मालपोत र नापीको काम तुराङ मजुवाबाट

मालपोत कार्यालय,मजुवा
गुल्मीको तुराङबाट पनि मालपोत र नापी कार्यालयले शाखा बिस्तार गरेका छन् । यससँगै जग्गा सम्बन्धी कामका लागि सदरमुकाम तम्घास पुग्नुपर्ने बाध्यता हटेको छ ।
सदरमुकामबाट दिँदै आएको सेवालाई जिल्ला मालपोत कार्यालय गुल्मीको शाखा कार्यालय स्थापना गरी तुराङको मजुवाबाट मालपोत र नापी सम्बन्धी कामहरु शुरु भएको छ  । काम शुरु भएको पहिलो दिन ४ जनाले सेवा लिएका छन् ।
वामी, आँपचौर र तुराङ गाबिसका ४ जनाले उक्त शाखाबाट सेवा लिएको शाखा प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । पहिलो दिन दिनेश सापकोटाले जग्गा पास लिई सेवा शुरु गरेको प्रमुख भुसालले बताए ।
घर नजिकैबाट नापी र मालपोतका कामकाज गर्न पाइने भएपछि स्थानीय बासिन्दा पनि खुशी भएका छन् । जुवामा उक्त सेवा शुरु भएलगत्तै प्रत्यक्ष रुपमा क्षेत्र नम्बर १ र २ का गरी २८ गाबिसका स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।
कार्यालय सञ्चालन गर्न तुराङ आएका कार्यालयका कर्मचारीहरुलाई बाजा गाजासहित सम्मान गरिएको थियो । हाल शाखा कार्यालय मजुवामा १ जना दरबन्दीमा, ३ जना काजमा र ३ जना करारका कर्मचारी रहेका छन् ।

Lok Sewa Question Answer 1

१.नेपालको सबैभन्दा ठुलो दरबार कुन हो?
-सिँहदरबार
२.टाईको प्रचलन कुन देशबाट आएको हो?
-फ्रान्स
३.ब्रुसले दाँत माझ्ने चलन कुन देशबाट आएको हो?
-चीन
४.कुन देशमा लामखुट्टे पाइदैन्?
-फ्रान्स
५.विश्वमा सबैभन्दा बढि टेलिफोन प्रयोग गर्ने देश कुन हो?
-स्वीडेन
६.कुन देशमा अखबार कपडामा छापिन्छ?
-स्पेन
७.कुन देशको राष्ट्रिय गान छैन्?
-स्वीट्जरल्याण्ड
८.कुन देशमा सर्प पाईदैन्?
-आईस्ल्याण्ड
९.दाह्री पाल्ने चलन कुन देशबाट चलेको हो?
-इजिप्ट
१०.कुन देशमा श्रीमती
सुत्केरी हुदाँ कर्मचारी लोग्नेलाई पनि बिदा
दिइन्छ?
-स्वीडेन
११.सबैभन्दा बढि धान खेती गर्ने देश कुन हो?
-चीन
१२.विश्वमा सबैभन्दा बढि साइकल प्रयोग गर्ने देश कुन हो?
-चीन
१३.विश्वको सबैभन्दा बढि चाँदी उत्पादन गर्ने देश कुन
हो?
-मेक्सिको
१४.विश्वको सबैभन्दा धेरै बाघ भएको देश कुन हो?
-भारत
१५.सबैभन्दा बढि अफिम उत्पादन गर्ने देश कुन हो?
-अफगानिस्थान
१६.सबैभन्दा बढि मतदाता भएको देश कुन हो?
-भारत
१७.ब्यङ्ग्य चित्र अर्थात काटुनको सुरुवाद गर्ने देश कुन हो?
-नेदरल्याण्ड
१८.सबैभन्दा बढि घरपालुवा जनावर भएको देश कुन हो?
-भारत
१९.पत्रिकामा सम्पादकीय लेख्ने चलनको सुरुवाद
कहाँबाट भएको हो?
-फ्रान्स
२०.विश्वको सबैभन्दा बढि हुलाक भएको देश कुन हो?
-भारत
२१.विश्वको सबैभन्दा बढि जुट उत्पादन गर्ने देश कुन हो?
-बङ्गलादेश
२२.विश्वमा सबैभन्दा बढी आत्म हत्या गर्ने देश कुन
हो?
-भारत
२३.विश्वको सबैभन्दा बढि आलु उत्पादन गर्ने देश कुन हो?
-जर्मनी
२४.०अर्थात शुन्यको आविष्कार गर्ने देश कुन हो?
-भारत
२५.संसारको सबैभन्दा फोहोरो नोट कुन देशको छ?
-ताइवान
२६.विश्वमा सबैभन्दा बढि बाल मजदुर भएको देश कुन हो?
-भारत
२७.बच्चा जन्मिने बित्तिकै एक वर्षको मान्ने देश कुन हो?
-जापान
२८.विश्वमा सबैभन्दा बढि चिया उत्पादन गर्ने देश कुन हो?
-भारत
२९.विश्वमा सबैभन्दा बढि कफि उत्पादन गर्ने देश कुन हो?
-ब्राजिल
३०.विश्वको सबैभन्दा धेरै रेमिटेन्स भित्राउने देश कुन हो?
-भारत

