एनसेलले ल्यायो दैनिक फ्री बोनस टक टाइम, डेटा र एसएमएसको अफर

'सबैलाई उपहार हरेक दिन लगातार' अफर
एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउनेछन् ।
यो अफर यहि असार १४ (बुधबार) बाट लागु हुनेछ । एनसेलका ग्राहकले एस्टि्रक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् ।

यो योजनामा सहभागिता जनाए पछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।
आकर्षक उपहार अन्र्तगत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् ।
यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजे पछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिनेछ र ग्राहकहरुले फेरी त्यस दिनको मध्यरात सम्म मान्य हुने उपहार प्राप्त गर्नेछन् । प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागु हुनेछ ।
“आफ्ना ग्राहकलाई सधै उत्कृष्ट सेवा अनुभव प्रदान गर्नु एनसेलको उच्च प्राथमिकता रहदै आएको छ । यो अफरले ग्राहकलाई आफ्ना पि्रयजनसँग थप सम्पर्कमा रहन संभव बनाउदै लाभ प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
यो योजना सुरु भएको दिन देखि ३० दिन सम्मको लागि रहनेछ र ग्राहकले एक चोटि यो सेवा सुचारु गरे पछि सेवा निष्कृय गर्न मिल्नेछैन ।

नवलपरासीका तीन स्थानीय तहमा कांग्रेस र एकमा एमाले अगाडि

नवलपरासीका तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणामअनुसार दुई नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । एउटा नगरपालिकामा भने एमाले अगाडि छ । बर्दघाट र सुनवल नगरपालिका तथा सुस्ता गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । रामग्राम नगरपालिकामा भने एमाले अगाडि छ ।

मतगणनाको प्रारम्भिक परिणाम यस्तो छ-
बर्दघाट नगरपालिका
प्रमुख/उपप्रमुख
नेपाली कांग्रेस- ११३/१०७
नेकपा एमाले- १००/९९
राष्ट्रिय जनमुक्ति पार्टी- २१/२४
नेकपा माओवादी केन्द्र- ५/५


सुनवल नगरपालिका
प्रमुख/उपप्रमुख
नेपाली कांग्रेस- ४९०/४०७
नेकपा एमाले- ४०७/४४२


रामग्राम नगरपालिका
प्रमुख/उपप्रमुख
नेकपा एमाले- १०६/९९
नेपाली कांग्रेस- ९८/६७
राप्रपा- ८१/७१
माओवादी केन्द्र- ४३/४८


सुस्ता गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस ३४३/३४६
नेकपा एमाले २४७/२१६

गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ ।
मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् ।
छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम्मेदवारले २ सय ३६ मत पाएका छन् । उपप्रमुखले अहिलेसम्म २ सय २९ मत ल्याएका छन् । कांग्रेसका प्रमुख पदका उम्मेदवारले १ सय ४२ प्राप्त पाएका छन् भने उपप्रमुख उम्मेदवारलाई १ सय १२ मत मिलेको छ ।
चन्द्रकोट गाउँपालिकामा माओवादीले लिड गरेको छ । माओवादीका प्रमुख पदका उम्मेदवारले २ सय ६ मतका साथ अग्रता बनाएका हुन् । उपप्रमुखमा पनि माओवादीकै अग्रता छ । कांग्रेसका प्रमुख पदका उम्मेदवारले १ सय ५१ मत प्राप्त गरेका छन् भने उपप्रमुखलाई १ सय ३६ मत मिलेको छ । एमाले प्रमुख उम्मेदवार १ सय ४४ मतका साथ तेस्रो स्थानमा छन् ।
रेसुङ्गा नगरपालिकामा र गुल्मी दरबार गाउँपालिकाको मतगणना भइरहे पनि परिणाम सार्वजनिक भएको छैन । गणना हुन बाँकी स्थानीय तहको गणना केहीबेरमा सुरु गर्ने गरी तयारी भइरहेको छ ।
 @Onlinekhabar

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।
परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मलेनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।
कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।
यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

करारका कर्मचारीले पनि दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च पाउने

२१ बैशाख, काठमाडौं । सरकारले करारका कर्मचारीहरुलाई दशैं खर्च दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधिउपचार खर्च दिने निर्णय गरेको छ ।

बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद बैठकले पुष्पराम केसी, नारायणबाबू थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

खुट्टा खप्टिएर बस्नुका ५ बेफाइदा

एजेन्सी– हामीमध्ये प्रायः कुर्सीमा बस्दा एउटा खुट्टा अर्को खुट्टामा खप्टिएर बस्ने गर्छौं। तर, लामो समयसम्म यो आशनमा बस्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको एक अध्ययनले देखाएको छ।
यसरी बस्दा शरीर स्वभाविक अवस्थमा नरहने भएकाले स्वास्थ्यमा समस्या देखिन सक्ने बताइएको छ। खुट्टा खप्टिएर बस्ने बानी भएकाहरुलाई छोटो–छोटो समयमै बसाइको तरिका परिवर्तन गर्न  विज्ञहरु सुझाउँछन्। लामो समयसम्म खुट्टा खप्टाएर बस्दा आउनसक्ने पाँच समस्या यस्ता छन्ः
१. शरीर अस्वभाविक आकारमा रहने भएकाले लामो समय खुट्टा क्रस बनाएर बस्दा ढाड दुख्छ।
२. यो आसनमा बस्दा शरीरको नशामा बढी दबाब पर्छ। यस्तो अवस्थामा रगत मुटुतर्फ नगएर खुट्टातर्फ जाने गर्छ, जसका कारण मुटुमा असर पुग्न सक्छ।
३. लामो समय एउटा खुट्टा अर्को खुट्टामाथि राख्दा गुप्ताङ्गको हड्डी दुख्छ र गुप्ताङ्गमा पनि समस्या आउन सक्छ।
४. धेरै बेरसम्म खुट्टा खप्ट्याउँदा स्पाइनल कर्डमा दुखाइ बढ्न सक्छ।
५. यो पोजिसनमा लामो समय बस्दा नशामा दबाब बढ्ने भएकाले नशा खिइने सम्भावना पनि हुन्छ।

