लोकसेवा पास हुने तरिका : कसरी पढ्ने समसामयिक घटना ?


लोकसेवा आयोगको विभिन्न तहको परीक्षामा सामान्य अध्ययन विषयअन्तर्गत समसामयिक घटनासँग सम्बन्धित खण्डको भूमिका महत्त्वपूर्ण हुन्छ । उक्त खण्डबाट प्रारम्भिक र मुख्य परीक्षा दुवैमा अधिकाधिक प्रश्न सोधिन्छ । विगत केही वर्षदेखि लोकसेवा आयोगको परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्नको संख्या वृद्धि हुनुका साथै त्यसको स्वरूप पनि जटिल भएको छ । प्रश्न तथ्यात्मक कम र अवधारणात्मक बढी हुँदै गएको छ, जसका लागि कुनै पनि क्षेत्रको समग्र एवं विश्लेषणात्मक जानकारी आवश्यक छ । गत वर्षको प्रारम्भिक परीक्षामा समसामयिक मुद्दासँग सम्बन्धित जुन प्रश्न सोधिएको थियो त्यसले पनि यो कुरालाई पुष्टि गर्छ कि सामान्य अध्ययनअन्तर्गत समसामयिक घटनाप्रति आँखा चिम्लिने हो भने सफलता प्राप्त गर्न सकिंदैन । परीक्षामा समसामयिक घटनासँग सम्बन्धित प्रश्न सोध्नुको मुख्य उद्देश्य परीक्षार्थीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशप्रतिको सजगता एवं जागरूकताको परख गर्नु हो । यसका लागि समाचारका माध्यमसँग निरन्तर सम्पर्कमा रहनुका साथै विविध घटनाका सम्बन्धमा हुने चर्चा-परिचर्चा र बहसका विभिन्न पक्षलाई बुझ्नुपर्छ । यसका लागि परीक्षार्थीले आफ्नो तयारीको प्रारम्भिक समयदेखि नै जागरूक हुनुपर्छ ।
समग्र दृष्टिकोणको विकास
समसामयिक विषयको कुनै पनि घटनालाई केवल तथ्यात्मक वा एउटा सूचनाका रूपमा हेर्नु हुँदैन, त्यसका लागि एउटा समग्र दृष्टिकोण आवश्यक छ । कुनै पनि घटनाको एउटा पृष्ठभूमि हुन्छ जसबाट अवगत नभै त्यसको वर्तमान स्थिति बुझ्न सकिँदैन । अर्को कुरा, घटनाको विविध आयामलाई जानेर नै त्यसको मूल्यांकन गर्न सकिन्छ । उदाहरणका लागि नेपाल विश्वको जलस्रोतको दोस्रो धनी देश हो, तर यहाँका बासिन्दा अहिले चर्को लोडसेडिङको मार खेपिरहेका छन् । त्यसैले नेपालको विकासको मूल्यांकन गर्दा प्राकृतिक स्रोत-साधनको कुरा गरेर मात्र हुँदैन, अपितु: त्यसमा निहित विभिन्न विरोधाभास तथा असंगतिहरूलाई हेर्नु पनि आवश्यक हुन्छ । समसामयिक घटना र मुद्दासँग सम्बन्धित जानकारी प्रारम्भिक परीक्षा, मुख्य परीक्षा तथा अन्तर्वार्ता तीनवटैका लागि समान रूपले उपयोगी छन् । प्रारम्भिक परीक्षामा समसामयिक विषयवस्तुमा आधारित प्रश्न ३०-३५ प्रतिशत हुन्छन् जसको स्वरूप तथ्यांत्मक तथा अवधारणात्मक दुवै हुन्छन् । कतिपय अवस्थामा कुनै घटनाबाट नभै त्यसको पृष्ठभूमिबाट पनि प्रश्न सोधिन्छ । मुख्य