आठ हजार मिटर भन्दा अग्ला शिखरहरु


१. सगरमाथा 8848 मिटर
२. केटु (गडविन आष्टिन) 8611 मिटर
३. कञ्चनजधां 8586 मिटर
४. ल्होत्से 8516 मिटर
५. मकालु 8463 मिटर
६. चोयु 8201 मिटर
७. धवलागिरी 8167 मिटर
८. मनास्लु 8163 मिटर
९. नङ्गा पर्वत 8125 मिटर
१०. अन्नपुर्ण 8091 मिटर
११. गासेब्रुम प्रथम 8068 मिटर
१२. ब्रोडपिक प्रथम 8047 मिटर
१३. गासेब्रुम द्दितिय 8034 मिटर
१४. सिसा पाङ्मा 8013 मिटर

स्वामी ओम द्धारा विग बोसको घरमा आक्रमण गरेर आगो लगाइदिने धम्की

बिग बोशबाट निकालिएका विवादास्पद पात्र स्वामी ओमले अभिनेता सलमान खानमाथि गम्भीर आरोप लगाएका छन् । हालै आयोजित एक पत्रकार सम्मेलनमा उनले सलमानलाई एड्स लागेको र यही कारणले उनले बिहे नगरेको दावी गरे ।
स्वामीले सलमानविरुद्ध बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले यो पनि भनेका छन् कि सलमानको लन्डनमा एक श्रीमती र छोरी छन् जुन कुरा उनले सबैसँग लुकाएका छन् ।
विग बोसविरुद्ध पनि स्वामी ओमले आक्रोश पोखे । उनले विग बोसको घरमा आक्रमण गरेर आगो लगाइदिने धम्कीसमेत दिए । उनले २७ जनवरीमा सलमानको विरुद्ध जुलुस निकाल्ने बताए ।
थुप्रै विवादास्पद अभिव्यक्ति र क्रियाकलापका कारणले स्वामी ओम विग बोसबाट निकालिएका थिए । बिग बोशका सबै सहभागीसँग उनको झगडा परेको थियो । स्वामीले धेरै बोले भनेर दुई हप्ताअगाडि बिग बोसमा सलमानले उनको मुखमा कपडा कोचिदिएका थिए । शोबाट निकालिए पनि उनको बोली बन्द भएको छैन ।
भारतीय सञ्चारमाध्यमले उनका अभिव्यक्तिलाई महत्व दिइरहेका छन् । एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै उनले सलमान आइएसआइको एजेन्ट भएको आरोप पनि लगाएका थिए । -एजेन्सी

