्मिक पत्र’ सम...
-
बाह्रौँ पुस्तकालय दिवस बिरेन्द्र क्याम्पसमा सम्पन्न। भाद्र-१५ , प्रकाश भण्डारी गैँडाकोट बाह्रौँ राष्ट्रिय पुस्तकालय दिवस आईतबार च...
-
१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा ७८८९ वर्ग कि मि. हो । २. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्...