लेखक:- प्रकाश भण्डारी "बिवेक" |
पछिल्लो समय
सडक दुर्घटनाका घटनाले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या भयाबह रुपमा बढेको छ।
सडक दुर्घटनाको प्रमुख कारण सबारी चालकको लापर्रवाही नै हो। यसमा द्धिमत छैन्। आजकल पाँच सात जनाको सडक
दुर्घटनामा ज्यान नगुमेको दिन सायदै खाली छैन होला। एक
दुई जनाको मृत्युको समाचार सबैलाई सामान्य हुन थाल्यो। त्यसले खासै चर्चा पाउन छाड्यो र यि समाचार सामान्य बन्दैछन् अचेल। दिनानुदिन
यसरी सबारी दुर्घटना बढेकोले सबारी साधनमा चढ्ने बेला पनि सकुशल गन्तब्यमा पुगिन्छ
पुगिँदैन झनै अन्यौलता बढ्नु स्वभाविकै हो।सवारी
साधनमा सिट पाउने, समयमा पुग्ने आशा भन्दा पनि विस्तारै
जनमानसमा सकुशल घर पुग्नु नै ठूलो सपना हुँदैछ। हालका
ठूला सडक दुर्घटना र तिनैबाट सृजित परिणामहरूले गर्दा यात्रा गर्नुभन्दा अगाडि मेरो
यात्रा र काम कत्तिको आवश्यकता छ र नतिजामुखी भनेर सोचेर मात्र यात्रा गर्नुपर्ने
बाध्यता छ।सामान्य भेटघाटकै लागी सार्वजनिक यातायातका साधनहरू चढ्नु
दुर्भाग्यपूर्ण बन्दै गएको अवस्था छ।
सडक दुर्घटनाको प्रमुख कारण
चालकले क्षमता भन्दा बढि यात्रु राख्नु , मदिरा पिएर सबारी चलाउनु, समयमा सबारी
जाँच तथा मर्मत नगर्नु, अब्यबस्थित रुपमा
सडकमा छाडिएका पशुचौपाया हरु छोड्नु, सिकारु ब्यक्तिलाई गाडिको जिम्मा लगाएर ड्राईभरले गाडिमा ध्यान नदिनु , सडकको अबस्थालाई ध्यान नदिएर मनपरी रुपमा सबारी हाँक्नु ,साँघुरा घुम्ती, सवारीहरूको प्रतिस्पर्धा र उछिन्ने मनशायले सडकमा यात्रा गर्ने पैदल यात्रु
तथा साना सवारी प्रतिको वेवास्ता, सडक लेनको पालना नगर्नु, जीर्ण सडक, एउटै चालकले निरन्तर गाडी चलाउनु, सडकगाडिको क्षमता
भन्दा बढी सामान गाडि भित्र देखि लिएर छतसम्म राख्ने, यात्रुहरु झुन्ड्याएर चढाउने र सबारी चालक संग नजिकिएर
भोलिको दिनमा केही सहज हुने मनसायले यात्रुहरुले गफ गरेर अनावश्यक डिस्ट्रब गर्नु
यि त सडक दुर्घटनाका केही कारण तथा उदाहरण मात्र हुन। यि उदाहरणले के देखाउँछ भने देशमा सडक
दुर्घटनाहरु बढिरहेका छन् तर यसको न्युनिकरणमा सम्बन्धित निकायको ध्यान गएको
देखिँदैन्।
देशका लगभग 74-75 जिल्ला सडकको जालोले
बेरिरहेको अबस्थामा सडक सबारी दुर्घटना न्युनिकरणको कुनै ठोस निर्णय र घटनाका
दोषिलाई कडा कारवाही तथा पिडितले न्याय पाउने कुनै पहल भएको पाईँदैन् र भैहाले पनि
क्षतिपुर्ति बापतको रकमले केही टिको टुङ्गो लाग्दैन उल्टै पिडितको घाउ बल्झाउने काम मात्र भएको छ
त्यसको सहि कार्यान्ययन भएको अवस्था छैन्। दिनानुदीन बढिरहेको
सडक दुर्घटना न्यूनीकरणका लागी सरकारले बेला बेला छानवीन समिती पनि गठन गरेको
सुन्न मा आउँछ। के कति छानबीन समिति बने, छानबिन समितिले के काम गरे, अध्ययन प्रतिवेदन कहाँ बुझाए, सरकारले ठोस निर्णय के गर्यो, यातायात समितीलाई के
