तनाव हटाउँछन् यी खानेकुरा

केरा
केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् ।
स्याउ
स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ । 
अमला
तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ ।
जौ
जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ । 
कुरिलो
तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ । 
दूध
दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।
चिसो पानी
तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तŒव उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ । 

उपचार गर्ने पैसा छैन? देशभरका यी ७२ अस्पतालबाट पाइन्छ ८ रोगमा एक लाखसम्मको निःशुल्क उपचार

सरकारले विभिन्न ८ प्रकार कडा रोगको उपचारका लागि ३२ अस्पताललाई स्वीकृति दिएको छ।
मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोगको उपचारका लागि राजधानीबाहिरका बिरामीलाई नजिकका अस्पतालमा उपचार सेवा पुर्याउन स्वीकृति दिइएको हो। योसँगै अब उपचार गर्न पैसा नभएका बिरामीले देशका ७२ अस्पतालबाट ८ रोगमा एक लाखसम्मको उपचार सेवा पाउने भएका छन्।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाले सूचीकृत अस्पतालबाट कडा रोगको उपचारका लागि मिर्गौला बाहेकका अन्य ७ रोगका लागि एक लाख बराबरको उपचार सेवा प्रदान गर्न स्वीकृत दिएको हो। मिर्गौला फेल भएकाहरुले भने प्रत्यारोपणका लागि साढे ५ लाखसम्म र नि:शुल्क डायलाइसिस सेवा पाउँछन्।
महाशाखाको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाका सिनियर अहेब प्रकाश घिमिरेले मिर्गौला रोगीका लागि डायलाइसिस निःशुल्क,  मिर्गौला प्रत्यारोपणका लागि ४ लाख र प्रत्यारोपणपछि औषधि उपचारका लागि रु एक लाख उपलब्ध गराउँदै आएको बताए। मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रयोगशाला परीक्षणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउँदै पनि उनले जनाकारी दिए।
त्यसबाहेक  मिर्गौला रोग अन्तर्गत एक्युट रिनल फेलियर (एआरएफ) का बिरामीका लागि एक लाख बराबरको औषधि उपचार खर्च पनि प्रदान गरिँदै आएको छ।
 
तोकिएका अस्पतालमध्ये बाथ मुटुरोगको शल्यक्रियाका लागि बिरामीले सिधै अस्पतालमा पुगेर उपचार सेवा पाउन सक्छन् भने अन्य रोगमा भने कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। बिरामीले यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउनेछन्।
कसरी लिने सहायता?
उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पूर्जी (प्रिस्किप्सन) लगेर गाउँपालिका वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिसपत्र लिनुपर्छ। सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिसपत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ। उपचार आफ्नो घर पायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ।
यी हुन् ८ रोगका लागि सूचीकृत ७२ अस्पताल-




पेटको बोसो घटाउने हो ? दैनिक खानुहाेस् यी ५ कुरा


पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ ।  यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् ।
काँक्रो
बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ  । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।
धनियाँको जुस
यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।
एलोभेरा जुस
एलोभेरा जुस  धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ  ।
ग्रिन टी
ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ ।  त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।
अदुवाको रस
प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।
खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान  दिनुहाेला ।

इन्स्टाग्राममा महिलाहरूको निर्वस्त्र योगका तस्बिर भाइरल, यस्तो छ कारण [फोटो फिचर]

अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा निर्वस्त्र भएर योग गरिरहेका महिलाको तस्बिर अपलोड गर्ने ट्रेन्ड चलेको छ र यस्ता तस्बिर बग्रेल्ति देखा परिरहेका छन् । अचम्भित हुनु पर्दैन, सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल ‘बडी पजेटिभ’ भएकाले यो ट्रेन्ड सुरु भएको हो ।
निकै लोकप्रिय इन्टाग्राममा अकाउन्ट ‘न्युड योग गर्ल’ले यस्ता निर्वस्त्र योग गरिरहेको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्न महिलाहरूलाई उत्प्रेरित गरेको हो । यो अकाउन्टले निर्वस्त्र भएर विभिन्न योग आसनहरू गरिरहेकी अज्ञात महिलाका तस्बिरहरूको ‘फोटो फिचर’ नै प्रस्तुत गरेको छ । अमेरिका र युरोपतिर यसरी निर्वस्त्र भएर गरिने योगासनलाई प्राकृतिक योग पनि भन्ने  गरिएको छ ।


