बालुवाटारमा प्रधानमन्त्रीको भान्साबाटै भाँडाकुँडा गायव

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा किचेनका सामानहरु एकाएक हराएका छन् ।प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर-घरमा लगेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको यो पहिलो घटना होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।

दर्शकको माझ चर्चाको शिखरमा रौनक विक्रम कडेल

अहिले नेपाली चलचित्र क्षत्रको विकास निकै नै तिब्र रुपमा भैरहेको अवस्था छ | यो क्षत्रमा थुप्रै व्यक्तिहरु आबद्ध रहेका छन् जसले आफ्नो तर्फबाट निकै धेरै योगदान दिनुभएको छ | यसै बीच अहिलेको युवा पिडिमा र नेपाली चलचित्र क्षत्रमा एउटा नाम निकै चर्चामा छ रौनक विक्रम कडेल | उनको मुख हैन काम बोल्छ र उनि काममा विश्वास राख्ने व्यक्ति हुन् | एउटा ब्यापारिक परिवारमा हुर्केर भारतको दिल्लीमा गएर आफ्नो शिक्षा पुरा गरेका उनि नेपाली चलचित्र क्षत्रको लागि एउटा नमुना बनेका छन् | उनि आफु ब्यापारिक पृष्टभुमिबाट सम्बन्धित रहेर पनि त्यो भन्दा अलिकति टाढा रहेर नेपाली चलचित्र क्षत्रमा एउटा राम्रो सम्भावना देख्दै उनले सिनेमा आर्ट प्रोडकसन हाउस स्थापना गरे जसबाट अहिले सम्मको सर्भादिक लोकप्रिय र सुपरहिट चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” को जन्म भयो | दर्शकहरुलाई खोजेको र रोजेको जस्तो चलचित्र प्रदान गर्न सफल रहेको यसै सिनेमा आर्ट प्रोडकसन हाउसका डिरेक्टर हुन् रौनक विक्रम कडेल | उनि संगै राम बाबु गुरुङ , उपेन्द्र सुब्बा , मणीराम पोखरेल , ओम चन्द रौनियार , अर्जुन कार्की र बाल्मिकी पोखरेलको संयुक्त संलग्नतामा आज सिनेमा आर्ट प्रोडकसन हाउस एउटा बलियो ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ | आज सिनेमा आर्ट प्रोडकसन हाउसको नाम निकै उचाईमा रहेको छ | दर्शकहरुले पूर्ण रुपमा यस ब्रान्ड माथि विश्वास गर्न थालेका छन् | उनले आज सिनेमा आर्ट प्रोडकसन हाउस यो स्थानमा आइपुग्नुमा आफ्नो मात्र नभई आफ्नो पुरा टिमको ठुलो हात रहेको कुरा पनि बताएका छन् | उनले नेपाली चलचित्र क्षत्रको भबिष्य राम्रो छ भन्ने कुरालाई सत्य पारेर देखाई दिएका छन् | नेपाली चलचित्र क्षत्रमा केहि चिज छैन भन्ने व्यक्तिहरुको लागि उनि एउटा निकै नै उत्कृष्ट उदहारण साबित भएका छन् | नेपाली चलचित्र क्षत्रको लागि उनि एउटा बलियो कोसेडुंगा साबित भएका छन् | नेपाली चलचित्र क्षत्रमा उनको योगदान र प्रयास निकै नै अपरिहार्य रहेको छ |

         उनि अहिलेका युवा पिडिहरुको लागि मात्र नभएर यस क्षत्रमा सम्भावना देखेर केहि गर्छु भनेर लागि परिरहेका र लाग्न चाहने सम्पूर्णको लागि प्रेणाको स्रोत बनेका छन् | नेपाली चलचित्र क्षत्रको स्थर निकै माथि सम्मको रहेको र प्रयास गर्यो भने यसलाई निकै माथि सम्म लैजान सक्ने विश्वास उनले ब्यक्त गरेका छन् | उनि आफु यस क्षत्रमा केहि गर्छु भनेर लागेको र आफ्नो कर्तब्यलाई सधै निभाई नेपाली चलचित्र क्षत्रको विकासको लागि निरन्तर अग्रसर भई लागिरहने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् | नेपाली चलचित्र क्षत्रमा अहिले निकै नै सफल व्यक्ति र निर्मातामा उनको नाम पर्दछ | नेपाली दर्शक सम्क्ष उनको एउटा छुट्टै किसिमको पहिचान बनिसकेको छ | उनि कामलाई पुजा गर्ने व्यक्ति हुन् | उनि दर्शकलाई भगवान मान्दछन् भने उहाको सल्लहा सुझाबलाई आशिर्वाद | उनले आफुले सधै दर्शकको सल्लहा सुझाबलाई स्वीकार गरेर त्यसलाई मध्यनज़र गरि अगाडी बढ्ने कुरा समेत उल्लेख गरेका छन् 
अहिलेको युवा पुस्ताका लागि उनले नेपाली चलचित्र क्षत्रमा एउटा सम्भावनाको ढोका खोलिदिनुको साथै निकै सरल र सहज किसिमको बाटो समेत तयार पार्देका छन् | उनको पछिल्ला दुई चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” ले नेपाली चलचित्र क्षत्र र दर्शकहरु माझ आफ्नो एउटा छुट्टै किसिमको बलियो स्थान बनाइसकेको छ | अब उनको तेस्रो चलचित्र “पुरानो डुंगा” प्रदर्शनको तयारीमा रहेको छ | यो चलचित्रले पनि नेपाली चलचित्र क्षत्रको लागि निकै नै ठुलो सम्भावना बोकेको छ | चलचित्र प्रदर्शन हुन निकै समय अगावै चलचित्रको सबै तिर चर्चा परिचर्चा हुन थालेको छ | अहिले यस चलचित्र “पुरानो डुंगा” को गाएक तथा संगीतकार काली प्रसाद बास्कोटाको शब्द संगीत र सुमधुर स्वरमा सजिएको “निर जैले रिसाउने” बोलको गीत निकै चर्चामा रहेको छ | गीत सार्वजनिक भएको ४८ घण्टा भित्रमा नै डेढ लाख भन्दा बढी दर्शकहरुले यस गीतलाई हेरिसकेका थिए भने अहिले १ महिना बित्न नपाउदा नै झन्डै ६ लाख व्यक्तिले यस गीतलाई हेरिसकेका छन् | यस हिसाबले उनको यो चलचित्रले पनि नेपाली चलचित्र क्षत्रमा अर्को नया इतिहास रच्ने कुरा हामी सजिलै अनुमान लगाउन सक्दछौ |

