कुलेखानी जलविद्युत आयोजनाको सव-स्टेसनमा भीषण आगलागी

कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्युचाटारस्थित सब-स्टेसनमा भीषण आगलागी भएको छ।
 
काठमाडौं उपत्यकाभरि प्रसारण हुने सब-स्टेसनको १३२ केभी लाइनमा आगलागी भएको हो। जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ। भट्टराईका अनुसार अहिले दुई वटा वारुण यन्त्रद्वारा आगो निभाउने प्रयत्न भइरहेको छ। तर, आगो नियन्त्रणमा आउन सकेको छैन। ललितपुरस्थित दमकलबाट पनि एउटा वारुण यन्त्र त्यसतर्फ प्रस्थान गरेको छ। 
 
‘एकदमै ठूलो आगो लागेको छ, हामी निभाउने प्रयास गरिरहेका छौं,’ उनले भने।

सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण


न्यायाधीश हरु सपथ लिंदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा ११ जना न्यायाधीशलाई नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आजै उनीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति भण्डारीको उपस्थितिमा शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी हुन् ।
नवनियुक्ति न्यायाधीशहरुमा दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, हरिकृष्ण कार्की, प्रकाशमानसिंह राउत र सपना मल्ल प्रधान छन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, संवैधानिक अङ्गका प्रमुखहरु, मुख्यसचिव डा. सोमलाल सुवेदी, महान्यायाधिवक्ता हरि फुयाँल, सर्वोच्च अदालतका न्यायाधीशहरु, पुनरावेदन अदालतका न्यायाधीशहरु, नेपाल सरकारका सचिवहरु र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।
नवनियुक्त न्यायाधीशहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले आइतबार अनुमोदन गरेको थियो ।

गुगलमा कहिले पनि सर्च नगर्नुहोस् यी कुरा


यदि तपाईं गुगलमा केही कुराहरु सर्च गर्नुहुन्छ भने यो खबर तपाईंको लागि विशेष छ । गुगलमा यस्ता कुराहरु पनि छन् जसलाई सर्च गर्दा तपाईं मुश्किलमा पर्न सक्नुहुन्छ । यस्तोमा गुगल सर्च गर्नुभन्दा पहिले तपाईंले कस्तो कुरा सर्च गर्नबाट बच्नुपर्छ भन्ने कुरा थाहा पाउन निकै आवश्यक छ ।
गुगलमा बिर्सेर पनि संदिग्ध कुराहरुको सर्च नगर्नुहोस् । साइबर पुलिसको नजर धेरैजसो त्यस्ता व्यक्तिमा हुन्छ जो संदिग्ध कुराहरु सर्च गरिरहन्छन् । तपाईंले यस्तै संदिग्ध साइट सर्च गर्नुभयो भने तपाईं कानुनी लफडामा फस्ने सम्भावना धेरै छ ।
गुगल सर्चमा तपाईंले सर्च गरेको आधारमा तपाईंको पहिचान पत्ता लगाउने सुविधा छ । यसमा तपाईंको सर्च हिस्ट्रिको पूरा डेटाबेस हुन्छ । यस्तोमा थुप्रै पटक जानकारी लिक हुने खतरा पनि हुन्छ । यसका साथै तपाईंको सर्च अनुसार नै तपाईंको पहिचान गरिने भएका कारण यसै आधारमा तपाईंलाई विज्ञापन पठाइएको हुन्छ जसले तपाईंलाई तनावमा पारेको हुनसक्छ ।
जब तपाईं गुगलमा रोग र औषधीसँग जोडिएको केही कुरा सर्च गर्नुहुन्छ भने यो डाटा तेस्रो पार्टीलाई ट्रान्सफर गरिन्छ । यही आधारमा तपाईंलाई उक्त रोग र रोकथाम सम्बन्धि विज्ञापन पठाइन्छ । त्यसपछि यो मेडिकल जानकारी क्रिमिनल वेबसाइट्सलाई पनि सेयर गरिन्छ । यो मेडिकेड फ्रड र अन्य थुप्रै स्किममा उपयोग हुन्छ ।
गुगलमा असुरक्षासम्बन्धि कुनै पनि जानकारी यदि तपाईं सर्च गर्नुहुन्छ भने तपाईंसँग त्यससँग सम्बन्धित विज्ञापन आउन सुरु हुन्छ । यसबाट यो पुष्टि हुन्छ कि कसैले तपाईंलाई इन्टरनेटमा फलो गरिरहेको छ । यदि तपाईं असुरक्षासँग सम्बन्धित विज्ञापनले आफूलाई तनाव नगरोस् भन्ने चाहनुहुन्छ भने तपाईं यस्ता कुराहरु सर्च गर्न बन्द गर्नुहोस् ।
गुगलमा सर्च गर्नको लागि आफ्नो व्यक्तिगत इमेलको प्रयोग गर्न बन्द गर्नुहोस् । यसो गर्दा तपाईंको अकाउन्ट ह्याक हुनुका साथै पासवर्ड लिक हुने गर्दछ ।

