घरेलु तरिकाले खुइलिसकेको तालुमा पुनः कपाल उमार्नुहोस्
धेरैजसो मानिसहरु कपाल झर्ने समस्याबाट ग्रस्त हुन्छन् । थुप्रै औषधी र तरिका अपनाएर पनि उनीहरुले आफ्नो खुइलिसकेको तालुमा कपाल फिर्ता ल्याउन सक्दैनन् । वातावरणीय प्रभाव, उमेर, अत्यधिक तनाव, अत्यधिक धुम्रपान, हर्मोनमा असन्तुलन, पोषकतत्वमा कमी, वंशानुगत कारण, केही औषधीहरु कपाल झर्ने विभिन्न कारण हुन् ।
तपाईंको टाउकोमा लगभग १ लाख कपाल हुन्छन् । एक दिनमा ५० देखि १०० वटा कपाल झर्नु भनेको साधारण हो तर एक पटकमा यो भन्दा बढी तपाईंको कपाल झर्छ भने तपाईंले आफ्नो कपालबारे चिन्ता लिने बेला भएको छ । आज हामी तपाईंलाई यही समस्यालाई समाधान गर्ने तरिकाबारे जानकारी दिँदै छौं ।
१. तेलको मसाजः
कपाल झर्ने समस्याबाट राहत पाउने सबैभन्दा पहिलो उपाय तेलको मसाज हो । उपयुक्त कपालमा हाल्ने तेलको प्रयोग गरेर तपाईंले आफ्नो टाउकाको छालामा मसाज गर्नुहोस् । राम्रोसँग गरिएको मसाजले कपालको जरामा रक्त संचारमा मद्दत पुर्याउँछ भने यसले जरालाई बलियो पनि बनाउँछ । यसले तनावलाई पनि कम गर्ने गर्दछ ।
यसका लागि तपाईंले नरिवल, बदाम (आलमोन्ड), जैतुन, अमला र क्यास्टोरको तेल प्रयोग गर्न सक्नुहुन्छ ।
तरिकाः
माथि उल्लेखित कुनै पनि तेलको प्रयोग गरेर औंलाको टुप्पोको सहायताले कपालमा हल्कासँग मालिस गर्नुहोस् ।
यो तरिका कम्तिमा पनि हप्ताको एकपटक गर्नुहोस् ।

२. अमलाः
प्राकृतिक रुपमा छिटो कपाल उमार्न चाहनुहुन्छ भने अमलाको प्रयोग गर्नुहोस् । भिटामिन सि, एन्टी इन्फ्लामेटरी, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल जस्ता गुणले भरिपूर्ण अमलाले तपाईंको कपाल उमार्न मद्दत गर्दछ ।
तरिकाः
अमलालाई कोरेसोमा कोर्नुहोस् र त्यसमा कागतीको रस मिसाउनुहोस् ।
यो मिश्रणले टाउकाको छालामा राम्रोसँग मसाज गर्नुहोस् । आफ्नो कपाललाई सावर क्यापले छोप्नुहोस् र रातभरी छोड्नुहोस् ।
बिहान उठेर स्याम्पुको प्रयोग गरेर नुहाउनुहोस् ।

३. मेथीः
कपाल झर्न रोक्नका लागि मेथी निकै लाभदायक मानिन्छ । मेथीको गेडामा हर्मोन एन्टिसिडेन्ट्स पाइने हुँदा यसले कपाल बढ्न मद्दत गर्दछ भने कपालको जरालाई पुन उमार्न मद्दत गर्दछ । यसमा प्रोटिन र निकोटिनीक एसिड हुने हुँदा कपाल बढ्न मद्दत गर्दछ ।
तरिकाः
एक कप मेथीलाई रातभरी पानीमा भिजाउनुहोस् ।
बिहान यसलाई पेष्ट बनाउनका लागि पिस्नुहोस् ।
यसलाई आफ्नो कपालमा लगाउनुहोस् र सावर क्यापले छोप्नुहोस् । करिब ४० मिनेटपछि यसलाई पखाल्नुहोस् ।
यसले एक महिनासम्म प्रत्येक बिहान प्रयोग गर्नुहोस् ।

४. प्याजको रसः
प्याजमा उच्च मात्रामा सल्फर पाइने भएकाले कपाल झर्ने समस्या रोक्दछ । प्याजको रसले कपालको जरामा रक्त संचार गर्न मद्दत गर्नुका साथै नयाँ कपाल उमार्न मद्दत गर्दछ ।