सिनेमा आर्ट्सको ब्यानरमा माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको चलचित्र “पुरानो डुङ्गा” लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् | उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोखरेल र बाल्मिकी पोखरेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार र धनवहादुर गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रको बजार वितरकको जिम्मा अहिलेका निकै नै चर्चित र सफल डिसट्रीब्यूटर गोबिन्द शाहीले लिनुभएको छ |

अनारका १५ फाइदा


अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।
यस्ता छन् अनारका फाइदा :
धमनीको रक्षा : अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।
पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।
किड्नी जोगाउँछ : अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले  शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ ।
गर्भवती महिलालाई फाइदा : अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।
कोलेस्टोल घटाउँछ : अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।
क्यान्सर बिरोधी : अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्छ : अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।
रक्त अल्पताबाट जोगाउँछ : अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ  ।
शरिरलाई शान्त बनाउँछ : अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ ।
कलेजोको उपचार : अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।
पेटलाई शान्त पार्छ : अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।
छालालाई पनि फाईदा : च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।
कपालको रक्षा : नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।
यौन स्वास्थ्य मजबुत पार्छ :  अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ ।
नोट ः स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ ।

यसरी बचौं गुप्तांगका रोगबाट

-डा. उत्सव शर्मा
नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं ।
नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाँही जेनाइटल हर्पिसको समस्या देखिन सक्छ । त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौं, त्यो पनि यौन सम्पर्कको माध्यमबाट सर्ने रोग हो । फङ्गल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ । तर यो यौन रोगमा पर्दैन ।
मानिसको गुप्ताङ्गमा देखिने मुसा यौनरोग हो । गुप्ताङ्गमा मुसा आएको व्यक्तिले यौनसम्पर्क गर्छ भने अर्को व्यक्तिमा रोग सर्छ । कतिपयको हात र खुट्टाहरुमा देखिने मुसा यौनरोग होइनन् । यौनरोगका रुपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ । अक्सर पुरुषहरुको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् ।
नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप लगाउन खोजेको होइन, तर नेपालमा पेशाकर्मी सवारीचालकमा यो रोग बढी देखिएको छ । त्यसमा पनि ट्रक चालकहरु प्रायः सिफिलिसबाट पीडित भइरहेका हुन्छन् । यात्राका क्रममा घुमिरहने र अनुकुल पर्नासाथ असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले यिनीहरुका कारण सिफिलिस फैलिइरहेको हुन्छ । मकहाँ उपचारका क्रममा आउनेहरु पनि प्रायः यस्तै स्वभावका व्यक्तिहरु पर्छन् ।

सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउ जस्तो देखापर्छ । केही दिनमा कतिपयको आफै निको भएर जान्छ भने कतिपयले एन्टीबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलाहरुमा पनि भिरिङ्गी सर्छ । उनीहरुको यौनांग वरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा आए एक दिनको एन्टीबायोटिक वा इञ्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।
सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ । तर तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ । शहरी क्षेत्रमा उच्च मध्यम र उच्च वर्गमा भने भिरिङ्गीको समस्या त्यति देखिँदैन ।
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । कतिपयको यौनांग अति गन्हाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलाहरुमा यस रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सरेर आँखामा समस्या ल्याउने हुनसक्छ ।
अर्को जेनाइटल हर्पिज पनि यौनरोग हो । यसका धेरै प्रकार र लक्षण छन् । केहीको ओठमा पनि निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौं । हर्पिज रोष्टर अर्को प्रकारको हो, शरीरको एक भागमा फोकाहरु निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौं ।
कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ । जेनाइटल वार्ट भने मुसाहरु हुन् । जुन सामान्य मानिसहरुमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन् ।
कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कको बेला निस्कने यौनरसबाट यस्ता रोगहरु सर्छन् । यौनसम्पर्कका क्रममा योनी र लिंगका भागहरु घर्षण हुँदा यौनरसमा रहने जिवाणुहरु एकजनाबाट अर्कोमा सहजै पुग्छन् । पानीफोका फुट्दा वा रस निस्कदा पनि जिवाणुहरु स्थानान्तरण हुन्छन् । यस्ता यौनरोगहरु पुरुषबाट महिलामा सहजै सर्ने भए । यौनसम्पर्कका क्रममा महिलाहरुको यौनांगबाट पनि रसहरु निस्कने भएकाले जिवाणुहरु संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन् ।
यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन अभ्यास हो । सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरुसँग संसर्ग नगर्नु उपयुक्त हो । रोग लागिसकेको छ भने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन । पति\पत्नीमध्ये कसैमा यो रोग लागिसकेको छ भने निको नहुञ्जेल शारीरिक सम्पर्क नगर्नु उपयुक्त हुन्छ ।
प्रायः हामीकहाँ उपचारमा आउनेमध्ये महिलाहरुमा रोग लाग्ने कारण पतिहरु हुन् । घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि उनीहरुबाट रोग सरेर पत्नीहरु पीडित भएका घटना धेरै भेटिन्छन् । यदि कुनै एकजनामा देखिएको छ भने दुवैले नियमित स्वास्थ्य परीक्षण र सही उपचार गर्नुपर्छ ।
यदि कुनै पतिपत्नी आफूहरु बाहेक अन्यत्र शारीरिक सम्पर्क गर्दैनन् भने उनीहरुमा यस्ता रोग लाग्ने सम्भावना निकै कम हुन्छ । बरु एचआईभी रगत, सिरिञ्ज लगायतका अन्य व्यवहारिक क्रियाकलापका कारण सर्न सक्ला । तर एड्स बाहेकका अन्य यौन रोगहरु अरु माध्यमबाट सर्दैनन् ।
यस्ता यौन रोग लागेका व्यक्तिले निको नहुञ्जेल कण्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भनी सोध्ने गर्नुहुन्छ । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा भए पनि रहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा रहन्छ । यस्ता यौन रोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि सर्ने सम्भावना रहन्छ । कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिस अर्थात मुसा देखापर्न सक्छ ।
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ । कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफ्नो अनुकुलको डाक्टरलाई देखाउछन् । पुरुषहरु पुरुष र महिलाहरु महिला डाक्टरकोमा जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छ भनी सहजै भन्न सकिदैन । तर शहरी क्षेत्रमा पनि यस्ता यौनरोगको समस्याबाट निम्नदेखि उच्च वर्ग सबै समुदायका मानिस प्रभावित छन् ।
शहरी क्षेत्रमा भने अनुमान नै गर्न नसक्ने मानिसहरुलाई पनि यस्तो समस्या पर्न सक्छ । समाजमा आएको खुला सोच र मानसिकताले मानिसहरुले विवाहपूर्व नै शारीरिक सम्पर्क गर्छन् । कतिपय मानिसहरु व्यवसायिक यौनकर्मीसँग असुरक्षित सम्पर्क राख्छन् । जसले गर्दा यस्ता रोगहरुको जोखिम झनै बढाएको छ । किशोर÷किशोरीहरु पनि बारम्बार आएका हुन्छन् र केटा मानिसहरु ज्यादा आउछन् । उनीहरुको घुमन्ते व्यवहारका कारण केटी साथीहरु पनि पीडित भएका छन् । यसमा उमेरको बन्देज हँुदैन, जसलाई पनि लाग्न सक्छ ।
अन्त्यमा भन्नुपर्दा, स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अबलम्बन गरेमा यस्तो रोगको जोखिम निकै कम हुन्छ ।
@SwasthyaKhabar

