जाडोमा औंला सुन्निएला, विचार गरौं

छालाका लागि जाडो जोखिमपूर्ण मौसम मानिन्छ । जाडोमा बिशेष गरी छाला सुख्खा हुने, चिलाउने,औँला सुन्निने र फुट्ने समस्या बढी देखिने गर्छ  । चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झाका अनुसार चिसो मौसममा रक्तनलीहरु बढी संवेदनशील हुने हुनाले नसा खुम्चन्छन् । चिसोले रक्तनलीबाट पानी बाहीर आएर जम्मा हुन्छ र आंला सुन्निने गर्छन् । 
डा. झा भन्छन्, औंला सुन्निदा चिलाउने, पोल्ने धेरै भएर चिरा पर्ने र संक्रमणसमेत हुने गर्छ ।’ जाडोयाममा औंला सुन्निने समस्याबाट पुरुषभन्दा महिला बढी प्रभावित हुने गरेको डाक्टरहरुको अनुभव छ । महिलाहरुले चिसो पानीसँग बढी खेल्ने हुँदा उनीहरुमा यो समस्या बढी देखिने गरेको हो । सुन्निने समस्यालाई चिकित्सकीय भाषामा ‘चिलब्लेन’ भनिन्छ । यो समस्या नाक, कान, औंला र कुर्कुच्चामा पनि देखिन्छ । चिसोजन्य रोगको जोखिम भएका व्यक्तिहरुले असोजदेखि फागुनसम्म शरीरलाई न्यानो राख्नु पर्छ । हातखुट्टा सुन्निदैमा उपचारको पछि लाग्नुभन्दा कसरी चिसोबाट बँच्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु उचित हुन्छ । त्यसैले चिसो पानी, चिसो हावा र चिसो तापक्रमबाट बच्नु नै यसको रोकथामको मुख्य उपाय हो । हातखुट्टा सुन्निने समस्यालाई बेवास्ता गर्दा पछि गएर हातखुट्टा फुट्ने र घाउसमेत हुनसक्छ । नेपालमा जाडो मौसमसँगै लोडसेडिङ हुने भएकाले हिटर बाल्न नसके पनि शरीरको सुरक्षाकालागि पन्जा, मोजा, टोपीजस्ता पहिरनमा ध्यान पुराउनु पर्छ । साथै चिसोमा काम गर्ने र बिशेष गरी गृहिणीहरुले पन्जा र हट वाटर व्यागको प्रयोग गर्नु सबभन्दा उत्तम उपाय हो ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post