यस कारण टोक्नु हुँदैन नङ?
सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’
भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ।
तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात कीटाणूमुक्त हुँदैन। त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन्।
करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा कीटाणूमुक्त हुँदैन। तर, यसको कारण पत्ता लगाउन भने करिब ७० वर्षभन्दा बढी समय लाग्यो।
सन् १९७० तिर आएर मात्र हात पूर्णतया कीटाणूमुक्त नहुने कारण पत्ता लाग्यो। वैज्ञानिकहरूले परीक्षणबाट के पत्ता लगाए भने हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलन घट्छ। हाम्रो नङमुनिको ठाउँमा यति धेरै कीटाणू हुन्छन् कि यसलाई कीटाणूको घर भने हुन्छ।
हात धुँदा नङ र औंलाको काप राम्ररी सफा हुँदैन। साथै हात धोएपछि पनि नङ र काप धेरै बेरसम्म सुक्दैन। सुख्खा नहुने र ओसिलो (भिजेको) ठाउँमा ब्याक्टेरियाको अत्यन्त छिटो वृद्धि हुन्छ।
सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना स्वयंसेवक र केही कर्मचारीका हातको नमूना परीक्षण गरियो। परीक्षणमा नङ र औंलाका काप नै त्यस्ता ठाउँ प्रमाणित भए, जहाँ हातका अन्य भागभन्दा बढी ब्याक्टेरिया पाइयो। पूरै हातभरि हजारौं ब्याक्टेरिया भेटिए भने नङमुनि लाखौं ब्याक्टेरिया फेला परे।
हात धुँदा पनि साबुन नङमुनि मुस्किलले पुग्छ र त्यहाँ रगडेर सफा गर्न पनि कठिन छ। यसैकारण नङमुनि ब्याक्टेरिया मजाले वृद्धि भइरहन्छन्। यसमा हामीले पाल्ने लामा नङ र नक्कली नङको पनि ठूलो योगदान रहन्छ।
सन् १९८९ मा अमेरिकामा त्यहाँका केही नर्सले नङबाट बिरामीलाई हुने हानीबारे लेखेका थिए। यसपछि एउटा अनुसन्धान गरियो। अनुसन्धानमा ५६ जना नक्कली नङ लगाउने नर्स र ५६ जना प्राकृतिक रुपमा नै लामा नङ पालेका नर्सको हातका नमूना लिइयो। परीक्षणमा सक्कलीभन्दा नक्कली नङमुनि बढी ब्याक्टेरिया वृद्धि भइरहेको पाइयो। यसको कारण थियो, नक्कली नङयुक्त हातको सफाइ राम्रोसँग गर्न सकिँदैन।
साथै, नक्कली नङ भएका नर्सहरूले आफ्ना हातका कीटाणू बिरामीलाई सारिरहेका थिए। सन् २००० र २००२ मा गरिएका परीक्षणबाट पनि यस्तै परिणाम आए, जसमा नक्कली नङबाट हुने हानीबारे सचेत गराइएको थियो।
नक्कली नङका तुलनामा पालिस लगाएका प्राकृतिक नङमुनि ब्याक्टेरिया थोरै हुने अनुसन्धानहरूले देखाएका छन्। तर, नङमा लगाएको पालिसमा पर्ने चिरामा भने ब्याक्टेरियाको बास हुनसक्छ। सन् १९९३ मा अमेरिकी राज्य बाल्टिमोरस्थित जोन हप्किन्स इन्स्टिच्युटमा भएको एउटा अनुसन्धानले यस्तो परिणाम देखाएको थियो।
यी अनुसन्धानबाट के प्रस्ट हुन्छ भने स्वस्थ रहन लामो नङ नपाल्नु र सफा राख्नु अत्यन्त आवश्यक छ। यसो गरे हात पूर्णतया कीटाणूमुक्त नभए पनि निकै न्यून हुन्छ। भर्खर पालिस लगाएको नङमुनि थोरै कीटाणू हुन्छन्। तर चार–पाँच दिन वा त्यसभन्दा अघि पालिस लगाएको नङमुनि भने कीटाणूको संख्यामा वृद्धि भइहाल्छ।
बर्सेनि विश्वभर करिब ३० लाख मानिसको मृत्यु डाइरियाबाट हुने गरेको छ। सरसफाइ विज्ञहरूका अनुसार हात राम्ररी धुने हो भने तीमध्ये १० लाखको जीवन बचाउन सकिन्छ। र, हामीले आफ्ना नङ नपाल्ने र हात सफा राखे अझै धेरै जीवन बचाउन सकिन्छ।
धेरै मानिसको नङ टोक्ने बानी हुन्छ। नङ कीटाणूको भण्डार भन्ने थाहा पाइसकेपछि अझै नङ टोक्नु हुन्छ?