मुटुका लागि कुन तेल राम्रो ?

डा. प्रकाशराज रेग्मी
मलाई धेरै नै मुटुका रोगीहरुले एउटा साझा प्रश्न सोध्ने गर्छन् – ‘कुन खानेतेलले मुटुलाई फाइदा गर्छ ?’
धेरै मानिसहरु खानेतेल, कोलेस्टेरोल र अन्य चिल्लो खाद्य पदार्थहरुकाबारे भ्रममा परेका देखिन्छन् । आजभन्दा केही वर्ष अगाडिसम्म बजारमा मुख्यरुपमा तोरीको तेल मात्र पाइन्थ्यो । धेरैले तोरीकै तेलमा तरकारी पकाएर खाने गर्थे । शुद्ध चाहिदाँ र रोटी, पुरी पकाउदा गाई–भैंसीको घिउ प्रयोग हुन्थ्यो ।
बजारमा आज तोरीलगायत भटमास, सूर्यमुखी, मकै, बदाम, ओलिभ, नरिवल आदि धेरै प्रकारका खानेतेलहरु पाइन्छन्। बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेझैं तेल उत्पादन गर्ने उद्योगहरुले नानाथरी आकर्षक विज्ञापनहरु गरेर आ–आफ्नो उत्पादन स्वास्थ्यका लागि फाइदाजनक छ, मुटुलाई स्वस्थ र बलियो राख्छ, हार्ट अट्याक हुनबाट बचाउंछ आदि सन्देशहरु जनमानसमा पु¥याउने प्रयास गरिराखेका देखिन्छन् ।
यसैको फलस्वरुप मुटुका रोगीहरु अन्योलमा परेका छन् । यति धेरै थरी तेलहरुमध्ये कुनचाहिले मुटुलाई फाइदा गर्ला ? हामी मुटुरोग विशेषज्ञहरु भन्ने गर्छौं –‘चिल्लो पदार्थले मुटुलाई हानि पु¥याउछ, किनकि यसमा कोलेस्टेरोल र ट्राइग्लाइ–सेराइड हुन्छ । यी तत्वहरु मुटुको रक्तनलीभित्र जम्न गई रक्तनलीलाई साँघुरो बनाइदिन्छन्, फलस्वरुप रक्त सञ्चारमा बाधा उत्पन्न भई हृदयघात हुनपुग्छ ।’
बडो अन्योलको स्थिति छ । एकातर्फ फलानो तेल ‘शतप्रतिशत कोलेस्टेरोल फ्री, मुटुलाई राख्छ स्वस्थ’ भन्दै टेलिभिजनको रङ्गीन पर्दामा सिनेमाको हिरो, हिरोइन तथा खेलकुद जगतका चर्चित खेलाडीहरु उफ्रने गर्छन् भने अर्कोतर्फ ‘तेल र चिल्लो नखा, मुटु बिग्रेला’ भनी डाक्टरहरुले सावधान गराउँछन् । आखिर बिरामीले कसको कुरा मान्ने ?
काठमाडौंमा मैले ७ वर्षको उमेरदेखि उपचार गर्दै आएका सापकोटा थरका मुटुरोगी छन् । उनी बाथ, मुटुको रोगबाट पीडित छन् । उनको मुटुको एउटा भल्भ बिग्रिएको छ । प्रत्येक ३–३ हप्तामा पेन्सिलिनको सुई लगाउने गरेका छन् । आज उनी १४ वर्षका भइसके ।
गत महिना उनी आफ्ना बाबुसँग जँचाउन आएका थिए । मसँग भेट्नासाथ उनले गजबको सिकायत गरे ‘हेर्नुस् न डाक्टर साहेब, बाबाआमाले मलाई खानै दिनुहुन्न, जे पनि नखा भन्नुहुन्छ । जेले पनि मुटु बिग्रन्छ रे, पुरीले पनि मुटु बिग्रन्छ रे ? मलाई घिउ–भात खान मन लाग्छ तर उहाँहरु घिउ सुँघ्न पनि पाउँदैनस् भन्नुहुन्छ ।
मैले उनका बाबुलाई तत्कालै सोधें – ‘बच्चालाई किन मासु, घिउ खान नदिएको ?’ उनले जवाफ दिए – ‘मासुमा कालेस्टेरोल हुन्छ । चिल्लो पदार्थले मुटु बिगार्छ । घिउले हार्ट अट्याक गराउँछ । मुटुरोगीले चिल्लो र कालेस्टेरोल भएको खाना खानुहुँदैन । यसै कारण मैले मुटुरोगी छोरालाई मुख बार्न लगाएको हुँ ।’
उनको जवाफ सुनेर म झसङ्ग भएँ । कत्रो ठूलो गल्ती भइराखेको रहेछ । बाथ मुटुको रोग भएको बालकले चिल्लो र मासु किन बार्नुप¥यो ? मजासँग खाए भइहाल्छ नि ? यो त हृदयघात सम्बन्धी कोरोनरी मुटुका रोगीहरु, उच्च रक्तचाप, मधुमेह आदि भएकाहरुले बार्नुपर्ने कुरा हो ।
मुटुको रोग भन्दैमा सबै एकैथरी कहाँ हुन्छ र ? यस प्रकार अज्ञानताको शिकार भएका धेरै नै मुटुरोगीहरु भेटिन्छन् । कसैले चाहिने बेलामा चिल्लो पदार्थ बारेका हुँदैनन् भने कसैले अनावश्यकरुपमा चिल्लो पदार्थको प्रयोग रोकेका हुन्छन् । विचरा किशोर आफ्नो बाबुको अज्ञानताका कारण घिउ र मासु खानबाट बञ्चित हुनपुगे ।
चिल्लो खाद्य पदार्थ भन्नेबित्तिकै घिउ र तेल बुझिन्छ । खाना पकाउन धेरैजसो वनस्पति तेलको प्रयोग गरिन्छ । तेल शतप्रतिशत चिल्लो पदार्थ हो । तेलको वैज्ञानिक नाम ‘ट्राइग्लिसेराइड’ हो । ट्राइग्लिसेराइडको मतलब हुन्छ – ट्राइ–३, ग्लिसेराइड–ग्लिसेरोल । अर्थात् ३ अणु फ्याटी एसिड र १ अणु ग्लिसेरोल भएको रासायनिक वस्तु हो ट्राइग्लिसेराइड ।
तेलमा पाइने फ्याटी एसिड ३ प्रकारका हुन्छन् –
१. स्याच्युरेटेड
२. मोनो–अनस्याच्युरेटेड
३. पोलि–अनस्याच्युरेटेड

