बढ्दो सडक दुर्घटना र गैरजिम्मेवार सरकार।

लेखक:- प्रकाश भण्डारी "बिवेक"

पछिल्लो समय सडक दुर्घटनाका घटनाले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या भयाबह रुपमा बढेको छ। सडक दुर्घटनाको प्रमुख कारण सबारी चालकको लापर्रवाही नै हो। यसमा द्धिमत छैन्। आजकल पाँच सात जनाको सडक दुर्घटनामा ज्यान नगुमेको दिन सायदै खाली छैन होला। एक दुई जनाको मृत्युको समाचार सबैलाई सामान्य हुन थाल्यो। त्यसले खासै चर्चा पाउन छाड्यो र यि समाचार सामान्य बन्दैछन् अचेल। दिनानुदिन यसरी सबारी दुर्घटना बढेकोले सबारी साधनमा चढ्ने बेला पनि सकुशल गन्तब्यमा पुगिन्छ पुगिँदैन झनै अन्यौलता बढ्नु स्वभाविकै हो।सवारी साधनमा सिट पाउने, समयमा पुग्ने आशा भन्दा पनि विस्तारै जनमानसमा सकुशल घर पुग्नु नै ठूलो सपना हुँदैछ। हालका ठूला सडक दुर्घटना र तिनैबाट सृजित परिणामहरूले गर्दा यात्रा गर्नुभन्दा अगाडि मेरो यात्रा र काम कत्तिको आवश्यकता छ र नतिजामुखी भनेर सोचेर मात्र यात्रा गर्नुपर्ने बाध्यता छ।सामान्य भेटघाटकै लागी सार्वजनिक यातायातका साधनहरू चढ्नु दुर्भाग्यपूर्ण बन्दै गएको अवस्था छ।

            सडक दुर्घटनाको प्रमुख कारण चालकले क्षमता भन्दा बढि यात्रु राख्नु , मदिरा पिएर सबारी चलाउनु, समयमा सबारी जाँच तथा मर्मत नगर्नु, अब्यबस्थित रुपमा सडकमा छाडिएका पशुचौपाया हरु छोड्नु, सिकारु ब्यक्तिलाई गाडिको जिम्मा लगाएर ड्राईभरले गाडिमा ध्यान नदिनु , सडकको अबस्थालाई ध्यान नदिएर मनपरी रुपमा सबारी हाँक्नु ,साँघुरा घुम्ती, सवारीहरूको प्रतिस्पर्धा र उछिन्ने मनशायले सडकमा यात्रा गर्ने पैदल यात्रु तथा साना सवारी प्रतिको वेवास्ता, सडक लेनको पालना नगर्नु, जीर्ण सडक, एउटै चालकले निरन्तर गाडी चलाउनु,  सडकगाडिको क्षमता भन्दा बढी सामान गाडि भित्र देखि लिएर छतसम्म राख्ने, यात्रुहरु झुन्ड्याएर चढाउने र सबारी चालक संग नजिकिएर भोलिको दिनमा केही सहज हुने मनसायले यात्रुहरुले गफ गरेर अनावश्यक डिस्ट्रब गर्नु यि त सडक दुर्घटनाका केही कारण तथा उदाहरण मात्र हुन। यि उदाहरणले के देखाउँछ भने देशमा सडक दुर्घटनाहरु बढिरहेका छन् तर यसको न्युनिकरणमा सम्बन्धित निकायको ध्यान गएको देखिँदैन्।

            देशका लगभग 74-75 जिल्ला सडकको जालोले बेरिरहेको अबस्थामा सडक सबारी दुर्घटना न्युनिकरणको कुनै ठोस निर्णय र घटनाका दोषिलाई कडा कारवाही तथा पिडितले न्याय पाउने कुनै पहल भएको पाईँदैन् र भैहाले पनि क्षतिपुर्ति बापतको रकमले केही टिको टुङ्गो लाग्दैन उल्टै पिडितको घाउ बल्झाउने काम मात्र भएको छ त्यसको सहि कार्यान्ययन भएको अवस्था छैन्। दिनानुदीन बढिरहेको सडक दुर्घटना न्यूनीकरणका लागी सरकारले बेला बेला छानवीन समिती पनि गठन गरेको सुन्न मा आउँछ। के कति छानबीन समिति बने, छानबिन समितिले के काम गरे, अध्ययन प्रतिवेदन कहाँ बुझाए, सरकारले ठोस निर्णय के गर्‍यो, यातायात समितीलाई के कस्ता  ऐन नियम कानूनमा बाँधियो, छानबीन समितिका बहस र बुँदाहरूले सरकारलाई फाईदा के भयो, पीडितले न्याय र क्षतिपूर्तिका लागी अब के गर्ने, यी यावत प्रश्नहरूको सटिक जवाफ सरकार सँगै छैन। बिभिन्न छानबिन समिती बन्छन। तारे होटलमा निर्णय हुन्छ। पैसा पावर र पोलिटिक्सकै भरमा ती छानबिन समितिका पदाधिकारी चुनिन्छन, निर्णयहरू तुहिन्छन्, सच्याईन्छन। दुर्घटनाका कारण सहितका प्रतिवेदन तथा सुझाव हरू हदम्याद नाघेपछी झिनो र तथ्यपुरक बिषय बस्तुको ढाकछोप गर्दे अनुमानको भरमा बुझाईन्छन। ति रिपोर्टहरू कहाँ जान्छन के निर्णय भयो भन्ने बारेमा सरकार नै अनभिज्ञ छ।