फेसबुक चलाउनेले थाहा पाउनैपर्छः यी ८ टिप्स

फेसबुकमा साथीहरुसँग सम्पर्क गर्ने, फोटो तथा भिडियोहरु हेर्नुका अलावा अरु धेरै काम गर्न सकिन्छ । यस प्लाटर्फममा तपाइँ समाचार पनि पाउनुहुन्छ र मनोरञ्जक चिजहरु पनि देख्नुहुन्छ । यी सबै कुराका अतिरिक्त फेसबुकमा अरु धेरै चिजहरु पनि गर्न सकिन्छ भन्ने के तपाइँलाई थाहा छ ? फेसबुक चलाउनेले जान्नैपर्ने ८ टिप्स यस्ता छन्:
१. आफ्नो एक्टिभिटी हेर्नुहोस्:
फेसबुक प्रोफाइल पेजमा तपाईं Activity Log हुन्छ, जसमा सबैचिज हुन्छ, जस्तै: तपाइँले गरेको पोष्ट, कमेन्ट, लाइक, लाइफ इभेन्ट्स आदि । यो केवल तपाइँले मात्र हेर्न सक्नुहुन्छ र कुन मितिमा के गर्ने भन्ने कुरा पनि देख्न सक्नुहुन्छ ।
२. गोप्य कुराकानी:
जब तपाइँ फेसबुक मेसेन्जर प्रयोग गर्नुहुन्छ तपाइँ उक्त मेसेज इण्ड टू इण्ड इनक्रिप्ट हुने वा नहुने कुराको छनोट गर्न सक्नुहुन्छ । मेसेन्जरमा यो फिचर अन गरिसकेपछि तपाइँलेSecret Conversation अप्सनमा ट्याप गर्नुहोस् ।
३. अपुताली थाम्ने वारेस:
तपाईंको मृत्युपछि पनि तपाईंको आफ्नो फेसबुक अकाउन्ट एक्टिभ रहन्छ । आफू मरिसकेपछि पनि आफ्नो फेसबुक अकाउन्टको रेखदेख होस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो कुराको पहुँच कसैलाई दिनुपर्ने हुन्छ वा तपाईंले आफ्नो शेषपछिको वारेस कसैलाई तोक्नुपर्ने हुन्छ । यसका लागि फेसबुक एपकोSettings > Security > Legacy contact मा जानुहोस् र कुनै फेसबुक कन्ट्याक्टलाई त्यहाँ एड गर्नुहोस् । तपाइँले त्यहाँ उक्त फेसबुक अकाउन्टवालालाई आफ्नो पूरानो पोष्टहरु सम्पादन गर्ने वा हटाउनेलगायतका कुराको अधिकार पनि दिन सक्नुहुन्छ र सो विषयको जानकारी सम्बन्धित व्यक्तिलाई दिन सक्नुहुन्छ ।
४. एच डी मा अपलोड:
जब तपाईं फेसबुकमा कुनै फोटो वा भिडियो अपलोड गर्नुहुन्छ त्यसलाई स्पेस, डाटा तथा अपलोड स्पीडलाई ध्यानमा राख्दै रिसाइज गरिदिन्छ फेसबुकले । तर यदि आफूको सामग्री एच डी मै रहोस् भन्ने चाहुनुहुन्छ भने Settings > Videos and Photos मा गएर दुबैका लागिUpload HD अप्सन अन गरिदिनुस् ।
५. हेर्नुहोस्, कहाँकहाँबाट लगइन हुनुहुन्छ तपाईंको फेसबुक:
प्राय हामीले विभिन्न डिभाइस तथा ब्राउजरबाट फेसबुक लगइन गर्दछौँ । यदि तपाइँ आफुले अहिलेसम्म कुन कुन ठाउँबाट फेसबुक अकाउन्ट लगइन गरेको रहेछु भन्ने कुरा जान्न चाहनुहुन्छ भने त्यसका लागि Settings> Security > Where You’re Logged In  मा जानुहोस् । त्यहाँ तपाइँले कहाँकहाँ र कुन कुन डिभाइस र लोकेसनबाट फेसबुक लगइन भएको रहेछ भन्ने देख्न सक्नुहुन्छ ।
६. On This Day फिचर:
फेसबुकको एक रोचक फिचर हो On This Day । यसले तपाइँलाई पूराना कुराको याद दिलाउँछ र अघिल्लो वर्ष यहीँ दिनमा के कुरा पोष्ट गरेको रहेछु भन्ने सम्झना गराउँछ । फेसबुक एपले डिफल्ट नै तपाइँको उक्त दिनका विगतका पोष्टहरु देखाइदिन्छ भने वेब ब्राउजरमा गईwww.facebook.com/onthisday af6 बाट पनि यो फिचरactivate गर्न सकिन्छ ।
७. महत्वपूर्ण चिज नछुटुन्:
हुनसक्छ की तपाइँले धेरै पेज तथा अकाउन्ट फलो गर्नुभएको छ । त्यसमा केही महत्वपूर्ण हुन्छन् र केही कम महत्वपूर्ण । फेसबुकले तपाइँलाई सुविधा दिएको हुन्छ आफ्नो प्राथमिकता तय गर्ने र सोही अनुरुप आफ्नो न्यूज फिडमा देखाउने । त्यसका लागिSettings > News “eed Preferences > Prioritise Who to See “irst   मा जानुहोस् र त्यहाँ कुन पोष्ट सुरुमा हेर्न चाहनुहुन्छ छान्नुहोस् ।
८. मेसेन्जर एपभित्रै गेम खेल्नुस्:
फेसबुकले मेसेन्जर एपभित्र पनि केही गेम हालेको छ । कसैसँग मेसेन्जरमा गफ सुरु गर्नुहोस् र २ादअजभकक उबिथ सेन्ड गर्नुहोस् । यो सजिलो खेल भने होइन । यसका साथै बास्केटबल तथा सकर डि्रबल पनि खेल्न सक्नुहुन्छ । त्यसका लागि च्याटमा कसैलाई बास्केटबल तथा सकरको इमोजी पठाएर त्यसमा ट्याप गर्नुहोस् ।