यी तिनै फ्याटी एसिडरुका बनावट र मुटुमा पार्ने असरहरुबीच त्यति धेरै फरक छैन । बनावटको हिसाबले यिनीहरुमा हाइड्रोजनअणुको मात्रा घटिबढी हुन्छ भने असरको हिसाबले स्याचयुरेटेडले बढी नकारात्मक असर गर्छ । धेरै थोरै सबै प्रकारका फ्याटी एसिडले मुटुलाई हानि नै पु¥याउँछ ।
अनस्याच्युरेटेड फ्याटी एसिडको एउटा बडो राम्रो गुण छ । मनो र पोली अनस्याच्युरेटेड फ्याटी एसिडले रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पुयाउँछ । यसका साथै वनस्पति तेलमा भएको लिनोलेइक फैटी एसिडले पनि रगतमा कोलेस्टेरोलको मात्रालाई घटाउन मद्दत पु¥याउँछ । कुनै तेलमा यो बढी हुन्छ त कुनैमा घटी हुन्छ । यी लाभदायी तत्वहरुबाहेक तेलले रगतमा ट्राइग्लिसेराइड बढाउने, हृदयघातक कालेस्टेरोलको उत्पादन बढाउने आदि नकारात्मक असरहरु प्रशस्त पार्दछ । आमजनतालाई यो कुरा जानकारी नभएको हुनाले तेल उत्पादक उद्योगहरुले यसको फाइदा उठाउने गरेका छन् ।
एउटा साधारण उदाहरणः विदेशबाट आयात गरिएको धेरैले प्रयोग गर्ने सूर्यमुखी तेलको सिसीलाई हेरौं । त्यसमा बाहिर ठूलो अक्षरमा लेखिएको हुन्छ– शतप्रतिशत कोलेस्टेरोल फ्री । कुरा एकदम ठीक हो, किनकि कुनै पनि वनस्पति तेलमा कोलेस्टोरोल पाइँदैन ।
कोलेस्टेरोल जन्तुबाट उत्पादन हुने चिल्लो पदार्थमा मात्र पाइन्छ । सूर्यमुखी तेलमा कालेस्ट्रेरोल हुँदैन । त्यसमा ९५ प्रशित फ्याटी एसिड हुन्छ, जसमध्ये ११ प्रतिशत स्याच्युरेटेड, ३४ प्रतिशत मोनो अनस्याच्यरेटेड र ५० प्रतिशत पोली अनस्याच्यरेटेड रहेको हुन्छ । यो पक्षलाई पूर्णरुपले गोप्य राखेर ‘कालेस्ट्रेरोल फ्री’ भन्ने शब्दलाई जोडतोडका साथ प्रचार गरिएको हुन्छ । हाम्रो जे देख्यो, जे सुन्यो, त्यो पत्याउने वानी छ । फेसन भइसक्यो विदेशबाट आएको सूर्यमुखीको तेल खाने चलन सहरबजारमा ।
चिल्लो पदार्थ चाहे त्यो तेल होस् वा घिउ, शरीरका लागि आवश्यक पदार्थ हो । तेलमा कोलेस्टेरोल हुँदैन तर अनस्याच्युरेड फ्याट बढी हुन्छ भने घिउमा कालेस्टेरोल र स्याच्युरेटेड फ्याट बढी हुन्छ । कालेस्ट्रेरोलबाट शरीरमा केही हर्मोनहरु र पित्तरस बन्छ । साथै स्नायुहरुको कार्य सञ्चालनमा यसको आवश्यकता पर्छ । आवश्यक भन्दा बढी भएमा कोलेस्ट्रेरोल रक्तनलीहरुभित्र गएर जम्छ ।
शरीरका लागि शक्तिको प्रमुख स्रोत नै चिल्लो खाद्य पदार्थ हो । १ ग्राम चिल्लो पदार्थबाट ९ क्यालोरी शक्ति प्राप्त हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट को १ –१ ग्रामबाट जम्मा ४ क्यालोरी मात्र प्राप्त हुन्छ ।
सामान्य परिश्रम गर्ने मान्छेले दैनिक २४ सय क्यालोरी शक्ति आउने खाना खानुपर्छ । हाम्रो खानामा चिल्लो पदार्थ, कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज पदार्थहरु हुन आवश्यक छ । घिउ, तेल र बोसोमा चिल्लो हुन्छ भने भात, रोटी, मिठाईमा कार्बोहाइड्रेट ज्यादा पाइन्छ । माछा, मासु, दूध र गेडागुडीमा प्रोटिन हुन्छ ।
खानाको २० प्रतिशत चिल्लो पदार्थ, ६५ प्रतिशत कार्बोहाइड्रेट र १५ प्रतिशत प्रोटिन पदार्थ हुनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यदी चिल्लो पदार्थ ३० प्रतिशतभन्दा बढी भएमा त्यो बोसोको रुपमा शरीरका विभिन्न भागमा जम्मा भएर बस्छ ।