हर्टअट्याक हुने ८ कारण र जोगिने १५ तरिका

हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ।
हर्टअट्याक हुने ८ कारण :

उच्च कोलेस्टेरोल

उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्रुम्रपान मानिन्छ।

धुम्रपान

धुम्रपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउछ । जति धेरै पटक धुम्रपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ । मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धुम्रपान अत्यन्तै खतरा मानिन्छ।

उच्च रक्तचाप

उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढि हुन्छ।

मधुमेह

मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ । लामो समयदेखी मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ । मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ।

मोटोपना

मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ।

वंशाणुगत

परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ।

अत्याधिक मदिरा सेवन

नियमित अत्याधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ।

मानसिक तनाव

मानसिक तनाव वा डिप्रसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।

हर्टअट्याकबाट जोगिने १५ तरिका

१. शरीरको तौल नियन्त्रण गर्ने ।
 २. सामान्यता अत्यधिक नूनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ । त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ । तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाईसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ।
 ३. स्याचुरेटेड फ्याट र ट्रान्स फ्याटको सट्टा मोनो अनस्याचुरेटेड फ्याटको प्रयोग गर्ने । ओलिभ आयललाई सलादसँग नियमित रुपमा उपयोग गर्ने मेडिटेरीयन क्षेत्रका बासिन्दामा हृदयाघात तथा मुटुका अन्य समस्या कम पाईन्छ । गुणस्तरीय एक्स्ट्रा भर्जिन ओलिभ आयलको उपयोग गरौँ।
 ४. खानामा माछालाई हप्तामा कम्तीमा तीनपटकसम्म सेवन गरौँ । मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ । प्राकृतिक रुपमा पाईने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।
 ५. ओलिभ ओइल ओमेगा ३ फ्याट्टी एसिडको स्रोत हो । तर प्रमुखतया भेजिटेवल आयलमा ओमेगा ६ फ्याट्टी एसिड हुन्छन् जसले शरीरमा आन्तरिक सूजनलाई बढाएर हृदयाघात तथा अन्य दीर्घरोग निम्त्याउँछन् । ओमेगा ३ ले असल कोलेस्ट्ररोल एचडीएल कोलेस्टेरोलको मात्रा बढाउछन् । तसर्थ ओमेगा ३ फ्याट्टी एसिडयुक्त खानाको नियमित सेवन गरौँ र ओमेगा ६ को मात्रा नियन्त्रण गरौँ।
 ६. तनाव नियन्त्रण गरौं । किनभने तनावले आन्तरिक सूजनलाई बढाईदिन्छ । नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।
 ७. भिटामिन सप्लिमेन्ट गर्ने तथा एन्टिअक्सिडेन्ट भिटामिनहरु जस्तै बिटा क्यारोटिन, भिटामिन ए, भिटामिन सि, भिटामिन ई आदिको उपभोग गर्ने । साथै कोइन्जाइमक्यू १०, सेलेनियम आदिले पनि हृदयाघातबाट रोकथाम गर्छ।
 ८. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने । हल्का व्यायामले असल कोलेस्टेरोललाई बढाउँछ तथा इन्सुलिन सेन्सिटिभिटीलाई वढाउँछ । यस्तै, टाईप २ डाईबिटिजलाई नियन्त्रण  गर्छ र मानसिक स्वास्थ पनि राम्रो हुन्छ।
 ९. महिलाले दिनमा एक डिं«क रेड वाईन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडिएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ । तर जथाभावी रुपमा रक्सी पिउँदा उच्च रक्तचापको समस्या तथा डाईलेटेड कार्डियोमायोप्याथी जस्ता मुटुका समस्या निम्त्याउन सक्छन् । तसर्थ वाइन कम सेवन गर्दा फाईदा हुन्छ भने अत्यधिक सेवनले धेरै हानी पु¥याउँछ।
 १०. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफुवलगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ । खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ।
 ११. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ । यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ।
 १२. कार्बोहाइड्रेटको सेवनलाई नियन्त्रण गर्ने तथा खानामा प्रोटिन र मिनरलयुक्त गाढा हरियो सागसब्जी तथा फलफूलको मात्रा बढाउँने ।
 १३.  यदि उच्च रक्तचाप तथा मधुमेहको रोगी हुनुहुन्छ भने बेला बेलामा चिकित्सककहाँ गएर सल्लाह, सुझाव लिने गरौँ।
 १४. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ।
 १५. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ । यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ । तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।
@Internet...