जाडोमा औंला सुन्निएला, विचार गरौं

छालाका लागि जाडो जोखिमपूर्ण मौसम मानिन्छ । जाडोमा बिशेष गरी छाला सुख्खा हुने, चिलाउने,औँला सुन्निने र फुट्ने समस्या बढी देखिने गर्छ  । चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झाका अनुसार चिसो मौसममा रक्तनलीहरु बढी संवेदनशील हुने हुनाले नसा खुम्चन्छन् । चिसोले रक्तनलीबाट पानी बाहीर आएर जम्मा हुन्छ र आंला सुन्निने गर्छन् । 
डा. झा भन्छन्, औंला सुन्निदा चिलाउने, पोल्ने धेरै भएर चिरा पर्ने र संक्रमणसमेत हुने गर्छ ।’ जाडोयाममा औंला सुन्निने समस्याबाट पुरुषभन्दा महिला बढी प्रभावित हुने गरेको डाक्टरहरुको अनुभव छ । महिलाहरुले चिसो पानीसँग बढी खेल्ने हुँदा उनीहरुमा यो समस्या बढी देखिने गरेको हो । सुन्निने समस्यालाई चिकित्सकीय भाषामा ‘चिलब्लेन’ भनिन्छ । यो समस्या नाक, कान, औंला र कुर्कुच्चामा पनि देखिन्छ । चिसोजन्य रोगको जोखिम भएका व्यक्तिहरुले असोजदेखि फागुनसम्म शरीरलाई न्यानो राख्नु पर्छ । हातखुट्टा सुन्निदैमा उपचारको पछि लाग्नुभन्दा कसरी चिसोबाट बँच्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु उचित हुन्छ । त्यसैले चिसो पानी, चिसो हावा र चिसो तापक्रमबाट बच्नु नै यसको रोकथामको मुख्य उपाय हो । हातखुट्टा सुन्निने समस्यालाई बेवास्ता गर्दा पछि गएर हातखुट्टा फुट्ने र घाउसमेत हुनसक्छ । नेपालमा जाडो मौसमसँगै लोडसेडिङ हुने भएकाले हिटर बाल्न नसके पनि शरीरको सुरक्षाकालागि पन्जा, मोजा, टोपीजस्ता पहिरनमा ध्यान पुराउनु पर्छ । साथै चिसोमा काम गर्ने र बिशेष गरी गृहिणीहरुले पन्जा र हट वाटर व्यागको प्रयोग गर्नु सबभन्दा उत्तम उपाय हो ।

रक्सी पिउनेले ख्याल गरौँ

रक्सीको अत्याधिक सेवनले स्वास्थ्यमा हानी पुयाउँछ । अधिक रक्सी सेवनबाट कलेजोको रोग, स्ट्रोक, मुटु रोग र क्यान्सरको सम्भावना बढी हुन्छ । उच्च रक्तचापको प्रमुख कारण रक्सी सेवन पनि हो । रक्सीमा अत्याधिक शक्ति हुन्छ । यसबाट शरीरलाई प्रसस्त क्यालोरी प्राप्त हुन्छ । यसले शरीरको तौल बढाउन मद्दत पु¥याउँछ । तौल घटाउन रक्सीको सेवन बन्द गर्नुपर्छ । उच्च रक्तचापका रोगीले रक्सी सेवन बन्द गरेमा रक्तचाप पनि कम भएर जान्छ । रक्सी थोरै मात्रामा सबैका लागि फाइदाजनक छ भनी निष्कर्ष निकाल्नु कदापि हुँदैन । कसका लागि फाइदा छ र कसका लागि बेफाइदा छ भन्ने कुराको निर्णय शरीरको पूर्ण परीक्षणपछि चिकित्सकले गर्ने हो ।  यसकारण रक्सीको थोरै मात्रामा सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन चालू राख्ने या बन्द गर्ने निर्णय लिन प्रत्येक ६–६ महिनामा चिकित्सकको राय लिनु आवश्यक हुन्छ । 

किन दुख्छ ढाड ?