            विश्वमा प्रति ६ सेकेण्डमा १ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने नेपालमा प्रतिदिन कम्तिमा ६ देखि ७ जनाले सडक दुर्घटनामा ज्यान जाने गरेको तथ्यांक छ। दुर्घटनाका कारण शरीर अंगभंग हुने साथै मृत्युहुनेको संख्या तिब्र गतिमा उकालो लागेको छ। काठमाडौँ उपत्यकामा सडक दुर्घटनाका घटनाहरू बढ्दो क्रममा छन। टिपर आतङ्क देखि मिनि माईक्रो बसहरूले सडक छेउछाउमा हिड्ने यात्रु तथा मोटरसाइकल लाई गर्ने व्यवहारले गर्दा अकालमा मृत्यु हुनेको संख्या उकालो लागेको छ। उपत्यका बाहिर सडक दुर्घटना बढि हुन्छन् र जनधनको क्षति पनि धेरै हुने गरेको छ। तर दुर्घटनाको कारण र त्यसमा संलग्न तथ्यहरुको खोजि तथा दोषिलाई कारबाही हुँदैन यसरीनै अलमलिएको छ हाम्रो प्रशासन तथा यातायात क्षेत्र र सरकारी निकाय।

            पछिल्लो समय सडक दुर्घटनामा ब्रेक फेल तथा यावत कुराहरूको निँहु पारेर मानिसको जिन्दगी माथि सबारी चालकले खेलबाड गर्ने काम रोकिएको छैन तर सधै ब्रेकफेल भनेर जनताको जीवनमाथि खेलबाड गर्ने के हो त यो ब्रेकफेल ? ब्रेकफेल हुनुको कारण के हो ? सडकको दुराबस्था वा अन्य कुनै? त्यसको पनि गहन खोजि हुनु जरुरी छ। नियमीत चेकजांच गर्ने गरीएको सबारी साधनको सामान्य अवस्थामा ब्रेकफेल हुँदै हुदैन। कुनै पनि सबारी साधनको ब्रेकफेल हुनका लागी पूर्ण रुपमा ब्रेक आयल सकिएको हुनु पर्‍यो जसका सवारी धनी वा सबारी चालकले मर्मत संभारमा चासो नदिएको हुनुपर्छ या त त्यस संग सम्बन्धित पुर्जा हरुको खराबी हुनुपर्छ।

सवारी चालकहरू सवारी चलाउँदा गैरजिम्मेवार भएकै कारणले दुर्घटना बढेको अवस्था छ।राजमार्गहरूमा अधिकांश ठाउँमा प्रहरी द्धारा सवारी चेकजाँच, मादक पदार्थ सेवन गरे नगरेको तथा लाईसेन्स बिलबुक लगायतका कागजी प्रकृया पुरा गरे नगरेको चेकजाँच गर्नुपर्ने हो। यदाकदा त्यस्तो चेकजाँच गरेको पनि कमै देख्न पाईन्छ। दुर्घटनास्थल सम्म पुग्दा अथवा सवारीको लापरवाही पत्ता नलाग्दा सम्म सवारी साधन कति पटक चेकजाँच हुन्छ?  के के चेकजाँच गरिन्छ? कति ठाउँमा सवारी साधनले गर्ने गल्ती सवारी चालक ट्राफिकको पैसामा मिलान हुन्छ? गल्ती तथा लापरवाही लाई कति पटक सम्म छुट्ट मिल्ने आफन्त वा साथीकै नाताले? चिनेजानेको तथा भनसुन र फोनकै भरमा कैयौँ सवारीसाधनहरू चेकजाँच स्थलबाटै फिर्ता जान्छन। ईसाराकै भरमा चेकजाँच बाट बाहिरिन्छन।यी त केवल तपाई हामी सबैले देखका केवल उदाहरण मात्र हुन। हरेक निकाय तह र तप्काबाट ऐन नियम र कानूनको उल्लंघन भएकै छ। आफ्नो जिम्मेवारी र दायित्वलाई गहन रूपमा लिँदै सार्वजनीक सेवा प्रवाहमा गुनासो रहित सेवा दिनु सबैको जिम्मेवारी हो।