उच्च अदालतमा ८० न्यायाधीशको नाम सिफारिस

काठमाडौँ, पुस २९ गते  । न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले राससलाई जानकारी दिनुभयो ।
सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी (कानुन, न्याय, सरकारी वकिल) का १६, जिल्ला न्यायाधीशबाट ३७ र नेपाल बार एसोसिएसनबाट २७ जना छन् । सिफारिस भएका न्यायाधीशमा न्याय सेवाका विशिष्ट कर्मचारीबाट राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना रहनुभएको छ ।
त्यसैगरी, जिल्ला न्यायाधीश, न्याय र कानुन कर्मचारीबाट बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, बिनोद मोहन भट्टराई, भोलानाथ चौलागाईं, अच्युत बिष्ट, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, ईश्वर आचार्य र रामप्रसाद अधिकारी रहनुभएको छ ।
साथै, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, शालिकराम कोइराला, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तप्रसाद डुम्रे, राजेन्द्रप्रसाद खरेल, ठाकुरप्रसाद शर्मा पौडेल र हरिप्रताप रहनुभएको छ ।
त्यसैगरी, कृष्णबहादुर थापा, अच्युतकृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर, चन्द्रबहादुर सारु, धीरबहादुर चन्द, लेखनाथ पौडेल, बिपुल न्यौपाने, नातिबाबु लामिछाने, डा रवि शर्मा अर्याल र साधुराम सापकोटाको नाम सिफारिस भएको छ ।
कानुन व्यवसायीबाट गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारू, मुनेन्द्रप्रसाद अवस्थी, मदन पोखरेल र श्यामप्रसाद सापकोटाको नाम सिफारिस भएको छ ।
त्यसैगरी, ध्रुव राजनन्द, दुर्गाबहादुर विश्वकर्मा, टङकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, राकेशकुमार निधि, तेजनारायण सिंह राई, बबिता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको नाम पनि सिफारिस भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा परिषदका सदस्यहरु वैद्यनाथ उपाध्याय, रामप्रसाद सिटौला, पदमप्रसाद वैदिक र मन्त्री नायकसमेत उपस्थित बैठकले न्यायाधीश नियुक्तिका लागि अन्तिम नामावलीको टुङ्गो लगाएको हो ।
नेपालको संविधानअनुसार परिषदको सिफारिस अनुसार सर्वोच्च अदालतका प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्नुहुने प्रावधान रहेको छ ।
सात प्रदेशमा रहेका उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट गरी ८० जना न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस भएको हो । रासस