कुन तेलमा के छ ?

नरिवलको तेलमा स्याच्युरेटेड फ्याटको मात्रा ज्यादै धेरै छ । यस्तै गाई र भैंसीको घिउमा पनि स्याच्युरेटेड फ्याट बढी छ । यसकारण यी चिल्लो पदार्थले कोरोनरी मुटुको रोग भएकाहरुलाई निकै नै क्षति पु¥याउँछ । बदाम, मकै, सूर्यमुखी, भटमास, तोरी आदिको तेलमा स्याच्युरेटेड फ्याट कम तर मोनो र पोली अनस्याच्युरेटेड फ्याटको मात्रा बढी छ । यो तेल ठीक मात्रामा प्रयोग गरेको खण्डमा मुटुलाई त्यति क्षति पु¥याउँदैन ।
तोरी र बदामको तेलमा मोनो–अनस्याच्युरेटेड फ्याटको मात्रा सबैभन्दा धेरै छ । त्यसकारण ठिक्क मात्रामा लिएको खण्डमा मुटुका रोगहरुका लागि यी तेल सबैभन्दा कम हानिकारक छन् । तोरीको तेलमा लिनोलेइक एसिड नामक रसायन अरु तेलमा भन्दा बढी मात्रामा पाइन्छ । यो रसायनले हृदयघातको सम्भावनालाई कम गर्छ , यसकारण यो मुटुको लागी लाभदायक मानिन्छ ।
माछाको तेलमा ओमेगा–३ फ्याटी एसिड धेरै पाइन्छ । यसले पनि हृदयघातको सम्भावनालाई कम गर्दछ । तोरीको तेल धेरै पटक तताउँदा पनि अन्य तेलसरह ट्रान्सफ्याटमा परिवर्तन हुँदैन । ट्रान्सफ्याटले मुटुलाई धेरै क्षति पु¥याउँछ । तोरीको तेलको यो पनि एक राम्रो गुण हो । यी सबै तथ्यहरुलाई ध्यानमा राख्दा यो प्रस्ट हुन आउँछ कि कोरोनरी मुटुका रोगीहरुले घिउ र नरिवलको तेल खानु हानिकारक छ ।
वनस्पति तेल थोरै मात्रामा प्रयोग गर्दा हुन्छ । वनस्पति तेल मध्ये शुद्ध तोरीको तेल नै सबैभन्दा कम हानिकारक छ । हृदयघातसम्बन्धी रोग भएकाहरुले ‘शून्य तेल खाना’ (जीरो फ्याट डाइट) खानु उपयुक्त हुन्छ ।
शून्य तेल खाना भनेको खाना पकाउँदा तेलको प्रयोग गर्दै नगर्ने भनेको हो । खाना पानीमा उसिनेर पकाउने भनेको हो । स्वादका लागि जीरा–मरिच हाले हुन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने फ्याट, कालेस्टे«रोल र फ्याटी एसिडहरु चामल, गहँु, दालजस्ता अन्य स्रोतहरुबाट पनि पूरा हुन्छ ।
यस प्रकार सबैले यो बुभ्mनु जरुरी छ की तोरीको तेल खाएर मुटु बलियो हुन्छ भन्ने कुरा होइन । अन्य तेलहरु भन्दा तोरीको तेल कम हानिकारक छ भनेको हो । यस कारण मुटु बलियो पार्न तोरीको तेल खाने गर्नु भन्ने विज्ञापनलाई निरुत्साहित गर्नुपर्छ र तेलले मुटुलाई फाईदा गर्छ भन्ने भ्रमबाट सबै जना मुक्त हुनु पर्छ ।