सन् २००२ मा जर्नल अफ डर्माटोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार ७५ प्रतिशत मानिसहरुले प्याजको रस प्रयोग गरेर आफ्नो कपाल पुनः उमार्न सफल भएका थिए ।
तरिकाः
प्याजलाई कोरेसोमा कोरेर त्यसबाट रस निकाल्नुहोस् । यो रसलाई सिधै टाउकोमा लगाउनुहोस् । यसलाई करिब ३० मिनेटसम्म छोड्नुहोस् र स्याम्पुले नुहाउनुहोस् ।
तीन चिया चम्चा प्याजको रस, दुई चिया चम्चा एलोभेराको जेल र एक चिया चम्चा जैतुनको तेलको मिश्रण बनाउनुहोस् । यसलाई पखाल्नु र स्याम्पुले नुहाउनु पहिले आफ्नो टाउकोमा हालेर करिब ३० मिनेट छोड्नुहोस् ।
यी दुई मध्ये कुनै पनि तरिका हप्ताको दुई वा तीनपटक थुप्रै हप्तासम्म दोहोराउनुहोस् ।

५. एलोभेराः
एलोभेरामा पाइने इन्जाइमले स्वास्थ कपाल उमार्न मद्दत गर्दछ । यसमा हुने अल्कलाइजिङ गुणले कपालको जरालाई पुनः उमार्न मद्दत गर्दछ ।
एलोभेरामा पाइने इन्जाइमले स्वास्थ कपाल उमार्न मद्दत गर्दछ । यसमा हुने अल्कलाइजिङ गुणले कपालको जरालाई पुनः उमार्न मद्दत गर्दछ ।
यसको नियमित प्रयोगले टाउको चिलाउने समस्या पनि हट्छ भने कपाललाई बलियो र चम्किलो बनाउँछ । यसले चायाँबाट पनि राहत प्रदान गर्दछ । यसका लागि एलोभेरा जेल र जुसले काम गर्नेछ ।
तरिकाः
एलोभेरा जेल वा जुस आफ्नो टाउकोको छालामा लगाउनुहोस् ।
यसलाई केही घण्टा यत्तिकै छोड्नुहोस् र मनतातो पानीले पखाल्नुहोस् ।
यो प्रक्रियालाई हप्तामा तीनदेखि चारपटकसम्म दोहोराउनुहोस् ।
कपाल झर्नबाट रोक्नका लागि तपाईंले बिहान खाली पेटमा एकचम्चा एलोभेराको जुस पनि पिउन सक्नुहुन्छ ।

अधिकृत क्याडेट पदका लागी १५० जना माग
नेपाल टेलिकमले ल्यायो ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’
काठमाडाैं: बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ।
यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ।
उक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको र भदौ १६ देखि तीन महिनासम्म यो योजना लागू हुनेछ।
उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिन SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। रासस

बुद्ध एयरका को पाइलट पक्राउ
काठमाडौं–जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को पाइलट स्वछन्द घले पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई चार दिनअघि उनलाई पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो ।
घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
बाढीले वगाएको रिडी–रुद्रवेणी सडकखण्ड एक महिनापछि सञ्चालन
गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सारअन्तर्गतको सडकखण्डको मोटरबाटो एक महिनापछि सञ्चालनमा आएको छ ।