दाँत बिगार्ने १८ बानी
हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः
बरफ चबाउनु
बरफ चबाउनु
बरफ/हिउँ प्राकृतिक र सुगर फ्रि भएकाले हामीलाई लाग्छ यो चबाउनु हानिकारक हुँदैन । तर, कडा र जमेका आइस क्युब म¥याङम¥याङ चबाउँदा हाम्रा दाँत चोइटिन÷भाँचिन सक्छन् । यसरी बरफ चबाउँदा दाँतका नरम टिस्युमा असर परेमा दाँत दुख्ने सम्भावना हुन्छ । धेरै तातो वा धेरै चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ ।
माउथ गार्ड नलगाई खेल्नु
तपाईं फुटबल, हकी, क्रिकेट खेल्नुहुन्छ भने ‘माउथ गार्ड’ नलगाई मैदानमा नपस्नुहोस् । प्लास्टिकबाट निर्मित माउथ गार्डले माथिल्लो लहरका दाँतमा चोटपटक लाग्नबाट जोगाउँछ । माउथ गार्ड खेलकुद सामग्री पाइने पसलमा किन्न सकिन्छ अथवा आफूलाई फिट हुने गरी डेन्टिस्टसँग बनाउन पनि सकिन्छ ।
सुत्नुअघि बोतलबाट दूध खुवाउनु
बालबालिकालाई सुत्नुअघि बोतलबाट दूध खुवाउनाले उनीहरूको दाँत बिग्रन्छ । सुत्नुअघि बोतलमा दूध खुवाउँदा दाँत उम्रन थालेदेखि नै बिग्रन सुरु हुन्छ । बोतल मुखमा हालेर सुत्दा मुख दूधले भरिन्छ र रातभर उनीहरूका दाँत ‘सुगर’ (ल्याक्टोज) मा डुब्छन् । जसले दाँतमा किरा लाग्नुका साथै बिग्रन थाल्छन् ।
जिब्रो छेडेर गहना लगाउने
झट्ट हेर्दा फेसनेबल देखिए पनि जिब्रो छेडेर विभिन्न किसिमका गहना लगाउनु दाँतका लागि हानिकारक छ । ओठमा गहना लगाउनु पनि दाँतका लागि हानिकारक छ । जिब्रो वा ओठमा भएका गहना टोकिन सक्ने भएकाले दाँत भाँचिन सक्छ । त्यस्तै ती धातुका गहना ओठ र गिजामा रगडिँदा घाउ हुनसक्छ । घाउमा धातु वा ब्याक्टेरियाको संक्रमण हुनसक्छ । गहना लगाउन छेड्दा कुनै ठूलो नसा पनि छेडिन सक्छ, जसले रक्तस्राव र संक्रमण हुनसक्छ । जिब्रो÷ओठ छेडेर गहना लगाउनुअघि दन्तचिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
दाह्रा किट्नु
निदाएका बेला दाह्रा किट्दा पनि दाँत चाँडै बिग्रन्छन् । यो समस्या नियन्त्रण गर्न कठिन हुन्छ । दिउँसो कडा÷साह्रो खानेकुरा नखाए दाह्रा किट्ने बानीबाट हुने दुखाइ र हानि केही घटाउन सकिन्छ । सुत्दा माउथ गार्ड प्रयोग गरेमा पनि दाह्रा किट्दा हुने असर न्यून गर्न सकिन्छ ।
खोकीको औषधि
औषधि पसलमा बेच्नासाथ खोकीको औषधि (कफ ड्रप्स) स्वस्थकर हुन्छन् भन्ने हुँदैन । यस्ता कफ ड्रप्समा चिनी (सुगर)को मात्रा प्रसस्त हुन्छ । त्यसैले यस्ता ड्रप्स खाएपछि नबिर्सिकन कुल्ला गर्नुपर्छ । खोकीका चक्की, क्यान्डी वा ड्रप्स जस्तो स्वरुपमा भए पनि टाँसिने पदार्थ हुन्छ, जुन दाँतमा टाँसिन्छ । यसरी टाँसिने गुलियो पदार्थ सुगरलाई ब्याक्टेरियाले एसिडमा परिणत गर्छ । जसले दाँतको इनामेल खियाउँछ ।
लस्सादार क्यान्डी