सडक दुर्घटनाको प्रमुख जिम्मेवार निकाय सडक बिभाग नै हो।सडक बनाउने जिम्मा सडक बिभागको हो।सडकको दुरावस्थाले गर्दा हुने अत्यधिक सवारी दुर्घटनाले अकालमा कैयौँको मृत्यु भएको अवस्था छ।पुराना सडकहरू समयमै निर्माण हुँदैनन्।नयाँ निर्माण भएका सडकहरू कमसल कच्चा पदार्थ र ठेकेदारको लापरवाहीले ४-6 महिना पनि टिकाउन हम्मे हुन्छ। समयमै ठेकेदार कम्पनीले काम सम्पन्न गर्दैनन्।बजेट सकाउनकै लागी काम हुन्छ। यथार्थपरक उद्देश्य पूर्तिका लागी काम गरिदैन। अनुगमन हुदैन। फितलो ऐन नियम र कानूनको उपहास गर्दे बिना मियोको दाँई लगाएर चल्ने देशमा हामी जनताले कहिले सम्म सरकार र जिम्मेवार निकायको मुख हेरेर बस्ने? हामी उच्चस्तरीय, बिलासी तथा आधुनिक साधनहरुको प्रयोगको नाममा सडक दुर्घटनाको शिकार भएका छौँ। त्यसैले सडक दुर्घटना पूर्ण रुपमा हटाउन नसके पनि यसको निराकरण उपायहरु अपनाउन सकिन्छ। तपाई हामी जहाँ छौँ जस्तो अबस्थामा छौँ त्यही बाट आबाज उठाऔँ र खबरदारी गरौँ हैन भने हाम्रो अमूल्य जीवन क्षणभरमै विलिन हुने भयाबह अबस्था हाम्रो अगाडि छ। त्यसलाई नकार्न सकिन्न।

(बिगत 9 बर्ष देखि लेखन क्षेत्रमा रूचि राख्ने प्रकाश भण्डारी न्याय क्षेत्रमा कार्यरत छन्)

“प्राकृतिक विपत्ती र सरकारको दायित्व”

लेखक:- प्रकाश भण्डारी "बिवेक"


नेपालको ईतिहास  देखि नै बाढी पहिरो जस्ता प्रकोपहरूबाट धेरै घर-परिवारहरू अभिभावक विहिन हुन पुगेका छन भने कैयौँ घरबार बिहिन भै एकल र बाध्यकारी जीवन जिउन बाध्य छन। बिगतका घटनाक्रमहरूलाई आंकलन गर्दा बाढीजन्य प्रकोपहरू बढोत्तरी भएको पाइन्छ।देशका विभिन्न भागमा केही दिनदेखि भैरहेको अविरल वर्षाका कारण तराईका अधिकांश जिल्ला डुबानको चपेटामा परेका छन् भने पहाडी भूभागहरू तथा राजमार्गहरूमा दिनानुदिन पहिरोको कारण मानवीय क्षति र भौतिक नोक्सानीको कुनै लेखाजोखा छैन।बाढी, पहिरो र डुवानग्रस्त क्षेत्रका वासिन्दाहरू चरम पीडाबोधको असामान्य अवस्थामा छन् र राज्य एवं सिंगो मानव समुदायबाट तत्काल राहतको प्रतिक्षामा छन्।

कतिपय पहाडी जिल्लाहरूमा पनि बाढी र पहिरोका कारण कैयौंले ज्यान गुमाएको दुःखद अवस्था सिर्जित भएको छ। बाढी, पहिरो र डुवानका लगायतका प्राकृतिक बिपत्तीबाट 2075 साल बैसाख यता असार 29 गते सम्ममा 1147 घटना घटिसकेको अवस्था छ भने उक्त घटनाबाट मृत्यु हुनेको संख्या 332, घाईते संख्या 2160, बेपत्ता 6०, प्रभावीत घरपरिवार 3359 छन् भने पूर्ण रूपमा 730 जनाको घर क्षति भएको छ। साथै करिब 70 करोड बराबरको क्षती भएको तथ्याङ्क राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको वेवसाईटमा उल्लेख गरिएको छ। जसले गर्दा दशौं हजार नागरिक प्राकृतिक बिपत्तीको प्रत्यक्ष मारमा परेर गासवासका निम्ति आश्रयस्थल खोज्दै समुचित राहतको ब्यग्र प्रतिक्षामा रहेको दारूण स्थिति उत्पन्न भएको छ।

