एमआरआइ गर्नु अघि ध्यान दिनु पर्ने ९ कुरा

https://bhaibibek.blogspot.com/p/blog-page_8369.html

१. गहना तथा अरु कुनै धातुजन्य वस्तु लगाउनु हुँदैन।
२. धातु मिसिएको वस्तु जस्तै कस्मेटिक अथवा श्रृंगारका सामग्री लगाउनु हुँदैन।
३. दाँत भरेको, दाँतमा तार हालेको अथवा शरीरको कुनै अंगमा फलामको वस्तु छ भने एमआरआइ गर्न अघिनै जानकारी दिनुपर्छ।
४. अन्य बिरामी तथा गर्भवती हो भने सुरुमा नै जानकारी दिनुपर्छ।
५. बिरामीलाई असजिलो महसुस भएमा अथवा नचली बस्न नसकेको अवस्थामा  बिरामीलाई जाँचको समय बेहोस बनाउन सकिन्छ। 
६. बिरामीको शरीरमा यदि ट्याटुहरु भएको खण्डमा जाँच गर्न अघि नै डाक्टरलाई खबर गर्नुपर्छ।
७. एमआरआइ मेसिनको चुम्बकको शक्ति बढि भएको कारणले कार्डियाक पेसमेकर, डिफिब्रिलेटर, कान प्रत्यारोपण, कृतिम हृदय भल्भ राखिएको बिरामीको स्क्यान गर्न सकिँदैन यदि स्क्यान गरियो भने गम्भीर समस्याहरु पैदा हुन जान्छ। त्यसैले पहिलानै जाकारी गराउन आवश्यक हुन्छ।
८. औषधि दिएर एमआरआइ गर्नु परेमा बिरामीलाई ४ घण्टाको खाली पेट चाहिन्छ साथै युरेयी र क्रियाटिनाइनको  रगतको  रिपोर्ट पनि लिएर जानुपर्ने हुन्छ। 
९. एमआरआइ गर्न आउँदा पुरानो रिपोर्ट जस्तै एक्सरे, युएसजी, सिटी स्क्यान, तथा डिस्चार्ज कार्ड छ भने उक्त रिपोर्टहरु पनि लिएर जानुपर्छ।
Source- Swasthyakhabar.

‘घरमा खानी खर्च छैन् हो सर म बाध्यताले विद्यालयमा आउन सकिन।।

गरिबीको कारण विद्यालय छाड्न बाध्य पुजा खत्रीका लागि सहयोग जुट्ने भएको छ । खत्रीले विद्यालयबाट निष्काशन गरिदिन भन्दै लखेको ‘मार्मिक पत्र’ समाजिक सञ्जाल हुँदै मिडियामा सार्वजानिक भएपछि सहयोग जुट्ने भएको हो । 
बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पुजा खत्रीले ‘घरमा खानेकुरा छैन । कापी कलम किन्ने पैसा छैन सर मलाई विद्यालयबाट निष्काशन गरिदिनुस्’ भन्दै प्रधानाध्यापकलाई पत्र लेख्नुभएको छ । जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ का विद्यार्थी खत्रीको उक्त पत्र सार्वजनिक भएपछि अहिले सहयोग गर्नेहरूको ताँती लागेको छ । 
सामाजिक सञ्जालमार्फत पुजालाई सहयोग गर्ने घोषणा गरिरहेका छन् । पुजाका नाममा बेनीमा रहेको गरिमा विकास बैङ्कमा खाता खोलिएको छ । पुजाको सहयोगका लागि कर्मचारी मिलन केन्द्र, म्याग्दीले १५ हजार पाँच सय, म्याग्दी प्रवासी नेपाली सङ्घ मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष राम खड्काले १० हजार, मोना एसिया प्यासिफिक संयोजक ददीवल खड्काले १० हजार, लायन्स क्लब बेनी पिस सिटीले १० हजार बराबरको समग्री प्रदान गर्नुभएको छ । 
सहयोगीबाट प्राप्त सामग्री प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, वडाध्यक्ष कृष्णबहादुर बानियाँ, विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले उहाँको घरमै पुगेर हस्तान्तरण गर्नुभएको छ । वडाध्यक्ष बानियाँले पुजाको नाममा खोलिएको खातामा विभिन्न जिल्लाबाट करिब ८० हजार जम्मा भएको बताउनुभयो ।

