तुलसीका १६ फाइदा

आयुर्वेदमा बिभिन्न रोगमा तुलसीको प्रयोगको प्रयोग र गुणलाई महत्व दिइएको पाइन्छ । प्राचीन चिकित्सा वैज्ञानिक महर्षि चरकले चरक संहितामा तुलसीको रोगनाशक गुणको बारेमा उल्लेख गरेका छन् । तुलसी पाँच प्रकारको भएको मानिन्छ । तैपनि रंगका आधारमा दुई थरीका हुन्छन् । श्याम तुलसी (गाढा हरिया र कालो) र श्वेत तुलसी (सेतो, हल्का हरियो, हल्का पहेँलो) । दुई थरी तुलसी भएपनि यसको गुणमा भने त्यति धेरै भिन्नता हुँदैन ।

आयुर्वेदीय दृष्टिमा तुलसीमा कफवात नाशक, दुुर्गन्धनाशक, ज्वर नाशक, श्वेतदकारक, शोथ नाशक, कृमि नाशक, रक्तशोधक आदि गुणहरु रहेका हुन्छन् । तुलसीको रुखले हावाको प्रदुषण घटाई हानिकारक कीरालाई भगाउँछ । तुलसीको सुकेको हाँगालाई कोठामा राख्नु पनि स्वस्थकर हुन्छ ।
रोगहरुमा तुलसीको प्रयोग

पेटका  रोगहरुमा

पेटमा वायु बढिरहने, मन्दाग्नी, अपच एवं अम्लपित्त भैरहने व्यक्तिले तुलसीको पात पकाएर नित्य खाली पेटमा खाने गर्दा पेटको खराबी क्रमसः हट्छ । कलेजोको रोग भएमा नित्य खाली पेटमा तुलसीको चिया पिउने एवं तुलसीको रस १–२ चम्चा बिहान बेलुका खाने वा तुलसीको पात सफा गरेर १–२ वटा दिनहुँ खाने गर्दा कलेजोको रोगमा लाभ हुन्छ । पेटको अपच एवं अजीर्णको समस्यामा तुलसीको रसमा सूठो (सुकेको अदुवा) मिसाई खानाले फाइदा गर्दछ । बच्चाहरुको पेट बिग्रिएमा पनि यस्तो गरेमा लाभ मिल्दछ ।

वान्ता एवं वाकवाकी

तुलसी, अदुवा र कागतीको रस बराबर मिसाई केही मात्रा महसमेत राखी चपाउनाले वान्ता रोकिन्छ एवं वाकवाकी लाग्ने पनि शान्त हुन्छ । तुलसीको रसमा अलैचीको धूलो मिसाई खाएमा वान्ता रोकिन्छ । तुलसीको रसमा दालचिनीको धूलो मिसाएर चाटेमा पनि वान्तामा लाभ हुन्छ ।

खानाको अरुचि

तुलसी एवं अदुवाको रस बराबर मिसाई भोजनको पूर्व १ चम्चा खाने गर्दा खानाको अरुचि हट्दछ । तुलसीको बीउमा थोरै पिप्ला र मह मिसाइ दिनको ३÷४ पटक चाट्नाले भोक जाग्दछ ।

स्वप्नदोष

तुलसीको डाँठ एवं पातलाई पानको पातमा मिसाएर खाने गर्दा स्वप्नदोषमा लाभ हुन्छ ।

शीघ्र स्खलन

तुलसीको डाँठलाई कुटेर पानको पातमा राखेर १ चम्चा महसमेत मिसाएर खाँदा शीघ्र स्खलनमा कमी हुन्छ । तुलसीको बीउलाई पानको पातमा बेरेर खाँदा पनि यस समस्यामा फाइदा गर्छ । तुलसीको जरा सफागरी भिजाउने र उक्त पानी दिनहुँ १–२ गिलास पिउने गर्नाले फाइदा गर्दछ ।

घाउ खटिरा

तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ । तुलसीको पात र बेसारको धूलोलाई मिश्रित गरी बनाएको मलम घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा शीघ्र लाभ मिल्दछ । काटेको घाउमा सफा गरी तुलसीको रस राखेमा रगत थाम्न मद्दत मिल्छ भने घाउ संक्रमण हुन पाउँदैन । तुलसीको बीउ, नीमको पात र बेसार लिएर पिस्ने, त्यसलाई थोरै तेल एवं पानी मिसाई पकाउने, पानी सुकिसकेपछि बाँकी रहेको लेदोलाई घाउ खटिरामा लेपन गर्दा चिलाउने, दुख्ने, पोल्ने कम हुन्छ ।

