स्मरण शक्ति बढाउने उपाय

‘स्मरणबिना सभ्यता पनि असम्भव छ । स्मरणको अभावमा समाज र भविष्यको कल्पना गर्न सकिदैन,’ वरिष्ठ दार्शनिक इलि विइसेलले भनेका छन् । हो स्मरण शक्ति बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । त्यति हँुदा हँुदै पनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ । के हो कम्जोर स्मरण शक्ति ? विभिन्न कारणले स्मरणशक्ति कमजोर हुन्छ । कोहीको जन्मजात नै कमजोर स्मरण शक्ति हुन्छ । कसै कसैमा यो समस्या गम्भीर हुन्छ । एकाग्रताको अभावमा स्मरण शक्ति कमजोर हुन्छ । कमजोर स्मरण क्षमता हुने मानिसको व्यक्तित्व पनि नराम्रो हुने उनीहरु डिमेन्सिया जस्तो दिमाग सम्बन्धि रोगको शिकार बन्ने खतरा हुन्छ । डिमेन्सियाले मानिसको दैनिक गतिविधि नै नराम्रोसँग प्रभावित हुन्छ । 
   कमजोर स्मरण शक्तिका कारण उमेर पाको हुदै जानु, एकाग्रताको कमी, डिप्रेसन, चिन्तालगायतका समस्याले स्मरण शक्ति घट्छ । त्यस्तै मदिराको कुलत, ड्रग्स, ब्रेन ट्युमर, निश्चित प्रकारका औषधीको सेवनले पनि स्मरण शक्तिलाई नराम्रो असर गरेको हुन्छ । यसरी बढाउन सकिन्छ स्मरण शक्ति पिस्ताको नट थायमिन वा भिटामिन बी एकको कमीले पनि स्मरण शक्ति घट्छ । पिस्तामा थायमिनको मात्रा अत्यधिक हुन्छ । आधा कप पिस्ता नटमा ० दशमलब ५४ एमजी थायमिन हुन्छ । पचास वर्ष वा सो भन्दा मुनिका पुरुषमा १ दशमल पाँच एमजी र महिलामा १ दशमलब १ एमजी हुनुपर्छ । गँहुको जमराः स्मरण शक्ति वा उमेरसँग सम्बन्धित समस्याका लागि गँहुको जमरा उपर्युक्त चिज हो । यसमा भिटामिन ईको मात्रा बढी हुन्छ । ब्लुबेरीः एन्टिअक्सिडियन्टयुक्त ब्लुबेरीले पनि स्मरणशक्तिमा अस्थायी रुपमा सुधार ल्याउन सहयोग पुयाउछ । गाजरः क्यारोटिन तत्व युक्त गाजरले पनि स्मरण शक्तिलाई सशक्त बनाउँछ । दिनहु एक गिलास गाजर र एप्रिकेटको जुस पिउँदा स्मरण क्षमता तेज हुन्छ । अन्डाः अन्डाले पनि स्मरण क्षमता वृद्धि गर्छ । अन्डामा हुने लेसिथिनले नशाको कोषलाई बलियो बनाउँछ । भिन्डीः त्यस्तै दैनिक तरकारीको रुपमा प्रयोग हुने भेडरीले पनि दिमागलाई तेज बनाउँछ । 

पेटको बोसो घटाउने ९ घरेलु उपाय

१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात

दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।

२. खैरो चामलको भात खानुहोस्

यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला)

