आजदेखि टेलिकमको रिचार्जमा १५ प्रतिशतसम्म बोनस
नेपाल टेलिकमले आजदेखि २५ गतेसम्म रिचार्ज गर्दा १५ प्रतिशतसम्म बोनस दिने घोषणा गरेको छ ।
टेलिकमको १३ औं वार्षिक उत्सवको अवसरमा घोषणा गरिएको अफर अनुसार रु ५०,
रु १०० र रु २०० को रिचार्जमा १० प्रतिशत बोन दिइने छ भने रु ५०० र रु १०००
को रिचार्जमा १५ प्रतिशत बोनस दिइने छ ।
यो योजना एमपीओएस रिचार्ज प्रणालीमा पनि लागू हुनेछ भने बोनस रकम तनि दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।
थप जानकारीका लागी यहाँ हेर्नुहोला ।
यो योजना एमपीओएस रिचार्ज प्रणालीमा पनि लागू हुनेछ भने बोनस रकम तनि दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।
थप जानकारीका लागी यहाँ हेर्नुहोला ।
सुत्नेबेला यी ६ कुरा नखानुहोस्
हामीले खाना खाने समय लगभग निर्धारित हुन्छ। बिहान, दिउँसो, बेलुका यिनै
तीन समयमा आफ्नो सहजताअनुसार मानिसले खानेकुरा खान्छन्। तर, बेलुकाको
समयमा खाने खाना र सुत्नुअघि केही खाने बानी छ भने त्यसमा ध्यान
पुर्याउनुपर्छ। सुत्नेबेलामा यी खानेकुरा नखानुहोस्ः
चकलेटः चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुन्छ। विशेषगरी बच्चाहरुले चक्लेट जुन समयमा भेटे पनि खाइदिन्छन्। चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले बच्चाको दाँत बिगार्छ। त्यसैले सुत्नेबेलामा खाएको चकलेटले हानी पुर्याउँछ। राति खाएको चकलेटले एसिडिटी बढाउँछ भने निद्राको समस्या आउन सक्छ।
पास्ताः पास्तामा धेरै कार्बोहाइड्रेड हुन्छ। राति पास्ता नखाँदा राम्रो। धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने हुन्छ। तसर्थ तौल नियन्त्रणका लागि पनि राति पास्ता खानु उचित होइन।
पिजाः बेलुका एसो रेस्टुरेन्टतिर घुमेर पिजा खाएर आउने अनि सुत्ने चलन सहरमा बढ्दो छ। तर पिजामा पाइने अधिक क्यालोरीले गर्दा राति खाँदा शरीरलाई फाइदा पुर्याउँदैन। शरीरलाई चाहिनेभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खाएर सुत्दा मोटोपना नियन्त्रण हुँदैन। पाचन प्रक्रियाका पनि समस्या आउन सक्छ।
खुर्सानीः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन। राति धुलो खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ।
मासुः मासु राति नखाँदा उत्तम। अधिकांशले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन। राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ। मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ। यस्तै, राति मासु खाएर सुत्दा अपच हुने र निद्रामा समस्या आउने पनि हुन्छ।
फ्रुटजुसः फ्रुट जुसमा एसिडिटी हुन्छ। राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ।

ब्रस गर्ने तरिका
बिहान पनि ब्रस गर्नुपर्छ तर उठ्नेबित्तिकै गर्नु जरुरी छैन । राती ब्रस
गरेर सुतेको मानिसले बिहानको खाना खाएर ब्रस गर्दा पनि खासै फरक पर्दैन ।
दाँत माझ्दा कस्तो ब्रस प्रयोग गर्ने भनेर धेरै मानिसमा अलमल भएको देखिन्छ ।
यसमा दुईखालको दृष्टिकोण छ, कसैले नरम प्रयोग गर्नुपर्छ भन्छन्, कसैले कडा
। तर, साह्रो कडा ब्रस भने प्रयोग गर्नु हुदैन । ब्रस प्रयोग गर्दा ४५
डिग्रीको कोणमा घुमाएर दात माझ्नुपर्छ । दाँत माझेपछि मुख ‘फ्लस’ गर्नुपर्छ
। तर, त्यति गर्दा पनि बाँकी रहेको चीज कोट्याएर फाल्नु हँुदैन । हरेक ६
महिनादेखि एक वर्षको बीचमा दन्त विशेषज्ञलाई आफ्नो दाँत देखाउनुपर्छ । र,
त्यही क्रममा उसको दाँत सफा गर्नुपर्ने छ भने दन्त विशेषज्ञले बाँकी सल्लाह
दिन्छन् ।
कडा ब्रसले जबर्जस्ती दाँत माझियो भने दाँत र गिँजाको बीचको भाग असर
पर्छ, जसले गर्दा ‘सिरिङसिरिङ’ हुने समस्या देखिन्छ । यो आफ्नै व्यवहारका
कारण अलि तातो, चिसो वा हावा बहँदा पनि सिरिङसिरिङ हुन्छ । अरु कारण नभई
‘ब्रसिङ टेक्निक’ नमिलेर नै हामीले दुःख पाउने हुन्छ ।
नेपालीमा देखिएको अर्को साझा समस्या हो, जबसम्म दाँत दुख्दैन, तबसम्म
उनीहरु दन्त विशेषज्ञकहाँ आउँदै आउँदैनन्, दुःखेपछि मात्रै दौडिने चलन छ ।
नियमित रुपमा दाँत परीक्षण गर्नेहरु १० प्रतिशतभन्दा पनि कम होलान् ।
त्यसपछि उनीहरु भन्न थाल्छन्, ‘दाँतको उपचार एकदमै खर्चिलो छ ।’ तर,
त्यस्तो महँगो छैन । रोग नलाग्दै नियमित रुपमा दाँतको परीक्षण गरिरहने हो
भने उपचार महँगो र खर्चिलो छैन । त्यस क्रममा दाँतको नियमित सरसफाइ हुन्छ
भने कहीँ कीराले खान सुरु गरेको भए सामान्य प्रकारको फिलिङ गर्छाैं ।
कीराले दाँत खाएर खाल्डो परेर जब खानेकुरा अड्किन थाल्छ, अनि मानिसहरु
उपचारका लागि क्लिनिकमा आउँछन् । त्यतिबेला क्लिनिङ, फिलिङलगायतका उपाय
केही बाँकी हँुदैन, सोझै ‘रुट कनाल’ गर्नुपर्छ । जरैदेखि उपचार गर्ने,
चारदेखि ६ पटक क्लिनिक धाउने, अनि दाँतमा क्याप हाल्नेलगायतका झन्झट