आत्महत्याका सम्भावित कारण र रोकथामका उपाय


डा. कपिलदेव उपाध्याय, वरिष्ठ मनोचिकित्सक
जानीजानी, आफुखुशी अर्थात कसैको दबाबमा नपरी आफ्नो जीवनको अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ । ‘आत्महत्या’ शब्दले आत्माको हत्या जनाउँछ । तर ‘आत्मा’ को हत्या गर्न सम्भव छैन । स्वयंले गरेको शरीर हत्यालाई नै आत्महत्या भन्ने गरिन्छ ।
सवै मानिसहरु बाँच्न चाहन्छन्, सुख चाहन्छन्, घुमफिर गर्न चाहन्छन्, प्रेम गर्न चाहन्छन््, पैसा कमाउन चाहन्छन् आदी आदी । मानवीय इच्छा र आंकाक्षाहरु अनगिन्ती छन् । जसलाई मानिसहरु पुरा गर्न चाहन्छन् । मानिसहरु शरीरमा पिडाहुँदा दुखाई कम गर्न चाहन्छन् । विरामी हँुदा उपचार गरेर निको हुन चाहन्छन् । अर्थात मानिसहरु बाँच्न चाहन्छन् । त्यसैले मानिसहरु किन आत्महत्या गर्छन् ? यो गम्भिर प्रश्न हो ।
सामान्य किसिमले कुरा गर्ने हो भने मानिसहरु आफुलाई आनन्द आउने, खुसी लाग्ने र रमाइलो लाग्ने कुराहरु बारम्बार गर्न चाहन्छन् । तर आफुलाई मन नपर्ने केही गर्न चाहदैनन् ।
आत्महत्या मानिसहरु किन गर्छन् होला ? भनेर धेरै अध्ययनहरु भएका छन् र आत्महत्याका धेरै कारणहरु पनि भेटिएका छन् । रिस थाम्नै नसकेर पनि मानिसले अरुको ज्यान लिन पनि सक्छ र आत्महत्या गरेर आफ्नो ज्यान दिन पनि सक्छ ।
सहन नसक्ने घटना वा समाचारको कारण पनि आत्महत्या हुने गरेका छन् । निको नहुने वा उपचार हुन नसक्ने रोग लागेर पनि आत्महत्या हुने गरेका छन् । इज्जत लुटिँदा, ज्यादै अपमानित हुनु पर्दा, आर्थिक हानी नोक्सानी र प्रेममा असफल हँुदा पनि आत्महत्या भउका छन् । निश्चित रुपमा के भन्न सकिन्छ भने, प्रत्येक आत्महत्याका घटना खास कारणले हुन्छन् । ती कारणहरु प्रष्ट हुन पनि सक्छन् या थाहा पाउन नसकिने खालका पनि हुन सक्छन् ।
विश्व स्वास्थ्य संघको रिपोर्ट अनुसार प्रत्येक वर्ष संसारका नौ देखि १० लाख मानिसहरु आत्महत्या गरेर ज्यान फाल्छन् । के उनीहरुको ज्यान बचाउन सकिन्थ्यो होला ?
नेपालमा पहिले गरिएको एउटा अध्ययन अनुसार प्रत्येक एक लाख जनसंख्यामा नौदेखि दस जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । अर्थात प्रत्येक वर्ष दुई हजारदेखि तीन हजार व्यक्तिले नेपालमा आत्महत्या गर्ने सम्भावना देखिन्छ ।
तर सन २०१५ को अर्को एउटा रिपोर्ट अनुसार नेपालमा वर्षेनी करिव ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्छन् अर्थात एक लाखमा करिव २५ जनाले आत्महत्या गर्छन् । यो तथ्याङ्कले आत्महत्याले जनस्वास्थ्य समस्याको रुप लिइ सकेको देखाउँछ ।
अव आत्महत्याका कारणहरु वारे केहि चर्चा गरौं । विभिन्न अध्ययनहरुले आत्महत्याको मुख्य कारणमा केहि मानसिक रोगहरु हुन् भन्ने देखाएका छन् ।

