६११ जना माबि शिक्षक का लागी बिज्ञापन ।।



माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको सूचना


दरखास्त दिने अन्तिम मितिः २०७२।१२।२९गते सम्म
दोब्बर दस्तुरको अन्तिम मितिः २०७३।१।०६ गतेसम्म
लिखित परीक्षा हुने मिति - २०७३।०३।०४ गतेशनिबार, बिहान ११ः०० बजेदेखि
अन्तर्वार्ताको मिति, समय र स्थान - लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा अन्तर्वार्ताको मिति, समय र स्थान
उल्लेख गरिनेछ ।

नेपालको भुगोल सम्वन्धी जानकारी


१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा  ७८८९ वर्ग कि मि. हो ।
२. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्पा २१३५१‌ वर्ग कि. मि. हो ।
३. सवैभन्दा सानो जिल्ला भक्तपुर ११९ वर्ग कि.मी हो ।
४. दक्षिणबाट उत्तर बहने नदी कर्मनाशा हो ।
५. सवैभन्दा बढी जिल्लास‌ग सिमाना जोडिएको जिल्ला सिन्धुली हो ।
६. धरान धनकुटा राजमार्गलार्इ मदनभण्डारी राजमार्ग पनि भनिन्छ ।
७. नेपालको सवैभन्दा सानो नगरपालिका बनेपा नगरपालिका हो भने सवैभन्दा ठुलो नगरपालिका त्रियुगा नगरपालिका हो ।
८. सप्तकोशी नदी विहारको करसेलामा पुगेपछि ग‌‍गामा मिसिन्छ ।
९. महेन्द राजमार्गले छुने पहाडी जिल्लाहरु अर्घाखाँची र मकवानपुर हुन् ।
१०. माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल राराताल हो।

राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार को अावेदन खुल्ला ।

लोकसेवा आयोगले राजपत्र अनंकित द्धितिय श्रेणी खरिदार वा सो सरह (अप्राधिक) आन्तरिक प्रतियोगिता, खुला तथा समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

दरखास्त दिने अवधि :- २०७२।११।२६ देखि २०७२।१२।१६ सम्म (दरखास्त दिने अन्तिम दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको दिन) तथा दोब्बर दस्तुर तिरी २०७२।१२।२३ सम्म ।

दरखास्त बुझाउने माध्यम :- विज्ञापित सबै पदहरुमा Online मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । अनलाइन मार्फत दरखास्त पेश गर्ने विधि÷तरिका सम्बन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरु आयोगको वेबसाइट तथा यसै सूचनाको तल उल्लेख गरिएको छ ।

परीक्षा दस्तुरः- रु. ३००।– (तीनसय) र प्रत्येक थप समावेशी समूहको लागि रु. १५०।– (एकसय पचास) थप गर्नु पर्ने ।
सबै क्षेत्रीय निर्देशनालयहरु तथा अञ्चल कार्यालयहरुको परीक्षा कार्यक्रम


विज्ञापन को लागी यहाँ क्लिक गर्नुहोला ।



तपाईँको फेसबुक फ्रेन्ड रिक्वेस्ट अहिलेसम्म कसले एसेप्ट गरेन? यसरी थाहा पाउनुहोस्

फेसबुकमा हामीले फ्रेन्ड रिक्वेस्ट (friend Request) पठाएकामध्ये सबैले एसेप्ट (Accept) नगर्न सक्छन्। हाम्रो रिक्वेस्ट कस-कसले एसेप्ट गरेन भनेर हामीलाई थाहा नहुन पनि सक्छ। 
आफुले गरेका सबै फ्रेन्ड रिक्वेस्टहरु एसेप्ट भए नभएको थाहा पाउन सबैको टाइमलाइनमा जानु पर्दैन। यसको लागि सजिलो उपाय छ। 
सबैभन्दा पहिले आफ्नो फेसबुकको दायाँ भागमा फ्रेन्ड रिकवेस्ट (Friend Requests) अाइकनमा क्लिक गर्ने। त्यसको अन्त्यमा See All मा क्लिक गर्ने। त्यसपछि माथिल्लो बाँया भागमा Friend requets Sent को मुन्तिर भएको View Sent Requests मा क्लिक गर्ने।
यसमा आफुले पठाएका रिक्वेस्ट जो एसेप्ट भएका छैनन् त्यसको सूची आउँछ। यसरी आफ्नो फ्रेन्ड रिक्वेस्ट इग्नोर गर्नेको सूची आउँछ जसअनुसार आफुले पुनः के गर्ने भन्ने निर्णय गर्न सकिन्छ। 

प्रहरीमा ५ हजार ४४४ जनाका लागि भर्ना खुल्यो

जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग भर्ना तथा छनौट शाखाका अनुसार ५ हजार ४४ जनाका लागि भर्ना खुलेको हो ।
खुल्ला तर्फ २ हजार ९ सय ३४ जना, अमर/अशक्त प्रहरी परिवार तर्फ १०९ जना र आदिवासी जनजातितर्फ ७६८ जनाका लागि भर्ना खुलेको छ । यसैगरी मधेसी तर्फ ६७२, महिला ४८०, दलित ३६० र पिछडिएको क्षेत्रतर्फ १२१ जना माग गरिएको छ ।
यही माघ २४ गतेदेखि फागुन ३० गतेसम्म दरखास्त दिन सकिनेछ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरबाट दरखास्त फारम वितरण हुनेछ ।
यसैगरी पूर्वक्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र बुटवल, मध्यपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगन्ज, सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र सबै जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फाराम पाइनेछ ।
दरखास्त दस्तुर १ सय रुपैयाँ लाग्ने  छ । एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारहरुको हकमा भने प्रत्येक समूहका लागि २० प्रतिशत अर्थात् थप २० रुपैयाँको दरले दस्तुर लाग्ने छ ।
जवान पदमा दरखास्त दिन कम्तिमा ८ कक्षा पास भएको हुनुपर्ने र १८ बर्ष पूरा भई २३ बर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ 

सेनामा जागिर खुल्यो (सुचनासहित)

नेपाली सेनाले  नयाँ पदका लागि दरखास्त आह्वान गरेको  छ । नेपाली सेनाको कार्यरथी विभाग भर्ना छनौट निर्देशनालय जंगी अड्डाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै एक सय ७५ जनाका लागि दरखास्त आह्वान गरेको हो।
नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रिक्त रहेका पदहरुमा समावेशी तथा खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने नेपाली सेनाले जनाएको छ। जसमा विभिन्न ट्रेडका प्राविधिक तथा बिल्दार पदहरु रहेका छन् ।
आवेदकले आवश्यक कागजात तथा शैक्षिक योग्यताको प्रमाणपत्रसहित स्वयम उपस्थित भएर १० रुपैयाँको टिकट टाँसेर दरखास्त पेस गर्न सक्नेछन्।
इच्छुक उम्मेद्वारले यही माघ ७ गतेदेखि फागुन ७ गतेसम्मभित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर सात दिनसम्म आवेदन दिन सकिने सुचनामा उल्लेख छ ।
उम्मेद्वारहरु आवेदन दिनका लागि जंगी अड्डाको पश्चिममा रहेको खेल मैदान क्षेत्रमा पुग्नुपर्ने जनाइएको छ।
नेपाली सेनामा बहालवाला रहेको उम्मेद्वारहरुका लागि भने आवश्यक शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने भए पनि उमेर हद लाग्ने छैन ।
सुचना हेर्नुहोस्ः