नपुंसकता एवं लिङ्ग शिथिलता

तुलसीको बीउ र सख्खर बराबर मिसाई सानो डल्लो बनाउने र प्रत्येक दिन बिहान बेलुका उक्त सानो डल्लो खाने र लगतै आधा लिटर दूध ९ सम्भव भएसम्म गाईको दूध० एवं २ चम्चा मह मिसाई पिउने । करिब ४–५ महिनासम्म यसरी सेवन गर्ने । यसले गर्दा नपुंसकता एवं लिङ्ग शिथिलता समस्या ठीक हुनसक्छ ।

टाउको दुखाई

टाउको दुखेमा निधारमा तुलसीको रस लगाउने र मेरुदण्डमा पनि यसको रस लगाएर केही बेरसम्म टाउकोमा हलुका मालिश गर्दा टाउको दुखेकोमा शीघ्र आराम हुन्छ ।

खोकी

तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने गर्दा सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने खोकीमा पनि दिनको ३÷४ पटक तातो पानी पिएर अन्तमा बिस्तारै चाट्दै उक्त रस खाँदा खोकी हराउँछ ।

छाती दुखेमा

तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई छातीमा, ढाडमा दल्ने गर्दा छातीमा भएको दुखाइ र भारीपना कम हुन्छ । दुखाइ के कस्तो छ त्यसको कारणको पनि उपचार गर्नुपर्दछ ।

दाँत दुखेमा

तुलसीको रस र कपूर तताएर दाँतमा च्यापिराखेमा दाँत दुखाइ ठीक हुन्छ । डण्डीफोर, दाग र पोतोमा तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र त्यसलाई लेदो मलमको रुपमा अनुहारमा लगाउने आधा एक घण्टापछि पखाल्ने गर्दा अनुहार सफा हुन्छ ।

दुर्गन्धित श्वास

प्रत्येक खाना वा खाजा खाएपछि मुखमा तुसलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने ठीक हुन्छ ।

बच्चाको पेट र छातीको रोग

यदि बच्चाहरुलाई पेट खराब भैरहन्छ भने तुलसीको पात पकाएर चियाको रुपमा खाने बानी बसाल्ने । यदि घ्यारघ्यार हुने र खोकी लाग्ने आदि छ भने तुलसीको पातको रस मनतातो पानीमा मिसाई खान दिनुहोस् ।

चर्मरोग

तुलसी पत्रलाई कागती वा नीमको पातमा मिसाएर छालाको रोग जस्तैः लूतो, दाद आदि आएको ठाउँमा दिनहुँ २÷३ पटक लगाउने र सुकेपछि सफा गर्दा शीघ्र लाभ हुन्छ ।

उच्च रक्तचाप र मानसिक तनाव

नित्य खाली पेटमा तुलसीको पत्र मिश्रित चिया पिउने, बिहान उठी तुलसीको बोटअघि बसेर दैनिक १०–२० मिनेट ध्यान, प्रणायाम गर्ने र तुलसीको काठबाट बनेको माला लगाउने गर्दा मानसिक स्वच्छता, प्रसन्नता प्राप्त हुनुको साथै उच्च उक्तचाप र मानसिक तनावसमेत कम हुन्छ ।

नाथ्री फुटेमा

नाकबाट रगत आएमा २/३ थोपा तुलसीको पत्रको रसहाल्ने र निधारमा पनि लेपन गर्ने गर्दा नाकबाट रगत आउने रोकिन्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमा बरिष्ठ पद (करार) मा जागीर खुल्यो ।