आत्महत्या हुने कारण त धेरै छन् । तर ति मध्ये करिव ७० देखि ८० प्रतिशत आत्महत्याका कारण तल उल्लेखित रोग र समस्याहरु हुन् । जसलाई बेलैमा उपचार गरेर आत्महत्या कम गर्न सकिन्छ ।
१) डिप्रेसन ः डिप्रेसन एक प्रकारको मानसिक रोग हो । डिप्रेसनमा मन उदास हुने, कुनै कुरामा चाख नलाग्ने र शरीर अत्यन्त शिथिल र कमजोर भएको अनुभव हुन्छ । कुनै कुरामा पनि चाख नलाग्ने भन्नाले वोल्न, हाँस्न, रमाउन, कुरा गर्न, खान, लाउन, प्रेम गर्न आदीमा चाख लाग्दैन । रोग छिप्पिदै गएपछि बाँच्न पनि इच्छा लाग्दैन र मर्न पाए हुन्थ्यो भन्ने विचार वारम्वार आउँछ । कसरी मर्ने वा आत्महत्या गर्ने भन्ने सोचाइ जति बलियो हुदै जान्छ त्यति बेला आत्महत्या गर्ने सम्भावना वढ्छ ।
२) रक्सीको लत ः रक्सिको लत लागिसकेपछि पारिवारिक, सामाजिक, आर्थिक र स्वास्थ्य सम्वन्धि समस्याहरुले यति बढी पिरोल्न थाल्छन् कि केहि प्रतिशत व्यक्तिहरुले रक्सि छाड्न पनि सक्दैनन्, आफ्नो समस्या सुल्झाउन पनि सक्दैनन् र आत्महत्याको वाटो रोज्छन् ।
३)  केहि दिर्घरोगहरु जस्तै धेरै दुख्ने खालको वाथरोग, केहि क्यान्सरहरु, नियन्त्रण नभएको छारे रोग, एचआइभी÷एड्स लगायतका पिडितहरुले पनि आत्महत्या गर्ने डर हुन्छ ।
४) किशोर÷किशोरीहरु जसले पढाईमा चाहेजति राम्रो गर्न सक्दैनन् वा वावु आमाको अझ राम्रो गर, सबैभन्दा राम्रो बन्नु पर्छ, हामीले यतिका पैसा तेरो पढाईमा लगानी गरेका छौं, हाम्रो इच्छा पुरा गर्नु प¥यो जस्ता मनोभावनामा ठेस पुग्ने दबाबले पनि आत्महत्या गर्ने सम्भावना बढ्छ । यस्तो दबाबमा उनीहरुलाई राम्रो गर्न नसकेकोमा हिन भावना उत्पन्न हुन्छ, आफ्नो भविष्य छैन जस्तो लाग्छ अनी आत्महत्या गर्छन् ।
५) वैवाहिक जीवन असफल, पिडा दायक, यातना दिने खालको परिवार र कतैबाट जीन्दगी जीउने आधार भेटिएन भने आत्महत्याको वाटो रोज्ने सम्भावना वढी हुन्छ । अर्थात लगातारको मानसिक तनावका कारण पनि मानिस आत्महत्या गर्न अग्रसर हुन्छ ।
विभिन्न अध्ययनहरुले आत्महत्याको प्रयास गर्ने मध्ये झण्डै १६ प्रतिशत जतिले केहि वर्ष भित्रै फेरी आत्महत्याको प्रयास गर्छन् भन्ने देखाएको छ । आत्महत्याको प्रयास गर्नेहरुको कारण पत्ता लगाई उपचार वा समस्या समाधान गर्दा आत्महत्या घटाउन सकिन्छ । आजकल किशोर–किशोरीहरुमा पनि आत्महत्याका घटना देखिन थालेका छन्, यो पनि धेरै चिन्ताको विषय हो । किशोर–किशोरीहरुमा आत्महत्याको कारण भावनात्मक पिडा मानिन्छ र यसतर्फ परिवार र स्कुलको वातावरण तर्फ ध्यान जानु पर्छ ।
आत्महत्या गर्न सक्ने खतरालाई कसरी चिन्ने ?
–    आत्महत्या गर्ने विचार वारम्वार मनमा आउन लागेपछी त्यस्ता व्यक्तिले  कुनै रुपमा आफ्नो विचार पोक्छन् । जस्तै ः जीवन निराश छ, अब भेट नहुन पनि सक्छ, जीवनको कुनै सार छैन, सपनाहरु कुनै सफल भएनन् आदि ।
–    कुनै निराश मानिसले विष, हातहतियार वा डोरी किनेर घरमा ल्याउँदा सजग हुनुपर्छ ।

–    जोखिममा रहेका व्यक्तिले आफ्ना महत्वपूर्ण सामग्रीहरु अरुलाई दिन वा वाड्न थाले भने पनि शंका गर्नु पर्छ ।
–    ठूलो आर्थिक संकटमा परेका, जागिर गएको वा डिभोर्स वा थुलै झगडा परेका मानिसहरु टोलाएर वस्न,े केहि काम गर्न नखोज्ने, अरुसँग घुलमिल नहुने आदि भए पनि शंका गर्नुपर्ने हुन्छ ।
–    यसैगरी पहिले आत्महत्याको प्रयास गरेका व्यक्तिल फेरी आत्महत्याको प्रयास गर्ने सम्भावना रहन्छ ।
आत्महत्यालाई कसरी रोक्न सकिन्छ ?
आत्महत्यालाई पूर्ण रुपमै रोक्न नसके पनि धेरै हदसम्म घटाउन भने सकिन्छ । आत्महत्याका कारण मानिने नकारात्मक असरहरु घटाउन सके आत्महत्याका घटना धेरै हदसम्म कम गर्न सकिन्छ । यसका लागि निम्न प्रयास गर्नु राम्रो हुने छ ।
१) मानसिक र सामाजिक स्वास्थ्यमा ध्यान दिने
विभिन्न मानसिक रोगहरु जस्तै डिप्रेसन, मानसिक असन्तुलन, मद्यपानको कुलत, लागूपदार्थ दुव्र्यसन, केहि दिर्घ रोगहरु, छारे रोग, एचआइभी÷एड्स आदिका कारण आत्महत्या हुने भएकाले यस्ता समस्याहरुको पहिचान गर्ने र उपचार सेवामा सुधार ल्याउने हो भने यिनै कारण हुने आत्महत्या घटाउन सकिन्छ ।
यसैरी महिलाहरुमा गर्भवती भएको बेला र बच्चा जन्मेको केहि हप्ता भित्र पनि आत्महत्या गर्ने सम्भावना अन्य महिलाको तुलनामा वढी भएको देखिएको छ । उपचार नपाएको डिप्रेसन यसको मुख्य कारण हुनु पर्छ भन्ने धेरै विशेषज्ञहरुको राय छ । गर्भवती भएको वेला महिला जचाँउन आउँदा र वच्चा जन्मेपछी ६ देखि ८ हप्तासम्म डिप्रेसन छ की छैन परिक्षण गर्नु नै यसरी हुने आत्महत्या घटाउने तरिका हो ।
२) रिसको झोकमा वा आवेगमा आएर तुरुन्तै आत्महत्या गर्ने वाहेक अन्य आत्महत्या गर्ने सोचाई अलिअलि गरेर आउने र विस्तारै वढ्दै जाने हुन्छ । अर्थात आत्महत्या गर्ने विचार आउँछ वा आउदैन सोधेर पनि पत्ता लगाउन सकिन्छ । आत्महत्या गर्ने विचार आएकाहरुलाई राम्रो उपचार र काउन्सिलिङ गर्न सके आत्महत्या रोक्न सकिन्छ ।
केही आमाले साना वच्चालाई मारेर आत्महत्या गर्ने गरेको पनि देख्न वा सुन्न पाइन्छ । यस्तो प्राय डिप्रेसनका कारणले हुन्छ । डिप्रेसनमा बाच्न मन लाग्दैन, भोक लाग्दैन र थकाई बढी लाग्छ । यस्ता आमाले मायाका बच्चाको हत्या गर्छन् । किनकी उनीहरुको मनमा आत्महत्या गर्ने सोच आउको हुन्छ । अनि उनीहरु म मरें भने बच्चाको हेरचाह कसले गर्छ ? बच्चादे दुःख पाउँछ भन्ने सोचाई राख्छन् र बच्चाको हत्या गर्छन् । त्यसैले यस्ता अमालाई समयमै उपचार गर्न सके शिशु र आमा दुबैको ज्यान जोगाउन सकिन्छ ।
आत्महत्या गर्नु अघि लेखिएको सुसाइड नोटको अध्ययन गर्दा धेरै जनाले भावनात्मक पिडासहन नसकेर मृत्युवरण गर्ने निर्णय गरेको देखिन्छ । भावनात्मक पिडाका कारणहरुमा पारिवारिक, आर्थिक, सामाजिक, शारीरिक र मानसिक आदि पर्छन् । आत्महत्या गर्न चाहने  व्यक्तिले मर्न वाहेक अन्य विकल्पहरु नदेखेको आत्महत्याको बाटो रोज्छ ।
आजकाल स्मृति ध्यानले आफ्ना भावनाहरु चिन्न, त्यसको व्यवस्थापन गर्न र भावनात्मक पिडाको निकास खोज्न धेरै सहयोग गर्छ र आत्महत्या घटाउन सकिन्छ भनेर स्मृति ध्यान सिकाइन्छ । डिप्रेसन, चिन्ता रोग, लागूपदार्थ दुव्र्यसन, मद्यपानको उपचारसँगै स्मृति ध्यान पनि सिकाउने हो भने आत्महत्या कम गर्न सकिन्छ ।
साभार - स्वास्थ्यखबर वेब 

