साईवर, अफिसमा जिमेल लगआउट गर्न बिर्सनुभयो !! अब घरैबाट गर्नुस लगआउट

कहिलेकाहीँ हामीले अरु कसैको स्मार्टफोन वा ट्याबलेटमा आफ्नो जिमेल अकाउन्ट लगइन गरेका हुन्छौँ ।
कहिलेकाहीँ साइबर क्याफेमा गएर समेत लगइन गरिन्छ र लगआउन गर्न भुलिएको हुन्छ । यसरी आफ्नो अकाउन्ट लगआउट गर्न बिर्सनु खतरनाक हुन्छ किनकी कसैले तपाइँको अकाउन्ट खोल्न सक्छ र तपाइँका महत्वपूर्ण जानकारी प्राप्त गर्नसक्छ ।
यस्तोमा जुन ठाउँमा गएर आफ्नो जिमेल अकाउन्ट लगइन गरेको हो सोही ठाउँमा पुनः गएर लगआउट गर्न कहिलेकाहीँ असम्भव पनि हुनसक्छ । तर चिन्ता नगर्नुस् तपाइँले कुनैपनि ठाउँमा लगइन गरेको आफ्नो जिमेल अकाउन्ट घरमै बसेर लगआउट गर्न सक्नुहुन्छ ।
यसका लागि आफ्नै घरको कुनै ल्यापटप वा डेस्कटप कम्पइुटरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् । जुन पेज आउनेछ त्यसमा स्क्रल गरी पेजको सबैभन्दा तल जानुहोस् ।  त्यहाँ दायाँतर्फ तपाइँले एउटा जानकारी देख्न सक्नुहुन्छ जहाँ अन्तिम पटक तपाइँले कहाँ आफ्नो इमेल अकाउन्ट लगइन गर्नुभएको थियो भन्ने देखाउँदछ ।
त्यसका साथै तपाइँले उक्त ठाउँमा आफ्नो अकाउन्ट लगआउट गर्नुभयो की भएन भन्ने पनि जानकारी दिइएको हुन्छ । त्यहीँ साइन आउट अफ अल सेसन नामक अप्सन हुन्छ । सोही अप्सनमा क्लिक गर्नुभयो भने तपाइँले जहाँसुकै लगइन गरेर साइन आउट गर्न बिर्सिएको आफ्नो जिमेल अकाउन्ट साइन आउट हुन्छ । र, तपाइँले ढुक्कको सास फेर्न पाउनुहुनेछ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post