यो इन्स्टाग्राम अकाउन्टमा यस्ता निर्वस्त्र योगासनका तस्बिर सन् २०१५ नोभेम्बरदेखि अपलोड  हुन थालेका थिए । यसपछि अकाउन्ट पछ्याउने (फलोअर्स) को संख्या पहिलो महिनामै ३३ हजार पुगेको थियो ।
‘निर्वस्त्र योगासन गरेका तस्बिर रहेका मेरो एकाउन्टले सबै मानिसहरूलाई उनीहरूको शारीरिक सुन्दरता अनुभूति गरुन् र आफ्नो सुन्दर शरीरले अविश्वसनीय कामहरू गर्नसक्छ भनेर विश्वास गर्न प्रेरित गरोस् भन्ने चाहन्छु,’ महिलासम्बन्धी वेभसाइट ‘द कट’सँगको इमेल कुराकानीमा ‘न्युड योगा गर्ल’ले भनेकी छन्, ‘म मानिसहरूलाई योगासन गर्न र आफ्नो शरीरप्रतिको दृष्टिकोण सकारात्मक बनाउन प्रेरित गर्न चाहन्छु ।’





इन्स्टाग्रामको ‘न्युड योगा गर्ल’ अकाउन्ट खासमा एक जना २५ वर्षीया मोडल फोटोग्राफरको हो, जो योगका कठिन आसन गर्छिन् ।
उनी योग गर्दा कहिलेकाहीं जुत्ता वा गहनाबाहेक केही पनि लगाउँदिनन्, तर उनका ती कुनै पनि निर्वस्त्र तस्बिर पटक्कै उत्तेजक र अश्लील छैनन् ।
योगासनका निर्वस्त्र तस्बिर अपलोडयता उनलाई पछ्याउनेहरूको संख्या ६ लाख ६० हजार पुगेको छ । उनको इन्स्टाग्राम अकाउन्ट  ३ल्थ्न्थ्यनब ले सयौं महिलालाई निर्वस्त्र योगासन गरेका आफ्ना तस्बिर अपलोड गर्न उत्प्रेरित गरिरहेको छ । यो ह्यासट्यागबाट पे्ररित भएर  ३ सयभन्दा धेरैले ‘बडी पजिटिभिटी’ मा केन्द्रीत पोस्ट अपलोड गरेका छन् । 

अमेरिकालगायत पश्चिमी देशमा अहिले निकै लोकप्रिय ‘न्युड योग’ले स्वास्थ्यमा कुनै विशेष शारीरिक वा मानसिक फाइदा गर्छ/गर्दैन कुनै अध्ययन वा अनुसन्धान भएको छैन । तर प्राकृतिक स्वरुप (वस्त्रविहीन) र योग दुवैबाट फाइदा हुनेमा कुनै शंका छैन । यहाँनेर कुनै कपडा नलगाई सयन गर्दा हुने स्वास्थ्यसम्बन्धी फाइदाबारे स्मरण गर्नु सान्दर्भिक हुनेछ । र, योग गर्दा स्वास्थ्यमा हुने फाइदाबारे तपाईंहरू आफैं जानकार हुनुहुन्छ ।
@swasthyakhabar

मृत्युपछि शरीरमा के हुन्छ ?