परीक्षामा यो खण्डबाट लगभग ४० प्रतिशत प्रश्न सोधिन्छ । यी प्रश्न केही जटिल प्रकारका हुन्छन् जसले विश्लेषणात्मक जवाफको खोजी गर्छ । समसामयिक घटनासम्बन्धी तयारीमा सम्बन्धित जानकारी जुटाउन तथा त्यसको अध्ययनसँग सम्बन्धित दुई प्रकारका समस्या छन् । पहिलो यसको क्षेत्र धेरै विस्तृत र व्यापक छ । यसअन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिदृश्यसँग सम्बन्धित समस्त जानकारी समाहित गरिएका छन् जसको तथ्यात्मक एवं विश्लेषणात्मक दुवै पक्षलाई ध्यानमा राख्नुपर्छ । दोस्रो समस्या, समसामयिक घटनाको प्रामाणिक तथा सन्तुलित स्रोतको छ । भनिन्छ, समसामयिक घटनाका लागि कुनै एउटा समाचारमाध्यम पर्याप्त छ यद्यपि कुनै पनि समाचारमाध्यममा प्रकाशित हुने आलेख लेखकको व्यक्तिगत विचार तथा विचाराधारासँग सम्बन्धित हुनसक्छ । अत: त्यसका आधारमा आफ्नो दृष्टिकोण बनाउनु एकपक्षीय वा एकांकी हुनसक्छ । वास्तवमा समसामयिक घटनासँग सम्बन्धित विविध तथा छरिएर रहेका जानकारी संकलित गर्नु र त्यसलाई विश्लेषण गरेर एउटा सन्तुलित निष्कर्ष निकाल्नुपर्ने यो खण्डको तयारीका लागि एउटा समग्र र सन्तुलित रणनीति बनाउनुपर्छ एवं त्यसैअनुसार समसामयिक घटनाको न केवल अध्ययन गर्नुपर्छ अपितु: त्यसमा परिचर्चा पनि चलाउनुपर्छ, जसले गर्दा विभिन्न घटनाप्रति सुस्पष्ट दृष्टिकोण विकसित हुन सकोस् ।
कसरी पढ्ने समसामयिक घटना ?
समसामयिक घटना तथा मुद्दाको व्यापकतालाई मध्यनजर गर्दै यसको तयारीका लागि एउटा वैज्ञानिक तरिका विकसित गर्न सकिन्छ जसअन्तर्गत निम्नलिखित तथ्यलाई ध्यानमा राख्नु आवश्यक छ ।
१. समसामयिक घटनाप्रति आफ्नो अभिरुचि विकसित गर्ने प्रयास गर्नुपर्छ । प्रत्येक दिन कुनै स्तरीय राष्ट्रिय समाचारपत्र पढ्ने अथवा टेलिभिजनमा समाचार हेर्ने बानी बसाल्नुपर्छ ।
२. राष्ट्रिय-अन्तर्राष्ट्रिय घटनालाई वर्गीकृत गरेर अध्ययन गर्नुपर्छ । उक्त घटनाअन्तर्गत विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवं खेलकुद आदिसँग सम्बन्धित जानकारीलाई व्यवस्थित गरेर हेर्नुपर्छ ।
३. कुनै पनि घटनाको तथ्यात्मक तथा अवधारणात्मक पक्ष बुझ्ने प्रयास गर्नुपर्छ ।
४. कुनै पनि घटनालाई त्यसको बहुआयामिक परिप्रेक्ष्यमा हेर्नुपर्छ । घटनाको सकारात्मक र नकारात्मक पक्षका साथसाथै राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं भौगोलिक पक्ष पनि बुझ्नुपर्छ ।
५. समसामयिक विषयका लागि सधैं प्रमाणित स्रोतलाई आधार बनाउनुपर्छ ।