‘म त ढाड दुखेर बस्नै सक्दिन । ढाड दुखाइले बस्न–खान पनि दिएन । ढाडले गर्दा रुनु न हा“स्नु भएको छ ।’ धेरैजसो मानिसको मुखबाट यस्ता खालका गुनासा सुन्नुभएकै होला । ढाड दुख्ने अनेक कारणहरु हुन सक्छन् । ती मध्ये एउटा त उमेरको कारणले हुन्छ । उमेर बढ्दै जा“दा हाडको घनत्व कम भएर हुने एउटा रोग अस्टियोपोरोसिस हो । त्यसैगरी उमेर बढ्दै जा“दा मांसपेशीहरुमा आउने कडापनले पनि ढाड दुख्ने गर्छ । कहिले मेरुदण्डको नसा थिचिएमा पनि ढाड दुख्छ ।  मूत्र नली वा मृगौलामा सङ्व्रmमण भएर पनि ढाड दुख्ने समस्या हुनसक्छ । महिलाहरुलाई महिनावारी सुरु हुनुभन्दा अघि वा महिनावारी भएको बेलामा बेस्सरी ढाड दुख्न सक्छ । गर्भनिरोधको साधन कपर टी प्रयोग गर्ने महिलाहरुलाई पनि ढाड दुख्ने गर्छ । आधुनिक जीवनमा तनाव र चिन्ताले गर्दा ढाड दुख्ने समस्या देखा पर्न थालेको छ । ढाड दुख्ने समस्यालाई ध्यानमा राखेर अहिले विभिन्न औषधि कम्पनीहरुले खाने–लगाउने औषधिदेखि सुत्ने बिछ्यौना (म्याट्रेस), तकिया, विभिन्न थरीका कुर्सी, ब्यान्डेज र पेटीसम्म निकालेका छन् । तापनि ढाड दुख्ने समस्याले हामीलाई पिरोल्न छोडेको छैन । किन दुख्छ त ढाड ? हामीहरु मध्ये धेरै जसोलाई के लाग्छ भने कुनै काम गर्दागर्दै मासुको कुनै तन्तु च“ुडियो भने ढाड दुख्छ । त्यसैले ढाड सटक्क सड्केको आवाज आयो कि हामी ढाड दुख्न थाल्यो भन्छौ“ । त्यसैगरी कहिले भ¥याङ् चढ्दा वा हात तानेर कुनै काम गर्दा पनि हामी ढाड दुख्यो भन्छौ“ । तर वास्तवमा ढाड दुख्ने पृष्ठभूमि धेरै पहिले नै तयार भइरहेको हुन्छ । आधुनिक युगमा उपलब्ध सुविधाहरुका कारण हामीमध्ये कतिपयले हिंड्न लगभग छोडिसकेका छौ“ । केही अवस्थामा हाम्रो मांसपेशीको रक्तसञ्चालन आवश्यक मात्रामा हुन पनि पाउ“दैन । सहरतिर एकै ठाउ“मा बसेर लगातार टिभी हेर्ने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउ“मा बसिरह“दा ढाडमा भार पर्न जान्छ । रक्तसञ्चालन कम हुने र मांसपेशीहरु एउटै स्थितिमा रह“दा–बस्दा शरीरभित्रबाट हुने विभिन्न शारीरिक प्रव्रिmयाका कारण शरीरमा विषादी तŒव जम्मा हुन्छन् । यसरी विषादी तŒव जम्मा भएका ठाउ“मा दुखाइ महसुुस हुनसक्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्तसञ्चालन कम हुन्छ र त्यहा“ अक्सिजन पनि कम हुनजान्छ । यसले गर्दा मांसपेशी बिस्तारै कमजोर हुदै जान्छ र त्यसमा काम गर्ने शक्ति क्षीण हुन्छ । यसरी शक्ति क्षीण भएको बेलामा कुनै झट्का लाग्यो भने बेस्सरी ढाड दुख्छ । कहिलेकाही“ यो दुखाइ यति तीव्र हुन्छ कि सहन नसकेर आखामा आसु नै आउछ । यस्तो बेलामा बस्न, कोल्टे फर्कन, हलचल गर्न पनि सकिंदैन । हुन त शरीरले यस्तो अवस्था आउनसक्ने कुराको जानकारी केही मात्रामा पहिले नै दिएको हुन्छ । जस्तै, कहिलेकाही“ लामो समयसम्म एकै ठाउ“मा बसेर जुरुक्क उठ्दा चसक्क भएकोजस्तो हुन्छ र केही समयपछि आफै ठीक हुने गर्छ । पिसाबको थैली, नली वा मृगौलाको संक्रमण हुदा पनि ढाड दुख्ने समस्या हुन्छ । तर पिसाबमा सङ्व्रmमण भएमा ढाड मात्र दुख्दैन, ज्वरो आउने, पिसाब पोल्ने, वाकवाक लाग्ने आदि पनि हुने गर्छ । यति कुराको जानकारी तपाईंलाई हुन जरुरी छ । केही व्यक्तिलाई मानसिक तनाव परेको बेलामा ढाड दुख्ने हुन्छ । कहिलेकाही कोही–कोही मानिस ढाड दुख्दा क्यान्सर भयो वा हड्डी खुस्क्यो कि भन्नेसम्म विचार गर्छन् । तर प्रायः समस्या त्यति जटिल हुदैन । यस्तो खालको सोचाइ राख्ने मानिस डरको कारणले समस्यालाई झनै गम्भीर बनाएर लैजान्छन् ।
 गम्भीर प्रकृतिका ढाड दुखाइ केलाई मान्नु पर्ने हुन्छ ? 
– पच्चीस वर्षको उमेरभन्दा पहिले नै ढाड दुख्ने रोग भयो भने । 
– ढाडको दुखाइका साथै खुट्टा पनि दुख्यो भने । 
– खुट्टाका पिंडौला, छालामा स्पर्श गर्दा छोएको अनुभव भएन भने । 
– खुट्टाका पिंडौलाहरुमा दुखाइसगै एकदमै कमजोरीपन भयो भने । 
– ढाडको दुखाइस“गै पिसाब रोकियो वा पिसाब फेर्न कठिनाइ पर्यो भने । 
– ढाडको दुखाइ लगातार किसिमको भयो भने । 
– सुत्दाखेरि दुखाइ झन् बढ्यो भने । 