फिल्ममा हामी देख्ने गर्छौं– कसैको मृत्यु भयो भने वरिपरि रहेका मानिसले उसको आँखा सुरुमै बन्द गरिदिन्छन्। आँखा खुला पारेर कसैको प्राण गएको छ भने हामी पनि सुरुमा शवको आँखा बन्द गरिदिनेगर्छौ। यसो किन गरिन्छ?
यसो गर्नुपछाडि कारण छ। मृत्युपछि शरीर चिसिन थाल्छ। शरीर चिसिँदै गएपछि समग्र शरीर कडा हुन्छ। यसको आरम्भ आँखाको ढकनबाट हुन्छ। पहिले आँखाको ढकन कडा हुन्छ र त्यसपछि शरीरका बाँकी भाग कडा हुँदै जान्छन्।
झट्ट हेर्दा मृत्यु भनेको अकस्मात घटिन हुने क्रिया हो जस्तो देखिन्छ। जस्तो कि कसैलाई पानी ख्वाउँदासम्म ऊ जीवित हुन्छ। पानी ख्वाउनासाथ उसको मृत्यु हुन्छ। अर्थात्, केही सेकेन्डमै उसको मृत्यु हुन्छ।
तर, मानिसको अकस्मात मृत्यु हुन्छ र जीवन भनेको स्विच थिचेपछि बत्ती झ्याप्प निभेजस्तै हो भन्ने मान्यता गलत छ। श्वारप्रश्वास रोकिएपछि शरीर क्रमशः मर्दै जान्छ भन्नेमा विज्ञान र अध्यात्म दुवैको मत मिल्छ।
वैज्ञानिक मत
विज्ञानसम्बन्धी विषयमा लेख्दै आएकी राचेल नुवेरको एउटा लेख सन् २०१३ को अगस्टमा बिबिसीको अनलाइन संस्करणमा प्रकाशित भएको थियो, जसमा उनले जीवन र मृत्युको साँधसीमासँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुको कुरा पनि उल्लेख गरेकी थिइन्।
उनी र लेखमा उनले उदृत गरेका सबै वैज्ञानिकको भनाइ के थियो भने, श्वासप्रश्वास बन्द भएपछि पनि मानिसको मृत्यु भएको हुँदैन। भर्खरै मरेको मानिसको दिमाग पूर्वअवस्थामा आउन नसक्नेगरी ड्यामेज भइसकेको हुँदैन। मानिसको पूर्ण मृत्युका लागि दिमाग पूर्ण रुपमा मर्नुपर्छ। तर, शरीरका थुप्रै अंगको मृत्यु भइसकेपछि अन्त्यतिर मात्रै दिमागको मृत्यु हुने गर्छ।
मुटु धड्किन छोडेको घन्टौँसम्म पनि शरीर बाँचिरहेको हुन्छ। यस्ता केही घटनाबारे लेखमा उनले चर्चा गरेकी छिन्। ‘कार्डिक एरेस्ट’पछि मृत्यु भयो भनी ठानिएका अमेरिकाको फिलाडेल्फियाका एक व्यक्ति र विष सेवनपछि मुटु रोकिएको घन्टौँपछि पुनः जीवित भएकी एउटी जापानी महिलाको कहानीबारे पनि उनले लेखमा उल्लेख गरेकी छिन्। संसारभरि जारी गरिने ९५ प्रतिशत मृत्यु प्रमाणपत्रमा चाहिँ मुटुको धडकन रोकिएको क्षणलाई आधार मानेर मृत्युको क्षण तय गरिन्छ।
सन् २०१५ को मेमा न्युरोबायोलोजिस्ट मोहेब कोस्टान्डीले मृत्युपछि शरीरमा आउने परिवर्तनबारे अनुसन्धानमूलक लेख लेखेका थिए। लेखमा उनले श्वास र मुटुको धड्कन रोकिएपछि शवमा कस्तो परिवर्तन आउँछ भन्नेबारे उल्लेख गरेका थिए।
मृत्यु भएको केही समयपछि शरीर कुहिन सुरु हुन्छ। मुटु धड्किन बन्द भएपछि शरीरका कोषिकाहरुले अक्सिजन पाउँदैनन्। शरीरभित्र हुने रासायनिक प्रतिक्रियाका कारण बन्ने विकारलाई अक्सिजनले निस्क्रिय तुल्याउनेगर्छ। अक्सिजनको अभावमा शरीरभित्र त्यस्ता विकार थुप्रिँदै जान्छन्, जसले गर्दा शरीरको अम्लीयपनमा निरन्तर वृद्धि हुँदै जान्छ।