३. गुलियोबाट टाढा रहनुहोस्

यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।

४. पानी धेरै पिउनुहोस्

पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।

५. काँचो लसुन खानुहोस्

बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।

६. मांसाहारबाट टाढै रहनुहोस्

मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।

७. धेरै सागसब्जी खानुहोस्

खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।

८. खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्

खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

९. बदामको प्रयोग गर्नुहोस्

बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।
@Swasthyakhabar

चुम्बनका ७ फाइदा

चुम्बन प्रेमानुभूतिको प्रतिक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त गर्छन् । तर, चुम्बन प्रेमको अभिव्यक्तिमात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ भन्ने कुरा चाहिँ कमैलाई थाहा छ ।
जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित एक अध्ययनअनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्छ, चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन् । यो भाइरस मुखदेखि मुखसम्म फैलन्छन् । यदि गर्भावस्थाका दौरान महिलामा यो भाइरस फैलन्छ भने नवजात शिशु अन्धोपन तथा अन्य कैयौं जन्मजात रोगको शिकार बन्न सक्छन् ।
कम हुन्छ क्यालोरी
अध्ययनका अनुसार चुम्बन क्यालोरी कम गर्न फाइदाजनक मानिएको छ । एक मिनेटसम्म चुम्बन गर्दा दुई देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ । यदि एक जोडी एक घण्टासम्म चुम्बन गर्न सक्छन् भने त्यसबाट कैयौं क्यालोरी खर्च गर्न सक्छन् ।
अनुहारको मांसपेशी हुन्छ मजबूत
चुम्बनको अर्को फाइदा हो, अनुहारको मांसपेशीको व्यायाम । अनुसन्धानकर्ताका अनुसार चुम्बनका बेला अनुहारको ३० मांसपेशीको प्रयोग हुन्छ, यसबाट गालालाई सही आकारमा राख्न मद्दत पुग्छ ।
तनाव कम हुन्छ
चुम्बन गर्दा शरिरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ । यो शरिरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो । यसका साथै एण्डोरफिन्सको पनि स्तर बढ्छ, जसबाट रोमान्टिक संबन्ध मजबूत हुन्छ ।
दाँत स्वस्थ हुन्छ
यदि दाँत स्वस्थ बनाउन चाहनुहुन्छ भने चुम्बन गर्नुहोस् । चुम्बनबाट साल्भिया नामक तत्व धेरै उत्पादन हुन्छ, जसले दाँत सडाउने ब्याक्टेरिया भगाउछ ।
एलर्जी भगाउछ
चुम्बनबाट रगतमा एलजीई एण्टीबडीजको स्तर कम हुन्छ । यो एण्टीबडीज हिस्टामाइन निकाल्छ । यो हर्मोन आँछ्यु र आँखाबाट पानी आउनेजस्ता समस्याको कारक बन्छ । तर, चुम्बनले यी सबै समस्याको समाधान गर्छ ।
मुटुको लागि फाइदाजनक
चुम्बनले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित गर्छ । एक अनुसन्धानका अनुसार आफ्नो जोडीलाई सधै चुम्बन गर्नेहरु सधै तनावमुक्त हुन्छन् । साथै उनीहरु आफ्नो सबंन्धमा सन्तुष्ट हुन्छन् । यसकारण चुम्बनका कैयौं प्रकारहरुले मुटुलाई स्वस्थ राखी हरेक प्रकारका मुटुसंबन्धी रोगबाट बचाउछ ।
दुखाई बिर्साउछ
दिनभर काम गरेर शरिर दुख्छ भने पेनकिलर लिनुको साटो आफ्नो जोडीको चुम्बन लिनुहोस्, यसले पेनकिलरको जस्तै काम गर्छ ।
@Swasthyakhabar

बालुवाटारमा प्रधानमन्त्रीको भान्साबाटै भाँडाकुँडा गायव

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोट सरेपछि खाली भएको प्रधानमन्त्री निवास बालुवाटारमा किचेनका सामानहरु एकाएक हराएका छन् ।प्रधानमन्त्री ओलीको बहिर्गमनलगत्तै प्रधानमन्त्रीको भान्साका सामानहरु कर्मचारीहरुले घर-घरमा लगेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री र मन्त्रीहरुले निवास छाड्दा यसरी सामानहरु चोरी हुने र हराउने गरेको यो पहिलो घटना होइन । विगतमा पनि यसैगरी सामानहरु हराउने गरेका थिए ।