खत्रीले भदौ १ गते सबैको मन छुने गरी पत्र लेख्नुभएको थियो । ‘घरमा खानी खर्च न लेख्ने पढ्ने कापी कलम नभएकोले हो सर म बाध्यताले विद्यालयमा आउन सकिन मलाई पढाइदिने कोहि छैनन्’ उनको पत्रमा भनिएको छ, ‘अबदेखि मलाई रेस्टिकेट गराइदिन हार्दिक अनुरोध गर्दछु । ’
पुजाको यस्तो पत्र सार्वजनिक भएपछि विभिन्न स्थानबाट सहयोगको आश्वासन आइरहेको छ । प्रजिअ अधिकारीलगायतका सरकारी टोलीले पुजासहित उनका बहिनी र भाइको समेत पठनपाठनलाई निरन्तरता दिने व्यवस्थाका लागि आवश्यक सहयोगको पहल भएको बताएका छन् । अधिकारीले भन्नुभयो, बाबु आमाले छाडेर गएपछि १२ वर्षीय पुजालाई ठूलो दुःख र पीडा भएको रहेछ । 
पुजाको ११ वर्षीय बहिनी पुष्पा खत्री कक्षा पाँचमा अध्ययनरत छिन् । आर्थिक अवस्था कमजोर भएपछि आमाले नै पुष्पालाई केही वर्ष अघि काठमाडौँ स्थित एक घरमा काम गर्ने गरी पठाउनुभएको छ । सात वर्षीय पुजन खत्री स्थानीय एक विद्यालयको कक्षा दुईमा अध्ययनरत छन् भने अर्की नौ वर्षीय पुनम खत्री कक्षा ४ मा पढ्छिन् । 
म सानै हुँदा बाबा आमा मिलेर बस्नुभएको थियो । बाबाले ज्याला मजदुरी गरेर हामीलाई पालनपोषण गर्नुभएको थियो, पुजाले भन्नुभयो, जव बाबाले मादक पदार्थ पिउन थाल्नुभयो त्यसबाट हाम्रो घर बिग्रियो । उहाँका अनुसार बुबाले मादक पदार्थ सेवन गर्न थालेपछि बुबा आमाकाबीच दैनिकजसो झै–झगडा हुने गथ्र्यो । यहीँकारण आमाले बुबालाई छाडेको र पछि बुबाले पनि घर छाडेको उहाँले बताउनुभयो । 
मनमा ठूलो पीडा र दुःख सहन नसकेर मैले विद्यालयमा त्यस्तो पत्र लेखेकी हुँ, पुजाले भन्नुभयो, पढ्ने वातावरण मिलेमा उच्च शिक्षा आर्जन गरेपछि भविष्यमा म जस्ता गरिबीका कारण शिक्षाबाट बञ्चित भएकाको सेवा गर्ने बिचार छ ।
साभार- गोरखापत्र

निक्षेप तथा कर्जा शुरक्षण कोषमा ९ पदमा ११ स्थायी कर्मचारी आवश्यकता


बिज्ञापन


राष्ट्रीय बिमा कम्पनी लिमिटेडमा ११ पदमा ३७ स्थायी कर्मचारी आवश्यकता


बिज्ञापन
Form and Syllabus Download:- लिङ्क
बिज्ञापन - लिङ्क



































नगर बिकास कोषमा ५ पदमा १२ जना स्थायी कर्मचारी आवश्यकता

बिज्ञापन  

बिज्ञापन लिङ्क-  Click Here - बिज्ञापन

पाठ्यक्रमहरू तलको सम्बन्धित समूहको लिङ्क बाट डाउनलोड गर्नसक्नुहुनेछ।

लोकसेवाबाट भर्ना रोकिदैछ भन्ने हल्लामात्रै हो : लालबाबु पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् ।
आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको बताए । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको मन्त्री पण्डितले बताए ।
‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ ? केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ ?’ शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए । उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।
दुर्गममा कर्मचारी जानै नमान्ने प्रवृत्ति समस्याको रुपमा देखिएको भन्दै सचिव थपलियाले विकास निर्माणमा तीन तहका सरकारबीचके समन्वयमा केही खड्किएको बताए ।