गुलियो पदार्थ (सुगर) मिसिएका सबै प्रकारका क्यान्डीले दाँत बिगार्छन् । अझ लस्सादार क्यान्डी दाँतमा घन्टौंसम्म टाँसिन्छ र यसको सुगरबाट ब्याक्टेरियाले बनाउने एसिडले दाँतको इनामेल खियाउँछ । तपाईं क्यान्डी खानुहुन्छ भने बेग्लै खानुभन्दा भोजनका बेला खानु उपयुक्त हुन्छ, किनभने भोजनका बेला मुखमा धेरै ¥याल उत्पादन हुन्छ, जसले दाँतमा अड्केका क्यान्डीका टुक्रा र सुगर भोजनमा लैजान्छ वा दाँत सफा गर्छ ।
सोडायुक्त पेय
सुगर मिसिएका खानेकुरामा क्यान्डी मात्र होइन, सोडा लगायत कोल्ड ड्रिंक्समा ११ चिया चम्चा जति चिनी (सुगर) मिसिएको हुन्छ । सोडामा फोस्फोरिक एसिड र साइट्रिक एसिडसमेत मिसिएको हुन्छ, जसले दाँतको सेतो बाहिरी भाग इनामेल खियाउँछ । ‘डाएट’ भनेर आउने सफ्ट ड्रिंक्समा चिनी नभए पनि कृत्रिम गुलियोका रुपमा अझ बढी एसिड हुन्छ ।
दाँतले बिर्को खोल्ने
सफ्ट ड्रिंक्सका बोतलको बिर्को वा अन्य कुनै प्लास्टिकका प्याकेट दाँतले खोलेको देख्दा सजिलो लागे पनि यो बानीले दाँत भने बिग्रने सम्भावना बढ्छ । दाँतले बिर्को खोल्दा दाँत भाँचिने÷चोइटिने सम्भावना हुन्छ । हाम्रो दाँतको काम बिर्को खोल्ने नभएर, भोजन चपाउने मात्र हो ।
स्पोर्टस ड्रिंक्स
व्यायाम गरिसकेपछि वा खेलिसकेपछि चिसो स्पोर्टस ड्रिंक्सले हामीलाई ताजा महसुस गराउँछ । तर, यस्ता पेयमा चिनी (सुगर)को मात्रा धेरै हुन्छ । सोडा वा क्यान्डीजस्तै सुगरयुक्त स्पोर्टस ड्रिंक्सले दाँतको इनामेलमा एसिड आक्रमण गराउँछ र दाँत बिगार्छ । अझ नियमितजस्तै यस्ता पेय पिउनाले दाँत बिग्रने निश्चितप्रायः छ । त्यसैले व्यायाम गर्दा वा खेल्दा पानी पिउनु नै उपयुक्त हुन्छ ।
फलफूलको रस
फलफूलको रस भिटामिन र एन्टिअक्सिडेन्टले भरिपूर्ण भए पनि दुर्भाग्यवश सुगरको मात्रा धेरै हुन्छ । कुनै–कुनै फलफूलका जुसमा त सोडा वा सफ्ट ड्रिंक्स जत्तिकै परिमाणमा सुगर हुन्छ । जस्तै, सुन्तलाको जुसमा भन्दा सुन्तला स्वादको सोडामा १० ग्राम सुगर धेरै हुन्छ । सामान्यतया फलफूल गुलिया हुन्छन्, त्यसैले सुगर नमिसाएको जुस खानु उपयुक्त हुन्छ । जुसमा अलिकति पानी मिसाएर सुगरलाई ‘डाइल्युट’ गर्न भने सकिन्छ ।
आलु चिप्स
सुगरबाट मात्र होइन, ब्याक्टेरियाले ‘स्टार्च’युक्त खानेकुरालाई पनि एसिडमा बदल्छ । हामीले खाने आलु चिप्सजस्ता खानेकुराका ससाना टुक्रा दाँतमा रहँदा २० मिनेट वा त्यसभन्दा बढी समयमा एसिडले असर पार्छ । यस्ता स्टार्ची खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ ।
लगातार खाइरहनु
भोजनका बेलाभन्दा अरु बेला कच्याककुचुक केही न केही खानेकुरा (स्न्याक्स) खाइरहँदा थोरै मात्रामा ¥याल निस्कन्छ । यसले खानेकुरा ‘फ्लस’ नहुनुका साथै दाँतमा धेरै बेर खानेकुराका टुक्रा अड्किन्छन् र एसिडले दाँत बिगार्छ । यस्ता स्न्याक्स खाँदा खासगरी सुगर थोरै हुने खानेकुरा छान्नुपर्छ ।
पेन्सिल/कलम टोक्ने
