तपाईँको फेसबुक फ्रेन्ड रिक्वेस्ट अहिलेसम्म कसले एसेप्ट गरेन? यसरी थाहा पाउनुहोस्

फेसबुकमा हामीले फ्रेन्ड रिक्वेस्ट (friend Request) पठाएकामध्ये सबैले एसेप्ट (Accept) नगर्न सक्छन्। हाम्रो रिक्वेस्ट कस-कसले एसेप्ट गरेन भनेर हामीलाई थाहा नहुन पनि सक्छ। 
आफुले गरेका सबै फ्रेन्ड रिक्वेस्टहरु एसेप्ट भए नभएको थाहा पाउन सबैको टाइमलाइनमा जानु पर्दैन। यसको लागि सजिलो उपाय छ। 
सबैभन्दा पहिले आफ्नो फेसबुकको दायाँ भागमा फ्रेन्ड रिकवेस्ट (Friend Requests) अाइकनमा क्लिक गर्ने। त्यसको अन्त्यमा See All मा क्लिक गर्ने। त्यसपछि माथिल्लो बाँया भागमा Friend requets Sent को मुन्तिर भएको View Sent Requests मा क्लिक गर्ने।
यसमा आफुले पठाएका रिक्वेस्ट जो एसेप्ट भएका छैनन् त्यसको सूची आउँछ। यसरी आफ्नो फ्रेन्ड रिक्वेस्ट इग्नोर गर्नेको सूची आउँछ जसअनुसार आफुले पुनः के गर्ने भन्ने निर्णय गर्न सकिन्छ। 

प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो

जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो ।
खुल्ला तर्फ २ हजार ९ सय ३४ जना, अमर/अशक्त प्रहरी परिवार तर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि भर्ना खुलेको छ । यसैगरी मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रतर्फ १२१ जना माग गरिएको छ ।
यही माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट दरखास्त फारम वितरण हुनेछ ।
यसैगरी पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फाराम पाइनेछ ।
दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्ने  छ । एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरुको हकमा भने प्रत्येक समूहका लागि २० प्रतिशत अर्थात् थप २० रुपैयाँको दरले दस्तुर लाग्ने छ ।
जवान पदमा दरखास्त दिन कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने र १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ 

सेनामा जागिर खुल्यो (सुचनासहित)

नेपाली सेनाले  नयाँ पदका लागि दरखास्त आह्वान गरेको  छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् ।
आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्।
इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।
उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ।
नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन ।
सुचना हेर्नुहोस्ः

अण्डा खानुका ६ फाइदा

– अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ । 
– शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन ।
– अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पुरयाँउछ। त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ । 
– अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् । 
– बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ । 
– अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पुरयाँउछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ ।

जाडोमा औंला सुन्निएला, विचार गरौं

छालाका लागि जाडो जोखिमपूर्ण मौसम मानिन्छ । जाडोमा बिशेष गरी छाला सुख्खा हुने, चिलाउने,औँला सुन्निने र फुट्ने समस्या बढी देखिने गर्छ  । चर्मरोग विशेषज्ञ डा. अनिलकुमार झाका अनुसार चिसो मौसममा रक्तनलीहरु बढी संवेदनशील हुने हुनाले नसा खुम्चन्छन् । चिसोले रक्तनलीबाट पानी बाहीर आएर जम्मा हुन्छ र आंला सुन्निने गर्छन् । 
डा. झा भन्छन्, औंला सुन्निदा चिलाउने, पोल्ने धेरै भएर चिरा पर्ने र संक्रमणसमेत हुने गर्छ ।’ जाडोयाममा औंला सुन्निने समस्याबाट पुरुषभन्दा महिला बढी प्रभावित हुने गरेको डाक्टरहरुको अनुभव छ । महिलाहरुले चिसो पानीसँग बढी खेल्ने हुँदा उनीहरुमा यो समस्या बढी देखिने गरेको हो । सुन्निने समस्यालाई चिकित्सकीय भाषामा ‘चिलब्लेन’ भनिन्छ । यो समस्या नाक, कान, औंला र कुर्कुच्चामा पनि देखिन्छ । चिसोजन्य रोगको जोखिम भएका व्यक्तिहरुले असोजदेखि फागुनसम्म शरीरलाई न्यानो राख्नु पर्छ । हातखुट्टा सुन्निदैमा उपचारको पछि लाग्नुभन्दा कसरी चिसोबाट बँच्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु उचित हुन्छ । त्यसैले चिसो पानी, चिसो हावा र चिसो तापक्रमबाट बच्नु नै यसको रोकथामको मुख्य उपाय हो । हातखुट्टा सुन्निने समस्यालाई बेवास्ता गर्दा पछि गएर हातखुट्टा फुट्ने र घाउसमेत हुनसक्छ । नेपालमा जाडो मौसमसँगै लोडसेडिङ हुने भएकाले हिटर बाल्न नसके पनि शरीरको सुरक्षाकालागि पन्जा, मोजा, टोपीजस्ता पहिरनमा ध्यान पुराउनु पर्छ । साथै चिसोमा काम गर्ने र बिशेष गरी गृहिणीहरुले पन्जा र हट वाटर व्यागको प्रयोग गर्नु सबभन्दा उत्तम उपाय हो ।