कस्ता ऐन नियम कानूनमा बाँधियो, छानबीन समितिका बहस
र बुँदाहरूले सरकारलाई फाईदा के भयो, पीडितले न्याय र क्षतिपूर्तिका लागी अब के गर्ने, यी यावत प्रश्नहरूको
सटिक जवाफ सरकार सँगै छैन। बिभिन्न छानबिन समिती बन्छन। तारे होटलमा निर्णय हुन्छ।
पैसा पावर र पोलिटिक्सकै भरमा ती छानबिन समितिका पदाधिकारी चुनिन्छन, निर्णयहरू तुहिन्छन्, सच्याईन्छन। दुर्घटनाका कारण
सहितका प्रतिवेदन तथा सुझाव हरू हदम्याद नाघेपछी झिनो र तथ्यपुरक बिषय बस्तुको ढाकछोप
गर्दे अनुमानको भरमा बुझाईन्छन। ति रिपोर्टहरू कहाँ जान्छन के निर्णय भयो भन्ने
बारेमा सरकार नै अनभिज्ञ छ।
विश्वमा प्रति ६ सेकेण्डमा १
जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् भने नेपालमा प्रतिदिन कम्तिमा ६ देखि ७
जनाले सडक दुर्घटनामा ज्यान जाने गरेको तथ्यांक छ। दुर्घटनाका कारण शरीर अंगभंग
हुने साथै मृत्युहुनेको संख्या तिब्र गतिमा उकालो लागेको छ। काठमाडौँ उपत्यकामा
सडक दुर्घटनाका घटनाहरू बढ्दो क्रममा छन। टिपर आतङ्क देखि मिनि माईक्रो
बसहरूले सडक छेउछाउमा हिड्ने यात्रु तथा मोटरसाइकल लाई गर्ने व्यवहारले गर्दा
अकालमा मृत्यु हुनेको संख्या उकालो लागेको छ। उपत्यका बाहिर सडक दुर्घटना बढि हुन्छन् र जनधनको क्षति पनि धेरै हुने गरेको छ।
तर दुर्घटनाको कारण र त्यसमा संलग्न तथ्यहरुको खोजि तथा दोषिलाई कारबाही हुँदैन यसरीनै अलमलिएको छ
हाम्रो प्रशासन तथा यातायात क्षेत्र र सरकारी निकाय।
पछिल्लो समय सडक दुर्घटनामा
ब्रेक फेल तथा यावत कुराहरूको निँहु पारेर मानिसको जिन्दगी माथि सबारी चालकले खेलबाड
गर्ने काम रोकिएको छैन तर सधै ब्रेकफेल भनेर जनताको जीवनमाथि खेलबाड गर्ने के हो त
यो ब्रेकफेल ? ब्रेकफेल हुनुको कारण के हो ? सडकको दुराबस्था वा अन्य कुनै? त्यसको पनि गहन खोजि हुनु जरुरी छ। नियमीत चेकजांच गर्ने
गरीएको सबारी साधनको सामान्य अवस्थामा ब्रेकफेल हुँदै हुदैन। कुनै पनि सबारी
साधनको ब्रेकफेल हुनका लागी पूर्ण रुपमा ब्रेक आयल सकिएको हुनु पर्यो जसका सवारी धनी वा
सबारी चालकले मर्मत संभारमा चासो नदिएको हुनुपर्छ या त त्यस संग सम्बन्धित पुर्जा
हरुको खराबी हुनुपर्छ।
सवारी चालकहरू सवारी चलाउँदा गैरजिम्मेवार भएकै कारणले दुर्घटना बढेको अवस्था छ।राजमार्गहरूमा अधिकांश ठाउँमा प्रहरी द्धारा सवारी
चेकजाँच, मादक पदार्थ सेवन
गरे नगरेको तथा लाईसेन्स बिलबुक लगायतका कागजी प्रकृया पुरा गरे नगरेको चेकजाँच
गर्नुपर्ने हो। यदाकदा त्यस्तो चेकजाँच गरेको पनि कमै देख्न पाईन्छ। दुर्घटनास्थल
सम्म पुग्दा अथवा सवारीको लापरवाही पत्ता नलाग्दा सम्म सवारी साधन कति पटक चेकजाँच
हुन्छ? के के चेकजाँच
गरिन्छ? कति ठाउँमा सवारी साधनले गर्ने गल्ती सवारी चालक ट्राफिकको पैसामा मिलान
हुन्छ? गल्ती तथा लापरवाही लाई कति पटक सम्म छुट्ट मिल्ने आफन्त वा साथीकै नाताले?