बाढी र डुवानको चपेटामा परेका पूर्व मेचि देखि पश्चिम महाकाली सम्मका तराईका जिल्लाहरूमा अहिले डुवानका कारण जुन असामान्य स्थिति सिर्जना भएको छ त्यसका अन्तरनिहित कारणहरू मिहिन रुपमा खोतल्दै जाने हो भने एकातिर भारतले सीमावर्ती क्षेत्रमा अन्तर्राष्ट्रिय नियम कानून र प्रचलनहरू मिचेर जसरी तटबन्ध विस्तार गर्दैगएको छ त्यसले नदीनालाहरूको प्राकृतिक बहाव रोकिने र वगेको पानी नेपालभूमितिरै फर्केर नेपालभूमि डुवाउने गरेको दृश्य प्रत्यक्ष देखिन्छ भने यसरी प्राकृतिक बहाव रोकिँदा नदीनालाहरू उकासिँदै गएर गाउँवस्तीमा प्रवेश गर्ने अवस्था सिर्जित भएको पनि प्रष्ट हुन्छ।तराईमा हरेक वर्ष डुवानको समस्या जुन रुपमा चर्किँदैआएको छ त्यसको स्थायी समाधान भनेको भारतले पानीको प्राकृतिक प्रवाह रोक्न बनाएका संरचनाहरूबाट पानी निकास हुनसक्ने स्थायी व्यवस्था गर्नु नै हो। भारतले तराईमा मधेशवादका नाममा आगन्तुकहरूलाई उचालेर नेतागिरी गराउने र तराईका भूमिपुत्रहरूलाई प्रताडित गर्ने जुन राजनीतिक शृङ्खला चलाएको छ त्यसको प्रतिछाँया डुवानको यो प्रकरणमा पनि देखिएको छ।भारतले नेपालसंग असमान सम्झौता गरी निर्माण गरेको कोशी बाँध र गण्डक बाँध होस् वा नेपालको सहमति विना सीमावर्ती क्षेत्रमा बनाएका लक्ष्मणपुर बाँध लगायतका संरचनाहरू तराई डुवाउने प्रमुख कारण बनेका छन्। हिउँदमा नेपालबाट पानी लैजाने र वर्षामा बाँधका ढोकाहरू थुनेर नेपालभूमि डुबाउने भारतको दुर्व्यवहारको शिकार सर्वाधिक रुपमा तराईवासी नेपाली जनता नै भैरहेका छन्।

यस बारेमा न त सरकारले जिम्मेवारपूर्ण भूमिका निभाउन सकेको छ न सधै भारत भ्रमणमा जाने जम्बो टोली सहितको प्रधानमन्त्री तथा राष्ट्रपती सहितको दलबलले नै। जायज सान्दर्भीक र समय सापेक्ष बिषयमा प्रश्नै उठाईदैन निरर्थक र बेकम्मा अनौपचारीक भ्रमणमै बिगतका भ्रमणहरू सीमित हुन पुगेका छन, जसको कारण करोडौँ आर्थीक भार जनताले भोग्नु परेको कारूणीक अवस्था छ।

दिनानुदिनको भारी बर्षाको कारण कतिपय जिल्लामा सडक सम्पर्कसमेत विच्छेद भएको छ भने हवाइ यातायातसमेत अवरुद्ध हुनपुगेको अवस्था छ। सिङ्गो तराई क्षेत्रको भूभाग जलमग्न भएको यो अवस्थामा युद्धस्तर रुपमा उद्धार र राहत कार्य सञ्चालन गर्न सरकारले अहोरात्र पहलकदमी गर्नु अपरिहार्य छ भने सिंगो नागरिक समुदायले पनि आ-आफ्नो ठाउँबाट सेवा र सहयोग जुटाउनु परम कर्तव्य हुनआएको छ।राष्ट्रिय विपत्तिको यो घडीमा विपद् व्यवस्थापन नै सवभन्दा ठूलो चुनौती बनेको छ भने सवै क्षेत्र एकजूट भएर यो विपत्तिको सामना गर्नुको अर्को विकल्प छैन। सिंगो तराईमा हरेक वर्ष डुवानको समस्या नियमित आकस्मिकता जस्तै बनेको छ।अधिक वर्षा हुँदा बाढी र डुवानको प्रकोप बढी हुने गरेको छ भने कम वर्षा हुँदा कम।

सप्तरी र सुनसरीका वासिन्दाले आधा शताब्दिभन्दा लामो समयदेखि कोशी बाँधको पीडा भोग्दै आएका छन् भने नवलपरासीका वासिन्दाले गण्डक बाँधको। यो समस्या र जनता माथीको लापरवाही न हिजोको सरकारले देख्यो, सुन्यो न अहिले या भोली नै। सदैब यसरी नै अकालमा हजारौँ अबोध वालवालिका तथा युवा र बृद्धहरू टुहुरा भै अभिभावक विहीन बाँच्ने आशामै जीवन त्याग्नु पर्ने कारूणीक बाध्यता छ। राजनीतिक दल र दलको प्रतिनिधित्व गर्दै सरकारमा देश र जनताको हक हितको फुक्का भाषण गर्दे आशाको भूमरिमा जीवन जीउन बाध्यकारी बनाउने सरकारको यस्तो हेलचेक्र्याँई कहिले सम्म सहि बस्ने जनता?