शरीरभित्र कोषिकाले उत्सर्जन गरेका ‘इन्जायम्स’ले कोषिकाका बाहिरी पत्र ‘मेम्ब्रेरन्स’लाई धमाधम मार्न थाल्छन्। बाहिरी पत्र नस्ट भएपछि कोषिकाहरु पनि मर्न थाल्छन्। प्रायः सबैभन्दा पहिले कलेजोका कोषिका मर्न थाल्छन्। अन्त्यमा दिमागका। किनकि कलेजोमा ‘इन्जायम्स’ प्रचूर मात्रामा हुन्छ। दिमागमा चाहिँ पानीको मात्रा बढी हुन्छ।
कोषिकाको मृत्यु हुन थालेपछि क्रमैसँग शरीरका तन्तु (कोषिकाहरुको समूह) र अंग मर्न थाल्छन्। रक्तबाहिनीहरु फुट्न थाल्छन्। रक्तबाहिनी फुटेपछि ड्यामेज भइसकेका रक्तकोषिकाहरु बाहिर पोखिन्छन्। यसरी पोखिएका रक्तकोषिका ससाना नशा (शिरा) र कोषिकामा जम्न पुग्छन्। यो चरणमा पुगेपछि शवको रङ उड्न थाल्छ। शव पहेँलो र फुङ्ग उडेजस्तो देखिने चरण यही हो।
मृत्युपछि शरीरको तापक्रम झर्न सुरु हुन्छ। शरीरभित्रको ताप सेलाउँदै जान्छ र यो बाहिरी वातावरणले निर्देश गर्ने तापक्रममा आएर अडिन्छ। यति बेला शवलाई छामियो भने चिसो महसुस हुन्छ। त्यसपछि शरीरका अंगहरू कडा हुने क्रम सुरु हुन्छ।
शवमा ताप रहुन्जेल हात, खुट्टालगायत बाहिरी अंग खुम्चिएका छन् भने सिधा पार्न सकिन्छ। जब यो चिसिएर कडा बन्छ, तब यसलाई सिधा पार्न अथवा खुम्चाउन सकिँदैन। चिसो भइसकेको शवको औँला बांगिएको छ भने यसलाई सिधा पार्न सकिँदैन।
शरीरको अंग कडा हुने क्रम सबैभन्दा पहिले आँखाको ढकनबाट सुरु हुन्छ। ढकन कडा भएको केही बेरपछि आँखा भासिन थाल्छ। त्यसपछि जिब्रो र गाला कडा हुन्छ। अनि चिउँडो र घाँटीका मांशपेशी कडा हुन्छन्। घाँटीपछि कम्मरदेखि माथिको भाग कडा हुन्छ। अनि यस्तो कडापन जाँघसम्म फैलिन्छ।
जिउँदो शरीरमा ‘एक्टिन’ र ‘मायोसिन’ नाम गरेका दुई प्रकारका प्रोटिन पाइन्छन्। यी प्रोटिनका कारण मांशपेसीका कोषिकाहरुले फैलिने र साँघुरिने काम गर्छन्। यसले शरीरलाई लचक बनाएको हुन्छ। तर, मृत्युपछि मांशपेसीका कोषिकाहरु यी प्रोटिनबाट वञ्चित हुन्छन् र मांशपेसी कडा बन्छ। जोर्नीले पनि हलचल गर्न पाउँदैन।
हाम्रो शरीरमा असंख्य माइक्रोब्याक्टेरियाले बास गरेका हुन्छन्। मृत्युपछि ती विस्तारित हुन थाल्छन्। सन् २०१४ को अगस्टमा अलबमा विश्वविद्यालयका वैज्ञानिक गुल्नाज जाभानले मृत्युपछि शरीरमा फैलिने ब्याक्टेरियाबारे अनुसन्धान गरेका थिए।
आत्महत्या, हत्या, लागूऔषधको ओभरडोज, सवारी दुर्घटना अदिमा परी ज्यान गुमाएका मानिसको शरीरमा माइक्रोब्याक्टेरियाको अवस्थाबारे उनले अध्ययन गरेका थिए। त्यस्ता शवबाट उनले तन्तुहरूको स्याम्पल लिएका थिए। स्याम्पलको अध्ययनबाट उनले रोचक कुरा पत्ता लगाए।
‘जीवित मानिसको भित्री अंगहरु ब्याक्टेरियामुक्त जस्तै हुन्छन्, किनकि शरीरको रोगप्रतिरोधी क्षमताले उनीहरुलाई भित्री अंगहरुमा छिर्नबाट रोक्ने गर्छ। जब मानिसको मृत्यु हुन्छ, तब उसको रोग प्रतिरोधी क्षमता पनि समाप्त हुन्छ। त्यसपछि ब्याक्टेरियाहरुलाई शरीरभित्रका सबै अंगमा फैलिने मौका मिल्छ,’ न्युरोबायोलोजिस्ट मोहेबले आफ्नो लेखमा जाभानलाई उदृत गरेका छन्।