ढाड दुखेपछि के गर्नुपर्छ ? 
ढाड दुखेपछि सबैभन्दा पहिले आराम गर्नुहोस् । ढाडको दुखाइ यदि गम्भीर प्रकृतिको छैन भने दुई दिनसम्म पूर्ण आराम गर्नाले ढाडको दुखाइ कम हुदै जान्छ । मासंपेशी खुम्चिएको कारणले ढाड दुखेको हो भने दुखेको ठाउ“मा तातो पानीले सेक्नाले दुख्न कम हुन्छ । आजकाल बजारमा दुख्न कम हुने धेरै थरीका औषधिहरु पाइन्छन् । तर दुख्न कम हुने औषधिहरु प्रयोग गर्नुभन्दा पहिले डाक्टरसंग सल्लाह लिनुपर्छ ।

किन गन्हाउँछ सास ?

मुखमा दुर्गन्ध भएको मानिसले कुरा गर्दा वा सास फेर्दा उसको मुखबाट निस्कने हावा पनि दुर्गन्धित हुन्छ । यो समस्या कसमा छ भन्ने सामान्यतया थाहा हुँदैन पनि । बाहिर हेर्दा स्वस्थ देखिने मान्छेको मुखबाट पनि दुर्गन्ध निस्किरहेको हुन्छ । कहिले काहि श्रीमान् श्रीमतीबीच फाटो ल्याउने कारक तत्व नै मुखको दुर्गन्ध हुन पुग्छ । यो नदेखिने किसिमको रोग भए पनि हरेक मानिसले यसका बिरामीलाई जानीनजानी घेणा गरिरहेका हुन्छन् । सासबाट दुर्गन्ध आउने यो रोगलाई चिकित्सा क्षेत्रमा हेलिटासिस् भन्ने गरिन्छ । यसरी मुखबाट दुर्गन्ध दाँत र गिजाको रोग पायरिया हुनु, दाँतमा फोहोर जम्नु, टन्सिलको इन्फेक्सन हुनु, नाक या साइनसमा विकार आउनु, मुखमा घाउ निस्कनु, श्वासनली या फोक्सोको विकार हुनु आदि कारणले निस्कन्छ । त्यस्तै पाचन प्रणालीले ठीक ढंगले काम नगर्नु, जिब्रोमा फेहोर जम्मा हुनु, नक्कली दाँत हालिनु, धूमपान, तमाखु, गुटखा आदि खानु, मदिरापान, मधुमेह, कब्जियत, पेटको अल्सर, अपच, टीबी, निमोनिया, साइनस, डिप्थिया, लसुन, प्याज खानु, दाँतमा खाना अड्किनु, दाँत नियमित नमाझ्नु आदि कारणले पनि मुखबाट दुर्गन्ध आउँछ ।