सरकारले पहिलो चरणमा डुवानग्रस्त क्षेत्रमा उद्धार र राहत कार्यलाई तीब्रता दिनुपर्छ भने तराईलाई डुवानमुक्त क्षेत्र बनाउन आन्तरिक रुपमा नदीनालाहरूमा तटबन्ध निर्माण गर्दैजाने, भूअतिक्रमणको गति रोक्ने र भारतले बनाएका संरचनाहरूबाट पानीको प्राकृतिक बहाव नरोकिने अवस्थाका लागि भारतसंग दरो मुटु बनाई कुटनीतिक पहल गर्ने गर्नु नै समस्याको दीर्घकालीन समाधानको उपाय हो भन्ने हाम्रो ठहर छ। बाढीजन्य प्रकोपलाई पूर्ण रूपमा रोक्न त सकिदैँन तर यसलाई व्यवस्थापन गरी बाढीबाट हुने जनधनको क्षतिलाई न्यून भने गर्न सकिन्छ।बाढी पहिरोबाट पीडित नागरिकको जिवन रक्षा, राहत र उद्धार कार्यलाई प्रभाबकारी रूपमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो।सरकार, गैरसरकारी संघ संस्था,रेडक्रस स्थानीय सघ संस्था र क्लब मार्फत प्राकृतिक विपत्तिको यस घडिमा पीडित परिवारजनमा उचित राहत खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, औषधी र तत्कालका लागी अस्थायी बसोबासको यथाशीघ्र रूपमा प्रबन्ध गर्नु जरूरी छ।

तराईको समग्र समथल भूभाग यति विकराल रुपमा जलमग्न हुनुको कारण केही दिन यतादेखिको अविरल वर्षा नै  हो भन्ने देखिए पनि उत्तरबाट दक्षिण बगेका नदीनालाहरूको प्राकृतिक बहावमा समेत भौतिक संरचनाहरू निर्माण गर्दा उत्पन्न हुँदैगएको व्यवधानले  बाढी र डुवानको प्रकोपलाई तीब्रता दिइरहेको विभिन्न क्षेत्रको स्थलगत अवस्थाले इंगित गरिरहेको छ। अर्कातिर नेपालभित्रै पनि नदीनालाहरूका किनारामा रहेको जमिन अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने, चुरे क्षेत्रमा गिटीढुंगाको चोरी निकासी, पहाडि क्षेत्रमा बढ्दो मानविय अतिक्रमण, बिना तयारी र अध्ययन बिना डोजरको प्रयोग, अनियन्त्रीत बन फडानी र डढेलो,  रूखहरूको कटानी र बृक्षारोपणमा कमी, तारजाली पर्खालहरूको समयमै व्यवस्था नहुनु, कमजोर भुभागमा बढ्दो मशिनरी सामानको प्रयोग यि नै बाढी पहिरोका प्रमुख कारक तत्व हुन। यिनको समयमै व्यवस्थापन हुन सके प्राकृतिक नदी नाला र सम्पदाको संरक्षण त हुन्छ नै जसले गर्दा मानवीय तथा भौतिक क्षतिको सामना गर्नुपर्ने छैन।

आगामी दिनमा सरकारी जिम्मेवार भैकन यस्ता प्राकृतिक बिपत्तिबाट जनतालाई राहात मात्र बढ्ने आश्वसन नभै यो स्थिति सम्म आउने वातावरणको सिर्जना नहोस भन्नका लागी पहलकदमी उपाय चाल्नै पर्ने देखिन्छ। अन्त्यमा: बाढी पहिरो र सडक दुर्घटनामा जीवन बलिदान गर्नुहुने सम्पूर्ण नेपाली बुबा आमा दाजु भाई दिदी बिहिनीहरूमा गहिरो समवेदना प्रकट गर्दे परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस!!
प्रकाश भण्डारी बिवेक
गैँडाकोट न.पा २ नवलपरासी

असारे विकासको चटारोले, अर्बौँ सरकारी ढुकुटीको सत्यानाश!!



