' फ्री वाईफाई ' चलाउन जानुस रत्नपार्क ।।

५ चैत : राजधानीको मुटुमा रहेको रत्नपार्कमा सार्वसाधारणले आजदेखि निःशुल्क इन्टरनेट सुविधा प्राप्त गर्ने भएका छन् । 

रत्नपार्क तथा रानीपोखरी ईकाइका सहायक प्रमुख उमेश भण्डारीका अनुसार रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गर्न लागिएको हो । 

एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको पार्कमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्दछन् । इन्टरनेटको सुविधापछि पार्क अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने ईकाइले अपेक्षा गरेको छ । 

इन्टरनेटसँगै अवलोकनकर्ताले खाजा घर र व्यवस्थित किसिमको शौचालयको समेत माग गरेका छन् । यस पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस

पुनर्निर्माण प्राधिकरणमा २६०० नयाँ रोजगारी

राष्ट्रिय पुननिर्माण प्राधिकरणले करिब २६ सय प्राविधिकका लागि नयाँ रोजगारीको अवसर खुलाएको छ  । शहरी विकास तथा भवन निर्माण विभाग ले पुनर्निर्माण प्राधिकरणमा काम गर्नका लागि अनलाइन मार्फत फारम खुलाएको हो । प्राधिकरणले आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर गरी  करिब २६ सय जना माग गरेको हो । 
इन्जिरियरिङका विद्यार्थीहरुले अनलाइनमार्फत १५ दिनभित्र शहरी विकास तथा भवन निर्माणमा आवेदन दिन सक्नेछन् ।

नारायणीको पुलबाट हाम फालेर महिला बेपत्ता

५ चैत- चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा कास्कीको दाङ्सिङ गाविस वडा नं ९ बस्ने ४८ वर्षीया देशकुमारी शेर्पा रहेकी छन् । 

उनी हाम फालेको स्थानमा भेटिएको झोलाका आधारमा उनको परिचय खुलेको हो । बिहान ८ बजेर १५ मिनेट जाँदा उनी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनको सोही समयबाट वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय गैँडाकोटले खोजीकार्य जारी राखेको जनाएको छ । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । रासस

नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित

लोक सेवा आयोगले सुदूरपश्चिमाञ्चलमा लिएको नायब सुब्बा पदको परीक्षाको पहिलो चरणको नतिजा प्रकाशित गरेको छ ।दिपायलको सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयबाट सञ्चालन भएको अप्राविधिकतर्फको नायब सुब्बाको प्रथम चरणको नतिजा प्रकाशित भएको हो । गत फागुन २२ गते आयोगको सदुरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दिपायल र अञ्चल कार्यालय महेन्द्रनगरले सञ्चचलन गरेका प्रथम चरणको लिखित परीक्षाको नतिजा आएको हो । परीक्षामा सहभागी ४ हजार ४ सय ६८ परीक्षर्थीमध्ये १३७० जना उत्तीर्ण भएका छन्  । यसमा उत्तीर्णहरु अब दोस्रो चरणको परीक्षाका लागि छनोट भएका छन् ।

नतिजा को लागी यहाँ क्लिक गर्नुहोला ।

सामान्य ज्ञान सेट (२५)

1 : सबै भन्दा लामो देश कुन हो ? Ans: Chile
2 : संसारकै सबै भन्दा लामो पर्खाल कुनलाई मानिन्छ? Ans: The Great Wall of China
3 : सबैभन्दा बढी देश भएको महादेश कुन हो ? Ans: अफ्रीका
4 : भैसालोटन कुन नदीको किनारमा रहेको छ ? Ans: Gandaki
5 : नेपाल मा सबै भन्दा धेरै कुन धर्मबलम्बि हरु छन् ? Ans: Hindu
6 : Which is the biggest Planet? Ans: Jupiter
7 : Gandaki अञ्चलको सदरमुकाम कुन हो ? Ans: Pokhara
8 : 12 बण्डाल ,18 खण्डालको जिल्ला कुन हो ? Ans: Surkhet
9 : South America महादेशमा भूपरिबेस्ठित (Landlock) राष्ट्रहरु कति छन् ? Ans: 2 Countries
10 : कर्णाली अञ्चलमा कति ओटा जिल्ला हरु छन् ? Ans: 5
11 : Superior Lake कुन महादेशमा पर्दछ ? Ans: North America
12 : तल दिएको मध्य Bagmati अञ्चलमा पर्ने जिल्ला कुन हो ? Ans: Nuwakot
13 : नेपालमा कुन ठाउँमा तिनमुखे झोलुङ्गे पुल निर्माण गर्न थालिएको छ ? Ans: Gulmi, Palpa and Shyangjha को संगमस्थलमा
14 : सबै भन्दा लामो दिन कुन हो ? Ans: 21st June
15 : गंगा जमुना झरना कुन जिल्लामा पर्छ Ans: Dhading
16 : पहाडहरुको देश भनेर चिनिने देश नेपालमा कती ओटा पहाड रहेका छन् ? Ans: 835
17 : कामिनी दह कुन जिल्लामा पर्दछ ? Ans: पर्सा
18 : सबै भन्दा चिसो महादेश कुन हो? Ans: Antarctica
19 : विश्वको सबै भन्दा अग्लो Tower कुन हो? Ans: Tokyo Sky Tree (Japan)
20 : Which is the Capital of Bosnia and Herzegovina? Ans: Sarajevo
21 : राजा त्रिभुवनको जन्म कहिले भएको हो ? Ans: वि.स. १९६३ अषाढ १७
22 : Athens को पहिलो लिखित संबिधान ड्रेगाले कहिले जारी गरेका थिए ? Ans: ई. पू. 624
23 : कपडामा कोरिने चित्रलाई के भनिन्छ ? Ans: पौवा चित्र
24 : What is Gautam Buddha's fathers name? Ans: Suddhodana
25 : मोतीराम भट्टको मिथ्यु कहिले भएको थियो ? Ans: वि.स. १९५३

बन को क्षेत्रफल बढ्यो ।

प्रतिवेदन सार्बजनिक - २०७२।११।२४  वन मन्त्रालय

हालको वन क्षेत्र  - ४४.७४ प्रतिशत
पहिलेको वन क्षेत्र - ३९.६ प्रतिशत (१९९०)
घना जंगल - ४०.३६ प्रतिशत
बुट्यान क्षेत्र - ४.३८ प्रतिशत