टेलिकमको २५ रुपैयाँको प्याकमा २५० मिनेटको ‘टकटाइम’

४ फागुन, काठमाडौं । नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको अवसरमा जीएसएम सेवाका प्रयोगकर्ताहरुको लागि  अाकर्षक अफर ल्याएको छ।   अफर अन्तरगत २५ रुपैयाँमा २ सय ५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याक किन्न सकिनेछ ।
फागुन १७ गते सम्म लागू हुने प्याक लागू हुनेछ । ग्राहकले प्याक लिएको  मितिबाट ७ दिनसम्म यो रहनेछ ।
यो अफर अन्तर्गत लिएको प्याकको उपयोग राति १० बजे देखि विहान ६ बजेसम्म प्रयोग गर्न गर्न सकिने टेलिकमले जनाएको छ । प्याकेज लिनका लागि ‘VDAY टाइप गरी १४१५ मा एसएमएस गर्नुपर्नेछ ।

कोरियन भाषा परीक्षाको आवेदन चैत ९ देखि खोल्न प्रस्ताव, यो वर्ष लाइन बस्नु नपर्ने

४ फागुन, काठमाडौं । नेपालले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम चैत ९ गतेदेखि खुला गर्न प्रस्ताव गरेको छ । र, यो पटक अनलाइन फारम हुनेछ ।
चैत ९ देखि १८ गतेसम्म इपीएस परीक्षाको अनलाइन आवेदन फारम बुझ्न कोरियाको मानव संशाधन विभागलाई प्रस्ताव पठाइएको इपीएस कोरिया शाखाका निर्देशक बाबुराम खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।
उनका अनुसार यो पटकबाट अनलाइनबाटै फारम भर्ने सुविधा दिने तयारी भइरहेको छ । वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले यस्तो फारम भर्ने अनलाइन प्रणाली विकास गरिसकेको छ ।
शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो । तर, परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन ।
यो पटक भने अनलाइन फारम भर्न सकिनेछ । उसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता हट्नेछ । रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ र, फारम बुझाउन घन्टौ लाइन बस्नुपर्छ । गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए ।
आवेदन बुझाउन घन्टौं लामो लाइनमा बस्नुपर्ने बाध्यता हटाउन अनलाइन फारम भर्ने व्यवस्था गर्न लागिएको इपीएस शाखाका निर्देश्क खतिवडाले बताए ।
अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) अनिवार्य हुनेछ । गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरेको थियो ।
अनलाइन प्रयोग भएपछि इन्टरनेट सेवाको पहुँचमा रहेका युवाले सहज रुपमा घरमै बसेर पनि फारम भर्न सक्नेछन् ।
नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ ।
@ onlinekhabar.com

अमेरिकी संसदमा डिभी चिठ्ठा बन्द गर्ने विधेयक पेश

अमेरिकी संसदमा डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने विधेयक पेश भएको छ । यो विधेयक पास भएमा नेपालीहरु पनि प्रभावित हुनेछन् ।
यद्यपि यो ट्रम्प सरकारले नभई रिपब्लिकन सिनेटरले विधेयक प्रस्ताव गरेका हुन् । टोम कटन र डेभिड पर्डिउले प्रस्ताव गरेको विधेयकमा डिभी चिठ्ठा बन्द गर्नुका साथै फेमेली कोटामा भारी कटौती गर्ने उल्लेख छ ।
अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि एक अन्तर्वार्ताका क्रममा ट्रम्पले पनि डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए ।
डिभी चिठ्ठा कार्यक्रम अन्तर्गर्त हरेक वर्ष ५० हजार अमेरिका जाने गरेका थिए । यस्तै फेमेली कोटा अन्तर्गर्त अमेरिकामा गि्रनकोर्ड होल्डरले आफ्नो दाजुभाइ दिदी बहिनी र आमाबुबालाई अमेरिकी नागरिक बनाउन सिफारिस गर्न सक्नछन् ।
हृवाइट हाउसका प्रवक्ताले भने यो विषय तत्काल कुनै प्रतिक्रिया दिन मानेनन् । यसबारे सदनमा छलफल भएपछि मात्र बोल्ने उनले बताएका छन् ।
तर, यो विधेयक राष्ट्रपति ट्रम्पकै नीति अनुसार आएको मानिएको छ । विधेयक दर्तापछि टोम कटनले आप्रवासीको संख्या घटाउँदा अमेरिकीले फाइदा लिनसक्ने बताए ।
उनले भनेका छन्, जक कुनै मानिस आप्रवासी बनेर अमेरिका प्रवेश गर्छ, उसले गि्रनकार्ड पाउँछ । र, उसले आफ्नो अभिभावक र आफन्तको ठूलो संख्यालाई अमेरिका ल्याउँछ । यो अमेरिकी कामदारका लागि राम्रो होइन ।’
उनले यो विधेयकलाई यसै वर्ष मतदानमा लगिने विश्वास व्यक्त गरेका छन् ।

चिलिमे जलविद्युत कम्पनि लिमिटेडमा बिभिन्न अधिकृत पदमा जागिर खुल्यो ।

थप जानकारीको लागी तलको बिज्ञापन हेर्न सक्नुहुनेछ।
दरखास्त फाराम तथा जानकारीको लागी वेबसाईट - www.chilime.com.np


रा.प.अनंकित प्रथम श्रेणी (प्राविधिक) कम्प्युटर अपरेटर लिखित परीक्षाको विज्ञापन

राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) पदहरु (खुला र समावेशी) को देहाय बमोजिमको कम्प्युटर अपरेटर पदको लागि प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पूर्ति गर्न निम्न बमोजिमका योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगको अनलाइन (Online Application System) द्वारा दरखास्त आह्वान गरिन्छ ।