६. समसामयिक घटनासँग सम्बन्धित प्रश्न कतिपय अवस्थामा मानचित्रमा पनि आधारित हुन्छन् । अत: कुनै घटना र त्यससँग सम्बन्धित भौगोलिक पक्षको अध्ययन पनि अनिवार्य हुन्छन् ।
समसामयिक विषयको वर्गीकरण
समसामयिक विषयको तयारीका लागि विविध विषयलाई अलग-अलग खण्डमा विभाजित गरेर त्यसको अध्ययन गर्नुपर्छ ।
१. राष्ट्रिय महत्त्वको विषय
–        सरकारको नीति तथा त्यसका विभिन्न क्रियाकलाप
–        न्याय व्यवस्था तथा न्यायालयको महत्त्वपूर्ण निर्णय
–        राष्ट्रिय योजना आयोग
–        विविध विषयसँग सम्बन्धित समिति तथा आयोगहरूको प्रतिवेदन
–        क्षेत्रीय तथा स्थानीय गतिविधि
–        चर्चित व्यक्तित्व
२. अन्तर्राष्ट्रिय महत्त्वको विषय
–        नेपाल र विश्व तथा नेपालको विदेश नीति
–        संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठन तथा एजेन्सी
–        विभिन्न देशका अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र सम्मेलन
–        सार्क गतिविधि
–        अन्य वैश्विक सामाजिक-सांस्कृतिक गतिविधि
३. आर्थिक महत्त्वको विषय
–        राष्ट्रिय बजेटको विविध पक्ष तथा त्यसका सामाजिक आर्थिक प्रभाव
–        मुद्रा तथा बैंकिङसँग सम्बन्धित नीति- नियम एवं सुधार
–        व्यापार तथा वाणिज्यसम्बन्धी सरकारी नीति
–        विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा अन्य आर्थिक मञ्चका सम्मेलन
–        अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन एवं गतिविधि
४. सामाजिक महत्त्वको विषय
–        श्रम कानुन तथा सुधार, रोजगारी र गरिबी
–        खाद्य सुरक्षा, मानव विकास, शिक्षा-संस्कृति, मिडिया, सामुदायिक विकास
–        वैश्विक भ्रष्टाचार प्रतिवेदन, मानव विकास सूचकांक आदि ।
५. विज्ञान तथा प्रविधि
–        सूचना प्रविधि, जैविक प्रविधि एवं अन्तरिक्ष विज्ञान
–        विभिन्न अन्वेषण तथा आविष्कार
–        स्वास्थ्य र पोषण, कृषि तथा उद्योग
६. पर्यावरणीय महत्त्वको विषय
–        प्राकृतिक संरचना र विपद् व्यवस्थापन
–        वन तथा जीव संरक्षण र पर्यावरणीय तथा पारिस्थितिकी सुरक्षा
–        पर्यावरणसँग सम्बन्धित राष्ट्रिय-अन्तर्राष्ट्रिय कानुन, सम्मेलन तथा सम्झौता आदि
७. खेलकुद
–        प्रमुख खेल आयोजन, पुरस्कार
८. विविध
–        शब्द संक्षेप, चर्चित पुस्तक, व्यक्तित्व तथा चर्चित स्थल
–        प्रमुख दिवस र वर्ष, महोत्सव
–        प्रमुख अभियान, शिक्षा-संस्कृति, दुर्घटना तथा अन्य महत्त्वपूर्ण
Source  :- Online

