कपाल नरम बनाउने ५ उपाय


मुसुरोको दाललाई पानीमा भिजाएर कपाल धुँदा यसले कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
  • दुई गिलास पानीमा एक चम्चा चियाको पत्ती हालेर केही समय उमाल्ने । त्यसमा कागतीको रस हाल्ने । यस्तो मिश्रणले कपाल पखाल्दा कपालमा चमक आउँछ ।
  • एक गिलास बियर लिएर कन्डिसनरजस्तै गरी कपालमा लगाउने । यसले कपाललाई चमकदार बनाउँछ ।
  • कपाल सुक्खा छ, तथापि आफूलाई प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा दुई चम्चा रमलाई पानीमा हालेर कपाल पखाल्ने । यसले पनि कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
  • कपालमा विभिन्न किसिमका केमिकल मिसिएका सामानको अधिक प्रयोग गर्नु राम्रो हुँदैन । केमिकल स्टेनिङ, कलरिङ आदि प्रक्रियाले कपाललाई कडा बनाउनुका साथै दीर्घकालीन असर गर्न सक्छ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post