पढाइमा ध्यान केन्द्रित गरेका बेला कतिपयमा पेन्सिल वा कलम टोक्ने/चबाउने बानी हुन्छ । बरफ चबाएजस्तै यो बानीले पनि दाँत भाँचिन वा टुक्रिन सक्छ । यस्तो बानी भए सुगरलेस गम चबाउनु बेस हुन्छ, यसले मुखमा ¥यालको मात्रा बढाउँछ र दाँत बलियो पार्नुका साथै एसिडबाट जोगाउँछ ।
कफी
लामो समय कफी पिउँदा यसको गाढा रंग र एसिडिटीले दाँत पहेँलो बनाउँछ । कफी पिएर पहेँलिएका दाँत सफा गर्न डेन्टिस्टसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
धूमपान
सिगरेट लगायत सुर्तीजन्य पदार्थको सेवनबाट दाँतमा दाग बस्ने र बिग्रने मात्र नभएर झर्ने र गिजासम्बन्धी रोग लाग्ने हुन सक्छ । सुर्तीजन्य पदार्थको सेवनले मुख, ओठ र जिब्रोको क्यान्सर पनि हुने गर्छ ।
वाइन पिउनु
वाइनमा हुने एसिडले दाँतको इनामेल खियाउँदा हुने ससाना प्वालले दाँतमा दाग बस्ने र कुरुप देखिने हुन्छ । रेड वाइनमा पाइने ‘क्रोमोजेन’ र ‘ट्यानिन’जस्ता ‘पिग्मेन्ट’ले दाँतमा रङ बढी टाँसिन्छ । वाइनको गिलास रित्याएको निकै बेरसम्म पनि रातो रंग भने दाँतमा रहिरहन्छ । सेतो वाइनले पनि इनामेल खियाउनुका साथै कफीले जस्तै दाँतमा दाग लगाउँछ ।
अत्यधिक भोजन
कतिपय मानिस बिहे वा अन्य भोजमा जाँदा अत्याधिक खाने स्वभावका गर्छन् । यसरी खाँदा धेरै मिठाइ पनि खान्छन् । मिठाइमा हुने गुलियो (सुगर) ले दाँत बिगार्छ । त्यसैगरी बान्ता हुँदा पनि त्यसमा निस्कने एसिडले दाँतमा हानि गर्छ र कमजोर बनाउँछ ।
जोर्नीको दुखाइ हटाउन व्यायाम गरौं
नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ ।
जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं । कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन, टुक्रुक्क बस्न वा कार÷ट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ ।
जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं । कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन, टुक्रुक्क बस्न वा कार÷ट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ ।
गोलीगाँठा, घुँडा, हिप र काँधका जोर्नीको दुखाइबाट मुक्त नभए पनि दीर्घकालीन रुपमा न्यून गर्न र दैनिक जीवनयापन सहज पार्न उपयुक्त व्यायाम गर्नु राम्रो उपाय हो । व्यायाम गर्दा जोर्नीको दुखाइ बढेजस्तो लागे पनि यथार्थमा घटिरहेको हुन्छ ।
– उपयुक्त व्यायामले जोर्नी वरिपरिका टिस्यु र मांसपेशीलाई बलियो पार्नुका साथै लचकता बढाउँछ । उदाहणका लागि तिघ्राको मांसपेशी बलियो भए घुँडालाई भरथेग गर्छ र घुँडामा पर्ने दबाब पनि केही मात्रामा कम हुन्छ ।
– व्यायामले जोर्नीको कडापन घटाउँछ वा अररो जोर्नीलाई लचकदार बनाउँछ । कडापनले जोर्नी दुख्छ । हाम्रो शरीर गतिशील हुनुपर्छ, किनभने बनावट नै त्यस्तै छ । व्यायाम नगर्दा ‘टेन्डन’, मांसपेशी र लिगामेन्ट छिट्टै जाम हुन्छन् । तर, व्यायाम र शारीरिक सक्रियताले कडापन हटाउँछ र शरीर क्रियाशील हुन्छ ।