  • बिज्ञापनका लागी तलको तस्बिर हेर्न सक्नुहुन्छ ।


घरेलु तरिकाले खुइलिसकेको तालुमा पुनः कपाल उमार्नुहोस्

धेरैजसो मानिसहरु कपाल झर्ने समस्याबाट ग्रस्त हुन्छन् । थुप्रै औषधी र तरिका अपनाएर पनि उनीहरुले आफ्नो खुइलिसकेको तालुमा कपाल फिर्ता ल्याउन सक्दैनन् । वातावरणीय प्रभाव, उमेर, अत्यधिक तनाव, अत्यधिक धुम्रपान, हर्मोनमा असन्तुलन, पोषकतत्वमा कमी, वंशानुगत कारण, केही औषधीहरु कपाल झर्ने विभिन्न कारण हुन् ।
तपाईंको टाउकोमा लगभग १ लाख कपाल हुन्छन् । एक दिनमा ५० देखि १०० वटा कपाल झर्नु भनेको साधारण हो तर एक पटकमा यो भन्दा बढी तपाईंको कपाल झर्छ भने तपाईंले आफ्नो कपालबारे चिन्ता लिने बेला भएको छ । आज हामी तपाईंलाई यही समस्यालाई समाधान गर्ने तरिकाबारे जानकारी दिँदै छौं ।
१. तेलको मसाजः
कपाल झर्ने समस्याबाट राहत पाउने सबैभन्दा पहिलो उपाय तेलको मसाज हो । उपयुक्त कपालमा हाल्ने तेलको प्रयोग गरेर तपाईंले आफ्नो टाउकाको छालामा मसाज गर्नुहोस् । राम्रोसँग गरिएको मसाजले कपालको जरामा रक्त संचारमा मद्दत पुर्याउँछ भने यसले जरालाई बलियो पनि बनाउँछ । यसले तनावलाई पनि कम गर्ने गर्दछ ।
यसका लागि तपाईंले नरिवल, बदाम (आलमोन्ड), जैतुन, अमला र क्यास्टोरको तेल प्रयोग गर्न सक्नुहुन्छ ।
तरिकाः
माथि उल्लेखित कुनै पनि तेलको प्रयोग गरेर औंलाको टुप्पोको सहायताले कपालमा हल्कासँग मालिस गर्नुहोस् ।
यो तरिका कम्तिमा पनि हप्ताको एकपटक गर्नुहोस् ।
२. अमलाः
प्राकृतिक रुपमा छिटो कपाल उमार्न चाहनुहुन्छ भने अमलाको प्रयोग गर्नुहोस् । भिटामिन सि, एन्टी इन्फ्लामेटरी, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल जस्ता गुणले भरिपूर्ण अमलाले तपाईंको कपाल उमार्न मद्दत गर्दछ ।
तरिकाः
अमलालाई कोरेसोमा कोर्नुहोस् र त्यसमा कागतीको रस मिसाउनुहोस् ।
यो मिश्रणले टाउकाको छालामा राम्रोसँग मसाज गर्नुहोस् । आफ्नो कपाललाई सावर क्यापले छोप्नुहोस् र रातभरी छोड्नुहोस् ।
बिहान उठेर स्याम्पुको प्रयोग गरेर नुहाउनुहोस् ।
३. मेथीः
कपाल झर्न रोक्नका लागि मेथी निकै लाभदायक मानिन्छ । मेथीको गेडामा हर्मोन एन्टिसिडेन्ट्स पाइने हुँदा यसले कपाल बढ्न मद्दत गर्दछ भने कपालको जरालाई पुन उमार्न मद्दत गर्दछ । यसमा प्रोटिन र निकोटिनीक एसिड हुने हुँदा कपाल बढ्न मद्दत गर्दछ ।
तरिकाः
एक कप मेथीलाई रातभरी पानीमा भिजाउनुहोस् ।
बिहान यसलाई पेष्ट बनाउनका लागि पिस्नुहोस् ।
यसलाई आफ्नो कपालमा लगाउनुहोस् र सावर क्यापले छोप्नुहोस् । करिब ४० मिनेटपछि यसलाई पखाल्नुहोस् ।
यसले एक महिनासम्म प्रत्येक बिहान प्रयोग गर्नुहोस् ।
४. प्याजको रसः
प्याजमा उच्च मात्रामा सल्फर पाइने भएकाले कपाल झर्ने समस्या रोक्दछ । प्याजको रसले कपालको जरामा रक्त संचार गर्न मद्दत गर्नुका साथै नयाँ कपाल उमार्न मद्दत गर्दछ ।
सन् २००२ मा जर्नल अफ डर्माटोलोजीमा प्रकाशित एक रिपोर्ट अनुसार ७५ प्रतिशत मानिसहरुले प्याजको रस प्रयोग गरेर आफ्नो कपाल पुनः उमार्न सफल भएका थिए ।
तरिकाः
प्याजलाई कोरेसोमा कोरेर त्यसबाट रस निकाल्नुहोस् । यो रसलाई सिधै टाउकोमा लगाउनुहोस् । यसलाई करिब ३० मिनेटसम्म छोड्नुहोस् र स्याम्पुले नुहाउनुहोस् ।
तीन चिया चम्चा प्याजको रस, दुई चिया चम्चा एलोभेराको जेल र एक चिया चम्चा जैतुनको तेलको मिश्रण बनाउनुहोस् । यसलाई पखाल्नु र स्याम्पुले नुहाउनु पहिले आफ्नो टाउकोमा हालेर करिब ३० मिनेट छोड्नुहोस् ।
यी दुई मध्ये कुनै पनि तरिका हप्ताको दुई वा तीनपटक थुप्रै हप्तासम्म दोहोराउनुहोस् ।
५. एलोभेराः
एलोभेरामा पाइने इन्जाइमले स्वास्थ कपाल उमार्न मद्दत गर्दछ । यसमा हुने अल्कलाइजिङ गुणले कपालको जरालाई पुनः उमार्न मद्दत गर्दछ ।
यसको नियमित प्रयोगले टाउको चिलाउने समस्या पनि हट्छ भने कपाललाई बलियो र चम्किलो बनाउँछ । यसले चायाँबाट पनि राहत प्रदान गर्दछ । यसका लागि एलोभेरा जेल र जुसले काम गर्नेछ ।
तरिकाः
एलोभेरा जेल वा जुस आफ्नो टाउकोको छालामा लगाउनुहोस् ।
यसलाई केही घण्टा यत्तिकै छोड्नुहोस् र मनतातो पानीले पखाल्नुहोस् ।
यो प्रक्रियालाई हप्तामा तीनदेखि चारपटकसम्म दोहोराउनुहोस् ।
कपाल झर्नबाट रोक्नका लागि तपाईंले बिहान खाली पेटमा एकचम्चा एलोभेराको जुस पनि पिउन सक्नुहुन्छ ।