आजदेखि टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस

नेपाल टेलिकमले आजदेखि २५ गतेसम्म रिचार्ज गर्दा १५ प्रतिशतसम्म बोनस दिने घोषणा गरेको छ । टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा घोषणा गरिएको अफर अनुसार रु ५०, रु १०० र रु २०० को रिचार्जमा १० प्रतिशत बोन दिइने छ भने रु ५०० र रु १००० को रिचार्जमा १५ प्रतिशत बोनस दिइने छ ।
यो योजना एमपीओएस रिचार्ज प्रणालीमा पनि लागू हुनेछ भने बोनस रकम तनि दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।
थप जानकारीका लागी यहाँ हेर्नुहोला ।

सुत्नेबेला यी ६ कुरा नखानुहोस्

हामीले खाना खाने समय लगभग निर्धारित हुन्छ। बिहान, दिउँसो, बेलुका यिनै तीन समयमा आफ्नो सहजताअनुसार मानिसले खानेकुरा खान्छन्। तर, बेलुकाको समयमा खाने खाना र सुत्नुअघि केही खाने बानी छ भने त्यसमा ध्यान पुर्याउनुपर्छ। सुत्नेबेलामा यी खानेकुरा नखानुहोस्ः
चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन्। चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले बच्चाको दाँत बिगार्छ। त्यसैले सुत्नेबेलामा खाएको चकलेटले हानी पुर्याउँछ। राति खाएको चकलेटले एसिडिटी बढाउँछ भने निद्राको समस्या आउन सक्छ।
पास्ताः पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ। राति पास्ता नखाँदा राम्रो। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ। तसर्थ तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु उचित होइन।
पिजाः बेलुका एसो रेस्टुरेन्टतिर घुमेर पिजा खाएर आउने अनि सुत्ने चलन सहरमा बढ्दो छ। तर पिजामा पाइने अधिक क्यालोरीले गर्दा राति खाँदा शरीरलाई फाइदा पुर्‍याउँदैन। शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाएर सुत्दा मोटोपना नियन्त्रण हुँदैन। पाचन प्रक्रियाका पनि समस्या आउन सक्छ।
खुर्सानीः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। राति धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ।
मासुः मासु राति नखाँदा उत्तम। अधिकांशले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ। मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ। यस्तै, राति मासु खाएर सुत्दा अपच हुने र निद्रामा समस्या आउने पनि हुन्छ।
फ्रुटजुसः फ्रुट जुसमा एसिडिटी हुन्छ। राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ।

ब्रस गर्ने तरिका

बिहान पनि ब्रस गर्नुपर्छ तर उठ्नेबित्तिकै गर्नु जरुरी छैन । राती ब्रस गरेर सुतेको मानिसले बिहानको खाना खाएर ब्रस गर्दा पनि खासै फरक पर्दैन । दाँत माझ्दा कस्तो ब्रस प्रयोग गर्ने भनेर धेरै मानिसमा अलमल भएको देखिन्छ । यसमा दुईखालको दृष्टिकोण छ, कसैले नरम प्रयोग गर्नुपर्छ भन्छन्, कसैले कडा । तर, साह्रो कडा ब्रस भने प्रयोग गर्नु हुदैन । ब्रस प्रयोग गर्दा ४५ डिग्रीको कोणमा घुमाएर दात माझ्नुपर्छ । दाँत माझेपछि मुख ‘फ्लस’ गर्नुपर्छ । तर, त्यति गर्दा पनि बाँकी रहेको चीज कोट्याएर फाल्नु हँुदैन । हरेक ६ महिनादेखि एक वर्षको बीचमा दन्त विशेषज्ञलाई आफ्नो दाँत देखाउनुपर्छ । र, त्यही क्रममा उसको दाँत सफा गर्नुपर्ने छ भने दन्त विशेषज्ञले बाँकी सल्लाह दिन्छन् ।
कडा ब्रसले जबर्जस्ती दाँत माझियो भने दाँत र गिँजाको बीचको भाग असर पर्छ, जसले गर्दा ‘सिरिङसिरिङ’ हुने समस्या देखिन्छ । यो आफ्नै व्यवहारका कारण अलि तातो, चिसो वा हावा बहँदा पनि सिरिङसिरिङ हुन्छ । अरु कारण नभई ‘ब्रसिङ टेक्निक’ नमिलेर नै हामीले दुःख पाउने हुन्छ ।
नेपालीमा देखिएको अर्को साझा समस्या हो, जबसम्म दाँत दुख्दैन, तबसम्म उनीहरु दन्त विशेषज्ञकहाँ आउँदै आउँदैनन्, दुःखेपछि मात्रै दौडिने चलन छ । नियमित रुपमा दाँत परीक्षण गर्नेहरु १० प्रतिशतभन्दा पनि कम होलान् । त्यसपछि उनीहरु भन्न थाल्छन्, ‘दाँतको उपचार एकदमै खर्चिलो छ ।’ तर, त्यस्तो महँगो छैन । रोग नलाग्दै नियमित रुपमा दाँतको परीक्षण गरिरहने हो भने उपचार महँगो र खर्चिलो छैन । त्यस क्रममा दाँतको नियमित सरसफाइ हुन्छ भने कहीँ कीराले खान सुरु गरेको भए सामान्य प्रकारको फिलिङ गर्छाैं ।
कीराले दाँत खाएर खाल्डो परेर जब खानेकुरा अड्किन थाल्छ, अनि मानिसहरु उपचारका लागि क्लिनिकमा आउँछन् । त्यतिबेला क्लिनिङ, फिलिङलगायतका उपाय केही बाँकी हँुदैन, सोझै ‘रुट कनाल’ गर्नुपर्छ । जरैदेखि उपचार गर्ने, चारदेखि ६ पटक क्लिनिक धाउने, अनि दाँतमा क्याप हाल्नेलगायतका झन्झट बेहोर्नुपर्छ र खर्च पनि हुन्छ । नियमित क्लिनिङ गरे अरु झन्झट हुँदैन ।

