दर्शकको माझ चर्चाको शिखरमा रौनक विक्रम कडेल

अहिले नेपाली चलचित्र क्षत्रको विकास निकै नै तिब्र रुपमा भैरहेको अवस्था छ | यो क्षत्रमा थुप्रै व्यक्तिहरु आबद्ध रहेका छन् जसले आफ्नो तर्फबाट निकै धेरै योगदान दिनुभएको छ | यसै बीच अहिलेको युवा पिडिमा र नेपाली चलचित्र क्षत्रमा एउटा नाम निकै चर्चामा छ रौनक विक्रम कडेल | उनको मुख हैन काम बोल्छ र उनि काममा विश्वास राख्ने व्यक्ति हुन् | एउटा ब्यापारिक परिवारमा हुर्केर भारतको दिल्लीमा गएर आफ्नो शिक्षा पुरा गरेका उनि नेपाली चलचित्र क्षत्रको लागि एउटा नमुना बनेका छन् | उनि आफु ब्यापारिक पृष्टभुमिबाट सम्बन्धित रहेर पनि त्यो भन्दा अलिकति टाढा रहेर नेपाली चलचित्र क्षत्रमा एउटा राम्रो सम्भावना देख्दै उनले सिनेमा आर्ट प्रोडकसन हाउस स्थापना गरे जसबाट अहिले सम्मको सर्भादिक लोकप्रिय र सुपरहिट चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” को जन्म भयो | दर्शकहरुलाई खोजेको र रोजेको जस्तो चलचित्र प्रदान गर्न सफल रहेको यसै सिनेमा आर्ट प्रोडकसन हाउसका डिरेक्टर हुन् रौनक विक्रम कडेल | उनि संगै राम बाबु गुरुङ , उपेन्द्र सुब्बा , मणीराम पोखरेल , ओम चन्द रौनियार , अर्जुन कार्की र बाल्मिकी पोखरेलको संयुक्त संलग्नतामा आज सिनेमा आर्ट प्रोडकसन हाउस एउटा बलियो ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ | आज सिनेमा आर्ट प्रोडकसन हाउसको नाम निकै उचाईमा रहेको छ | दर्शकहरुले पूर्ण रुपमा यस ब्रान्ड माथि विश्वास गर्न थालेका छन् | उनले आज सिनेमा आर्ट प्रोडकसन हाउस यो स्थानमा आइपुग्नुमा आफ्नो मात्र नभई आफ्नो पुरा टिमको ठुलो हात रहेको कुरा पनि बताएका छन् | उनले नेपाली चलचित्र क्षत्रको भबिष्य राम्रो छ भन्ने कुरालाई सत्य पारेर देखाई दिएका छन् | नेपाली चलचित्र क्षत्रमा केहि चिज छैन भन्ने व्यक्तिहरुको लागि उनि एउटा निकै नै उत्कृष्ट उदहारण साबित भएका छन् | नेपाली चलचित्र क्षत्रको लागि उनि एउटा बलियो कोसेडुंगा साबित भएका छन् | नेपाली चलचित्र क्षत्रमा उनको योगदान र प्रयास निकै नै अपरिहार्य रहेको छ |

         उनि अहिलेका युवा पिडिहरुको लागि मात्र नभएर यस क्षत्रमा सम्भावना देखेर केहि गर्छु भनेर लागि परिरहेका र लाग्न चाहने सम्पूर्णको लागि प्रेणाको स्रोत बनेका छन् | नेपाली चलचित्र क्षत्रको स्थर निकै माथि सम्मको रहेको र प्रयास गर्यो भने यसलाई निकै माथि सम्म लैजान सक्ने विश्वास उनले ब्यक्त गरेका छन् | उनि आफु यस क्षत्रमा केहि गर्छु भनेर लागेको र आफ्नो कर्तब्यलाई सधै निभाई नेपाली चलचित्र क्षत्रको विकासको लागि निरन्तर अग्रसर भई लागिरहने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् | नेपाली चलचित्र क्षत्रमा अहिले निकै नै सफल व्यक्ति र निर्मातामा उनको नाम पर्दछ | नेपाली दर्शक सम्क्ष उनको एउटा छुट्टै किसिमको पहिचान बनिसकेको छ | उनि कामलाई पुजा गर्ने व्यक्ति हुन् | उनि दर्शकलाई भगवान मान्दछन् भने उहाको सल्लहा सुझाबलाई आशिर्वाद | उनले आफुले सधै दर्शकको सल्लहा सुझाबलाई स्वीकार गरेर त्यसलाई मध्यनज़र गरि अगाडी बढ्ने कुरा समेत उल्लेख गरेका छन् 
अहिलेको युवा पुस्ताका लागि उनले नेपाली चलचित्र क्षत्रमा एउटा सम्भावनाको ढोका खोलिदिनुको साथै निकै सरल र सहज किसिमको बाटो समेत तयार पार्देका छन् | उनको पछिल्ला दुई चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” ले नेपाली चलचित्र क्षत्र र दर्शकहरु माझ आफ्नो एउटा छुट्टै किसिमको बलियो स्थान बनाइसकेको छ | अब उनको तेस्रो चलचित्र “पुरानो डुंगा” प्रदर्शनको तयारीमा रहेको छ | यो चलचित्रले पनि नेपाली चलचित्र क्षत्रको लागि निकै नै ठुलो सम्भावना बोकेको छ | चलचित्र प्रदर्शन हुन निकै समय अगावै चलचित्रको सबै तिर चर्चा परिचर्चा हुन थालेको छ | अहिले यस चलचित्र “पुरानो डुंगा” को गाएक तथा संगीतकार काली प्रसाद बास्कोटाको शब्द संगीत र सुमधुर स्वरमा सजिएको “निर जैले रिसाउने” बोलको गीत निकै चर्चामा रहेको छ | गीत सार्वजनिक भएको ४८ घण्टा भित्रमा नै डेढ लाख भन्दा बढी दर्शकहरुले यस गीतलाई हेरिसकेका थिए भने अहिले १ महिना बित्न नपाउदा नै झन्डै ६ लाख व्यक्तिले यस गीतलाई हेरिसकेका छन् | यस हिसाबले उनको यो चलचित्रले पनि नेपाली चलचित्र क्षत्रमा अर्को नया इतिहास रच्ने कुरा हामी सजिलै अनुमान लगाउन सक्दछौ |

सिनेमा आर्ट्सको ब्यानरमा माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको चलचित्र “पुरानो डुङ्गा” लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् | उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोखरेल र बाल्मिकी पोखरेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार र धनवहादुर गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रको बजार वितरकको जिम्मा अहिलेका निकै नै चर्चित र सफल डिसट्रीब्यूटर गोबिन्द शाहीले लिनुभएको छ |

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post