B.Tech(Food) Examination Schecule



परिक्षाको समय तालिकाको लागी यहाँ बाट जानकारी लिन सक्नुहुनेछ ।


काठमाडौँ उपत्यकाभित्र शुक्रबार सार्वजनिक बिदा

काठमाडौँ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा यही साउन १४ गते शुक्रबार परेकाले काठमाडौँ उपत्यकाभित्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले  जानकारी दिए । रासस

नेपाल बैंकमा जागिर खुल्यो

पूर्ण सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेड मा जागिर खुलेको छ । बिहीबार एक विज्ञापन प्रकाशित गर्दै बैैंकले सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको हो ।
बैंकले सहायक पदसम्ममा दरखास्त आवेदन माग गरेको छ । स्नातक तहदेखि स्नातकोत्तर तहसम्म उर्त्तीण गरेकाहरुले जागिरका लागि अवेदन दिन सक्नेछन् । नेपाल बैंकले एक उप-प्रवन्धक, ६ आइटी सहायक उपप्रवन्धक, ११ आइटी बरिष्ठ सहायक, ६३ जना सहायकहरुको माग गर्दै विज्ञापन गरेको हो ।
आवेदन अबको १५ दिनभित्र दिन सकिनेछ । विभिन्न पदका लागि छुट्टा-छुट्टै योग्यता निर्धारण गरिएको छ । उप्रवन्धक र सहायक उपप्रवन्धका लागि एकवर्ष परीक्षण काल तोकिएको छ भने बरिष्ठ सहायक र सहायकहरुका लागि ६ महिना परीक्षण अवधि तोकिएको छ ।
बिज्ञापन यहाँ तस्बिरमा हेर्न सक्नुहुन्छ ।।

































दरखास्त फाराम, पाठ्यक्रम, तथा अन्य जानकारीको लागी यो लिङ्क मा गएर हेर्न सक्नुहुन्छ ।।