दर्शकको माझ चर्चाको शिखरमा रौनक विक्रम कडेल

अहिले नेपाली चलचित्र क्षत्रको विकास निकै नै तिब्र रुपमा भैरहेको अवस्था छ | यो क्षत्रमा थुप्रै व्यक्तिहरु आबद्ध रहेका छन् जसले आफ्नो तर्फबाट निकै धेरै योगदान दिनुभएको छ | यसै बीच अहिलेको युवा पिडिमा र नेपाली चलचित्र क्षत्रमा एउटा नाम निकै चर्चामा छ रौनक विक्रम कडेल | उनको मुख हैन काम बोल्छ र उनि काममा विश्वास राख्ने व्यक्ति हुन् | एउटा ब्यापारिक परिवारमा हुर्केर भारतको दिल्लीमा गएर आफ्नो शिक्षा पुरा गरेका उनि नेपाली चलचित्र क्षत्रको लागि एउटा नमुना बनेका छन् | उनि आफु ब्यापारिक पृष्टभुमिबाट सम्बन्धित रहेर पनि त्यो भन्दा अलिकति टाढा रहेर नेपाली चलचित्र क्षत्रमा एउटा राम्रो सम्भावना देख्दै उनले सिनेमा आर्ट प्रोडकसन हाउस स्थापना गरे जसबाट अहिले सम्मको सर्भादिक लोकप्रिय र सुपरहिट चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” को जन्म भयो | दर्शकहरुलाई खोजेको र रोजेको जस्तो चलचित्र प्रदान गर्न सफल रहेको यसै सिनेमा आर्ट प्रोडकसन हाउसका डिरेक्टर हुन् रौनक विक्रम कडेल | उनि संगै राम बाबु गुरुङ , उपेन्द्र सुब्बा , मणीराम पोखरेल , ओम चन्द रौनियार , अर्जुन कार्की र बाल्मिकी पोखरेलको संयुक्त संलग्नतामा आज सिनेमा आर्ट प्रोडकसन हाउस एउटा बलियो ब्रान्डको रुपमा स्थापित हुन सफल भएको छ | आज सिनेमा आर्ट प्रोडकसन हाउसको नाम निकै उचाईमा रहेको छ | दर्शकहरुले पूर्ण रुपमा यस ब्रान्ड माथि विश्वास गर्न थालेका छन् | उनले आज सिनेमा आर्ट प्रोडकसन हाउस यो स्थानमा आइपुग्नुमा आफ्नो मात्र नभई आफ्नो पुरा टिमको ठुलो हात रहेको कुरा पनि बताएका छन् | उनले नेपाली चलचित्र क्षत्रको भबिष्य राम्रो छ भन्ने कुरालाई सत्य पारेर देखाई दिएका छन् | नेपाली चलचित्र क्षत्रमा केहि चिज छैन भन्ने व्यक्तिहरुको लागि उनि एउटा निकै नै उत्कृष्ट उदहारण साबित भएका छन् | नेपाली चलचित्र क्षत्रको लागि उनि एउटा बलियो कोसेडुंगा साबित भएका छन् | नेपाली चलचित्र क्षत्रमा उनको योगदान र प्रयास निकै नै अपरिहार्य रहेको छ |

         उनि अहिलेका युवा पिडिहरुको लागि मात्र नभएर यस क्षत्रमा सम्भावना देखेर केहि गर्छु भनेर लागि परिरहेका र लाग्न चाहने सम्पूर्णको लागि प्रेणाको स्रोत बनेका छन् | नेपाली चलचित्र क्षत्रको स्थर निकै माथि सम्मको रहेको र प्रयास गर्यो भने यसलाई निकै माथि सम्म लैजान सक्ने विश्वास उनले ब्यक्त गरेका छन् | उनि आफु यस क्षत्रमा केहि गर्छु भनेर लागेको र आफ्नो कर्तब्यलाई सधै निभाई नेपाली चलचित्र क्षत्रको विकासको लागि निरन्तर अग्रसर भई लागिरहने प्रतिबध्ता समेत उनले जाहेर गरेका छन् | नेपाली चलचित्र क्षत्रमा अहिले निकै नै सफल व्यक्ति र निर्मातामा उनको नाम पर्दछ | नेपाली दर्शक सम्क्ष उनको एउटा छुट्टै किसिमको पहिचान बनिसकेको छ | उनि कामलाई पुजा गर्ने व्यक्ति हुन् | उनि दर्शकलाई भगवान मान्दछन् भने उहाको सल्लहा सुझाबलाई आशिर्वाद | उनले आफुले सधै दर्शकको सल्लहा सुझाबलाई स्वीकार गरेर त्यसलाई मध्यनज़र गरि अगाडी बढ्ने कुरा समेत उल्लेख गरेका छन् 
अहिलेको युवा पुस्ताका लागि उनले नेपाली चलचित्र क्षत्रमा एउटा सम्भावनाको ढोका खोलिदिनुको साथै निकै सरल र सहज किसिमको बाटो समेत तयार पार्देका छन् | उनको पछिल्ला दुई चलचित्र “कबड्डी” र “कबड्डी कबड्डी” ले नेपाली चलचित्र क्षत्र र दर्शकहरु माझ आफ्नो एउटा छुट्टै किसिमको बलियो स्थान बनाइसकेको छ | अब उनको तेस्रो चलचित्र “पुरानो डुंगा” प्रदर्शनको तयारीमा रहेको छ | यो चलचित्रले पनि नेपाली चलचित्र क्षत्रको लागि निकै नै ठुलो सम्भावना बोकेको छ | चलचित्र प्रदर्शन हुन निकै समय अगावै चलचित्रको सबै तिर चर्चा परिचर्चा हुन थालेको छ | अहिले यस चलचित्र “पुरानो डुंगा” को गाएक तथा संगीतकार काली प्रसाद बास्कोटाको शब्द संगीत र सुमधुर स्वरमा सजिएको “निर जैले रिसाउने” बोलको गीत निकै चर्चामा रहेको छ | गीत सार्वजनिक भएको ४८ घण्टा भित्रमा नै डेढ लाख भन्दा बढी दर्शकहरुले यस गीतलाई हेरिसकेका थिए भने अहिले १ महिना बित्न नपाउदा नै झन्डै ६ लाख व्यक्तिले यस गीतलाई हेरिसकेका छन् | यस हिसाबले उनको यो चलचित्रले पनि नेपाली चलचित्र क्षत्रमा अर्को नया इतिहास रच्ने कुरा हामी सजिलै अनुमान लगाउन सक्दछौ |