एक महिना अगाडि बढिघाट नदी जोहाङ गाविसको उल्लीखोला नदीले ७०० मिटर सडकखण्ड बगाएपछि सडक अवरुद्ध बनेको थियो ।
उक्त नदीले बगाएको सडकखण्डअन्तर्गत उल्लीखोलामा वैकल्पिक मार्गका रुपमा एक किमी नयाँ सडकखण्ड निर्माण र रुपाकोटको सिस्नेमा सडक विस्तार गरी मर्मतपछि झन्डै एक महिनापछि उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको तम्घास सिमलटारी सडक आयोजनाका सवइन्जिनियर दिनेश ओझाले जानकारी दिए।
जिल्लाको अति व्यस्त मानिने उक्त कच्ची सडकखण्ड खुलेसँगै सयौँ सवारी साधन आवतजावतले आमसर्वसाधारणमा सहजता ल्याएको छ ।
उक्त सडकखण्ड लामो समयपछि सञ्चालन हुँदा स्थानीय बासिन्दा हर्षित भएका छन् । रासस
यी रोगका कारण पनि मानिस दुब्लो हुन सक्छ
आहा, कस्तो स्लीम शरीर, कसरी त्यस्तो बनाउने होला ? अलिकता मोटो भयो कि मानिसहरु दुब्ला मानिसलाई हेर्दै सोच्ने गर्छन् । तर, दुब्ला मानिसको सोचाई कस्तो होला ? दुब्ला मानिसहरु पनि मोटाहरूलाई हेर्दै त्यस्तै सोच्ने गर्छन्, ‘कसरी मोटाउने होला ? त्यस्ता मानिसहरु चाहिँ जति गरेपनि मोटाउनै सक्दैनन् ।
कस्तो व्यक्तिलाई दुब्लो भन्ने कुराको निर्धारण तौलले गर्छ, जसलाई ‘बडीमास इन्डेक्स’ भनिन्छ । यो १८।५ बिएमआईभन्दा कम भयो भने त्यस्ता व्यक्तिलाई दुब्लो र २४।९ बिएमआई भन्दामाथि भएमा त्यसलाई मोटोपन भनिन्छ । सामान्यतया मानिसको तौल १८।५ देखि २४।९ बिएमआई हुनुपर्छ । बिएमआई गणना गर्न तौललाई उचाईले भाग गर्नु पर्छ ।
युवा अवस्थामा दुब्लो हुनु सामान्य कुरा हो । यो किशोरावस्थामा पुग्दा हुने परिवर्तनको नतिजा हो । किशोरावस्थामा शरीरले पहिलेभन्दा छिटोछिटो पौष्टिक पदार्थ खर्च गर्छ । मानिस दुब्लाउनुको पहिलो कारण खाना नै हो । खानामा पौष्टिक तत्वको कमी, अरुची, समयमा या लामो समयसम्म नखाने वा पेटभर नखाने, डाइटिङ्ग गर्ने जस्ता कारण दुब्लो र ख्याउटे बन्नसक्छ । विशेषगरी भन्नुपर्दा इनर्जी धेरै खर्च हुने र इनर्जी बचत कम हुने हुँदा व्यक्ति दुब्लाउँछ ।
त्यस्तै विभिन्न खाले रोग पनि दुब्लाउनुका कारण हुन सक्छन् । यद्यपि बढी मोटो हुनु राम्रोे होइन, तर उमेर र उचाइअनुसार जिउ ठिक्क मोटोघाटो भने हुनुपर्छ ।
त्यसैगरी, हर्मोनल रोगहरु जस्तै मधुमेह, थाइराइड, एडिसन डिजिज, श्वासप्रश्वासका बिरामी धेरै नै दुब्ला हुने गर्छन् । मुटु, हृदयाघात तथा डिप्रेशन बिरामी पनि दुब्लाउँदैं जान्छन् । इन्फेक्सन, क्षयरोग टी.वी., एचआइभी/एड्स, क्यान्सर जस्ता रोग पनि दुब्लोपनाका कारक बन्छन् । क्यान्सरको प्रमुख लक्षण नै मानिसको तौल घट्दै जाने हो ।