अब सुत्केरी बिदा ९८ दिन

सरकारी, गैरसकारी र निजी संघसंस्थामा कार्यरत महिलाले पनि ९८ दिन सुत्केरी विदा पाउने व्यवस्थासहित सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।
जटिल शल्यक्रिया गर्नुपर्ने भएमा वा विदा अपुग भएमा चिकित्सकको परामर्श बमोजिम थप एक महिना बिदा गर्न सकिनेछ । साथै पुरुष कर्मचारीको हकमा श्रीमती सुत्केरी भएको बेला हेरविचारका लागि १५ दिन विदा दिने प्रस्ताव पनि गरिएको छ ।
विधेयकअनुसार सरकारी, गैर सरकारी वा निजी संघ संस्थामा कार्यरत महिलाले सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहित प्रसुति बिदा पाउने छन् । दफा १३ मा भनिएको छ, ‘कुनै गर्भवती महिलालाई बिदा अपुग हुने भएमा स्वास्थ्यकर्मीको परामर्श बमोजिम थप एक महिना तलबसहित प्रसुति बिदा पाउने अधिकार हुनेछ ।
चिकित्सकको राय बमोजिम प्रजनन स्वास्थ्य रुग्नता (मर्बिडिटी) का कारणले जटिल शल्यक्रिया गर्नुपर्ने भए शल्यक्रिया हुनु अघि वा पछि ३० दिन तलबी बिदा पनि पाउनेछन् ।
पत्नी सुत्केरी हुने भएमा पुरुष कर्मचारीलाई समेत प्रसुति स्याहारका लागि १५ दिन पारिश्रमिकसहित बिदा दिनुपर्ने व्यवस्थालाई विधेयकमा निरन्तरता दिइएको छ ।
रोजगारदाता संघ संस्थाले पनि आफ्नो कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई बर्षसम्म कार्यालय समयमा आमाको दुध खुवाउनका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने विधेयकमा उल्लेख छ । मृतक शिशुलाई जन्म दिएमा वा जन्मिएपछि शिशुको मृत्यु भएमा पनि बिदा पाउने अधिकार कटौती नहुने व्यवस्था विधेयकमा छ ।
हरेक महिलाले भेदभावरहित प्रजनन सुविधा पाउनुपर्ने व्यवस्था पनि विधेयकमा गरिएको छ । राजनीतिक आस्था, जात, धर्म, वर्ग, भूगोल लगायतका आधारमा स्वास्थ्य अधिकार हनन हुने गरी भेदभाव गरे एक बर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्छ ।
विधेयकको दफा २८ मा कसैलाई पनि सेवा लिने व्यक्तिको उत्पत्ति, धर्म, वर्ण, जाति, लिङ्ग, पेशा, यौनिक तथा लैङ्गिक पहिचान, शारीरिक वा स्वास्थ्य अवस्थाका कारण भेदभाव गर्न नपाइने उल्लेख छ । वैचारिक आस्था, अपाङ्गता, वैवाहिक स्थिति, गर्भावस्था, कुनै रोग वा जिवाणुबाट संक्रमित रहेको अवस्थामा स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारमाथी कुनै किसिमले भेदभाव गर्न नपाइने भनिएको छ ।
यसैगरी गर्भवती सेवा लिनबाट बञ्चित गरेमा, इन्कार गरेमा, जन्मको प्रमाणपत्र नदिएमा भने ६ महिनासम्म कैद वा ५० हजारसम्म मात्रै जरिवानाको व्यवस्था पनि विधेयकमा छ । गोपनीयता -गर्भवती महिलाको प्रजनन स्वास्थ्यसँग सम्बन्धित सूचना, काजजात तथा सेवाग्राहीलाई प्रदान गरिएको सेवा) भङ्ग गरे ५० हजार सम्म जरिवाना हुनेछ ।
गर्भपतनसम्बन्धी व्यवस्था
गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न पाउने यसअघिकै व्यवस्थालाई विधेयकले निरन्तारता दिएको छ । तर, गर्भपतन नगराउँदा गर्भवती महिलाको ज्यान खतरामा पर्न सक्ने अवस्थामा भने जुनसुकै अवधिको गर्भपतन गर्न सकिने छ ।
‘गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्म गर्भपतन गर्न पाउने अधिकार हुनेछ’ विधेयकको दफा १५ को ‘क’ र ‘ख’ मा उल्लेख छ, ‘गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको रायसहित त्यस्ती महिलाको मञ्जुरी बमोजिम जुनसुकै अवधिको गर्भपतन गर्न सकिने छ ।’
बिरामी रिफर गर्न कडाइ
मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धी विधेयकमा आफैं सक्षम हुँदाहुँदै आफ्नो संस्थामा उपचाररत बिरामीलाई अन्यत्र रिफर गर्ने चिकित्सक वा स्वास्थ्य संस्थालाई कारवाहीको व्यवस्था गरिएको छ । विधेयकमा स्पष्ट कारण बिना रिफर गर्नेहरुलाई ६ महिनासम्म कैद वा ५० हजार जरिवाना वा दुबै सजाय गर्न सकिने व्यवस्था छ ।