सिनेमा आर्ट्सको ब्यानरमा माओत्से गुरुङ फिल्म्सको प्रस्तुति रहेको चलचित्र “पुरानो डुङ्गा” लाई रामबाबु गुरुङले निर्देशन गरेका छन् | उपेन्द्र सुब्बाको स्क्रिप्ट , शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोखरेल र बाल्मिकी पोखरेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार र धनवहादुर गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् । चलचित्रको बजार वितरकको जिम्मा अहिलेका निकै नै चर्चित र सफल डिसट्रीब्यूटर गोबिन्द शाहीले लिनुभएको छ |

अनारका १५ फाइदा


अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ ।
यस्ता छन् अनारका फाइदा :
धमनीको रक्षा : अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ ।
पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत दिन्छ ।
किड्नी जोगाउँछ : अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ । फिल्टरले  शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ ।
गर्भवती महिलालाई फाइदा : अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने खतराबाट बचाउने तथा बच्चाको तौल बढाउन मद्धत गर्छ । अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ ।
कोलेस्टोल घटाउँछ : अनार एन्टिअक्सिडियन्टयुक्त फल हो । यसले शरिरको खराब कोलेस्टेरोल घटाउन सहयोग गर्छ ।
क्यान्सर बिरोधी : अनारमा हुने तत्व क्यान्सर प्रतिरोधी मानिन्छ ।
उच्च रक्तचाप नियन्त्रण गर्छ : अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ । रगतलाई पातलो बनाई शरिरभर रगतको प्रवाह छरितो बनाउँछ ।
रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ : यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ ।
रक्त अल्पताबाट जोगाउँछ : अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ । मासिकधर्म वा गर्भवती अवस्थामा रक्तअल्पमा यसको जुस निकै लाभदायक मानिन्छ  ।
शरिरलाई शान्त बनाउँछ : अनारमा शारिरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ । यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगबाट बचाउँछ ।
कलेजोको उपचार : अनारको जुसले कलेजको रक्षा मात्रा गर्दैन बरु मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ ।
पेटलाई शान्त पार्छ : अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ ।
छालालाई पनि फाईदा : च्याउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या बाट बचाँउछ ।
कपालको रक्षा : नियमित रुपमा अनार खाँदा कपाललाई बलियो बनाउँछ र झर्नबाट बचाउँछ ।
यौन स्वास्थ्य मजबुत पार्छ :  अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ ।
नोट ः स्वस्थ रहन अनार खानुको साथै शारीरिक व्यायाम नियमित गर्नुपर्छ ।

