यो लिङ्क मा गएर विज्ञापन डाउनलोड तथा हेर्न सक्नुहुन्छ ।
तपाईँको फेसबुक फ्रेन्ड रिक्वेस्ट अहिलेसम्म कसले एसेप्ट गरेन? यसरी थाहा पाउनुहोस्
फेसबुकमा हामीले फ्रेन्ड रिक्वेस्ट (friend Request) पठाएकामध्ये सबैले एसेप्ट (Accept) नगर्न सक्छन्। हाम्रो रिक्वेस्ट कस-कसले एसेप्ट गरेन भनेर हामीलाई थाहा नहुन पनि सक्छ।
आफुले गरेका सबै फ्रेन्ड रिक्वेस्टहरु एसेप्ट भए नभएको थाहा पाउन सबैको टाइमलाइनमा जानु पर्दैन। यसको लागि सजिलो उपाय छ।
सबैभन्दा पहिले आफ्नो फेसबुकको दायाँ भागमा फ्रेन्ड रिकवेस्ट (Friend Requests) अाइकनमा क्लिक गर्ने। त्यसको अन्त्यमा See All मा क्लिक गर्ने। त्यसपछि माथिल्लो बाँया भागमा Friend requets Sent को मुन्तिर भएको View Sent Requests मा क्लिक गर्ने।
यसमा आफुले पठाएका रिक्वेस्ट जो एसेप्ट भएका छैनन् त्यसको सूची आउँछ। यसरी आफ्नो फ्रेन्ड रिक्वेस्ट इग्नोर गर्नेको सूची आउँछ जसअनुसार आफुले पुनः के गर्ने भन्ने निर्णय गर्न सकिन्छ।
प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो
जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो ।
खुल्ला तर्फ २ हजार ९ सय ३४ जना, अमर/अशक्त प्रहरी परिवार तर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि भर्ना खुलेको छ । यसैगरी मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रतर्फ १२१ जना माग गरिएको छ ।
यही माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट दरखास्त फारम वितरण हुनेछ ।
यसैगरी पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फाराम पाइनेछ ।
दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्ने छ । एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरुको हकमा भने प्रत्येक समूहका लागि २० प्रतिशत अर्थात् थप २० रुपैयाँको दरले दस्तुर लाग्ने छ ।
जवान पदमा दरखास्त दिन कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने र १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ
सेनामा जागिर खुल्यो (सुचनासहित)
नेपाली सेनाले नयाँ पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् ।
आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्।
इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।
उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ।
नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन ।
सुचना हेर्नुहोस्ः
सुचना हेर्नुहोस्ः
अण्डा खानुका ६ फाइदा
– अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ ।
– शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।
– अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पुरयाँउछ। त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ ।
– अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् ।
– बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ ।
– अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पुरयाँउछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ ।

जाडोमा औंला सुन्निएला, विचार गरौं
छालाका लागि जाडो जोखिमपूर्ण मौसम मानिन्छ । जाडोमा बिशेष गरी छाला सुख्खा हुने, चिलाउने,औँला सुन्निने र फुट्ने समस्या बढी देखिने गर्छ । चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झाका अनुसार चिसो मौसममा रक्तनलीहरु बढी संवेदनशील हुने हुनाले नसा खुम्चन्छन् । चिसोले रक्तनलीबाट पानी बाहीर आएर जम्मा हुन्छ र आंला सुन्निने गर्छन् ।
डा. झा भन्छन्, औंला सुन्निदा चिलाउने, पोल्ने धेरै भएर चिरा पर्ने र संक्रमणसमेत हुने गर्छ ।’ जाडोयाममा औंला सुन्निने समस्याबाट पुरुषभन्दा महिला बढी प्रभावित हुने गरेको डाक्टरहरुको अनुभव छ । महिलाहरुले चिसो पानीसँग बढी खेल्ने हुँदा उनीहरुमा यो समस्या बढी देखिने गरेको हो । सुन्निने समस्यालाई चिकित्सकीय भाषामा ‘चिलब्लेन’ भनिन्छ । यो समस्या नाक, कान, औंला र कुर्कुच्चामा पनि देखिन्छ । चिसोजन्य रोगको जोखिम भएका व्यक्तिहरुले असोजदेखि फागुनसम्म शरीरलाई न्यानो राख्नु पर्छ । हातखुट्टा सुन्निदैमा उपचारको पछि लाग्नुभन्दा कसरी चिसोबाट बँच्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु उचित हुन्छ । त्यसैले चिसो पानी, चिसो हावा र चिसो तापक्रमबाट बच्नु नै यसको रोकथामको मुख्य उपाय हो । हातखुट्टा सुन्निने समस्यालाई बेवास्ता गर्दा पछि गएर हातखुट्टा फुट्ने र घाउसमेत हुनसक्छ । नेपालमा जाडो मौसमसँगै लोडसेडिङ हुने भएकाले हिटर बाल्न नसके पनि शरीरको सुरक्षाकालागि पन्जा, मोजा, टोपीजस्ता पहिरनमा ध्यान पुराउनु पर्छ । साथै चिसोमा काम गर्ने र बिशेष गरी गृहिणीहरुले पन्जा र हट वाटर व्यागको प्रयोग गर्नु सबभन्दा उत्तम उपाय हो ।

रक्सी पिउनेले ख्याल गरौँ
रक्सीको अत्याधिक सेवनले स्वास्थ्यमा हानी पुयाउँछ । अधिक रक्सी सेवनबाट कलेजोको रोग, स्ट्रोक, मुटु रोग र क्यान्सरको सम्भावना बढी हुन्छ । उच्च रक्तचापको प्रमुख कारण रक्सी सेवन पनि हो । रक्सीमा अत्याधिक शक्ति हुन्छ । यसबाट शरीरलाई प्रसस्त क्यालोरी प्राप्त हुन्छ । यसले शरीरको तौल बढाउन मद्दत पु¥याउँछ । तौल घटाउन रक्सीको सेवन बन्द गर्नुपर्छ । उच्च रक्तचापका रोगीले रक्सी सेवन बन्द गरेमा रक्तचाप पनि कम भएर जान्छ । रक्सी थोरै मात्रामा सबैका लागि फाइदाजनक छ भनी निष्कर्ष निकाल्नु कदापि हुँदैन । कसका लागि फाइदा छ र कसका लागि बेफाइदा छ भन्ने कुराको निर्णय शरीरको पूर्ण परीक्षणपछि चिकित्सकले गर्ने हो । यसकारण रक्सीको थोरै मात्रामा सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन चालू राख्ने या बन्द गर्ने निर्णय लिन प्रत्येक ६–६ महिनामा चिकित्सकको राय लिनु आवश्यक हुन्छ ।
Subscribe to:
Posts (Atom)
-
1 : सबै भन्दा लामो देश कुन हो ? Ans: Chile 2 : संसारकै सबै भन्दा लामो पर्खाल कुनलाई मानिन्छ ? Ans: The Great Wall of China 3 : सबैभन्द...
-
१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा ७८८९ वर्ग कि मि. हो । २. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्...