मृत्युपछि ब्याक्टेरिया सबैभन्दा पहिले नाइटोपछाडि रहने सानो र ठूलो आन्द्रा जोडिएको ठाउँमा फैलिन्छ। अरुबेला ब्याक्टेरिया फैलियो भने एन्टिबायोटिक खाएर मार्ने गरिन्छ। तर, शवलाई एन्बिायोटिक दिइँदैन। त्यसले गर्दा ब्याक्टेरियाले दुबै आन्द्रालाई काम नलाग्नेगरी बिगारिदिन्छ।
त्यसपछि आद्रा वरिपरिका तन्तुहरुलाई नस्ट गर्न थाल्छ। ड्यामेज भएका कोषिकाबाट निस्किने तरल पदार्थले ब्याक्टेरियाहरुलाई थप ऊर्जा प्रदान गर्छ। यसबाट उनीहरु शरीरभित्र थप क्रियाशिल हुन्छन् र शरीरका सबै अंगलाई धमाधम नष्ट गर्न थाल्छन्।
आन्द्राबाट पाचन प्रणालीको महत्वपूर्ण अंग ‘क्यापिलरी’लाई ब्याक्टेरियाले नस्ट गर्छ। त्यसपछि कलेजो र फियो (रक्त संरचना रुपान्तरित गर्ने आमाशयको माथिल्लो भागस्थित कोमल अंग) लाई यसले काम नलाग्ने गराउँछ। फियोपछि मुटु र दिमागमा ब्याक्टेरिया फैलिन पुग्छ।
जाभान र उनको टिमले मृत्यु भएको २० देखि ४० घन्टा भइसकेका विभिन्न शवबाट स्याम्पल झिकेर अध्ययन गर्दा यस्तो निष्कर्ष निस्किएको थियो। अन्त्यतिर ब्याक्टेरियाहरुले प्रजनन् अंगलाई नस्ट गर्छन्।
मृत्युलाई पराजित गर्ने कोसिस पनि वैज्ञानिकहरु लाग्दै आएका छन्। तर, यसमा उनीहरुले सफलता हात पार्न सकेका छैनन्। साथै सफल हुने आशा पनि उनीहरुले गरेका छैनन्। यद्यपि प्रयास चाहिँ जारी राखेका छन्।
मानिसको मृत्यु हुन लाग्दा कोषिका तथा तन्तुहरु कमजोर हुँदै मृत्युतर्फ उन्मुख हुन पुग्छन्। यस्ता कोषिका र तन्तुलाई पुनः जीवन दिन औषधि प्रयोग गर्ने गरिन्छ। कोषहरुको ऊर्जाको स्रोत ‘माइटकान्ड्रिअन’ हो। वैज्ञानिकहरु ऊर्जाको यही स्रोतलाई सक्रिय गराउने औषधि विकास गर्न लागिपरेका छन्। त्यस्तै, कोषिकाहरु मार्ने ‘क्याल्पेन’ नाम गरेको इन्जायममाथि अवरोध सिर्जना गर्ने औषधि विकासका लागि पनि अनुसन्धान भइरहेको छ।
तर, यसमा सबैभन्दा ठूलो समस्या के छ भने शरीरका कोषिका कसरी मर्छन् भन्ने कुराबारे वैज्ञानिकहरुले थोरै मात्र थाहा पाउन सकेका छन्। यसकारण कोषिका मर्ने प्रक्रियालाई रोक्ने विधि विकास गर्न सकिरहेका छैनन्। सायद, कोषिका मर्ने प्रक्रिया थाहा हुँदो हो त यस्तो प्रक्रिया रोक्न सक्ने औषधि बनाउन सकिन्थ्यो।
आध्यात्मिक मत
वैज्ञानिक मतजस्तै आध्यात्मिक मतले पनि शरीर अचानक मर्दैन भन्छ। शरीर क्रमैसँग मर्छ भन्ने पुष्टि गर्न हिन्दू धर्मशास्त्रले प्राणलाई विभिन्न भागमा विभाजित गरेको छ।
भारतीय राज्य तमिलनाडूको कोइमबटोर सहरमा ‘इसा फाउन्डेसन’ नामक संस्था स्थापना गरेर विभिन्न राष्ट्रमा योग र अध्यात्मसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका सद्गुरु जग्गी बासुदेवका अनुसार हिन्दू धर्मशास्त्रले प्राणका पाँच प्रकार ‘सामन’, ‘प्राण’, ‘उदान’, ‘अपान’ र ‘व्यान’बारे चर्चा गरेको छ। डाक्टरले कुनै व्यक्तिलाई मृत घोषणा गरेको २१ देखि २४ मिनेटमा सामनले शरीरलाई छोड्न थाल्छ। सामनले शरीरमा तापक्रम सन्तुलनमा राख्ने भएकाले यसले छोड्दै गर्दा शरीर क्रमशः चिसो हुँदै जान्छ।
