कुन राशि भएका व्याक्तिहरुले आज (२०७५-०४-२०) कस्तो रङ र अंक प्रयोग गर्ने ।

मेष राशि हुनेहरुका लागि आजको समय शुभ रहनेछ । नयाँ काम आरम्भ गर्दा पछि सम्म आम्दानि भईरहनेछ भने व्यापार व्यावसाय फस्टाएर जानेछ । व्यापारी,पत्रकार,बिद्यार्थी तथा आफ्नै लगानिबाट सस्था गर्नेहरुला लागि समय राम्रो रहकोछ । आजको लागि शुभ गुलावी रहेकोछ । आजको लराागि शुभ अंक १ र ५ रहेकोछ भने ऊँ प्रथमाय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 
बृष राशि भएका व्याक्तिहरुका लागि बिदेश सँग सम्बन्धित व्यापार तथा नोकरि गर्नेहरुका लागि भने समयले साथ दिनेछ  समय  । स्वास्थ्य क्षेत्र, कुटनिति, तथा बिदेशी रुपैया पैसाको कारोबार गर्नेहरुका लागि समय उत्तम रहनेछ । खरानि रङको प्रयोग गर्नुहोला ।  आजको लागि शुभ अंक २ र ३ रहेकोछ भने ॐ दीपायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ । 
मिथुन राशि भएका व्याक्तिहरुका लागि आजको दिन उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । खनिज पदार्थ,तरल पदार्थको व्यापार,शिक्षा क्षेत्र सँग सम्बन्धि काम र प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन गर्नेहरुका लागि समय उत्तम रहेकोछ । हरियो रङ प्रयोग गर्नुहोला । ॐ कान्तायै नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने ३ र ६ अंकको प्रयोग गर्नुभयो भने आजको दिन शुभ रहनेछ । 
 कर्कट राशि भएका व्याक्तिहरुका लागि व्यापारमा प्रशस्त समय खर्चिय मात्र आम्दासन हुनेछ । बिहान र मध्यान्ह भन्दा साझपखको समय उत्तम रहेकोछ । प्रयत्न गर्दा नोकरि पाउँने तथा बढुवा हुने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसाय सन्नोष जनक रहनेछ । सेतो रङको प्रयोग गर्नुहोला । ॐ दिगम्बराय नम मन्त्रको १०८ पल्ट जप गर्नुभयो भने आजको दिन फलदायि रहनेछ भने १ र ५ अंकको प्रयोगले आजको दिन शुभ रहनेछ । 
 सिंह राशि भएका व्याक्तिहरुका लागि समयले साथ दिनेछ । व्यापारमा लगानि बढाई आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा काम गर्नेहरुका लागि समय उत्तम रहेकोछ । रिसर्च पर्सन,बिद्यार्थी,तथा प्रशासनिक क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ ।  रातो रङको प्रयोग गर्नुहोला ।  ॐ शिपिबिष्टाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ भने २ र ६ अंकको प्रयोगले आजको दिन शुभ रहेकोछ । 
कन्या राशि भएका व्याक्तिहरुका लागि समय मध्ययम रहेकोछ । काम गर्दा ध्ँयन दिनुहोला काम बिग्रने तथा दण्ड जरिवाना तिुर्नु पर्ने हुन सक्छ । प्रयत्न गर्दा खोज तथा अनुशन्धानको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । दिदि बहिनी तथा आफन्त सँगको सम्बन्ध सुधार गर्दै जानुनै राम्रो हुनेछ । निलो रङको प्रयोग गर्नुहोला । ॐ चन्द्ररुपायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ  । ३ र ७ अंक प्रयोगले आजको दिन फलदायि रहनेछ ।
 तुला राशि भएका व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । राज्यबाट पद प्राप्तीको योग रहेकोछ । प्रशासनिक तथा सरकारि क्षेत्रमा रहेर सेवा प्रवाह गर्नेहरुले जनताको काम गरि नाम कमाउँने समय रहेकोछ । यात्रा,विदेश,तथा व्यापारीहरुको लागि समय फलदायि रहकोछ ।  सेतो रङ प्रयोग गर्नुहोला । आजको लागि ॐ धन्यायै नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । ३ र ७ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 
बृश्चिक राशि भएका व्याक्तिहरुले मुद्दा,मामिला तथा विवादमा सामेल नहुनुहोला समय मध्यमय रहेकोछ । बिद्या तथा प्रतिष्पर्धामा नतिजा आफ्नो हातमा पार्न अलि बढिनै संघर्ष गर्नुपर्नेछ । मामा तथा मावली सँग सम्बन्ध सुधार गर्दै काम गर्दा फाईदा हुनेछ । आज कफि रङको प्रयोग गर्नुहोला । ॐ महेशाय नम मन्त्रको १०८ पल्ट जप गर्नुहोला आजको दिन फलदायि रहनेछ । २ र ८ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 
धनु राशि भएका व्याक्तिहरुका लागि समयले साथ दिने हुदा उपाहार तथा भौतिक सम्पति हात लागि हुने योग रहेकोछ । राज्यबाट सम्मान पाईने योग रहेकोछ । शिक्षा तथा अध्यात्मको क्षेत्रमा काम गर्नेहरुका लागि समयले साथ दिनेछ । सुन्तला रङ प्रयोग गर्नुहोला । ॐ अनिश्वराय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ९ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 
 मकर राशि भएका व्याक्तिहरुका लागि घर जग्गा तथा सवारि साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने अध्य व्यावसाय मध्ययम रहनेछ । भुगर्भ,सहकारि,राजनित,समाजसेवामा काम गर्नेहरुका लागि समय राम्रो रहेकोछ ।  सेतो रङ प्रयोग गर्नुहोला । ॐ अष्टमुर्तय नम मन्त्रको प्रयोग गर्नाले आजको दिन फलदायि रहनेछ । १ र २ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 
कुम्भ राशि भएका व्याक्तिहरुले आज न्यायिक क्षेत्रसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । साहत्य लेखन,उद्योग व्यावसाय,तथा पराक्रमी क्रियाकलापमा समय खर्चनेहरुका लागि समय फलदायि रहनेछ । खरानि रंगको प्रयोग गर्नुहोला । ॐ सदाशिवाय नम  मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि रहनेछ ।  ३ र ५ अंकको प्रयोगले आजको दिन फलदायि रहनेछ । 
मिन राशि भएका व्याक्तिहरुका लागि समय उत्तम रहेकोछ । धनस्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ काम थालनि गरि वा गरिरहेको कामबाट मनग्गे धन तथा सम्पति जोड्न सकिने समय रहेकोछ । बोलेर गर्ने कुनै पनि पेशा व्यावसाय वा मिडिया कर्मीको लागि समय उत्तम रहेकोछ ।  पहेलो रङको प्रयोग गर्नुहोला । ॐ वीरभद्राय नम मन्त्रको जप १०८ पल्ट गर्नाले आजको दिन फलदायि हुनेछ । ३ र ६ अंकको प्रयोगले गर्नुहोला ।
- ज्योतिषी डिपी भण्डारी

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post