यसरी बचौं गुप्तांगका रोगबाट

-डा. उत्सव शर्मा
नेपालका गाउँघरदेखि शहरी क्षेत्रसम्म सबैतिर यौन सम्पर्कको माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं ।
नेपालमा सिफिलिस, गोनेरिया, क्याइमेरिया र कहिलेकाँही जेनाइटल हर्पिसको समस्या देखिन सक्छ । त्यसैगरी जेनाइटल वार्ट भनिने रोग, जसलाई हामी चलनचल्तीको भाषामा मुसा भन्छौं, त्यो पनि यौन सम्पर्कको माध्यमबाट सर्ने रोग हो । फङ्गल इन्फेक्सन पनि यौन माध्यमबाट सर्छ । तर यो यौन रोगमा पर्दैन ।
मानिसको गुप्ताङ्गमा देखिने मुसा यौनरोग हो । गुप्ताङ्गमा मुसा आएको व्यक्तिले यौनसम्पर्क गर्छ भने अर्को व्यक्तिमा रोग सर्छ । कतिपयको हात र खुट्टाहरुमा देखिने मुसा यौनरोग होइनन् । यौनरोगका रुपमा परिचित मुसा भने स–सानो गिर्खाजस्तो देखिन्छ । अक्सर पुरुषहरुको यौनांगमा मुसा हुन्छ भने महिलाको योनी वा वरपर यस्ता मुसा देखिन्छन् ।
नेपालमा व्याप्त रहेको अर्को यौनरोग सिफिलिस हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । कुनै समुदाय विशेषलाई आक्षेप लगाउन खोजेको होइन, तर नेपालमा पेशाकर्मी सवारीचालकमा यो रोग बढी देखिएको छ । त्यसमा पनि ट्रक चालकहरु प्रायः सिफिलिसबाट पीडित भइरहेका हुन्छन् । यात्राका क्रममा घुमिरहने र अनुकुल पर्नासाथ असुरक्षित यौन सम्पर्कमा संलग्न हुने भएकाले यिनीहरुका कारण सिफिलिस फैलिइरहेको हुन्छ । मकहाँ उपचारका क्रममा आउनेहरु पनि प्रायः यस्तै स्वभावका व्यक्तिहरु पर्छन् ।

