रक्सीको अत्याधिक सेवनले स्वास्थ्यमा हानी पुयाउँछ । अधिक रक्सी सेवनबाट कलेजोको रोग, स्ट्रोक, मुटु रोग र क्यान्सरको सम्भावना बढी हुन्छ । उच्च रक्तचापको प्रमुख कारण रक्सी सेवन पनि हो । रक्सीमा अत्याधिक शक्ति हुन्छ । यसबाट शरीरलाई प्रसस्त क्यालोरी प्राप्त हुन्छ । यसले शरीरको तौल बढाउन मद्दत पु¥याउँछ । तौल घटाउन रक्सीको सेवन बन्द गर्नुपर्छ । उच्च रक्तचापका रोगीले रक्सी सेवन बन्द गरेमा रक्तचाप पनि कम भएर जान्छ । रक्सी थोरै मात्रामा सबैका लागि फाइदाजनक छ भनी निष्कर्ष निकाल्नु कदापि हुँदैन । कसका लागि फाइदा छ र कसका लागि बेफाइदा छ भन्ने कुराको निर्णय शरीरको पूर्ण परीक्षणपछि चिकित्सकले गर्ने हो । यसकारण रक्सीको थोरै मात्रामा सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन चालू राख्ने या बन्द गर्ने निर्णय लिन प्रत्येक ६–६ महिनामा चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।
Subscribe to:
Post Comments (Atom)
-
छोराछोरी कसरी हुर्काउने भन्ने सम्बन्धमा लेखिएको बेस्टसेलर पुस्तक ‘हाउ टु टक सो किड्स विल लिसन एन्ड लिसन सो किड्स विल टक’ अभिभावकका निम्त...
-
1 : सबै भन्दा लामो देश कुन हो ? Ans: Chile 2 : संसारकै सबै भन्दा लामो पर्खाल कुनलाई मानिन्छ ? Ans: The Great Wall of China 3 : सबैभन्द...
-
१. हरेक वर्ष विश्वमा ५ करोड ६० लाख मानिसको मृत्यु हुने गरेको छ । २. ३ करोड ५० लाख मानिसको मृत्यु नसर्ने रोगका कारण हुने गरेको छ । ३. १ करो...

No comments:
Post a Comment
If you have any doubts, Please let me know.