– व्यायामले जोर्नीमा हुने ‘लुब्रिकेन्ट’ (सिनोभियल फ्लुइड) को उत्पादन वृद्धि गर्न सघाउँछ । सिनोभियल फ्लुइडले जोर्नीमा पोषण र अक्सिजन लैजानुका साथै जोर्नी गतिशील हुँदा घर्षण हुन दिँदैन । त्यसैले व्यायामले हाम्रा जोर्नीलाई सुरक्षित पार्ने काम पनि गर्छ ।
– व्यायामले शरीरमा रहेको दुखाइ कम गर्ने प्राकृतिक तत्वहरूको उत्पादन बढाउन पनि मद्दत गर्छ । व्यायाम नगर्दा शरीर सानातिना दुखाइमा पनि बढी संवेदनशील हुन्छ । व्यायाम गरेको शरीरले सानातिना दुखाइको बेवास्ता गर्छ अर्थात् शरीरलाई यस्ता दुखाइबाट बचाउने प्राकृतिक क्षमता विकास गराउँछ ।
– व्यायामले शरीरको वजन नियन्त्रण गर्न सघाउँछ । शारीरिक वजन नियन्त्रित भए शरीरको भार थेग्नुपर्ने हिप, घुँडा र गोलीगाँठाजस्ता जोर्नीमा पनि दबाब कम पर्छ ।
तर कस्ता व्यायाम गर्ने भन्नेबारे भने फिजियोथेरापिस्ट वा व्यायाम प्रशिक्षकसँग जानकारी लिएर मात्र गर्नु उपयुक्त हुन्छ ।
तर कस्ता व्यायाम गर्ने भन्नेबारे भने फिजियोथेरापिस्ट वा व्यायाम प्रशिक्षकसँग जानकारी लिएर मात्र गर्नु उपयुक्त हुन्छ ।
सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ?
सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा (बेड)मा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो।
टियर्नोले एउटै तन्ना (बेडसिट) लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा खुम्चिएका ठाउँमा उत्पन्न हुने माइक्रोस्कोपिक जीव (ब्याक्टेरिया, भाइरस र जीवाणू)ले हामीलाई बिरामी बनाउन सक्ने बताए।
उनी भन्छन्, ‘यस्ता अदृश्य रोगव्याधको लहर नियन्त्रण गर्न कम्तिमा पनि सातामा एकपटक बेडसिट (तन्ना) धुनुपर्छ।’ एउटा मानिसले बर्सेनि बिछ्यौनामा औसतमा करिब एक सय लिटर पसिना बगाउँछ। कोठाबाहिर गर्मी र आर्द्रता हुँदाको बाफिलो वातावरणलाई वैज्ञानिकहरू फङ्गस र ब्याक्टेरिया उत्पन्न हुने र फैलने सबैभन्दा उपयुक्त वातावरण मान्छन्।
अनुसन्धानकर्ताहरुले हालै ब्याक्टेरिया र फङ्गसबाट बिछ्यौना दूषित हुने मात्राबारे एउटा अध्ययन गरेका थिए। अध्ययनमा उनीहरूले प्वाँख र सिन्थेटिकका साढे ११ देखि २० वर्षसम्म पुराना तकियाका नमूना परीक्षण गरेका थिए। परीक्षणमा अनुसन्धानकर्ताले हरेक तकियामा कम्तिमा पनि १६ प्रकारका फङ्गस फेला पारेका थिए।
यसबाहेक तपाईंको पसिना, थुक-र्याल, छालाका कोष, यौनांग र मलद्वारबाट निस्कने ब्याक्टेरिया र फङ्गससँगै आफ्नो बिछ्यौनामा तपाईं बाहिरी ‘माइक्रोब्स’सँगै सुत्नु हुन्छ। यस्ता बाहिरी माइक्रोब्समध्ये पराग कण, माटो, बालुवा, धुल्याहा, विभिन्न जीवजन्तुका रौँ/झुस, विभिन्न किसिमका रेशा, धुलो, विष्टा/मल लगायत पर्छन्।