मृत्यु भएको ४८ देखि ६४ मिनेटमा प्राणले शरीर त्याग्छ। त्यस्तै मृत्यु भएको ६ देखि १२ घन्टामा उदान शरीरबाट बाहिरिन्छ। उदान मुक्त नभइन्जेल शवमा पुनःजीवन भर्ने तान्त्रिक क्रियाको अभ्यास यदाकदा हुने गरेको उनी बताउँछन्। तर, उदान निस्किसकेपछि यस्तो सम्भावना अत्यन्तै झिनो रहन्छ। मृत्यु भएको ८ देखि १८ घन्टाबीचमा अपान शरीरबाट मुक्त हुन्छ। जीवन जोगाउने मूल तत्वयुक्त प्राण चाहिँ व्यान हो। मृत्यु भएको ११ देखि १४ दिनसम्म व्यान शरीरबाट निरन्तर मुक्त भइरहेको हुन्छ।
उनका अनुसार बुढ्यौलीका कारण सहज मृत्यु भएका मानिसको हकमा मात्र शरीर प्राणमुक्त हुने यो नियम लागू हुन्छ। यस्ता मानिसको जीवन ११ देखि १४ दिनसम्म कुनै न कुनै रुपमा अस्तित्वमा रहन्छ। यस अवधिमा उनीहरुको नङ, दाह्री, कपाल आदि बढिरहन्छ। समाधिस्त गरिएका मानिसको नङ, कपाल आदि बढेको पाइएका विभिन्न प्रमाण छन् पनि। यदि, सक्रिय जीवन बिताइरहेको कुनै मानिसको दुर्घटनामा परेर वा अल्पायुमै मृत्यु भयो भने उसको शवबाट सबै प्रकारका प्राण पूर्णतः मुक्त हुन ४० देखि ९० दिनसम्म लाग्छ।
भारतीय सहर मुम्बईतिर मृत्युपछि शवका दुबै खुट्टाका बुढी औँलालाई एकैठाउँमा बाँध्ने चलन छ। यसो गर्दा शरीरको मूलधरा पनि बाँधिन्छ, जसकारण शरीरबाट मुक्त भइसकेको प्राणले पुनः शरीरभित्र प्रवेश गर्ने प्रयत्न गर्न सक्दैन। मूलधरा लिंग अथवा योनी र गुद्वारबीचको भागमा हुन्छ। यसमार्फत जीवन उत्पत्ति हुने भएकाले यसमा अन्त्यसम्म जीवन रहन्छ।
समग्र शरीर चिसो भइसक्दा पनि मूलधरा चाहिँ तातो नै हुन्छ। र, त्यही मूलधरामार्फत शरीरबाट निस्किँदै गरेका प्राण पुनः शरीरमा प्रवेश गर्न खोज्छन्। दुवै खुट्टा बाँधिदिँदा मूलधरा पनि बाँधिन पुग्छ, जसकारण निस्किएको प्राणले पुनः शरीरमा प्रवेश गर्ने प्रयत्न गर्न सक्दैन। र, निस्किँदै गरेको प्राणले त्यस्तो प्रयत्न नगरेकै राम्रो हो भन्ने आध्यात्मिक मत छ।
धर्मग्रन्थहरुका अनुसार मनिसको मृत्यु भएको आधा घन्टादेखि चार घन्टासम्म उसको दाहसंस्कार गर्नु उत्तम हुन्छ। किनकि शव सामु हुँदा प्रियजनहरुलाई कुनै जादुमयी शक्तिले मृतकलाई पुनर्जीवन दिने पो हो कि भन्ने आस हुन्छ। त्यस्तै, शवबाट निस्किएको प्राणलाई पनि पुनः शरीरमा प्रवेश गर्न पाए हुन्थ्यो भन्ने अभिलासा हुन्छ।
यसका लागि उसले प्रयत्न पनि गरिहन्छ। यस्तोमा दाहसंस्कार गरियो भने आफ्नो प्रियजनको जीवन अब चाहिँ सकियो भन्ने महसुस जीवितहरुलाई हुन्छ। मृतकको प्राणले पनि शरीर नै नरहेपछि अब मैले प्रयत्न गर्नु व्यर्थ छ भन्ने महसुस गर्छ र शान्त रहन्छ। यस्तो शान्ति जीवित र मृतक दुवैका लागि लाभकारी हुने मृत्युसम्बन्धी उल्लेख गर्ने विभिन्न हिन्दू धर्मशास्त्रको मत छ।

जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट

जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट हुने भएको छ । न्याय परिषद्ले मङ्गलबार जिल्ला न्यायाधीशको परीक्षासम्बन्धी पाठ्यक्रम पारित गरेको छ । न्यायाधीश नियुक्तिको इतिहासमा पहिलो पटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने निश्चित भएको हो ।
न्याय परिषद् सचिव राजन भट्टराईले लिखित परीक्षाको पाठ्यक्रम परिषद्ले पारित गरेको जानकारी दिए । परिषद् सचिव भट्टराईको नेतृत्वमा गठित पाठ्यक्रम समितिले तयार पारेको पाठ्यक्रम परिषद्ले पारित गरेको हो । पाठ्यक्रम कार्यान्वयनमा आएपछि जिल्ला न्यायाधीशमा कानुन व्यवसायीले समेत प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । परिषद्ले जिल्ला न्यायाधीशको परीक्षाको पाठ्यक्रम तयार पारे पनि अन्य विधि तय गर्न भने बाँकी छ ।
रिक्त दरबन्दीमध्ये २० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनको आधारमा नियुक्त गरिनेछ भने बाँकी ८० प्रतिशत खुला प्रतिस्पर्धा बाट नियुक्त हुनेछ । प्रतिस्पर्धाको परीक्षा न्याय सेवा आयोगले लिनेछ । परीक्षाको योग्यताक्रम अनुसार आयोगले जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ ।
रिक्त दरबन्दीको ४० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट खुला प्रतिस्पर्धा हुनेछ । जसमा कानुन, नयाय तथा सरकारी वकिल समूहका उपसचिव सरहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
बाँकी ४० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ । जसमा कानुन व्यवसायीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । कम्तीमा आठ वर्ष वकालत गरेका अधिवक्ताले पनि परीक्षामा सामेल हुन पाउनेछन् । यस्तै, कानुनमा स्नातक गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका कर्मचारीले खुला कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् । कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी कुनै क्षेत्रमा निरन्तर आठ वर्ष काम गरेका व्यक्ति पनि जिल्ला न्यायाधीशको खुला प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
अन्तरिम संविधानले नै खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीशको पदपूर्ति गर्ने व्यवस्था गरे पनि कानुन अभावमा कार्यान्वयन हुन सकेको थिएन । नेपालको संविधानले उक्त व्यवस्थालाई निरन्तरता दिएको छ ।
@Gorkhapatra

यो समयमा बन्द हुँदैछ नारायणगढ-मुग्लिन सडक

नारायणगढ-मुग्लिन सडक खण्ड भएर तपाईं यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने विचार गर्नुस्, एकतर्फी सञ्चालनमा रहेको यो सडक आजदेखि एकहप्तासम्म विभिन्न समयमा बन्द हुँदैछ ।
नारायणगढ-मुग्लिन सडक खण्डकाे स्तराेन्तिकाे कामलार्इ तीव्रता दिन नारायणगढ-मुग्लिन सडक खण्ड निर्माण अायाेजनाले विभिन्न समयमा अावागमन राेक्न लागेकाे हाे ।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले आजदेखि एकहप्ता परिक्षण स्वरुप बिहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्न लागिएको जानकारी दिए ।
नारायणगढ-मुग्लिन सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झन्डै १० किमि क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । स्तराेन्तिकाे काम जारी रहेकाले याे सडककाे सवारी अावागमन प्रभावित हुँदै अाइरहेकाे छ ।