बेहोर्नुपर्छ र खर्च पनि हुन्छ । नियमित क्लिनिङ गरे अरु झन्झट हुँदैन ।
नेपाल प्रहरीमा २६ सय ७८ प्रहरी जवानका लागि जागिर खुल्यो
प्रहरी प्रधान कार्यालयले २६ सय ७८ प्रहरी जवानको नयाँ भर्नाका लागि
आवेदन माग गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय
४५ जना प्रहरी जवानको माग गरेको हो ।
प्रविधिक
समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन,
स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन
आहृवान गरिएको छ । त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि,
कुकुर स्याल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि
दरखास्त आहृवान गरिएको छ ।
सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७
सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिकका लागि दरखास्त माग
गरिएको छ । सूचनाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।
त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि पनि आवेदन माग गरिएको छ ।
बिज्ञापनका लागी तलको तस्बिर हेर्नुहोला ।
मालपोत र नापीको काम तुराङ मजुवाबाट
![]() |
| मालपोत कार्यालय,मजुवा |
गुल्मीको तुराङबाट पनि मालपोत र नापी कार्यालयले शाखा बिस्तार गरेका छन्
। यससँगै जग्गा सम्बन्धी कामका लागि सदरमुकाम तम्घास पुग्नुपर्ने बाध्यता
हटेको छ ।
सदरमुकामबाट
दिँदै आएको सेवालाई जिल्ला मालपोत कार्यालय गुल्मीको शाखा कार्यालय
स्थापना गरी तुराङको मजुवाबाट मालपोत र नापी सम्बन्धी कामहरु शुरु भएको छ ।
काम शुरु भएको पहिलो दिन ४ जनाले सेवा लिएका छन् ।
वामी,
आँपचौर र तुराङ गाबिसका ४ जनाले उक्त शाखाबाट सेवा लिएको शाखा प्रमुख
रामप्रसाद भुसालले जानकारी दिए । पहिलो दिन दिनेश सापकोटाले जग्गा पास लिई
सेवा शुरु गरेको प्रमुख भुसालले बताए ।
घर नजिकैबाट नापी र मालपोतका
कामकाज गर्न पाइने भएपछि स्थानीय बासिन्दा पनि खुशी भएका छन् । जुवामा उक्त
सेवा शुरु भएलगत्तै प्रत्यक्ष रुपमा क्षेत्र नम्बर १ र २ का गरी २८
गाबिसका स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।
कार्यालय सञ्चालन
गर्न तुराङ आएका कार्यालयका कर्मचारीहरुलाई बाजा गाजासहित सम्मान गरिएको
थियो । हाल शाखा कार्यालय मजुवामा १ जना दरबन्दीमा, ३ जना काजमा र ३ जना
करारका कर्मचारी रहेका छन् ।
Lok Sewa Question Answer 1
१.नेपालको सबैभन्दा ठुलो दरबार कुन हो?
-सिँहदरबार
२.टाईको प्रचलन कुन देशबाट आएको हो?
-फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
-चीन
४.कुन देशमा लामखुट्टे पाइदैन्?
-फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
-स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन्?
-आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
-इजिप्ट
१०.कुन देशमा श्रीमती
सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा
दिइन्छ?
-स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
-चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
-चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन
हो?
-मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
-भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
-अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो?
-भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
-नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
-भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद
कहाँबाट भएको हो?
-फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो?
-भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
-बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन
हो?
-भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो?
-जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
-भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
-ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो?
-जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो?
-भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो?
-ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो?

Subscribe to:
Comments (Atom)
-
१. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठूलो जिल्ला डोल्पा ७८८९ वर्ग कि मि. हो । २. क्षेत्रफलको हिसावले नेपालको सवैभन्दा ठुलो अञ्चल डोल्...
-
छोराछोरी कसरी हुर्काउने भन्ने सम्बन्धमा लेखिएको बेस्टसेलर पुस्तक ‘हाउ टु टक सो किड्स विल लिसन एन्ड लिसन सो किड्स विल टक’ अभिभावकका निम्त...
-
बिज्ञापन बिज्ञापन लिङ्क- Click Here - बिज्ञापन पाठ्यक्रमहरू तलको सम्बन्धित समूहको लिङ्क बाट डाउनलोड गर्नसक्नुहुनेछ। खुला...