पुरुषमा सन्तान नहुने कारणहरु

सन्तान नहुने कारण पुरुषमा पनि हुनसक्छ र स्त्रीमा पनि । कहिलेकाहीँ, दुवैमा खराबी नहुँदा नहुँदै पनि गर्भ रहन कैयौं वर्ष लाग्न सक्छ । किनभने गर्भ रहनु भनेको एउटा आकस्मिक घटना हो । स्वस्थ हुँदाहुँदै पनि पुरुषको शुक्रकीट र स्त्रीको अण्डा भेटिने अवसर नआएको हुनसक्छ । स्त्री रागरस वा पुरुष रागरसको कमीका कारण त्यसो भएको हुनसक्छ । हाम्रो समाजमा सन्तान नहुनेहरुलाई नराम्रो दृष्टिले हेर्ने र हेला गर्ने चलन छ । कोही कोही त्यस्ताको हातको पानी चल्दैन वा पितृहरु विमुख हुन्छन् भनी कुरा गर्दछन् । यस्तो गर्नु राम्रो होइन । छोराछोरी नभए पनि मानिसले सुखमय जीवन बिताउन सक्दछन् । अरुको सन्तानलाई धर्मपुत्र, धर्मपुत्री लिएर वा अनाथालयलाई सहयोग गरेर आफ्नो जीवनलाई सार्थक बनाउने कैयन सन्तानहीन व्यक्तिहरु हाम्रै समाजमा पनि धेरै छन् । 
कारणहरु
–    स्वस्थ शुक्रकीट उत्पादन नहुनु ।
–    शुक्रकीट उत्पादन भए पनि ज्यादै कम हुनु । आधुनिक चिकित्सा, आयुर्वेध, प्राकृतिक चिकित्सा वा होमियोप्याथिकबाट यस्ता कतिपय समस्याको समाधान हुनसक्छ ।
–    कुनै कुनै पुरुषको शुक्रकीट नै बन्दैन, यस्ताको उपचार हुदैन ।
–    कुनै कुनै पुरुषका अण्डा नै हुँदैनन्, यस्ताको उपचार हुँदैन ।
–    गोनोरिया जस्तो यौन रोग लागेपछि राम्रो उपचार भएन भने पनि सन्तान उत्पादन गर्ने क्षमता गुम्छ । रोग लाग्ने बित्तिकै उपचार गरेमा समस्या नआउन सक्छ ।
–    शुक्रनली वा अन्य भागमा केही अवरोध भएको हुनसक्छ । यस्तो समस्यालाई अप्रेशनबाट ठीक गर्न सकिन्छ ।
–    पुुरुष रगरासको कमी हुनसक्छ । यस्तालाई कृत्रिम रागरसद्धारा उपचार गरिन्छ ।

सडक दुर्घटना न्युनिकरणमा तपाई हाम्रो भमिका


                                                                              k|sfz e08f/L ælaa]sÆ
                                                                            

 
             