लेखक:- प्रकाश भण्डारी "बिवेक"
लामो तथा छोटो दुरीको यात्रा गर्दा यात्रा अवधिमा देखिने घटनाहरूले अचेल मनमा एउटै कुरा खड्किरहन्छ। बषौँसम्म नसकिएका विकास निर्माणका काममा सरकारले सदैब किन आर्थिक वर्ष सकिनै लाग्दा बजेट छुट्याउँछ ? किन सदैव चौतर्फी बिरोधका आवाजहरू उठ्दा पनि कहिल्यै सरकार जवाफदेही हुँदैन। बालुवामा पानी खनाए जसरी अर्बौँ रकम एउटै नतिजा र परिणामका खातिर सदैब खर्च गरिएको छ। दिगो तथा गुणस्तरीय बिकास निर्माणका काममा सरकार दत्तचित्त भएर लाग्ने कहिले ? ठेकेदार कम्पनी पाल्ने र उनीहरूकै रोजिरोटी मात्रै बचाउने हो या जनताले चाहेको दिगो बिकास र आमूल परिवर्तनमा पनि बजेट खर्च गर्ने।
फ्रिज हुनै लागेको २ अर्ब रूपैँया सरकारले असार मशान्तभित्रै सक्ने रणनीतिका साथ अगाडि बढेको छ। बिकास निर्माणका अपूरा अधुरा कामहरूमा हात हालेको छ । भर्खर नयाँ सडक खनिदै छन् त कनै झरी झरीमा कालोपत्रे (पिच) गर्ने काम चलिरहेछ गाँउ शहरका तिनै मुख्य तथा सहायक र नयाँ सडकहरूमा वर्षमा छिटफुट देख्न पाईने डोजर र स्काभेटर जेठ पश्चात बाक्लै प्रयोग भएको देख्न अनि सुन्न पाईन्छ । जव बैशाख सकिएर जेठ शुरू हुन थाल्छ तब वर्षौँदेखि सम्पन्न हुन नसकेका सडक लगायत अन्य बिकास निर्माणका कामहरू यही समयमा वजेट सक्ने ध्याउन्न मै हतार हतारमा सम्पन्न गरिन्छ । गुणस्तरहीन काम गरेर नाम अनि दाम कमाउने सुरमै अगाडी बढाईन्छ यिनै हतारे असारे विकासका कामहरू।

जेठ-असार देखि नै मनसुन सक्रिय भैसक्दा पनि मौसम परिवर्तनको गतिसँगै विकासले पनि फड्को मारेको अवस्था छ। प्रचण्ड गर्मीमा होस या झमझम झरी परेको बेला होस् चोक चौकाहरू र गाँउ घरका सडकहरू निर्माण गर्ने, मर्मत गर्नेदेखि कालोपत्रे गर्ने लगायतका काम धमाधम चलिरहेका छन्। न त चर्को घामले पोल्छ न त निथ्रुक्क भिज्ने झरीले नै सडकमा बालकदेखि बृद्धसम्मका व्यक्तिहरूको निर्माणका कामहरूमा बाक्लै उपस्थिति देखिन्छ।

वर्ष दिनसम्म काम नगरी बस्ने र आर्थिक वर्ष सकिनै लाग्दा हतारमै बजेट सक्ने नियतवश दशकौँदेखि यही परम्परा बसेको छ। बिगतका वर्षहरूमा पनि बिरोध नगरिएका होईनन् । आवाज नउठेका होईनन्  केही समय समाचार बन्छ समय घर्किँदै गएपश्चात ती समाचार ओझेल पर्छन्।

दशकौँदेखि चलिआएको यो विकासको गति कतिन्जेलसम्म यसरी नै चल्ने हो न त कुनै अनुमान गर्न सक्ने अवस्था छ, न त कुनै आंकलन गर्न नै। वर्षौँसम्म सम्पन्न गर्न नसकेका निर्माणका कामहरू जेठ पश्चात हतार हतारैमा सम्पन्न गरिन्छ । राजनीतिक प्रतिसोध र पहुँचवालहरूकै भरमा यहाँ विकासका नाममा चरम लापर्वाही भैरहेको अवस्था छ । गुणस्तरहीन सामाग्री अनि हतारमा गरिने निर्माणका कामहरूले दिगो रूपमा विकासलाई स्थायित्व दिन सकेको अवस्था छैन। वर्ष दिनसम्म काम नगरी बस्ने र आर्थिक वर्ष सकिनै लाग्दा हतारमै बजेट सक्ने नियतवश दशकौँदेखि यही परम्परा बसेक छ । बिगतका वर्षहरूमा पनि बिरोध नगरिएका होईनन् । आवाज नउठेका होईनन्  केही समय समाचार बन्छ समय घर्किँदै गएपश्चात ती समाचार ओझेल पर्छन्।

न सरकारले सुन्यो, त अनुगमनले नै । सरकारलाई बजेट फ्रीज हुनुभन्दा ढुलेमुले विकास गरेर जनताको आँखामा छारो हाल्ने र ठेकेदारहरूको प्यारो भईदिए भयो । यहाँ त्यही बिकास कति अपरिहार्य छ भन्ने लेखाजोखा गर्ने निकाय कहाँ छ ? कामको मूल्याङ्कन तथा अनुगमन गर्दे समयमै काम गर्न र सम्पन्न गर्न सरकारले किन जवाफदेही भूमिका निभाउन सक्दैन ?