टियर्नो यस्तो फोहरले एक सातामै बिछ्यौना पूर्णतया दूषित हुने बताउँछन्। उनी भन्छन्, ‘यस्तो फोहर तन्नाका कारण तपाईंलाई रुघा लाग्न सक्छ, हाछ्युँ आउन सक्छ वा, यस्ता माइक्रोब्स नाक/मुख नजिक हुने भएकाले सास फेर्दा शरीरभित्रै प्रवेश गर्न सक्छन्।’
उनका अनुसार मैलो, दूषित ओछ्यानका कारण पहिले कुनै एलर्जी नभए पनि प्रतिक्रियास्वरुप एलर्जी हुन सक्छ। साथै तन्ना÷बेडसिट तपाईंको चालचलन र पसिनाले मात्र नभएर छिटो दूषित हुने अर्को कारण हो, गुरुत्वाकर्षण । टियर्नोले भने, ‘गुरुत्वाकर्षणकै कारण तपाईंको म्याट्रेस/डस्ना र तन्ना/बेडसिटमा अनेकौं सूक्ष्म फोहर थुप्रिन्छ।’
एक-दुई सातासम्म बिछ्यौना, तन्नामा थुप्रने फोहर कुनै पनि व्यक्तिको घाँटीमा संक्रमण गराउन पर्याप्छ हुन्छ, खासगरी एलर्जी र दमका रोगीहरूलाई (६ जना अमेरिकीमध्ये एक जनालाई एलर्जी हुन्छ)।
‘तपाईं सडकमा हिँड्दा कतै झुक्किएर कुकुरको गुहु छुनु भयो भने तुरुन्त हात धुन खोज्नु हुन्छ,’ टियर्नो भन्छन्, ‘बिछ्यौनाबारे पनि ठ्याक्कै त्यस्तै ठान्नुस्। तपाईंले आफ्नो बिछ्यौनामा के–के छ भनेर देख्ने मात्र भए (तर तपाईंले देख्नुहुन्न) तपाईं आफैं भन्नुहुन्थ्यो, के म यस्तो ठाउँमा सुत्न सक्छु र?’
तपाईंले जिउ पुछ्ने तौलिया कस्तो छ?
न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको (नुहाएर जिउ पुछेको) तौलिया एउटा जीवित ‘अग्र्यानिज्म’हो।
यस्तो, तौलियामा जीवाणू हुर्कन र वृद्धिका लागि चाहिने उपयुक्त वातावरण (जस्तोः पानी, तापक्रम र पर्याप्त अक्सिजन) हुन्छ। ओसिलो ठाउँमा ‘माइक्रोब्स’को बास हुन्छ।
यसै कारण टियर्नो भन्छन्, ‘कुनै पनि तौलिया धुनुअघि तीन पल्ट मात्र प्रयोग गर्नु ठीक हुन्छ। र त्यो पनि हरेक पल्ट प्रयोगपछि तौलिया पूर्ण रुपमा सुख्खा (सुकेको) हुनुपर्छ।’
तौलिया सुख्खा वा धेरै समय चिसो/भिजेको कुरा त्यसबाट आउने गन्धबाट थाहा पाउन सकिन्छ। ‘तौलियाबाट गन्ध आइरहेको छ भने, जहाँबाट गन्ध आउँदै छ, त्यहाँ ‘माइक्रोब्स’ मौलाइरहेका हुन्छन्। त्यसैले तत्काल तौलिया धोइहाल्नुपर्छ,’ टियर्नो भन्छन्।
ब्याक्टेरियाले भरिपूर्ण तौलियाले शरीर पुछे तपाईंका शरीरमा ती ब्याक्टेरिया सर्छन्। फलस्वरुप फोहर र संक्रमण सफा गर्न भर्खर तपाईंले नुहाएको सबै बेकार हुन जान्छ।
त्यसमाथि पनि यदि तपाईं तौलिया अरुसँग साझा गरिरहनु भएको छ भने तपाईंको शरीरले नचिनेका जीवाणु र संक्रमण तपाईंमा सर्न सक्छ। टियर्नो भन्छन्, ‘जस्तो कि ‘स्टेफ्नोककस औरस’ले घाउ/डन्डीफोर आउन सक्छ वा संक्रमण हुन सक्छ ।’
तर के स्मरण गर्नु आवश्यक छ भने, सबै माइक्रोब्स हानिकारक हुँदैनन्। यथार्थमा तीमध्ये धेरै हानिकारक हुँदैनन् र लामो समयमा केही माइक्रोब्स लाभदायक पनि हुन्छन्।