नेपाल प्रहरीमा २६ सय ७८ प्रहरी जवानका लागि जागिर खुल्यो

प्रहरी प्रधान कार्यालयले २६ सय ७८ प्रहरी जवानको नयाँ भर्नाका लागि आवेदन माग गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना प्रहरी जवानको माग गरेको हो ।
प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरिएको छ । त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्याल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ ।
सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिकका लागि दरखास्त माग गरिएको छ । सूचनाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।
त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि पनि आवेदन माग गरिएको छ ।

बिज्ञापनका लागी तलको तस्बिर हेर्नुहोला ।

मालपोत र नापीको काम तुराङ मजुवाबाट

मालपोत कार्यालय,मजुवा
गुल्मीको तुराङबाट पनि मालपोत र नापी कार्यालयले शाखा बिस्तार गरेका छन् । यससँगै जग्गा सम्बन्धी कामका लागि सदरमुकाम तम्घास पुग्नुपर्ने बाध्यता हटेको छ ।
सदरमुकामबाट दिँदै आएको सेवालाई जिल्ला मालपोत कार्यालय गुल्मीको शाखा कार्यालय स्थापना गरी तुराङको मजुवाबाट मालपोत र नापी सम्बन्धी कामहरु शुरु भएको छ  । काम शुरु भएको पहिलो दिन ४ जनाले सेवा लिएका छन् ।
वामी, आँपचौर र तुराङ गाबिसका ४ जनाले उक्त शाखाबाट सेवा लिएको शाखा प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । पहिलो दिन दिनेश सापकोटाले जग्गा पास लिई सेवा शुरु गरेको प्रमुख भुसालले बताए ।
घर नजिकैबाट नापी र मालपोतका कामकाज गर्न पाइने भएपछि स्थानीय बासिन्दा पनि खुशी भएका छन् । जुवामा उक्त सेवा शुरु भएलगत्तै प्रत्यक्ष रुपमा क्षेत्र नम्बर १ र २ का गरी २८ गाबिसका स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।
कार्यालय सञ्चालन गर्न तुराङ आएका कार्यालयका कर्मचारीहरुलाई बाजा गाजासहित सम्मान गरिएको थियो । हाल शाखा कार्यालय मजुवामा १ जना दरबन्दीमा, ३ जना काजमा र ३ जना करारका कर्मचारी रहेका छन् ।