अधिकृत क्याडेट पदका लागी १५० जना माग

अनलाईन दरखास्त फारम को लागी यो लिङ्क प्रयोग गर्नुहोला ।
www.nepalarmy.mil.np

बिज्ञापन तथा थप जानकारी का लागी तलको तस्बिर हेर्न सक्नुहुन्छ । 

नेपाल टेलिकमले ल्यायो ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’

काठमाडाैं: बुबाको मुख हेर्ने दिनको अवसरमा नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि ‘शुभ विहानी–सन्ध्या डाटा प्याक’ अफर ल्याउने भएको छ।
यो अफर भदौ १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ७ बजेसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ।
उक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश नगरिएको र भदौ १६ देखि तीन महिनासम्म यो योजना लागू हुनेछ।
उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिन SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। रासस

बुद्ध एयरका को पाइलट पक्राउ

काठमाडौं–जहाज उडाएर फर्कदै गर्दा बुद्ध एयरका को पाइलट पक्राउ परेका छन् । नक्कली प्रमाणपत्रको आरोपमा को पाइलट स्वछन्द घले पक्राउ परेका हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई चार दिनअघि उनलाई पक्राउ गरेको हो । आइएस्सी नै नपढी उनले पाइलट पढेको सिआइबीका निर्देशक डिआजी नवराज सिलवालले बताए ।
उनले त्रिभुवन विश्वविद्यालयबाट आइएस्सी पढेको भनेर सर्टिफिकेट पेस गरी दक्षिण अफ्रिकाबाट पाइलट पढेका थिए । उनको विमान चालक अनुपति पत्र नम्बर ४०५ थियो ।
घलेको सर्टिफिकेट साथी राजकुमार श्रेष्ठले बनाइदिएका थिए । श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ । श्रेष्ठ हवाइ इन्जिनियर हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

बाढीले वगाएको रिडी–रुद्रवेणी सडकखण्ड एक महिनापछि सञ्चालन

गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सारअन्तर्गतको सडकखण्डको मोटरबाटो एक महिनापछि सञ्चालनमा आएको छ । 
 
एक महिना अगाडि बढिघाट नदी जोहाङ गाविसको उल्लीखोला नदीले ७०० मिटर सडकखण्ड बगाएपछि सडक अवरुद्ध बनेको थियो । 
 
उक्त नदीले बगाएको सडकखण्डअन्तर्गत उल्लीखोलामा  वैकल्पिक मार्गका रुपमा एक किमी नयाँ सडकखण्ड निर्माण र रुपाकोटको सिस्नेमा सडक विस्तार गरी मर्मतपछि झन्डै एक महिनापछि उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको तम्घास सिमलटारी सडक आयोजनाका सवइन्जिनियर दिनेश ओझाले जानकारी दिए।  
 
जिल्लाको अति व्यस्त मानिने उक्त कच्ची सडकखण्ड खुलेसँगै सयौँ सवारी साधन आवतजावतले आमसर्वसाधारणमा सहजता ल्याएको  छ । 
 
उक्त सडकखण्ड लामो समयपछि सञ्चालन हुँदा स्थानीय बासिन्दा हर्षित भएका छन् । रासस