चिकित्सा क्षेत्रमा प्रचलित एउटा मान्यता ‘हाइजिन हाइपोथेसिस’ अनुसार सानो उमेरमा नै केही जीवाणू र केही निश्चित संक्रमण बालबालिकाले सामना गरे मात्र उनीहरूमा रोग प्रतिरोध क्षमता बलियो हुने र भविष्यमा सामान्यखालका संक्रमण सहजै पराजितगर्ने विश्वास गरिन्छ। यसो भन्दैमा गन्हाउने तौलिया कसैलाई पनि मन पर्दैन। खासगरी, त्यस्तो तौलिया जसको गन्धले नै जीवाणूको स्वर्ग भएको संकेत दिइरहेको हुन्छ।
यी ७ आयुर्वेद कम्पनीले औषधि बेच्न नपाउने, प्रमाणपत्र निलम्बन
औषधि व्यवस्था विभागले सात आयुर्वेदिक कम्पनीको प्रमाणपत्र निलम्बन गरेको छ। औषधि उत्पादन संहिता पालना नगरेको भन्दै विभागले उनीहरुको औषधि उत्पादन अनुज्ञा पत्र, बिक्रि वितरण प्रमण पत्र र पैठारी सिफारिस प्रमाणपत्र निलम्बन गरेको हो।
विभागले गरेको अनुगमनका क्रममा औषधि उत्पादन संहिता पालना नगरेको भेटेपछि तीन महिनादेखि ६ महिनासम्मका लागि प्रमाणपत्र निलम्बन गरेको हो। विभागले एउटा कम्पनीको प्रमाणपत्र ६ महिनासम्मका लागि निलम्बन गरेको छ भने ६ वटाको ३ महिनाका लागि । विभागले उक्त अवधिमा ति कम्पनीले संहिता पुरा नगरे थप कारवाही अगाडि बढाउने छ। विभागको असार २७ गतेको निर्णय अनुसार यी कम्पनीलाइए निलम्बन गरिएको हो।
यी हुन् निलम्बनमा परेका आयुर्वेद कम्पनी
बसको टिकट बुक गर्दा ठगिनुहोला है ! कहाँ पुग्न कति लाग्छ भाडा ? (सूचीसहित)
आज मंगलबारदेखि दशैंको लागि सार्वजनिक सवारी साधानको अग्रीम टिकट बुकिङ खुला हुँदैछ । दशैंमा राजधानीबाट आफ्नो घर फर्किनेहरुले बसको टिकट काट्न ब्यग्र प्रतिक्षा गरिरहेका छन् ।
त्यसैले टिकट खुल्नासाथ काठमाडौंका कोटेश्वर, गौशाला, नयाँ बसपार्क, कलंकी, बल्खु, पुरानो बसपार्क, सुन्धारा लगायतका स्थानमा रहेका बस काउन्टरहरुमा ठूलो भीड लाग्ने निश्चित नै छ ।
एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन चलिहरहेको छ । तर, अग्रिम टिकट काट्दा पनि यात्रुले बढी भाडा तिनुपर्ने समस्या निकै चर्किन्छ ।
तोकिएको भाडाभन्दा बढी अशुल्न धरै यातायात व्यवसायीहरु अग्रसर हुने भएकाले यात्रु आफैं पनि भाडाबारे जानकार हुनुपर्छ । नभए काउन्टर बाहिर भेटिने दलालहरुले तपाईंलाई ठग्न सक्छन् भने ब्ल्याकमा टिकट किन्ने चक्करमा लाग्दा ठूलो रकम खर्चनुपर्ने स्थिति आउन सक्छ ।
त्यसैले आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।
बढेको छैन भाडादार
यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै गत माघमा सार्वजनिक सवारीको भाडा घटाएको थियो । तर, अहिले पनि त्यसअघिकै भाडादरमा रकम अशुल्ने क्रम रोकिएको छैन ।
त्यसैले भाडादरबारे यात्रुहरु पनि जानकार रहनुपर्ने विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । ‘यात्रुले आफ्नो ठाउँ पुग्ने भाडा कति हो भनेर जानकारी राख्नुपर्छ । बढी भाडा उठाउन खोज्नेलाई प्रोत्साहित गर्नु हुँदैन’ प्रवक्ता पाण्डेले भने, ‘बढी भाडा तिर्दा त्यसरी ठग्ने प्रवृत्ति मौलाउँछ । त्यसैले नागरिकले सचेत हुनुपर्छ । ‘