       kl5Nnf] ;do ;8s b'3{6gfsf 36gfn] ubf{ csfndf Hofg u'dfpg]sf] ;+Vof eofax ?kdf a9]sf] 5 . ;8s b'3{6gfsf] k|d'v sf/0f ;af/L rfnssf] nfk/{jfxL g} xf] . cfhsfn b'O{ rf/ hgfsf] ;8s b'3{6gfdf Hofg u'Dof] eg]klg To;n] vf;} rrf{ kfpg 5f8\of] / lo ;dfrf/ ;fdfGo aGb}5g\ cr]n . lbgfg'lbg o;/L ;af/L b'3{6gf a9]sf]n] ;af/L ;fwgdf r9\g] a]nf klg ;s'zn uGTfAodf k'luG5 k'luFb}g emg} cGof}n a9]sf] 5 .
       ;8s b'3{6gfsf] k|d'v sf/0f rfnsn] Ifdtf eGbf al9 ofq' /fVg' , dlb/f lkP/ ;af/L rnfpg', ;dodf ;af/L hfFr tyf dd{t gug'{, cAoal:yt ?kdf ;8sdf 5fl8Psf kz'rf}kfof x? 5f]8\g', l;sf? AolQmnfO{ ufl8sf] lHfDdf nufP/ 8«fO{e/n] ufl8df Wofg glbg' , ;8ssf] ca:yfnfO{ Wofg glbP/ dgk/L ?kdf ;af/L xfFSg' ,;fFu'/f 3'DtL, hL0f{ ;8s, Pp6} rfnsn] lg/Gt/ uf8L rnfpg',  ;8sufl8sf] Ifdtf eGbf a9L ;fdfg ufl8 leq b]lv lnP/ 5t;Dd /fVg], ofq'x? em'G8\ofP/ r9fpg] / ;af/L rfns ;+u glhlsP/ ef]lnsf] lbgdf s]xL ;xh x'g] dg;fon] ofq'x?n] ukm u/]/ cgfjZos l8:6«a ug'{ lo t ;8s b'3{6gfsf s]xL sf/0f dfq x'g . lo pbfx/0fn] s] b]vfpF5 eg] b]zdf ;8s b'3{6gfx? al9/x]sf 5g\ t/ o;sf] Go'lgs/0fdf ;DalGwt lgsfosf] Wofg uPsf] b]lvFb}g\ .
       b]zsf nueu &# lhNnf ;8ssf] hfnf]n] a]l//x]sf] ca:yfdf ;8s ;af/L b'3{6gf Go'lgs/0fsf] s'g} 7f]; lg0f{o / 36gfsf bf]lifnfO{ s8f sf/jf{xL tyf lkl8tn] Gofo kfpg] s'g} kxn ePsf] kfO{Fb}g\ / e}xfn] klg Ifltk'lt{ afktsf] /sdn] s]xL l6sf] nfUb}g pN6} lkl8tsf] 3fp aNemfpg] sfd dfq ePsf] 5 To;sf] ;lx sfof{Goog ePsf] 5}g\ .
       ljZjdf k|lt ^ ;]s]08df ! hgfn] ;8s b'3{6gfdf Hofg u'dfPsf 5g\ eg] g]kfndf k|ltlbg slDtdf ^ b]lv & hgfn] ;8s b'3{6gfdf Hofg hfg] u/]sf] tYof+s 5 . b'3{6gfsf sf/0f z/L/ c+ue+u x'g] ;fy} d[To'x'g]sf] ;+Vof lta| ultdf psfnf] nfUf]sf] 5 . sf7df8f}Fdf k|fo ;8s b'3{6gf x'Fb}gg / ePklg w]/} hgwgsf] Iflt ePsf] kfO{Fb}g t/ klg x/]s lbg x'g] ;fgfltgf ;8s b'3{6gf rrf{sf] laifo aGb}g . pkTosf aflx/ ;8s b'3{6gf al9 x'G5g\ / hgwgsf] Iflt klg w]/} x'g] u/]sf] 5 . t/ b'3{6gfsf] sf/0f / To;df ;+nUg tYox?sf] vf]lh tyf sf/afxL x'Fb}g o;/Lg} cndlnPsf] 5 xfd|f] oftfoft If]q.
       kl5Nnf] ;do ;8s b'3{6gfdf a|]s km]n ePsf] lgFx' kf/]/ dflg;sf] lhGbuL dfly ;af/L rfnsn] v]naf8 ug]{ sfd /f]lsPsf] 5}g t/ ;w} a|]skm]n eg]/ hgtfsf] hLjgdfly v]naf8 ug]{ s] xf] t of] a|]skm]n < a]|skm]n x'g'sf] sf/0f s] xf] < ;8ssf] b'/fa:yf jf cGo s'g}< To;sf] klg uxg vf]lh x'g' h?/L 5 . lgodLt r]shf+r ug]{ u/LPsf] ;af/L ;fwgsf] ;fdfGo cj:yfdf a|]skm]n x'Fb} x'b}g . s'g} klg ;af/L ;fwgsf] a|]skm]n x'gsf nfuL k"0f{ ?kdf a]|s cfon ;lsPsf] x'g' k¥of] h;sf ;jf/L wgL jf ;af/L rfnsn] dd{t ;+ef/df rf;f] glbPsf] x'g'k5{ of t To; ;+u ;DalGwt k'hf{ x?sf] v/faL x'g'k5{ Tof] t s]an b'3{6gfsf] a]nfdf dfq ;Dea 5 .
       xfdL pRr:t/Lo, lanf;L tyf cfw'lgs ;fwgx?sf] k|of]usf] gfddf ;8s b'3{6gfsf] lzsf/ ePsf 5f}F . To;}n] ;8s b'3{6gf k"0f{ ?kdf x6fpg g;s] klg o;sf] lg/fs/0f pkfox? ckgfpg ;lsG5 . tkfO{ xfdL hxfF 5f}F h:tf] ca:yfdf 5f}F ToxL af6 cfafh p7fcf}F / va/bf/L u/f}F x}g eg] xfd|f] cd"No hLjg If0fe/d} ljlng x'g] eofax ca:yf xfd|f] cufl8 5 . To;nfO{ gsfg{ ;lsGg .

         गोरखापत्र,नयाँ पत्रिका तथा अर्घाखाँचि न्युज साप्ताहिकमा प्रकाशित ।