अन्ततः धुर्मुसले चितवनमै बनाउने भए क्रिकेट रंगशाला

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ जनसहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि कस्सिएको चार महिनाभन्दा बढी भयो । यसबीचमा देशका विभिन्न स्थानमा रहेका सार्वजनिक जग्गाको अध्ययन- मूल्यांकनपछि उनी अन्ततः चितवनमा अडिएका छन् ।
ललितपुरको गोदावरीमा रहेको जग्गा छनोट गरी खेलकुद मन्त्रालयमा प्रस्तावसमेत पठाइएको थियो । तर, प्राविधिक टोलीले जग्गा अनुपयुक्त भएको ठहर गर्‍यो ।
त्यसपछि धुर्मुस चितवन पुगेका हुन् । भरतपुर महानगरपालिकाले पहिले नै रंगशाला निर्माणका लागि धुर्मुस-सुन्तली फाउन्डेसनलाई आमन्त्रित गरेको थियो ।
अब कुनै व्यवधान नआए चितवनको रामपुरस्थित कृषि तथा वनविज्ञान परिसरमा रहेको जग्गामा रंगशाला निर्माण हुनेछ । यसका लागि केही दिनभित्रै धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता हुने मेयर रेणु दाहालले बताइन् । ‘हामी अहिले सो जग्गा प्राप्तिको लागि आवश्यक प्रक्रियामा छौ, केही दिनमै टुंगो लाग्छ,’ उनले भनिन् ।
दाहालका अनुसार त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको रामपुर क्याम्पसको जग्गा महानगरपालिकाले रंगशाला निर्माणका लागि लिन लागेको हो । सट्टाभर्नामा क्याम्पसलाई अर्को जग्गा दिने महानगरपालिकाको योजना छ ।
करिब २५ विघा प्रस्तावित जग्गा रंगशाला निर्माणका लागि सबै हिसाबले उपयुक्त रहेको फाउन्डेसनले पनि ठहर गरेको छ ।
फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस-सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा सम्पन्न हुने मेयर दाहालले बताइन् ।
आर्थिक स्रोत कसरी जुटाउने भन्ने विषय चाहिँ छलफलको क्रममा नै रहेको उनको भनाइ छ । ‘हामीले जग्गा मात्र दिएर बाँकी सबै जिम्मेवारी उहाँहरु -धुर्मुस-सुन्तली फाउन्डेसन) को टाउकोमा हालिदिन खोजेका होइनौं । रंगशाला निर्माणको सम्पूर्ण प्रक्रियामा हामी जवाफदेही हुनेछौं । भोलि आर्थिक कारणले निर्माण अलपत्र हुने अवस्था आउन दिँदैनौं’, मेयर दाहालले भनिन् ।
धुर्मुस-सुन्तली फाउन्डेसनले यसअघि सर्वसाधारणबाट सहयोग संकलन गरेर चारवटा नमूना बस्ति निर्माण गरिसकेको छ । तर, रंगशाला निर्माणका लागि सहयोग आह्वान गर्ने/नगर्ने भन्नेबारे टुंगो नलागिसकेको मेयर दाहालले प्रतिक्रिया दिइन् ।
सामाजिक अभियन्ता धुर्मुसले भने जग्गा प्राप्ति हुनासाथ रंगशाला निर्माण सुरु गर्न आफूहरु तयारी अवस्थामा रहेको बताए । ‘हामी शिलान्यास गरेको २ वर्षभित्र एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि सक्षम छौं,’ उनले अनलाइनखबरसँग भने ।

पैसामा केरमेट गरे ३ महिना जेल र ५ हजार रुपैयाँसम्म जरिवाना हुने।


कानुनमा के व्यवस्था छ त हेर्नुस-

नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस्। नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ।
फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो। उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन। त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदैछ। अाजकाे कान्तिपुर दैनिकमा समाचार छ।
नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो। यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो। राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले अब कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले सोहीअनुसार कारबाही र जरिवाना गर्ने बताए ।
नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ। झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ। त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