अनुगमन हुन्छः विभाग
विभागले दशैंका समयमा अनुगमन गर्न योजना बनाएको छ । विभागले आवश्यक्ता अनुसार टोली बनाएर बुकिङ खुलेदेखि दशैंसम्म निरन्तर टिकट काउन्टरदेखि बसपार्कसम्म अनुगमन गर्ने योजना बनाएको हो ।
विभागले गतवर्षहरुमा पनि यस्तो अनुगमन गर्ने गरेको थियो । तर, बढी भाडा लिने, छत र ढोकामा यात्रु राख्ने, कोचेर यात्रु हाल्ने, जथाभावी यात्रु ओसार्ने लगायतका समस्या हल हुन सक्दैनथ्यो ।
ठग्नेलाई जरिवानाको चेतावनी
यो वर्षभने अनुगमनलाई सशक्त बनाएर बढी भाडा लिने सवारीविरुद्ध कडा बन्ने विभागको योजना छ । यस्तै लामो दुरीका सवारीमा सिटबाहेकमा यात्रु राख्न पनि नदिइने पाण्डेले बताए ।
‘बढी भाडा लिने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गर्छाैं ’ प्रवक्ता पाण्डेले भने,’ट्राफिक प्रहरीको सहयोगमा हामी अनुगमन र कारवाहीलाई तीव्र बनाउनेछौं ।’
नागरिक सहायता कक्ष राखिने
दशैंका लागि उपत्यकाबाट बाहिरिने सवारीसाधनहरुको अनुगमन र यात्रुहरुको समस्या समाधानका लागि उपत्यकाका विभिन्न १२ स्थानहरुमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
सर्वसाधारण जनताको समस्या सुन्न र समाधान गर्नका लागि यस्तो हेल्प डेक्स सञ्चालन गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको अगुवाइमा सातदोबाटो, कोटेश्वर, गौशाला, जोरपाटी, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, नागढुंगा, बल्खु, पुरानो बसपार्क र सुन्धारामा नागरिक सहायता कक्षा स्थापना गरिएको छ ।
सहायता कक्षमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिहरु रहनेछन् ।
सहायता कक्षका प्रतिनिधिले सर्वसाधारण यात्रीहरुलाई सुरक्षा दिने, तोकिएको भाडादर भन्दा बढी लिए/नलिएको हेर्ने, काउन्टरहरुमा भाडा दरको रेटबोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्ने व्यक्ति माथि निगरानी राख्ने, यात्रुका समस्याहरु सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्ने छ ।
कति छ देशभरको भाडादर ?
लिङ्क क्लिक गर्नुस - भाडादर
बिपी हाइवेको भाडादर
Subscribe to:
Posts (Atom)
-
गरिबीको कारण विद्यालय छाड्न बाध्य पुजा खत्रीका लागि सहयोग जुट्ने भएको छ । खत्रीले विद्यालयबाट निष्काशन गरिदिन भन्दै लखेको ‘मार्मिक पत्र’ सम...
-
बाह्रौँ पुस्तकालय दिवस बिरेन्द्र क्याम्पसमा सम्पन्न। भाद्र-१५ , प्रकाश भण्डारी गैँडाकोट बाह्रौँ राष्ट्रिय पुस्तकालय दिवस आईतबार च...
-
१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा ७८८९ वर्ग कि मि. हो । २. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्...