सदैब यसरी नै स्थानीय तथा राष्ट्रिय स्तरबाटै आवाज उठाउँदा पनि असारे विकासको यो परिणती सदैब दोहोरियो। न सरकारले सुन्यो, त अनुगमनले नै । सरकारलाई बजेट फ्रीज हुनुभन्दा ढुलेमुले विकास गरेर जनताको आँखामा छारो हाल्ने र ठेकेदारहरूको प्यारो भईदिए भयो । यहाँ त्यही बिकास कति अपरिहार्य छ भन्ने लेखाजोखा गर्ने निकाय कहाँ छ ? कामको मूल्याङ्कन तथा अनुगमन गर्दे समयमै काम गर्न र सम्पन्न गर्न सरकारले किन जवाफदेही भूमिका निभाउन सक्दैन ? अलपत्रै काम छाडेर ठेकेदार कम्पनी कैयौँ समयदेखि सम्पर्क बिहीन छन् भने कतै म्याद लम्ब्याउँदै बजेट सकाउन पल्केकाहरूलाई कानूनी दायरामा ल्याउने कस्ले ? कामको शिलशिलामा हुने लापरबाही, ढिलासुस्ती, अनियमितता र कमजोरीका बारेमा बोल्ने अधिकार न हामीलाई छ न त स्थानीय तहबाटै खोजी गरिन्छ नै । सरकार सधै यसरी नै असारमै बजेट सकाउने ध्याउन्नमा लागेर अर्बौँ बजेट सकाउनु भन्दा समयमै काम संचालन, अनुगमन, तथा सम्पन्न गर्ने कार्यमा कटिबद्ध भएर लाग्नु जरूरी छ।
प्रकाश भण्डारी बिवेक

गैँडाकोट न.पा २ नवलपुर

कागतीका चामत्कारिक फाइदा


कागती स्वास्थ्यका लागि निकै लाभदायी फल हो । स्वास्थ्यमा यसले पार्ने फाइदा र विशेष खालको स्वादका कारण कागती विभिन्न प्रकारका भोजनमा प्रयोग गरिन्छ । यसले तौल नियन्त्रण गर्नेदेखि लिएर क्यान्सर लाग्न नदिनेसम्मका काम गर्छ । खासगरी कागती मेक्सिको, भियतनाम र थाइल्याण्डमा लोकप्रिय छ।
 मानिसलाई दैनिक चाहिने भिटामिन सीको ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसमा उच्चमात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र केजस्ता भिटामिनहरु पाइन्छ । यसमा क्यालोरी, कार्बोहाइड्रेट र चिल्लोपदार्थ निकै कममात्रामा पाइन्छ । एउटा ६७ ग्रामको कागतीमा २० क्यालोरीमात्र पाइन्छ । यतिमात्र होइन, कागतीको बोक्रा फाइबर, एन्टीअक्सिडेन्टजस्ता तत्वले भरपूर हुन्छ । 
स्वास्थ्यमा हुने फाइदा
मुटु रोगबाट रोकथाम गर्छ : कागतीमा पाइने घुलनशिल फाइबर र लिमोनिनले रक्तचाप घटाउन मद्धत गर्छ । यसले रक्त धमनीको सूजनबाट बचाई मुटु रोग लाग्न दिँदैंन। यसमा पाइने पोटासियम र म्याग्नेसियमले रक्त सन्चारमा सुधार गर्छ र मुटुको समग्र स्वास्थ्यमा वृद्धि गर्छ ।
स्ट्रोक हुन दिँदैंन : कागतीको रस र बोक्रामा पाइने भिटामिन सीले स्ट्रोकको खतरा कम गर्छ, विशेष गरी महिलाका लागि यो उपयोगी हुन्छ । मुटुको धमनीमा बोसो जम्न नदिई कोरोनरी मुटु रोग लाग्न दिँदैंन । 
कोलेस्टेरोल कम गर्छ : कागतीमा पाइने फ्लाभोनोइड हेस्पेरिडिनले खराब कोलेस्टेरोल र ट्राइग्लिसेरिड काम गर्न मद्धत गर्छ ।
क्यान्सर लाग्न दिँदैंन : कागतीमा पाइने एन्टीअक्सिडेन्टसहितका फोटोकेमिकल्सहरु जस्तै फ्लाभोनोइड, फ्लाभोन्स, ट्रिटर्पेनोइड र लाइमोनोइडमा क्यान्सरसँग लड्ने क्षमता हुन्छन् । यी तत्वले कोलोन, स्तन, प्रोस्टेट, प्याङक्रियाटिक, पेट, फोक्सो, मिर्गौला र रक्त क्यान्सरका कोषहरु बढ्नबाट रोक्छ ।
तौल नियन्त्रण गर्छ : कागतीमा पाइने विशेष खालको तेलले तौल घटाउनुका साथै खानाको उपभोग नियन्त्रण गर्छ । साइट्रिक एसिड चिल्लो हटाउने उत्कृष्ट तत्व हो । तातो पानीमा एउटा कागतीको रस हालेर नियमित रुपमा पिउने हो भने एकसाताभित्रै सकारात्मक परिणाम पाउन सकिन्छ । 
रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ : यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गरी मलेरिया, डाइरिया, निमोनियाजस्ता रोगको संक्रमण हुन दिँदंैन । यसमा पाइने भिटामिन सीले रुघाखोकी, ज्वरो आउन दिँदैंन । 
किड्नी स्टोनबाट बचाउँछ : कागतीको ताजा जुसले किड्नी स्टोन हुन दिँदैंन र भएको पनि हटाउन मद्धत गर्छ । एक अध्ययनमा लगातार ४ वर्ष कागती सेवनले मिर्गौलाको पत्थरी घटाएको पाइएको थियो । 
छाला स्वास्थ्यका लागि उपयोगी : यसमा पाइने स्वस्थ एसिडले छालाका मृत कोष हटाउने काम गर्छ । यसले कोलाजेन निर्माण गर्छ, चाउरी पर्न दिँदैंन  समग्र रुप सुन्दर बनाउने काम गर्छ । साथै, डण्डीफोर, दाग हटाउँछ । घाम, धूलो र प्रदूषका कारण हुने छालाको क्षति हुनबाट जोगाउँछ । 
यसका साथै कागतीले हुने अन्य फाइदा 
कब्जियत नियन्त्रण गर्छ
मधुमेह नियन्त्रण गर्छ
पेप्टिक अल्सर निको पार्छ
श्वासप्रश्वासको समस्या निको पार्छ
बाथको उपचारमा सहयोगी
आँखाको समस्या निको पार्छ
ज्वरो घटाउँछ
युरिक एसिडको उपचार गर्छ
पायल्सको उपचार गर्छ
झाडापखाला रोक्छ
पिसाब नियमित गर्छ
कपालको सौन्दर्यमा उपयोगी
महिला स्वास्थ्य राम्रो बनाउँछ

