पेटको बोसो घटाउने ९ घरेलु उपाय

१. कागती पानीबाट गर्नुहोस् दिनको सुरुवात
 
दिनको सुरुवात कागती पानीबाट गर्नुहोस् । पेटमा जम्मा भएको अतिरिक्त बोसो कम गर्न यो घरेलु उपाय प्रभावकारी हुन्छ । तातो पानीमा कागतीको थोरै रस र नुन मिसाएर हरेक दिन बिहान सेवन गर्नुहोस् । यसबाट तपाईंको मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्नमा पनि मद्दत मिल्छ ।
 
२. खैरो चामलको भात खानुहोस्
 
यदि तपाईं भात खानमा सोखिन हुनुहुन्छ भने सेतो चामलबाट टाढा रहनुहोस्, त्यसको स्थानमा खैरो चामलको भात खानुहोस् । यसका अलावा आफ्नो खानामा ब्राउन ब्रेड, ओट्सजस्ता खाद्य पदार्थ सामेल गर्नुहोस् । (खैरो चामलको भात भने नेपालको सन्दर्भमा त्यति सम्भव नहोला)
 
३. गुलियोबाट टाढा रहनुहोस्
 
यदि तपाईं पेटको बोसो कम होस् भन्ने चाहनुहुन्छ भने मिठाईबाट टाढा रहनुहोस् । मिठाई तथा तैलीय पदार्थबाट टाढा रहनुहोस् । यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ । यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा हुने गर्छन् ।
 
४. पानी धेरै पिउनुहोस्
 
पेटको बोसो काम गर्न धेरै पानी पिउनुहोस् । यो निकै लाभदायी हुनेछ । नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ । यसबाट शरीर स्वस्थ रहन्छ ।
 
५. काँचो लसुन खानुहोस्
 
बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई निकै फाइदा पनि गर्छ । बिहान लसुनको दुई या तीन पोटी चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दुइ गुनाले हुन्छ । यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।
 
६. मांसाहारबाट टाढै रहनुहोस्
 
मांसाहारी भोजनमा बोसोको मात्रा निकै हुन्छ । यो बोसो शरीरमा जम्मा हुन्छ, जसबाट स्वास्थ्यसम्बन्धी समस्याहरु उत्पन्न हुन्छन् । यदि वास्तवमै तपाईं तौल कम गर्न चाहनुहुन्छ भने मांसाहार छाडेर शाकाहारी भोजन गर्नुहोस् ।
 
७. धेरै सागसब्जी खानुहोस्
 
खानामा फल र सागसब्जी सामेल गर्नुहोस् । बिहान बेलुकी एक कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसबाट तपाईंको पेट भरिन्छ र एन्टीअक्सिडेन्ट, मिनरल्स र भिटामिन पनि प्राप्त हुन्छ ।
 
८. खाना पकाउने तरिका परिवर्तन गर्नुहोस्
 
खाना पकाउँदा तौल बढाउने खालका मसला पनि प्रयोग नगर्नुहोस् । दालचिनी, अदुवा तथा मरिचको प्रयोग खानामा अनिवार्य रुपमा गर्नुहोस् । यी मसाला स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।
 
९. बदामको प्रयोग गर्नुहोस्
 
बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

किन हुन्छ गाडीमा वान्ता !!


साभार- गोरखापत्र

साईवर, अफिसमा जिमेल लगआउट गर्न बिर्सनुभयो !! अब घरैबाट गर्नुस लगआउट

कहिलेकाहीँ हामीले अरु कसैको स्मार्टफोन वा ट्याबलेटमा आफ्नो जिमेल अकाउन्ट लगइन गरेका हुन्छौँ ।
कहिलेकाहीँ साइबर क्याफेमा गएर समेत लगइन गरिन्छ र लगआउन गर्न भुलिएको हुन्छ । यसरी आफ्नो अकाउन्ट लगआउट गर्न बिर्सनु खतरनाक हुन्छ किनकी कसैले तपाइँको अकाउन्ट खोल्न सक्छ र तपाइँका महत्वपूर्ण जानकारी प्राप्त गर्नसक्छ ।
यस्तोमा जुन ठाउँमा गएर आफ्नो जिमेल अकाउन्ट लगइन गरेको हो सोही ठाउँमा पुनः गएर लगआउट गर्न कहिलेकाहीँ असम्भव पनि हुनसक्छ । तर चिन्ता नगर्नुस् तपाइँले कुनैपनि ठाउँमा लगइन गरेको आफ्नो जिमेल अकाउन्ट घरमै बसेर लगआउट गर्न सक्नुहुन्छ ।
यसका लागि आफ्नै घरको कुनै ल्यापटप वा डेस्कटप कम्पइुटरमा आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् । जुन पेज आउनेछ त्यसमा स्क्रल गरी पेजको सबैभन्दा तल जानुहोस् ।  त्यहाँ दायाँतर्फ तपाइँले एउटा जानकारी देख्न सक्नुहुन्छ जहाँ अन्तिम पटक तपाइँले कहाँ आफ्नो इमेल अकाउन्ट लगइन गर्नुभएको थियो भन्ने देखाउँदछ ।
त्यसका साथै तपाइँले उक्त ठाउँमा आफ्नो अकाउन्ट लगआउट गर्नुभयो की भएन भन्ने पनि जानकारी दिइएको हुन्छ । त्यहीँ साइन आउट अफ अल सेसन नामक अप्सन हुन्छ । सोही अप्सनमा क्लिक गर्नुभयो भने तपाइँले जहाँसुकै लगइन गरेर साइन आउट गर्न बिर्सिएको आफ्नो जिमेल अकाउन्ट साइन आउट हुन्छ । र, तपाइँले ढुक्कको सास फेर्न पाउनुहुनेछ ।