हेर्नुहोस् नवनियुक्त न्यायाधीशहरुको सूची⇉


लोकसेवाले माग्यो १ हजार १ सय १२ नायब सुब्बा

लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् । बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।
लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ नासु मागिएको छ । पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।
खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ ।
नायव सुब्बा दरखास्त दिन न्यूनतम शैक्षिक योग्यता प्रबणिता उत्तीर्ण वा सोसरहको नेपाली नागरिक हुनुपर्छ ।

प्रहरी कार्यालय सहयोगी पदमा भर्ना खुल्यो ।



‘नेपाल पासपोर्ट’ एप सुरु, मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिने ।।

मङ्गलबारदेखि मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिने भएको  छ ।  राहदानी विभागले ‘नेपाल पासपोर्ट’ एप प्रयोगमा ल्याएसँगै सर्वसाधारणले मोबाइलबाटै राहदानीको अनलाइन फाराम भर्ने सुविधा पाएका हुन् ।
राहदानी विभागले सेवाग्राहीको माग र आवश्यकतालाई ध्यान दिँदै यस्तो व्यवस्था गरेको हो ।  यस मोबाइल एपको आरम्भसँगै राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्था अन्त्य भएको छ ।  मङ्गलबार सार्वजनिक भएको ‘नेपाल पासपोर्ट’ एप एक हजारभन्दा बढी एन्ड्रोइडको एप स्टोरबाट डाउनलोड भइसकेको छ ।
परराष्ट्रमन्त्री प्रकाशशरण महतले राहदानी विभागमा आयोजित एक कार्यक्रमबीच ‘नेपाल पासपोर्ट’ मोबाइल एप शुभारम्भ गर्नुभयो ।
यसरी मोबाइल एप प्रयोग गरेर आवेदनकर्ताले अनलाइन फाराम भरेजस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् ।  मोबाइलबाट फाराम भरेपछि आवेदनकर्ताले बारकोड नम्बर प्राप्त गर्छन् ।  उक्त बारकोडलाई स्क्रिन सट लिएर वा प्रिन्ट लिएर विभागमा शुल्क, फोटो, औँठा छाप र नागरिकता बुझाउन जानुपर्छ । 
परराष्ट्रमन्त्री महतले परराष्ट्र मन्त्रालयले आफ्ना सेवा जनस्तरसम्म सहज रूपमा पु¥याउन सूचनाप्रविधिको उपयोग गरेको बताउँदै भन्नुभयो, “यो प्रविधिको युग हो ।  सरकारी निकायबाट दिने सेवा सुविधालाई दु्रत रूपमा जनस्तरसम्म व्यापक र सहज रूपमा पु¥याउन परराष्ट्र मन्त्रालय नेतृत्व लिन तयार छ ।  सबै सरकारी निकायले पनि यस्तो प्रविधि प्रयोग गरून् र त्यसको अनुसरण होस् भन्ने परराष्ट्र मन्त्रालयको चाहना छ । ”