चश्मा स्याहार गर्ने १० तरिका

चश्मा दृष्‍टि दोष भएका मानिसहरुका लागि संसार चियाउन दिने ऐना हो । चश्मा लगाउने त गरिन्छ तर यथोचित हेरचाहको अभावमा चाडै नै चश्मा बिग्रिने, कोरिने, फुट्ने हुन्छ । अनावश्यक रुपमा चश्मा कम्पनी, चश्मा पसले वा हस्पिटललाई नक्कली चश्मा भिडाएको भनेर आरोप पनि लगाइने गरेको पाईन्छ । हुनत चश्माहरु सबै सक्कली नै हुन्छन भन्न खोजेको हैन तर राम्रो हेरचाह गरेमा पक्कै एउटा चश्माको कार्यकाल बढाउन सकिन्छ । यहाँ यिनै केही बिधीहरुको बारेमा चर्चा गरिन्छ ।
१. चस्मा फुकाल्दा एउटा हातले एकातिरबाट मात्र फुकाल्नु हुँदैन । यसले चस्माको अगाडिको मुख्य भाग (फ्रेम) र खुट्टा (टेम्पल) जोड्ने मिलनबिन्दुमा एकतर्फी दबाब पर्ने हुनाले चाडै भांचिने वा स्प्रिङ्ग खुस्किने हुन्छ । साथै चस्मा लगाउँदा पनि सधैं दुबै हातले सन्तुलित बलको प्रयोग गरी लगाउने बानी बसाल्नु पर्छ ।
२. पावरवाला चस्मा निधारमाथि वा कपालमा नराखौंं । यसले फ्रेम खुकुलो बनाउँछ र लगाउँदा खस्ने डर हुन्छ ।
३. शिशाको लेन्स छ भने साना तिना ठक्करले पनि लेन्स चर्किन सक्ने भएकोले सकभर लगाइराख्ने र खोल्दा बिशेष जतन गर्ने गरौं ।
४. चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्स तिर हैन टेम्पलले टेबलमा छुने गरी राखौं । लेन्स तिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउदा धमिलो देखिन्छ ।
५. लामो समयसम्म चश्मा खोल्नु परेमा चश्माको खोल वा बट्टामा राख्ने गरौं ।
६. थ्री पिस चस्मा छ भने समय–समयमा फ्रेम खुकुलो भै रहन सक्छ । त्यसैले चस्मा किन्दा पेच कस्ने स्क्रियु ड्राइवर पनि संगै लिने गरौं ।
७. चश्मा पुछ्न प्रयोग गरिने माइक्रोफाइबर रुमाल प्रयोग गरौं । खस्रो कपडाले पुछ्दा राम्रो सँग सफा नहुने, वा चश्मा कोरिने हुन सक्छ ।
८. चश्मा सफा गर्न नरम साबुन वा हल्का तातो पानी प्रयोग गर्न सकिन्छ । लेन्स क्लिनर भन्ने केमिकल प्रयोग गरे झनै राम्रो ।
९. नोज प्याड (चश्मालाई नाकमा अड्याउने प्याड) सफा गर्दा नरम ब्रस प्रयोग गर्न सकिन्छ । चश्मा सफा गर्ने अल्ट्रा सोनिक तरङगको उपयोग गर्ने मेसिनले सफा गर्‍यो भने भौतिक बल प्रयोग नगरिकनै केही मिनेटमा सबै फोहोर चस्माबाट छुट्टिन्छ । यस्ले चश्माको सुरुवाती चमक फर्काउछ ।
१०. प्राय लेन्स वा फ्रेमहरु असी डिग्री सेल्सियस भन्दा बढीको तापक्रमले बिग्रिने हुन्छ (आकार बिग्रिने, लुज हुने, रङ खुइलिने वा कोटिङ खुइलिने), तसर्थ उच्च तापमान वा तापक्रम तल माथि भैरहने ठाउँबाट सकभर चश्मालाई जोगाउ ।
  • स्वास्थ्य खबर बाट साभार ।