कञ्चनजंघा युनेस्कोमा दर्ता गर्ने भारतीय प्रयास

नेपालको कञ्चनजंघा संरक्षण क्षेत्रलाई ओझेलमा पार्न भारतले ‘कञ्चनजंघा नेसनल पार्क’ विश्व सम्पदा सूचीमा दर्ता गर्ने प्रस्ताव गरेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति (युनेस्को) मा आफ्नो नाममा कञ्चनजंघा पार्क दर्ताका लागि भारतले हालै प्रस्ताव गरेको हो । नेपाल सरकारले भारतको प्रस्तावप्रति हालसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन । तर, उच्च सरकारी अधिकारीहरूले यसको औपचारिक पुष्टि भने गरेका छन् ।
भारतले गत साता टर्कीमा सम्पन्न युनेस्कोको सम्मेलनमा यस्तो प्रस्ताव लगेको हो । भारतको प्रस्तावमा कञ्चनजंघा नेसनल पार्क युनेस्कोमा दर्ता भएमा नेपाली क्षेत्र ओझेलमा पर्नेछ । भारतीय सीमानजिक पर्ने कञ्चनजंघा हिमालको नाम भारतले एकलौटी रूपमा युनेस्कोमा प्रस्ताव गरेपछि नेपालको संरक्षण क्षेत्र भने युनेस्कोबाट बाहिरिने संभावना बढेको छ । टर्कीमा नेपालको प्रतिनिधित्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव प्रेमकुमार राईले गरेका थिए । उनले युनेस्कोमा नेपाली हिमालको नामलाई भारतले एकलौटी प्रस्ताव लैजानु गलत भएको उल्लेख गर्दै यस विषयमा गम्भीर भएर सोच्न सरकार र संसद्लाई आग्रह गरेका छन् ।  “यो विषय अब नेपाली पक्षको अडानमा भर पर्छ, यसमा अब हुने सम्मेलनमा नेपालले दाबी विरोध गर्न सकेन भने नेपालले स्वामित्व गुमाउनेछ,” राईले भने । यसपटकको सम्मेलनमा आपूm कुरा उठाए पनि युनेस्कोको प्रावधानअनुसार सो संरक्षण क्षेत्रकै सदस्यले दाबी विरोध गर्नुपर्ने भएकाले अर्को पटक नेपाल कडारूपमा प्रस्तुत हुनुपर्ने राईले बताए ।
भारतले सन् १९७७ मा कञ्चनजंघा नेसनलपार्क स्थापान गरेको थियो । तर, हिमाल पूर्णरूपमा नेपालमा पर्ने भएकाले भारतले उक्त प्रस्ताव युनेस्कोमा राख्न पाउँदैन । नेपालले कञ्चनजंघा संरक्षण क्षेत्र सन् १९९७ मा स्थापना गरेको थियो । मुख्यतः रेडपान्डका लागि प्रख्यात यो संरक्षण क्षेत्र विश्वमै चर्चित छ । सन् २०१५ मा कञ्चनजंघा संरक्षण क्षेत्रमा ७३१ विदेशी पर्यटक पुगेका थिए । २ हजार ३५ वर्गमिटर क्षेत्रफलमा फैलिएको संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लामा पर्छ । कञ्चनजंघा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । नेपालमा कञ्चनजंघा संरक्षण क्षेत्रसहित ६ वटा क्षेत्र छन् । यस्तै, १० वटा राष्ट्रिय निकुञ्ज, १ शिकार आरक्षण, ८ वटा रामसार क्षेत्रहरू छन् ।
गत वर्ष नेपालको पूर्वी, भारतको उत्तरी र भुटानको पश्चिम क्षेत्रमा रहेको कञ्चनजंघा हिमश्रृंखला संरक्षणका लागि भन्दै त्रिदेशीय सहकार्य सुरु भएको थियो । तीन देशका सरोकारवालाहरूको बैठकले तयारी गरेपछि यस्तो सहमति भएको थियो । कञ्चनजंघा हिमश्रृंखला संरक्षण गरी जैविक विविधताको उदाहरणीय क्षेत्रका रूपमा विकास गर्न त्रिदेशीय सहमतिको तयारी भएको थियो । सहमतिपछि तीन देशले एकीकृत कार्यक्रम सञ्चालन गरी काञ्चनजंघाको संरक्षणको अभियान सञ्चालन हुने सहमति छ । भारतले यही सहमतिको फाइदा उठाउँदै युनेस्कोमा प्रस्ताव लगेको अनुमान गरिएको छ । हिमश्रृंखला संरक्षण तथा व्यवस्थापन गर्न सहकार्य गर्ने सहमति भएको थियो ।
साभार- कारोबार