परराष्ट्रमन्त्री महतले कन्सुलर विभागलाई पनि यथासक्य छिटो विश्वका जुनसुकै स्थानबाटै अनलाइन निवेदन दिने व्यवस्थाका साथै उक्त समस्या समाधान पनि तत्काल गर्ने प्रणाली विकास गर्न लागेको जानकारी दिनुभयो ।  “हामी ई–पासपोर्टको गृहकार्यमा जुटेका छौँ ।  सो सेवा सुरु भएपछि प्रविधिका आधारमा पासपोर्टको शुल्क घटाउने भन्ने कुराको तय हुन्छ ।  यसअघि खाडी मुलुकमा लिइने पासपोर्टमा ३० डलर घटाइसकेका छौँ”, उहाँले भन्नुभयो ।
पहिलो चरणमा मोबाइल एपबाट नेपालभित्र विभागबाट र नेपालबाहिर दसवटा स्थानबाट लिन सकिने विभागका महानिर्देशक सुशीलकुमार लम्सालले बताउनुभयो ।  साथै उहाँले नेपाल बाहिरबाट मोबाइल एप प्रयोग गरेर बेलायत, वासिङ्टन डीसी, दोहा, हङकङ, रियाद, जेद्दा, आबुधाबी, लन्डन, कुवेत, न्युयोर्क लगायतका नेपाली नियोग र कन्सुलरबाट लिन सकिने जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले प्रविधिको माध्यमबाट सबै सेवा दिने मार्गतर्फ मन्त्रालय लागिपरेको बताउँदै निकट भविष्यमा मोबाइल एपमार्फत परराष्ट्रका सबै सेवा देशभर लागू गर्ने योजना छ भन्नुभयो । 
राहदानी विभागका महानिर्देशक सुशीलकुमार लम्सालले नेपालको राहदानीलाई आईएसओ स्ट्यान्डरमा पु¥याउन विभाग लागिपरेको बताउनुभयो ।  “राहदानी वितरण अझ सरल, सहज र प्रविधिमैत्री बनाउनेतर्फको पहिलो प्रयास मोबाइल एप हो”, उहाँले भन्नुभयो ।


कसरी भर्ने राहदानी अनलाइन फाराम ?
सबैभन्दा पहिले तपाईंले चलाएको मोबाइलको प्लेटफर्म थाहा पाउनु जरुरी छ ।  तपाईंको मोबाइल एन्ड्रोइड हो वा आईएसओ हो, सोको पहिचान गर्नुहोस् ।

त्यसपछि मोबाइलको एप स्टोर वा प्ले स्टोरमा गएर ‘नेपाल पासपोर्ट’ सर्च गर्नुहोस् ।
‘नेपाल पासपोर्ट’ एपलाई मोबाइलमा इन्स्टल गर्नुहोस् ।
मोबाइल एपमा ‘एप्लाई अनलाइन’मा क्लिक गरेपछि त्यहाँ फाराम भर्न दिइएको निर्देशिका पढ्नुहोस् ।
त्यसपछि त्यहाँ रहेको ‘एप्लाई अनलाइन’मा क्लिक गर्नुहोस् ।  त्यहाँ तपाईंलाई सुरक्षाका लागि राखिएका कोड सोसिनेछ, उक्त कोड टाइप गर्नुुहोस् ।
त्यसपछि तपाईंको मोबाइलमा राहदानीको फाराम आउनेछ, जुन अनलाइन फाराम जस्तै हुनेछ ।  त्यहाँ सोधिएको विवरण भर्नुहोस् ।
मोबाइल एप अनलाइन फाराम भरिसकेपछि मोबाइलमा देखिने बारकोडको स्क्रिन सट लिनुहोस् वा सो कोड प्रिन्ट गर्नुहोस् ।
सबै विवरण मोबाइलबाट भरेपछि आँैठा छाप, शुल्क, फोटो र नागरिकता बुझाउन राहदानी विभाग वा विदेशका लागि नेपाली नियोग र कन्सुलरमा जानुहोस् ।

नआत्तिनुस, रातो नम्बरबाट फोन आउँदैमा जाेखिम हुँदैन् !