चिनेजानेको तथा भनसुन र फोनकै भरमा कैयौँ सवारीसाधनहरू चेकजाँच स्थलबाटै फिर्ता
जान्छन। ईसाराकै भरमा चेकजाँच बाट बाहिरिन्छन।यी त केवल तपाई हामी सबैले देखका
केवल उदाहरण मात्र हुन। हरेक निकाय तह र तप्काबाट ऐन नियम र कानूनको उल्लंघन भएकै
छ। आफ्नो जिम्मेवारी र दायित्वलाई गहन रूपमा लिँदै सार्वजनीक सेवा प्रवाहमा गुनासो
रहित सेवा दिनु सबैको जिम्मेवारी हो।
सडक दुर्घटनाको प्रमुख जिम्मेवार निकाय सडक बिभाग नै हो।सडक बनाउने जिम्मा सडक
बिभागको हो।सडकको दुरावस्थाले गर्दा हुने अत्यधिक सवारी दुर्घटनाले अकालमा कैयौँको
मृत्यु भएको अवस्था छ।पुराना सडकहरू समयमै निर्माण हुँदैनन्।नयाँ निर्माण भएका
सडकहरू कमसल कच्चा पदार्थ र ठेकेदारको लापरवाहीले ४-6 महिना पनि टिकाउन हम्मे
हुन्छ। समयमै ठेकेदार कम्पनीले काम सम्पन्न गर्दैनन्।बजेट सकाउनकै लागी काम हुन्छ।
यथार्थपरक उद्देश्य पूर्तिका लागी काम गरिदैन। अनुगमन हुदैन। फितलो ऐन नियम र
कानूनको उपहास गर्दे बिना मियोको दाँई लगाएर चल्ने देशमा हामी जनताले कहिले सम्म सरकार
र जिम्मेवार निकायको मुख हेरेर बस्ने? हामी
उच्चस्तरीय, बिलासी तथा आधुनिक साधनहरुको प्रयोगको
नाममा सडक दुर्घटनाको शिकार भएका छौँ। त्यसैले सडक दुर्घटना पूर्ण रुपमा हटाउन
नसके पनि यसको निराकरण उपायहरु अपनाउन सकिन्छ। तपाई हामी जहाँ छौँ जस्तो अबस्थामा
छौँ त्यही बाट आबाज उठाऔँ र खबरदारी गरौँ हैन भने हाम्रो अमूल्य जीवन क्षणभरमै
विलिन हुने भयाबह अबस्था हाम्रो अगाडि छ। त्यसलाई नकार्न सकिन्न।
(बिगत 9 बर्ष देखि लेखन क्षेत्रमा रूचि राख्ने प्रकाश भण्डारी न्याय क्षेत्रमा
कार्यरत छन्)
No comments:
Post a Comment
If you have any doubts, Please let me know.