बाढीले वगाएको रिडी–रुद्रवेणी सडकखण्ड एक महिनापछि सञ्चालन

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सारअन्तर्गतको सडकखण्डको मोटरबाटो एक महिनापछि सञ्चालनमा आएको छ । 
 
एक महिना अगाडि बढिघाट नदी जोहाङ गाविसको उल्लीखोला नदीले ७०० मिटर सडकखण्ड बगाएपछि सडक अवरुद्ध बनेको थियो । 
 
उक्त नदीले बगाएको सडकखण्डअन्तर्गत उल्लीखोलामा  वैकल्पिक मार्गका रुपमा एक किमी नयाँ सडकखण्ड निर्माण र रुपाकोटको सिस्नेमा सडक विस्तार गरी मर्मतपछि झन्डै एक महिनापछि उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको तम्घास सिमलटारी सडक आयोजनाका सवइन्जिनियर दिनेश ओझाले जानकारी दिए।  
 
जिल्लाको अति व्यस्त मानिने उक्त कच्ची सडकखण्ड खुलेसँगै सयौँ सवारी साधन आवतजावतले आमसर्वसाधारणमा सहजता ल्याएको  छ । 
 
उक्त सडकखण्ड लामो समयपछि सञ्चालन हुँदा स्थानीय बासिन्दा हर्षित भएका छन् । रासस 

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post