चरालाई चुरोट पिलाउँदा पर्‍यो आपत

आफ्नो मनोरञ्जनका लागि मानिस यो हदसम्म पनि जान सक्दछ भन्ने कुरा सायद कसैले सोचका होलान् । रुसमा बस्ने १८ वर्षका भिक्टर एवदिवले ख्याल–ख्यालमा एउटा चरालाई चुरोट पिलाइदिए । उनको यो कृत्य तब खुलासा भयो, जब चुरोट पिइरहेको उक्त चराको तस्वीर सोसल मिडियामा भाइरल बन्यो ।
वास्तवमा भिक्टर आफ्नो कारमा चढेर घर गइरहेका थिए । उनले बाटोमा एकठाउँ गाडी रोके । अकस्मात गाडीको झ्यालबाट एउटा चरा उड्दै गाडीभित्र छिर्यो । भिक्टरले झ्याल बन्द गरे र चरालाई बाहिर निस्किन दिएनन् ।
केहीबेरपछि उनले एउटा खिल्ली चुरोट सल्काए र उक्त खिल्ली चराको मुखमा झोसिदिए । यसरी उक्त चराले मुखमा चुरोटको खिल्ली चेपिरहेको वा चुरोट पिइरहेको अवस्थाको फोटो पनि खिचे उनले । त्यो जब उनले सोसल मिडियामा पोष्ट गरे तब त्यो फोटो भाइरल बन्यो ।
जनावर अधिकारकर्मीहरुले त्यसको घनघोर विरोध गरे । अहिले उक्त घटनामाथि सरकारी अधिकारीहरुले जाँच गरिरहेका छन् । यदि यस मामिलामा भिक्टर दोषी ठहर भएमा उनीमाथि १ वर्षको जेल वा १ लाख रुपैयाँ बराबरको रकम जरिवाना हुनेछ ।

जहाँ पाँचतले घरको छतमाथि सडक छ

चीनको चोंगक्विङ सहरमा एक पाँचतले घरको तस्वीर सोसल मिडियामा भाइरल भएको छ अहिले । यो भवनको छतमाथि गाडी गुड्ने सडक छ र छतबाटै गाडीहरु हुइँकिन्छन् ।
यो भवनको छतमा दुई लेनको सडक रहेको छ र यतिमात्र होइन घरको छतमै फुटपाथ पनि छ र रुखबिरुवा पनि छन् सडक किनारामा ।
भवनको भुइँतालामा विभिन्न पसलहरु छन् भने केही अन्य तलाहरुमा कार पार्किङ रहेको छ ।
चीनमा जे पनि सम्भव छ भन्ने कुरा यो छते सडकले देखाएको भन्दै सोसल मिडियामा यसको खुबै चर्चा भैरहेको छ ।

यस्तो ठाउँ, जहाँ रात बिताउने कोहीँपनि ज्यूँदो फर्केको छैन

भारतको राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा रहेको छ । यो खण्डहरु कुनै समयमा भने एक भव्य तथा मानिहरुले भरिएको क्षेत्र थियो ।
यो इलाकामा सोमेश्वर, हनुमान, कृष्ण, देवी आदीका दर्जनौँ मन्दिर रहेका छन् । भगवानै भगवानको बीचमा रहेको यो ठाउँ चाहीँ भुताहा ठाउँको नामले चर्चित छ ।

यो ठाउँमा कुनैपनि भवनका छत छैनन् । तर अनौठो के भने सबै मन्दिर चुस्त अवस्थामा छन् ।
यो ठाउँलाई श्राप पर्नाले भुताहा ठाउँ भनेको विश्वास छ । यस ठाउँमा महल भएको स्थानमा महिला गुरु बालुनाथ बस्थे । उनले उक्त महल बनाउने बेलामा आफ्नो ध्यान भंग गर्ने भएकाले त्यहाँ कुनै महल नबनाउन चेतावनी दिएका थिए । यदि आफ्नो ध्यान भंग गरेमा सारा सहर ध्वस्त हुने चेतावनी उनको थियो । तर उनको कुरालाई कसैले ध्यान दिएन र त्यहाँ भवनहरु बनाए । जसका कारण गुरुले श्राप दिए र रातारात त्यस ठाउँ विरानो बन्यो ।
उक्त ठाउँलाई एक तान्त्रिकले पनि श्राप दिएका कारण एकाएक ध्वस्त भएर खण्डहरमा परिणत भएको विश्वास गरिन्छ ।
उक्त तान्त्रिकले त्यस किल्लामा रहेका कुनैप्नि मानिसले पुनर्जन्म लिन नपाउन् भन्ने श्राप दिएको थियो । सोही कारण त्यस क्षेत्रमा अकालमा मृत्यु भएका मानिसहरुको आत्माले मुक्ति पाएन र पुनर्जन्म समेत नपाउँदा धेरै कैयन् मृतात्माहरु अहिले पनि भटि्करहेको विश्वास गरिन्छ ।
यो ठाउँमा साँझ पर्ने बित्तिकै मानिसहरु जान डराउँछन् । सरकारी अधिकारीले पनि त्यहाँ रातको समयमा जान निषेध गरेको छ । उक्त ठाउँमा रात बिताउने मानिस कोहीपनि ज्यूँदै नफर्किएको स्थानीयहरु बताउँछन् । फर्किएर आएका मानिसहरु पनि मानसिक रुप्मा विक्षिप्त बनेको बताइन्छ ।