पुदीनाका लोभलाग्दा फाइदा


नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ।
यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ। दुई दर्जन जात र सयांै प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ। पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ। 
धेरैले पुदीनालाई माउथ फ्रेसनरको रुपमा मात्र चिन्छन्। तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन्। 
पाचन प्रक्रियामा सहयोगी
पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ। 
टाउको दुखाई निको पार्छ
पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ। पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। पुदीनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ। 
श्वासप्रश्वासको समस्या हुन दिँदैन
यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन। दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ। यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन्। 
दम निको पार्छ
पुदीनाको नियमित प्रयोगले दमका बिरामीलाई फाइदा पुग्छ। तर नाक र घाँटीलाई प्रभाव पर्ने गरी पुदीनाको बढी प्रयोग भने गर्न हुन्न। 
दूध चुसाइरहेका महिलालाई उपयोगी
दूध चुसाइरहेका महिलाको स्तन र मुन्टोमा पीडा हुन सक्छ। अध्ययनले के पुष्टि गरेको छ भने पुदीनाको तेलले त्यस्तो पीडा कम गर्छ। 
डिप्रेसन र थकान घटाउँछ
यसले शक्तिलाई रिचार्ज गर्नुका साथै दिमागको काम गर्ने क्षमता वृद्धि गर्छ। यदि चिन्ता, डिप्रेसन आदिको समस्या छ भने पुदीना र यसका अरु उत्पादनले समाधान गर्न सहयोग पु¥याउँछन्। सुत्ने बेला अलिकता पुदीनाको तेल तकियामा छर्कने हो भने दिमाग र शरीरले काम गर्ने क्षमतामा वृद्धि हुन्छ। 
छालाको हेरचाह
यो राम्रो एन्टिसेप्टिक पनि हो। यसको जुसले छाला सफा गर्नुका साथै छालाको संक्रमण, डण्डीफोर र दाग हटाउन मद्दत गर्छ। यसमा भएको तत्वका कारण पुदीनाले लामखुट्टे, मौरीजस्ता किराले टोकेको पनि निको पार्छ। 
स्मरणशक्ति बढाउँछ
हालै गरिएको एक अध्ययनले पुदीनाले स्मरणशक्ति बढाउने पनि पुष्टि भएको थिया। पुदीना मिसाइएको चुईङगम खानाले दिमागी सचेतना बढ्ने भएका कारण स्मरणशक्ति पनि बढ्ने देखिएको अध्ययनमा सहभागीहरु बताउँछन्। 
यसका साथै पुदीनाको नियमित उपभोगले तौल घटाउने, प्रजनन क्षमतामा वृद्धि गर्ने, मुख स्वास्थ्यमा उपयोगी हुने, एलर्जी हटाउने, क्यान्सर रोकथाम गर्नेजस्ता काम गर्छन्।