सिफिलिस लागेको व्यक्तिसँगको यौन सम्पर्कपछि केही दिनमा पुरुषको लिंगमा घाउ जस्तो देखापर्छ । केही दिनमा कतिपयको आफै निको भएर जान्छ भने कतिपयले एन्टीबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलाहरुमा पनि भिरिङ्गी सर्छ । उनीहरुको यौनांग वरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा आए एक दिनको एन्टीबायोटिक वा इञ्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।
सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ । तर तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ । शहरी क्षेत्रमा उच्च मध्यम र उच्च वर्गमा भने भिरिङ्गीको समस्या त्यति देखिँदैन ।
यदि कसैलाई यौनांगबाट सेतो पानीजस्तो बग्छ भने गोनेरिया वा क्याइमेडिया लागेको हुनसक्छ । यो रोगबाट संक्रमितसँग असुरक्षित सम्पर्क राखेमा रोग सर्छ र सुरुमा सेतो पानी बग्ने लक्षण देखिन्छ । कतिपयको यौनांग अति गन्हाउने हुन्छ । सिफिलिसमा घाउ नै हुन्छ भने गोनेरियामा घाउ नदेखिने तर सेतो पानी बगिरहने हुनसक्छ । महिलाहरुमा यस रोगको संक्रमण अन्य अंगसम्म फैलने जोखिम रहन्छ । गर्भवतीका सन्तानमा यो रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । नवजात शिशुलाई गोनेरिया सरेर आँखामा समस्या ल्याउने हुनसक्छ ।
अर्को जेनाइटल हर्पिज पनि यौनरोग हो । यसका धेरै प्रकार र लक्षण छन् । केहीको ओठमा पनि निस्कन सक्छ, जसलाई हामी ‘जुठो खटिरा’ भन्छौं । हर्पिज रोष्टर अर्को प्रकारको हो, शरीरको एक भागमा फोकाहरु निस्किएर पीडा हुन्छ, जसलाई हामी जनै खटिरा भनेर बुझ्छौं ।
कतिपयलाई लिंगमा फोका र पानीफोका निस्कने र पोल्ने गर्छ । जेनाइटल वार्ट भने मुसाहरु हुन् । जुन सामान्य मानिसहरुमा लामो समय रहने मुसाभन्दा केही फरक खालका हुन् ।
कसैलाई घाउ, चोट छ भने शारीरिक सम्पर्कको बेला निस्कने यौनरसबाट यस्ता रोगहरु सर्छन् । यौनसम्पर्कका क्रममा योनी र लिंगका भागहरु घर्षण हुँदा यौनरसमा रहने जिवाणुहरु एकजनाबाट अर्कोमा सहजै पुग्छन् । पानीफोका फुट्दा वा रस निस्कदा पनि जिवाणुहरु स्थानान्तरण हुन्छन् । यस्ता यौनरोगहरु पुरुषबाट महिलामा सहजै सर्ने भए । यौनसम्पर्कका क्रममा महिलाहरुको यौनांगबाट पनि रसहरु निस्कने भएकाले जिवाणुहरु संसर्गका क्रममा पुरुषको यौनांगमा पुग्छन् ।
यस्ता रोगबाट जोगिने उपयुक्त उपाय नै सुरक्षित यौन अभ्यास हो । सम्भव भएसम्म एकजना यौन साथीबाहेक अरुसँग संसर्ग नगर्नु उपयुक्त हो । रोग लागिसकेको छ भने दुई जनामध्ये एउटाले मात्रै उपचार गरेर पुग्दैन । पति\पत्नीमध्ये कसैमा यो रोग लागिसकेको छ भने निको नहुञ्जेल शारीरिक सम्पर्क नगर्नु उपयुक्त हुन्छ ।
प्रायः हामीकहाँ उपचारमा आउनेमध्ये महिलाहरुमा रोग लाग्ने कारण पतिहरु हुन् । घुमफिरका क्रममा बाहिरबाट रोगको संक्रमण बोकेर आउने अनि उनीहरुबाट रोग सरेर पत्नीहरु पीडित भएका घटना धेरै भेटिन्छन् । यदि कुनै एकजनामा देखिएको छ भने दुवैले नियमित स्वास्थ्य परीक्षण र सही उपचार गर्नुपर्छ ।
यदि कुनै पतिपत्नी आफूहरु बाहेक अन्यत्र शारीरिक सम्पर्क गर्दैनन् भने उनीहरुमा यस्ता रोग लाग्ने सम्भावना निकै कम हुन्छ । बरु एचआईभी रगत, सिरिञ्ज लगायतका अन्य व्यवहारिक क्रियाकलापका कारण सर्न सक्ला । तर एड्स बाहेकका अन्य यौन रोगहरु अरु माध्यमबाट सर्दैनन् ।
यस्ता यौन रोग लागेका व्यक्तिले निको नहुञ्जेल कण्डम प्रयोग गरेर शारीरिक सम्पर्क गर्न मिल्छ वा मिल्दैन भनी सोध्ने गर्नुहुन्छ । पक्कै मिल्छ, तर सर्ने जोखिम भने केही मात्रामा भए पनि रहन्छ । यौन सम्पर्कका क्रममा हुने चुम्बनबाट पनि रोग सर्ने खतरा रहन्छ । यस्ता यौन रोग लागेका दम्पतीले मुखमैथुन लगायतका क्रियाकलाप गरेमा पनि सर्ने सम्भावना रहन्छ । कसैको मुखमा जुठो खटिरा छ भने मुखमैथुनका कारण अर्को यौनसाथीको यौनांगमा जेनाइटल हर्पिस अर्थात मुसा देखापर्न सक्छ ।
समाजमा लाज र संकोच हुने भएकाले यस्ता रोगबाट कुन खालका वर्ग बढी प्रताडित छन् भनी सहजै पत्ता लगाउन कठिन हुन्छ । कतिपयले रोग लुकाएर बसेका हुन्छन् भने कतिपय भने आफ्नो अनुकुलको डाक्टरलाई देखाउछन् । पुरुषहरु पुरुष र महिलाहरु महिला डाक्टरकोमा जान्छन् । त्यसले यौनरोगबाट महिला या पुरुष को बढी प्रभावित छ भनी सहजै भन्न सकिदैन । तर शहरी क्षेत्रमा पनि यस्ता यौनरोगको समस्याबाट निम्नदेखि उच्च वर्ग सबै समुदायका मानिस प्रभावित छन् ।
शहरी क्षेत्रमा भने अनुमान नै गर्न नसक्ने मानिसहरुलाई पनि यस्तो समस्या पर्न सक्छ । समाजमा आएको खुला सोच र मानसिकताले मानिसहरुले विवाहपूर्व नै शारीरिक सम्पर्क गर्छन् । कतिपय मानिसहरु व्यवसायिक यौनकर्मीसँग असुरक्षित सम्पर्क राख्छन् । जसले गर्दा यस्ता रोगहरुको जोखिम झनै बढाएको छ । किशोर÷किशोरीहरु पनि बारम्बार आएका हुन्छन् र केटा मानिसहरु ज्यादा आउछन् । उनीहरुको घुमन्ते व्यवहारका कारण केटी साथीहरु पनि पीडित भएका छन् । यसमा उमेरको बन्देज हँुदैन, जसलाई पनि लाग्न सक्छ ।
अन्त्यमा भन्नुपर्दा, स्थायी यौन साथीसँग मात्रै शारीरिक सम्पर्क गर्ने र सुरक्षाको उपाय अबलम्बन गरेमा यस्तो रोगको जोखिम निकै कम हुन्छ ।
@SwasthyaKhabar