सामाजिक सञ्जालमा अहिले रातो नम्बरको आतङ्क व्यापक बन्दै गएको छ। मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै विशेषगरी फेसबुक र ट्वीटरमा प्रचार हुन थालेको छ।
चल्तीमा नरहेका अनलाइनका नाममा यस्तो रातो नम्बरबाट दुर्घटना भएको र मानिसको समेत मृत्यु भएको समाचार फैलिएको छ। तर, यसरी फैलाइएका हल्ला पूर्णरुपमा गलत र भ्रामक मात्र रहेको दुरसञ्चार क्षेत्रको नियामक नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्याल बताउनुहुन्छ।
‘हाम्रो प्रारम्भिक अध्ययन अनुसार अन्तर्राष्ट्रिय बजारमा यस्तो रातो नम्बर भन्ने कतै पनि प्रचलनमा देखिंदैन’ उहाँले भन्नुभयो ‘सामाजिक सञ्जालमा भनिएका कुरा भ्रम हुन्।’ 
प्राधिकरणका अनुसार अहिलेसम्म रातो नम्बरबाट फोन आएको र त्यसबाट दुर्घटना भएको कुनै किसिमको जानकारी प्राप्त छैन। प्रयोगकर्तामा त्रास फैलाउने उद्देश्यसहित सामाजिक सञ्जालमा फैलाइएका विषय भ्रम मात्र रहेको र यसलाई विश्वास नगर्न अर्यालको सुझाव छ। प्राधिकरणले रातो नम्बरका विषयमा आएका अनावश्यक प्रचारका विषयमा आवश्यक परे थप पुष्टि गर्ने पनि उहाँले जानकारी दिनुभयो। सामाजिक सञ्जालमा कुनै पनि सेवा प्रदायकको नम्बरसँग नमिल्ने नम्बर राखेर उदाहरण प्रस्तुत गरिंदै आएको छ।
नेपाल टेलिकम वायरलेस सेवाका निर्देशक इन्जिनियर अशोक थापाका अनुसार अहिलेसम्म टेलिकमका कुनै नम्बरमा यस किसिमको फोन आएको छैन। ‘हाम्रो नेटवर्कमा रातो नम्बर अहिलेसम्म आएको जानकारी छैन’ उहाँले भन्नुभयो । प्रयोगकर्तालाई यस किसिमको भ्रमको पछि नलाग्न पनि उहाँले सुझाव दिनुभयो।
सामाजिक सञ्जालमा विशेषगरी एनसेल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आएको हल्ला फैलाइएको छ । तर यो सबै सेवा प्रदायकको विश्वसनीयतालाई कमजोर बनाउन गरिएको ‘होक्स’ मात्र भएको एनसेलका सञ्चार विज्ञ मिलनमणि शर्माले बताउनुभयो। कसैलाई भ्रममा पार्न फैलाइने गलत प्रचारलाई इण्टरनेटको भाषामा होक्स भनिन्छ।
टेलिकम कम्पनीका बीटीएस टावरमा ‘युनिफाइड फ्रिक्वेन्सी’ प्रयोग गर्ने हुनाले फरक फरक रङ्बाट फोन आउने प्राविधिक रुपमा सही नहुने उहाँको भनाइ छ। ‘फोन गर्दा रातो नम्बरबाट फोन आउने भन्ने नै हुँदैन’ उहाँले भन्नुभयो। सामाजिक सञ्जालमा आएका यस्ता कुरामा कुनै सत्यता नभएको र एनसेलले आफ्ना ग्राहकलाई सूचना सम्पे्रषण गरिरहेको पनि उहाँले बताउनुभयो।

नेपाल राष्ट्र बैँकमा जागिर खुल्यो ।।

पद - सहायक निर्देशक, अधिकृत तृतिय
पद स‌ंख्या ‍- १०

थप जानकारीको लागी बिज्ञापन हेर्नुहोला ।

टेलिकमको फोर जी कसरी चलाउने ?

नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ ।
टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ । जान्नुस् ७ कुराः
मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ?
तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोनले कुन-कुन प्रविधिमा काम गर्छ हेर्न सकिन्छ । उपलब्ध बिकल्पमध्ये 4G/LTE  रहे नरहेको यकिन गर्नुहोस् । साथै नेपाल टेलिकमको नेकवर्कमा 4G/LTE सेवा सुचारु गर्नका लागि मोबाइलले १८०० मेगाहर्ज ब्याण्डमा काम गर्छ भन्ने सुनिश्चित गर्न फोनको स्पेसिफिकेसन हेर्नुहोस् ।
सिममा चल्छ कि चल्दैन ?
तपाईंले आफ्नो मोबाइलबाट स्टार ४४४ हृयास डायल गरी प्राप्त निर्देशन अनुसार सिम परिक्षण गर्न तथा 4G सेवा सुचारु गर्न सक्नुहुन्छ ।
4G चल्ने सिम कसरी पाउने ?
*४४४# डायल गर्दा यदि तपाईले हाल चलाइरहनु भएको टेलिकमको सिममा 4G नचल्ने रहेछ भनेर अपग्रेड गर्नुपर्छ भनेर सन्देश आउँछ ।
यदि अपग्रेड गर्नुस् भन्नेसन्देश आएमा काठमाडौं उपत्यकामा दूरसञ्चारका कार्यालयहरु चावहिल, हात्तीगौंडा, गोंगवु, सुन्धारा, छाउनी, बबरमहल, जावलाखेल, साझा भवन, ठिमी र भक्तपुर तथा पोखरामा दूरसञ्चार कार्यालय महेन्द्रपुलबाट नियमित प्रक्रियामार्फत फोर जी चल्ने यु-सिम प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।
शुल्क
4G सेवा सुरु गर्न कति लाग्ला भन्ने धेरैको जिज्ञाशा हुनसक्छ । तर, यसमा आत्तिनु पर्ने केही छैन । यो सेवा सुरु गर्न कुनै शुल्क लाग्दैन ।
कुन APN प्रयोग गर्ने ?
4G सेवाको लागि प्रयोगमा आएको ntnet वा ntwap मध्ये कुनै एक APN तपाईंको मोवाइलमा प्रयोग गर्न सकिन्छ ।
महंगो होला कि ?
3G भन्दा धेरै गुणा फास्ट हुने भएकाले महंगो होला कि भन्ने हुनसक्छ । तर, फोर जी सेवा 3G सेवाकै दरमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई बिभिन्न प्याकेजहरु नियमित उपलब्ध गराउँदै आएको छ । प्याकेजका बारेमा टेलिकमको आधिकारिक वेवसाइटमा अवलोकन गर्न सकिनेछ ।
हालको डाटा प्याकेज के हुन्छ ?
टेलिकमका अनुसार हाल भएको डाटा प्याकेज सेवा अवधिभर उपयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै 4G सेवा सुरु भइसक्योर नेटवर्क कभरेज क्षेत्रमा हुनुहुन्छ भने 4G को स्पिडमै पुरानै प्याकेज उपयोग गर्न सकिनेछ ।
साथै 4G सेवा सम्वन्धी कुनै जिज्ञासा भएमा ग्राहक सेवा केन्द्रको नम्बर १४९८ मा सम्पर्क गरेर पनि बुझ्न सकिने नेपाल टेलिकमले जनाएको छ । @onlinekhabar