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा, आवाज परिवर्तन गरेर फोन गर्न सकिने

एनसेलले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ । यस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्ने छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्नेछन् ।
यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडियम, बर्थडे टोन लगायतका विभिन्न ब्याक ग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्ने प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् ।
म्याजिक भ्वाइस सेवा सोमबार (असार १९) बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र रु १० लाग्नेछ ।
ग्राहकले एस्ट्रिक्स १७१३५ ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि १’ र स्वतःनविकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखेर १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७ एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७ एमभि १’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ ।
सेवा सुचारु गरेपछि ग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशनअनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् । त्यस्तै, ४, ५, ६ वा ७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजालिन सक्नेछन् । यो सेवाअन्तर्गतको म्याजिक भ्वाइस तथा ब्याक ग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमा फर्कन सक्छन् ।
म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवा अन्तर्गतको विद्यमान् शुल्क लाग्ने कम्पनीले उल्लेख गरेको छ । यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवा निष्कृय गर्न अङ्ग्रेजीमा ‘युएनएसयुबिएमभि’ (सुरुको यु र एमभि ठूलो अक्षरमा) लेखि १७१३५ मा एसएमएस पठाउन सक्नेछन् ।

तौल घटाउन यसरी पिउनुपर्छ पानी

बिहान उठ्ने वित्तिकै खाली पेटमा एक–डेढ गिलास पानी पिउने । यसले वजन घटाउन मद्दत गर्नुका साथै दिमागमा प्रर्याप्त उर्जा दिन्छ । जसका कारण दिनभर सक्रीय हुन सहयोग मिल्छ ।
चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ ।
नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने ।
बिहान वा बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने । यसले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ ।
सुत्नु भन्दा केही घन्टा पहिला एक गिलास पानी पिउने । यसरी पानी पिउदा खाना पछि केही खान मन लाग्दैन र बिहान उठ्दा शरिरमा रहेका हानिकार तत्व पानीसँगै बगेर जान्छन् ।
दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउने । यसरी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ ।
दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले शरिरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ ।
दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घटाउन सहयोग मिल्छ ।

डिप्रेसनबाट जोगिने ६ तरिका

काममा सक्रियः धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुची वा गतिबिधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारिरक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुची बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुशी प्रदान गर्छ । हरेक कुरामा रुची राख्दा सन्तुष्टि र आफ्नोे बारेमा राम्रो महशुस गर्न सहगोग गर्छ । यसले समस्या र नकरात्मक सोचबाट दिमागलाई टाढा भगाउछ । रुची बढाउने केही तरिका पनि छन् । जस्तै घरको सामान्य काममा व्यस्तहुने, बिरामी वा बुढो मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।
सकरात्मक सोचः डिप्रेसनमा नकरात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धी, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुशी मानिसहरुले पनि निराश हुने मानिसलेझै असफलता, निराश, अस्वीकारोक्ति, नकरात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर उनीहरुले सकरात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशको रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै आफ्ना सामाजिक जीवनलाई अझै बढी सुधार्छ । पीडाको समयमा खुशीसाथ बाँच्नु एउटा साहसिक छनौट पनि हो ।
समस्यको पहिचानः सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्न जरुरी छ । बढी उत्तेजित हुनबाट बच्न स–सना उपायको पहिचान गर्नुपर्छ ।समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनपर्छ । जीवनमा किन पीडादायी वा नकरात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो र काम लाग्ने हुनको कारण पत्ता लगाउन जरुरी छ ।
खराब स्वभाव रोक्नेः गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवत साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन् । यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् । आफ्नाअघि जस्तासुकै देखिएपछि  बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन् ।  आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनु हुदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन ।
भएकोमा सन्तुष्टः आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नपर्छ । निराश मानिस निश्चित विषयहरु जस्तै विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ।  
सोच परिवर्तनः खास त खराब स्वभावले निराश बनाउने हो । नकारात्मक सोचलाई सकारात्मक सोचले विस्थापन गर्ने कामहरु हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाको लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने म आफै गल्ती छु भनेर महशुस गर्नुपर्छ । मैले यस्तो सोच्न होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–सना रमाइलोमा खुलेर हाँस्नुपर्छ ।  नकारात्मक सोचबाट बच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

आँपका १४ फाइदा

बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ । यसका फाइदा निम्न छन् :
१. क्यान्सरबाट बचाउछ : आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
 २. दृष्टिशक्ति बढाउछ : यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
 ३. फाइबर र भिटामिन सिको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
 ४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ : यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
 ५. पाचन प्रक्रिया राम्रो बनाउछ  : मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
 ६. रोगप्रतिरोधी : आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ।
 ७. एन्टिअक्सिडेन्टयुक्त : आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
 ८. प्रजनन क्षमतामा वृद्धि गर्छ : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
 ९. खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
 १० यौन क्षमता बढाउछ : आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।
 ११. छालामा चमक ल्याउछ : आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।
 १२. ब्ल्याकहेड (काला रौं) को उपचार : आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ । यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ ।
 १३. एन्टि एजिङ फाइदा : यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ । यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि  धोएपछि यसले अनुहारमा चमक ल्याउछ ।
 १४. कपालका लागि पनि लाभदायी : भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।