मालपोत र नापीको काम तुराङ मजुवाबाट

मालपोत कार्यालय,मजुवा
गुल्मीको तुराङबाट पनि मालपोत र नापी कार्यालयले शाखा बिस्तार गरेका छन् । यससँगै जग्गा सम्बन्धी कामका लागि सदरमुकाम तम्घास पुग्नुपर्ने बाध्यता हटेको छ ।
सदरमुकामबाट दिँदै आएको सेवालाई जिल्ला मालपोत कार्यालय गुल्मीको शाखा कार्यालय स्थापना गरी तुराङको मजुवाबाट मालपोत र नापी सम्बन्धी कामहरु शुरु भएको छ  । काम शुरु भएको पहिलो दिन ४ जनाले सेवा लिएका छन् ।
वामी, आँपचौर र तुराङ गाबिसका ४ जनाले उक्त शाखाबाट सेवा लिएको शाखा प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । पहिलो दिन दिनेश सापकोटाले जग्गा पास लिई सेवा शुरु गरेको प्रमुख भुसालले बताए ।
घर नजिकैबाट नापी र मालपोतका कामकाज गर्न पाइने भएपछि स्थानीय बासिन्दा पनि खुशी भएका छन् । जुवामा उक्त सेवा शुरु भएलगत्तै प्रत्यक्ष रुपमा क्षेत्र नम्बर १ र २ का गरी २८ गाबिसका स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।
कार्यालय सञ्चालन गर्न तुराङ आएका कार्यालयका कर्मचारीहरुलाई बाजा गाजासहित सम्मान गरिएको थियो । हाल शाखा कार्यालय मजुवामा १ जना दरबन्दीमा, ३ जना काजमा र ३ जना करारका कर्मचारी रहेका छन् ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post