रक्सी पिउनेले ख्याल गरौँ

रक्सीको अत्याधिक सेवनले स्वास्थ्यमा हानी पुयाउँछ । अधिक रक्सी सेवनबाट कलेजोको रोग, स्ट्रोक, मुटु रोग र क्यान्सरको सम्भावना बढी हुन्छ । उच्च रक्तचापको प्रमुख कारण रक्सी सेवन पनि हो । रक्सीमा अत्याधिक शक्ति हुन्छ । यसबाट शरीरलाई प्रसस्त क्यालोरी प्राप्त हुन्छ । यसले शरीरको तौल बढाउन मद्दत पु¥याउँछ । तौल घटाउन रक्सीको सेवन बन्द गर्नुपर्छ । उच्च रक्तचापका रोगीले रक्सी सेवन बन्द गरेमा रक्तचाप पनि कम भएर जान्छ । रक्सी थोरै मात्रामा सबैका लागि फाइदाजनक छ भनी निष्कर्ष निकाल्नु कदापि हुँदैन । कसका लागि फाइदा छ र कसका लागि बेफाइदा छ भन्ने कुराको निर्णय शरीरको पूर्ण परीक्षणपछि चिकित्सकले गर्ने हो ।  यसकारण रक्सीको थोरै मात्रामा सेवन गरिरहेका व्यक्तिले रक्सी सेवन चालू राख्ने या बन्द गर्ने निर्णय लिन प्रत्येक ६–६ महिनामा चिकित्सकको राय लिनु आवश्यक हुन्छ । 

किन दुख्छ ढाड ?

