मुखमा दुर्गन्ध भएको मानिसले कुरा गर्दा वा सास फेर्दा उसको मुखबाट निस्कने हावा पनि दुर्गन्धित हुन्छ । यो समस्या कसमा छ भन्ने सामान्यतया थाहा हुँदैन पनि । बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट पनि दुर्गन्ध निस्किरहेको हुन्छ । कहिले काहि श्रीमान् श्रीमतीबीच फाटो ल्याउने कारक तत्व नै मुखको दुर्गन्ध हुन पुग्छ । यो नदेखिने किसिमको रोग भए पनि हरेक मानिसले यसका बिरामीलाई जानीनजानी घेणा गरिरहेका हुन्छन् । सासबाट दुर्गन्ध आउने यो रोगलाई चिकित्सा क्षेत्रमा हेलिटासिस् भन्ने गरिन्छ । यसरी मुखबाट दुर्गन्ध दाँत र गिजाको रोग पायरिया हुनु, दाँतमा फोहोर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि कारणले निस्कन्छ । त्यस्तै पाचन प्रणालीले ठीक ढंगले काम नगर्नु, जिब्रोमा फेहोर जम्मा हुनु, नक्कली दाँत हालिनु, धूमपान, तमाखु, गुटखा आदि खानु, मदिरापान, मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, टीबी, निमोनिया, साइनस, डिप्थिया, लसुन, प्याज खानु, दाँतमा खाना अड्किनु, दाँत नियमित नमाझ्नु आदि कारणले पनि मुखबाट दुर्गन्ध आउँछ ।
Subscribe to:
Post Comments (Atom)
-
1 : सबै भन्दा लामो देश कुन हो ? Ans: Chile 2 : संसारकै सबै भन्दा लामो पर्खाल कुनलाई मानिन्छ ? Ans: The Great Wall of China 3 : सबैभन्द...
-
लोक सेवा आयोगले सुदूरपश्चिमाञ्चलमा लिएको नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित गरेको छ । दिपायलको सुदूरपश्चिमाञ्चल क्षेत्र...
No comments:
Post a Comment
If you have any doubts, Please let me know.