बिपी राजमार्ग यात्रा जाँदै हुनुहुन्छ यहाँ हेर्नुस नयाँ भाडादर

यातायात व्यवस्था  विभागले काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्व जाने  यात्रुवाहक सवारी साधनको नयाँ भाडादर निर्धारण गरेको छ।
साउन २१ गतेको निर्णय अनुसार काठमाडौं– बनेपा– सिन्धुली बर्दिबास हुँदै  पूर्व नेपालको विभिन्न स्थानमा चल्ने सवारी साधनमा दुरी अनुसारको भाडादर कायम गरिएको विभागका प्रवक्ता बसन्त अधिकारीले बताए। 
सोही सूचनालाई आधार मानेर यात्रुसँग रकम लिन सावारी संचालन व्यवसायी तथा चालक सह–चालकलाई विभागले आग्रह गरेको छ। यदि विभागले लागू गरेको भन्दा बढी भाडा लिएको फेला परेमा सवारी ऐन २०४९ अनुसार कारबाही हुने समेत अधिकारीले बताए।
डिलक्स सुविधा भएमा उल्लेखित भाडादरमा २० प्रतिशत बढी भाडा लिन पाउने तर बाटो इजाजत विना बारम्बार पटके इजाजत लिई सवारी सञ्चालन गर्न नपाउने विभागले जनाएको छ।
 ९ प्लस १ सिट क्षमताका जीप प्रकृतिका सवारीसाधनहरुले बाटो इजाजत लिई २ सय ५० किलोमिटरसम्म मात्र सञ्चालन गर्न पाउने छन्। 
विभागले शैक्षिक भम्रण, सांस्कृतिक कार्यक्रम, शोध एवं विकास कार्यक्रम, विवाह–ब्रतबन्ध, विरामी, शव ओसारपसार लगायतका आपतकालीन सेवाको लागि भने  पटके इजाजत लिन सकिने जनाएको छ।

नयाँ कायम भएको भाडादर यस्तो छ

५५१ प्रहरी सहायक निरीक्षक पदमा आवेदन खुल्ला

नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।
आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो ।
दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् ।
विज्ञापन हेर्नुस् 

राजमार्गमा रिचार्ज कार्डदेखि ड्राइफूडसम्म ठगी

प्रकाश भण्डारी, गैँडाकोट, नवलपरासी 

प्रायः काठमाडौंको यात्रामा निस्किँदा मैलै आफूलाई बाटोमा चाहिने ड्राईफुड बोकेरै हिँड्छु।
 
रामनगरदेखि धादिङ पार नगरुन्जेल रिचार्ज कार्डदेखि हरेक कुरामा चर्को मूल्य तिर्नुपर्छ। खानाको त कुरै छोडौँ, एउटा १ सय रुपैयाँको रिचार्ज कार्ड किन्दा पनि १०५ देखि ११० रुपैयाँसम्म खर्चिनुपर्छ। व्यापारीलाई सोध्दा ‘हाम्रो रेट नै त्यति परेको छ, चाहिने भए लैजानुस् हैन भने जानुस्’ भनेर जवाफ दिन्छन्। 
 
 तर सधैं यात्रुहरु यही तीतो बोलिको बाबजुत पनि किन्न बाध्य छन्। यस्ता ठगीका कार्यलाई नियन्त्रण गर्न राज्य किन पहल गर्दैन ? 
 
मेरो यात्राका क्रममा सल्यान, रोल्पा, रुकुम, सिन्धुपाल्चोक,‍‌‌‍ओखलढुङ्गा, गोरखा, नुवाकोटमा दिनभरी भरिया तथा खच्चरमा बोकाएर व्यापार गर्नेले समेत पाँच दश रुपैयाँको लागि लोभ गरेनन्। 
 
आफैंमा दया जागेर पाँच दश रुपैयाँ दिनुमा निकै आनन्द आउँछ। तर ठग्नेलाई १ रुपैयाँ बढी दिँदा पनि पछुतो लाग्छ। 
 
राजमार्गमा बजार अनुगमन चाडपर्वमा मात्र होईन हरेक क्षण निरीक्षण हुनु जरुरी छ।

सेतोपेाटी मा प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३ १४:२७:१४

आगरामा ३१७ बाँदरलाई बन्ध्याकरण खोप

केही समय पहिले स्पेनमा बढ्दो परेवाको संख्या नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक पिल्स दिन थालिएको खबर आएको थियो । गर्भनिरोधका लागि मान्छेले बन्ध्याकरण गरिदिने जिवमा बाँदर पनि थपिएको छ ।
भारतको आगरामा अहिले झण्डै ८ हजार भन्दा बढि बाँदर छन् । आउँदो ६ वर्षमा बाँदरको संख्या बढेर २ लाख १६ हजार पुग्ने अनुमान गरिएको छ । बाँदरको यस्तो बढ्दो संख्यालाई नियन्त्रण गर्नका लागि आगरामा बाँदरको बन्ध्याकरण सुरु गरिएको छ ।
आगरास्थित एक गैरसरकारी संस्थाले जिल्ला प्रशासन तथा आगरा विकाश प्राधिकरणसँग मिलेर बाँदरको प्रजनन नियन्त्रणका लागि बाँदरलाई गर्भनिरोधक खोप लगाउने अभियान सुरु गरेको हो ।
यो बाँदर बन्ध्याकरण खोप अभियान अन्तरगत अहिलेसम्ममा ५५२ बाँदरलाई पक्रिएर ती मध्ये ३१७ वटा बाँदरलाई खोप लगाइसकिएको छ । एजेन्सी