‘म त ढाड दुखेर बस्नै सक्दिन । ढाड दुखाइले बस्न–खान पनि दिएन । ढाडले गर्दा रुनु न हा“स्नु भएको छ ।’ धेरैजसो मानिसको मुखबाट यस्ता खालका गुनासा सुन्नुभएकै होला । ढाड दुख्ने अनेक कारणहरु हुन सक्छन् । ती मध्ये एउटा त उमेरको कारणले हुन्छ । उमेर बढ्दै जा“दा हाडको घनत्व कम भएर हुने एउटा रोग अस्टियोपोरोसिस हो । त्यसैगरी उमेर बढ्दै जा“दा मांसपेशीहरुमा आउने कडापनले पनि ढाड दुख्ने गर्छ । कहिले मेरुदण्डको नसा थिचिएमा पनि ढाड दुख्छ ।  मूत्र नली वा मृगौलामा सङ्व्रmमण भएर पनि ढाड दुख्ने समस्या हुनसक्छ । महिलाहरुलाई महिनावारी सुरु हुनुभन्दा अघि वा महिनावारी भएको बेलामा बेस्सरी ढाड दुख्न सक्छ । गर्भनिरोधको साधन कपर टी प्रयोग गर्ने महिलाहरुलाई पनि ढाड दुख्ने गर्छ । आधुनिक जीवनमा तनाव र चिन्ताले गर्दा ढाड दुख्ने समस्या देखा पर्न थालेको छ । ढाड दुख्ने समस्यालाई ध्यानमा राखेर अहिले विभिन्न औषधि कम्पनीहरुले खाने–लगाउने औषधिदेखि सुत्ने बिछ्यौना (म्याट्रेस), तकिया, विभिन्न थरीका कुर्सी, ब्यान्डेज र पेटीसम्म निकालेका छन् । तापनि ढाड दुख्ने समस्याले हामीलाई पिरोल्न छोडेको छैन । किन दुख्छ त ढाड ? हामीहरु मध्ये धेरै जसोलाई के लाग्छ भने कुनै काम गर्दागर्दै मासुको कुनै तन्तु च“ुडियो भने ढाड दुख्छ । त्यसैले ढाड सटक्क सड्केको आवाज आयो कि हामी ढाड दुख्न थाल्यो भन्छौ“ । त्यसैगरी कहिले भ¥याङ् चढ्दा वा हात तानेर कुनै काम गर्दा पनि हामी ढाड दुख्यो भन्छौ“ । तर वास्तवमा ढाड दुख्ने पृष्ठभूमि धेरै पहिले नै तयार भइरहेको हुन्छ । आधुनिक युगमा उपलब्ध सुविधाहरुका कारण हामीमध्ये कतिपयले हिंड्न लगभग छोडिसकेका छौ“ । केही अवस्थामा हाम्रो मांसपेशीको रक्तसञ्चालन आवश्यक मात्रामा हुन पनि पाउ“दैन । सहरतिर एकै ठाउ“मा बसेर लगातार टिभी हेर्ने प्रचलन बढ्दो छ । लामो समयसम्म एकै ठाउ“मा बसिरह“दा ढाडमा भार पर्न जान्छ । रक्तसञ्चालन कम हुने र मांसपेशीहरु एउटै स्थितिमा रह“दा–बस्दा शरीरभित्रबाट हुने विभिन्न शारीरिक प्रव्रिmयाका कारण शरीरमा विषादी तŒव जम्मा हुन्छन् । यसरी विषादी तŒव जम्मा भएका ठाउ“मा दुखाइ महसुुस हुनसक्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्तसञ्चालन कम हुन्छ र त्यहा“ अक्सिजन पनि कम हुनजान्छ । यसले गर्दा मांसपेशी बिस्तारै कमजोर हुदै जान्छ र त्यसमा काम गर्ने शक्ति क्षीण हुन्छ । यसरी शक्ति क्षीण भएको बेलामा कुनै झट्का लाग्यो भने बेस्सरी ढाड दुख्छ । कहिलेकाही“ यो दुखाइ यति तीव्र हुन्छ कि सहन नसकेर आखामा आसु नै आउछ । यस्तो बेलामा बस्न, कोल्टे फर्कन, हलचल गर्न पनि सकिंदैन । हुन त शरीरले यस्तो अवस्था आउनसक्ने कुराको जानकारी केही मात्रामा पहिले नै दिएको हुन्छ । जस्तै, कहिलेकाही“ लामो समयसम्म एकै ठाउ“मा बसेर जुरुक्क उठ्दा चसक्क भएकोजस्तो हुन्छ र केही समयपछि आफै ठीक हुने गर्छ । पिसाबको थैली, नली वा मृगौलाको संक्रमण हुदा पनि ढाड दुख्ने समस्या हुन्छ । तर पिसाबमा सङ्व्रmमण भएमा ढाड मात्र दुख्दैन, ज्वरो आउने, पिसाब पोल्ने, वाकवाक लाग्ने आदि पनि हुने गर्छ । यति कुराको जानकारी तपाईंलाई हुन जरुरी छ । केही व्यक्तिलाई मानसिक तनाव परेको बेलामा ढाड दुख्ने हुन्छ । कहिलेकाही कोही–कोही मानिस ढाड दुख्दा क्यान्सर भयो वा हड्डी खुस्क्यो कि भन्नेसम्म विचार गर्छन् । तर प्रायः समस्या त्यति जटिल हुदैन । यस्तो खालको सोचाइ राख्ने मानिस डरको कारणले समस्यालाई झनै गम्भीर बनाएर लैजान्छन् ।
 गम्भीर प्रकृतिका ढाड दुखाइ केलाई मान्नु पर्ने हुन्छ ? 
– पच्चीस वर्षको उमेरभन्दा पहिले नै ढाड दुख्ने रोग भयो भने । 
– ढाडको दुखाइका साथै खुट्टा पनि दुख्यो भने । 
– खुट्टाका पिंडौला, छालामा स्पर्श गर्दा छोएको अनुभव भएन भने । 
– खुट्टाका पिंडौलाहरुमा दुखाइसगै एकदमै कमजोरीपन भयो भने । 
– ढाडको दुखाइस“गै पिसाब रोकियो वा पिसाब फेर्न कठिनाइ पर्यो भने । 
– ढाडको दुखाइ लगातार किसिमको भयो भने । 
– सुत्दाखेरि दुखाइ झन् बढ्यो भने । 

ढाड दुखेपछि के गर्नुपर्छ ? 
ढाड दुखेपछि सबैभन्दा पहिले आराम गर्नुहोस् । ढाडको दुखाइ यदि गम्भीर प्रकृतिको छैन भने दुई दिनसम्म पूर्ण आराम गर्नाले ढाडको दुखाइ कम हुदै जान्छ । मासंपेशी खुम्चिएको कारणले ढाड दुखेको हो भने दुखेको ठाउ“मा तातो पानीले सेक्नाले दुख्न कम हुन्छ । आजकाल बजारमा दुख्न कम हुने धेरै थरीका औषधिहरु पाइन्छन् । तर दुख्न कम हुने औषधिहरु प्रयोग गर्नुभन्दा पहिले डाक्टरसंग सल्लाह लिनुपर्छ ।