क्यान्सर लागेमा क्यान्सर सेलले हर्मोन निकाल्छ । त्यसलाई प्यारान्यु प्लास्टिक सिन्ड्रोम भनिन्छ । यो हर्मोन तथा क्याटेक्सीनका कारण तौल घट्दै जान्छ । क्यान्सरका बिरामीको पाचन शक्ति पनि कम भएर जाने हुँदा अरुची पनि बढ्दै जान्छ । जसले गर्दा क्यान्सरका बिरामीहरू दुब्लाउँदै जान्छन् ।
थाइराइड हाइपो र हाइपर गरी दुई प्रकारका हुन्छन् । हाइपो थाइराइडका कारण बिरामी मोटाउँदै जान्छन् भने हाइपर थाइराइडमा दुब्लाउँदै जान्छन् । हाइपर थाइराइडमा हर्मोनका कारण बिरामी दुब्लाउदै जान्छन् । जसले मुटुको चाल तथा वेसल मेटावोलीक रेट बढाउने गर्छ ।
बच्चा समयभन्दा पहिला नै जन्मेको छ भने पनि दुब्लो हुन्छ । यसको वृद्धि विकास राम्रोसँग हुन सक्दैन । त्यस्ता बच्चामा पाचन शक्तिमा कमी हुन्छ भने जेनेटिक कारण पनि दुब्लो हुने हुन्छन् । बच्चाहरुलाई प्रशस्त मात्रामा पौष्टिक तत्वको कमी हुँदा दुब्लो हुनेगर्छन् । त्यसकारण बच्चाको वृद्धि विकासका लागि खानामा विशेष ध्यान दिनुपर्छ ।
यदि मानिस निरन्तर दुब्लाउँदै गएको छ या तौल घट्दै गएको छ भने एकपटक चिकित्सकसँग परामर्श गर्नुपर्छ । दुब्लायो भन्दैमा कति केजी तौल घटेमा त्यसलाई दुब्लायो भन्ने यो कुरा बुझ्न जरूरी छ । १८० दिनमा १० प्रतिशत तौल कम भएको छ भने एकपटक चिकित्सकसँग परामर्श लिनुपर्छ । किनभने तपाईलाई कुनै पनि किसिमको हर्मोनल रोगका कारण यस्तो भएको हुनसक्छ । खानाको अरुची या कुनै किसिमको रोगका कारणले हो, त्यसको निराकरण गर्नुपर्छ ।
मोटा व्यक्ति तौल कम गर्न डाइटिङ्ग गर्ने गर्छन् । जसका कारण पनि कहिलेकाही धेरै नै दुब्लाउने हुन्छ । डाइटिङ्ग गर्दा शरीरलाई चाहिने शक्ति कम हुन्छ । नियमित व्यायाम गर्ने व्यक्तिलाई दैनिक २१०० क्यालोरी र व्यायाम नगर्ने व्यक्तिलाई १८०० क्यालोरीको आवश्यकता पर्छ । क्यालोरी कम भए शरीरलाई नकारात्मक असर पर्ने गरी दुब्लाउने हुन्छ । शरीरका लागि आवश्यक पर्ने भिटामिन पनि कम हुन्छन् । त्यसैले तौल घटाउन धेरै डाइटिङ्ग गर्नु राम्रो मानिदैन । सन्तुलीत तरिकाले डाइटिंग गर्नु उपयुक्त हुन्छ ।
दुब्ला व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउछ । शरीरलाई चाहिने रोग प्रतिरोधात्मक क्षमता भिटामिन तथा मिनरलबाट आउछन् । यी तत्वको शरीरमा कमी भएमा कोषिकाहरुले राम्रोसँग काम गर्न सक्दैनन् । जसका कारण शरीरमा संक्रमण हुने संभावना हुन्छ । बच्चाहरूमा पनि पखाला लाग्ने, कुपोषण तथा संक्रमण हुने संभावना बढी हुन्छ ।
Subscribe to:
Posts (Atom)
-
1 : सबै भन्दा लामो देश कुन हो ? Ans: Chile 2 : संसारकै सबै भन्दा लामो पर्खाल कुनलाई मानिन्छ ? Ans: The Great Wall of China 3 : सबैभन्द...
-
१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा ७८८९ वर्ग कि मि. हो । २. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्...