(क) पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटा
पद - कम्प्युटर अपरेटर, विविध


जम्मा माग संख्या - ७ जना
खुला - ३
महिला - १
अा.ज - १

मधेशी - १
पि.क्षे - १
....................................................................................................
(ख) मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर
पद - कम्प्युटर अपरेटर, विविध
 
जम्मा माग संख्या - २६ जना
खुला -१४
महिला - ४
अा.ज - ३
मधेशी - ३
दलित - १
अ‍पाङ्ग - १
....................................................................................................
(ग) पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरा
 पद - कम्प्युटर अपरेटर, विविध
 
जम्मा माग संख्या - ९ जना
खुला -५
महिला - १
अा.ज - १
मधेशी -१
पि.क्षे - १
....................................................................................................
(घ) मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेत 
 पद - कम्प्युटर अपरेटर, विविध
 
जम्मा माग संख्या - ८ जना
खुला -२
महिला - २

मधेशी -३
दलित- १
....................................................................................................
(ङ) सुदूरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दिपायल 
 
 पद - कम्प्युटर अपरेटर, विविध
 
जम्मा माग संख्या - ८ जना
खुला -४

मधेशी -१
अा.ज - १
दलित- १
पि.क्षे - १

परीक्षा मिती - २०७४।०१।१४
परीक्षाको किसिम – लिखित, प्रयोगात्मक÷कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता ।
परीक्षा केन्द्रः– विज्ञापनसँग सम्बन्धित क्षेत्रीय निर्देशनालयहरु र अञ्चल कार्यालयहरुले पछि निर्धारण गरे अनुसार हुनेछ । नेपाल स्वास्थ्य सेवाका पाचौं तहको स्टाफ नर्स, सिनियर असिष्टेण्ट हेल्थ वर्कर÷हेल्थ असिष्टेण्ट र नेपाल विविध सेवाको महिला विकास निरीक्षक एवम कम्प्युटर अपरेटर पदको परीक्षा सबै अञ्चल कार्यालयहरुबाट समेत सञ्चालन गरिनेछ । साथै आयोगको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, काठमाडौंको विज्ञापनबाट सञ्चालन हुने राजपत्र अनंकित प्रथम श्रेणीतर्फका सम्पूर्ण परीक्षाहरु वीरगञ्जमा उपकेन्द्र कायम गरी सञ्चालन गरिनेछ ।

दरखास्तको माध्यमः– विज्ञापित सबै पदहरुमा अनलाईन मार्फत मात्र दरखास्त बुझाउनु पर्नेछ । अनलाईन मार्फत दरखास्त पेश गर्ने विधि तरिका सम्बन्धी विवरण तथा ध्यान दिनुपर्ने विषयहरु तल उल्लेख गरिएको छ ।
उम्मेदवारको उमेर हद – दरखास्त दिने अन्तिम मितिसम्ममा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ । तर महिला र अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ । स्वास्थ्य सेवाको हकमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ । बहालवाला निजामती कर्मचारीहरुको हकमा उमेरको हद लाग्ने छैन ।

दरखास्त दिने अन्तिम मितिः– २०७३÷११÷१७ र दोब्बर दस्तुर २०७३÷११÷२४ सम्म ।

दरखास्त दस्तुरः– रु. ४००।– (चार सय) र प्रत्येक समावेशी समूहको लागि थप रु. २००।– (दुई सय) थप दस्तुर बुझाउनु पर्नेछ ।

दरखास्त दस्तुर बुझाउने स्थानः– काठमाडौं उपत्यकाको हकमा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर, दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर तथा काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु ।

दरखास्त दस्तुर बुझाउने अवधि – अनलाइन (Online) माध्यमबाट दरखास्त क्गदmष्त गरिसकेपछि उम्मेदवारले प्राप्त गरेको Master ID सहित ढिलोमा दोब्बर दस्तुर तिरी दरखास्त दिन पाउने अन्तिम मितिको भोलिपल्ट कार्यालय समय भित्र । (उक्त दिन सार्वजनिक बिदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिन) तोकिएको कार्यालयमा परीक्षा दस्तुर÷दोब्बर दस्तुर अनिवार्य रुपमा बुझाइ सक्नुपर्नेछ ।

अन्तर्वार्ता अघिका परीक्षा कार्यक्रम र अन्तर्वार्ता हुने मितिः– अन्तर्वार्ता हुनुपूर्व हुने प्रयोगात्मक परीक्षा÷कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता हुने मिति लिखित परीक्षाको नतिजा प्रकाशन गर्दा सूचना गरिनेछ ।
पदमा रही गर्नुपर्ने कामको विवरणः– सेवा, समूह, उपसमूह सम्बन्धी ।
तलबः– प्रचलित स्केल बमोजिम ।

सेवा सम्बन्धी मन्त्रालयः– सेवा, समूह, उपसमूहको प्रशासन सञ्चालन गर्न तोकिएका सम्बन्धित मन्त्रालय ।

निजामती अस्पतालमा करारमा बिभिन्न पदमा जागिर खुल्यो ।


बिज्ञापनको थप जानकारीको लागी यहाँ हेर्नुहोला ।


नेपाल उड्डयन प्राधिकरणमा करारमा बरिष्ठ उडान संचालक निरीक्षक पदमा जागीर खुल्यो

बिज्ञापनको थप जानकारी यहाँ बाट पाउन सक्नुहुनेछ ।