ट्वाइलेटको २ फ्लस बटनका बारेमा रोचक जानकारी

यदि तपाइँले ट्वाइलेटको फ्लस बटनका बारेमा ध्यान दिनुभएको छ भने थाहै छ होला कि फ्लसमा दुईवटा बटन हुन्छन् । आखिर दुबै बटनको काम पानी फ्लस गर्नु हो भने आखिर एउटाले काम चल्ने ठाउँमा किन दुईवटा चाहियो ?
यसको इतिहास छ । दुईवटा फ्लसको अवधारणा अमेरिकाका औद्योगिक डिजाइनर भिक्टर पापानेकले गरेका थिए । उनले सन् १९७६ मा आफ्नो किताब डिजाइन फर द रियल वल्र्डमा यसको अवधारणा पहिलोपटक ल्याएका हुन् । समयसँगै प्रविधिले फड्को मारेको छ र उनको अवधारणाले मूर्तरुप लिएको छ ।
डुअल फ्लसमा एउटा सानो र अर्को ठूलो आकारको बटन हुन्छ । यी दुबै बटनको फरक फरक एक्जिट भल्ब हुन्छ र पानीको लेभल पनि दुबैको फरक फरक हुन्छ ।
यी दुईमध्ये सानो चाहीँ बटन थिच्दा अधिकतम साढे तिन देखि चार लिटर सम्म पानी रिलिज हुन्छ । त्यस्तै ठूलो बटन थिच्दा ६ देखि ९ लिटरसम्म पानी ट्वाइलेटमा फ्लस हुन्छ । अर्थात् पिसाब बगाउनका लागि सानो बटन तथा दिसा लगायतका ठोस फोहोर बगाउनका लागि ठूलो बटन थिचेर फ्लस गर्दा उपयुक्त परिमाणमा पानीको खर्च हुन्छ । यसबाट आवश्यकता भन्दा बढि वा कम पानी खर्च हुने अवस्था रहँदैन ।
विज्ञहरुका अनुसार यदि यो नियम पालना गर्नेहो भने एउटा परिवारको ट्वाइलेटमा वार्षिक २० हजार लिटर पानी बचत हुन्छ । यसले पानीको उचित प्रयोग वा व्यवस्थापन हुनेमात्र होइन पानीको महसूल पनि कम तिर्नुपर्नेछ ।
@Onlinekhabar

डाक्टर, फार्मासिस्ट र थेरापिष्ट गरी १८ जनाका लागि नेपाली सेनामा अवसर





एमबीबीएस डाक्टर, फार्मेसी र अकुपेशनल थेरापिष्टका लागि नेपाली सेनामा जागिर खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज दरखास्त आवहान गर्दै सो जानकारी दिएको हो
आज प्रकाशित सूचना अनुसार समावेसी र खुल्ला तर्फबाट १५ जना एमबीबीएस डाक्टर, दुई जना फार्मेसी, र १ जना अकुपेशनल थेरापिष्ट पदका लागि दरखास्त आवहान गरको छ ।

कपाल नरम बनाउने ५ उपाय


मुसुरोको दाललाई पानीमा भिजाएर कपाल धुँदा यसले कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
  • दुई गिलास पानीमा एक चम्चा चियाको पत्ती हालेर केही समय उमाल्ने । त्यसमा कागतीको रस हाल्ने । यस्तो मिश्रणले कपाल पखाल्दा कपालमा चमक आउँछ ।
  • एक गिलास बियर लिएर कन्डिसनरजस्तै गरी कपालमा लगाउने । यसले कपाललाई चमकदार बनाउँछ ।
  • कपाल सुक्खा छ, तथापि आफूलाई प्याक लगाउने फुर्सद छैन भने दुई चम्चा मह तथा दुई चम्चा रमलाई पानीमा हालेर कपाल पखाल्ने । यसले पनि कपाललाई नरम तथा चम्किलो बनाउँछ ।
  • कपालमा विभिन्न किसिमका केमिकल मिसिएका सामानको अधिक प्रयोग गर्नु राम्रो हुँदैन । केमिकल स्टेनिङ, कलरिङ आदि प्रक्रियाले कपाललाई कडा बनाउनुका साथै दीर्घकालीन असर गर्न सक्छ ।

कुरिलो खानुका फाइदा

कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।
यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।
कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।
यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ । कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

यौनइच्छा बढाउन खानुहोस् यी ८ चीज

१.गोलभेंडा : गोलभेंडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ । यसले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ ।
२.पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।
३. भिन्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।
४. प्याज : प्याज स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसको सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।
५.  ब्रोकाउली : यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यका  लागि लाभदायी हुन्छ ।
६.  लसुन :  लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।
७. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।
८.  गान्टेमूला : यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।
यसका अलावा खानानमा बिशेष ध्यान दिनु उत्तिकै जरुरी हुन्छ । बढी मात्रामा अमिलो,, चिल्लो, पिरो, मसालेदार खानाको सेवन कम गर्नु राम्रो हुन्छ ।