प्रसन्न रहने पाँच उपाय

प्रविधिलगायत जीवनका सबै क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हाम्रो जीवनशैली अत्यधिक तनावपूर्ण बन्दै गएको छ । यसै सन्दर्भमा विश्वभर बर्सेनि मार्च २० मा अन्तर्राष्ट्रिय प्रसन्नता दिवस (इन्टरनेसनल ह्याप्पिनेस डे) मनाउने गरिएको छ । दैनिक तनावबाट केही मात्रामा भए पनि मुक्त हुन प्रसन्नता विशेषज्ञ तथा लेखिका नटाली स्याभीडेज विभिन्न सुझाव दिन्छिन्।  
उनले दिएका सुझाव हामीले आफैंसँग, परिवारसँग र अरुसँगको सम्बन्ध सुधार समेटिएका छन् । तनावमुक्त भई प्रसन्न रहन उनले दिएका ५ सुझाव यस्ता छन्।
१. अरुलाई सहयोग गरौं : अरुलाई सहयोग गर्दा ठूलो आत्म सन्तुष्टि पाइने हुनाले अरुलाई आफूले सकेको सहयोग गरौं । अरुलाई गरेको सहयोगले आत्म सन्तुष्टि पाइने मात्र नभएर हामीले त्यसको राम्रो प्रतिफल पनि पाउँछौं र यसले हाम्रो जीवनमा सकारात्मक ऊर्जा प्रवाह गर्छ । सहायता गर्दा हाम्रो मस्तिष्कको एउटा भागमा प्रसन्न बनाउने रसायन प्रवाह हुन्छ । त्यसैले तपाईं अभावग्रस्त व्यक्तिहरूलाई जति धेरै सहयोग गर्नुहुन्छ, त्यति नै आनन्दित र सन्तुष्ट हुनुहुन्छ। 
२. योजनाबद्ध काम : हामीले योजनाबद्ध रुपमा दैनिक काम र समयको उपयोग गर्दा हामी हतारोबाट जोगिन्छौं, जीवनशैली सहज हुन्छ र आराम महसुस गर्छौं । योजनाबद्ध काम गराईले जीवनयापन सहज बनाउँछ र समय तथा काम हाम्रो नियन्त्रणमा हुन्छ । कामका जोखिम र भैपरी आउने समस्याको अग्रिम तयारी गर्न सकिने हुन्छ, जसले जीवनमा तनाव कम गर्छ र प्रसन्नता बढाउँछ । योजनाबद्ध काम गराईले काममा त्रुटी हुने सम्भावना न्यून हुनुका साथै यसले समस्या र झन्झट पनि घटाउँछ।
३. तुलना नगर्ने : आफूलाई अरु कसैसँग पनि तुलना नगर्ने । धेरै व्यक्तिले आफूलाई त्यसरी ‘प्रोजेक्ट’ (देखाउँछन्) गर्छन्, जुन उनीहरूको वास्तविक प्रतिबिम्ब हुँदैन । उनीहरूको बाहिरी व्यवहार र स्वरुप एउटा हुन्छ, भित्री व्यवहार र स्वरुप त्योभन्दा फरक वा विपरीत हुन्छ । त्यसैले आफूलाई अरुसँग तुलना गर्नु अनुपयुक्त हुन्छ । अरुसँग तुलना गर्दा आफू प्रसन्न रहन सकिँदैन।
४. कृतज्ञ बन्नुहोस् : आफ्नो जीवनमा भएका वा आफूले पाएका सबै राम्रा÷असल कुराहरू स्मरण गर्नुहोस् र ती पाएकोमा ती सबै कुराप्रति कृतज्ञ हुुनुहोस्– आफ्नो सुस्वास्थ्य, भोजन, अध्ययनको अवसर, आमाबुवा, घरपरिवारदेखि सबै कुराहरूप्रति । कृतज्ञ हुनुले र प्रशंसा गर्नाले प्रसन्नता बढाउँछ, आफ्नो पनि र अरुको पनि । तर झुठो÷ओठे प्रशंसा गर्नबाट भने जोगिनुहोस् । हामी जीवनमा जति धेरै कृतज्ञ बन्छौं र हामीसँग जे छैन त्यसलाई छाडेर जे छ त्यसमा आफूलाई केन्द्रित र त्यसको उपयोग गर्छौं त्यति नै धेरै स्वाभाविक प्रगति गर्छौं र सकारात्मक हुन्छौं।
५. गहिरो श्वासप्रश्वास : गहिरो श्वास लिन नबिर्सिनुहोस् । नहतारिनुहोस्, एकैछिन रोकिएर केही सेकेन्ड आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस् र एकपटक लामो, गहिरो श्वास लिनुहोस् । सधैं नियमित यसो गर्दा तपाईंले आफूलाई तनावमुक्त र ऊर्जायुक्त पाउनुहुनेछ । गहिरो श्वास लिँदा शरीरमा पर्याप्त मात्रामा अक्सिजन प्रवाह हुन्छ र तपाईंको शरीर तथा मस्तिष्कले पर्याप्त ऊर्जा पाउँछन्।

अन्डा कति स्वस्थकर ?

–    अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ ।
–    अन्डामा डाएटरी कोलेस्टेरोल उच्च र स्याचुरेटेड फ्याट थोरै मात्रामा पाइन्छ, जुन ब्लड कोलेस्टेरोलका लागि खराब मानिन्छ ।
अन्डा केही कुरामा स्वास्थ्यका लागि फाइदा जनक छ ।
अन्डा पोषणले भरिपूर्ण खाने कुरा हो । यसमा उच्च गुणस्तरको प्रोटिन हुन्छ अर्थात यसमा हाम्रो शरीरका लागि अत्यावश्यक ९ वटा एमिनो एसिड पाइन्छ । 
अन्डामा पाइने यी एमिनो एसिड कृत्रिम रुपमा उत्पादन वा बनाउन सकिँदैन । यी एमिनो एसिड प्राप्त गर्न कुनै न कुनै प्राकृतिक खानेकुरा नै खानुपर्छ । अन्डामा पाइने प्रोटिनले मांसपेशी निर्माण र सुरक्षामा सघाउँछ भने सन्तुष्टि पनि बढाउँछ । यी दुवै कुरा शरीरको तौल नियन्त्रण गर्न महत्वपूर्ण हुन्छन् ।
भिटामिन डी पाइने केही स्रोत मध्ये अन्डा पनि पर्छ । अन्डामा पाइने पोषक तत्व कोलिन (मिटामिन बी का तत्व मध्ये एउटा)ले नवजात शिशुलाई जन्मदा आउन सक्ने खराबीबाट जोगाउन मद्दत गर्छ  ।
यस्तै अन्डामा भिटामिन ए, भिटामिन बी १२, रिबोफ्लविन (बी२) र एन्टिअक्सिडेन्ट सेलेनियमसँगै लुटिन र जियाक्सान्थिन पाइन्छ । लुटिन र जियाक्सान्थिनले आँखालाई स्वस्थ राख्न सघाउँछ ।
अन्डामा पाइने भिटामिन, खनिज जस्ता अधिकांश पोषक तत्व र क्यालोरी (ऊर्जा) यसको पहेंलो भागमा हुन्छ । 

तर के अन्डामा पाइने कोलेस्टरोलका बारे पनि यस्तै भन्न सकिन्छ? अन्डाको पहेंलो भागमा डाएटरी कोलेस्टरोल उच्च मात्रा पाइन्छ । तर सँगै के पनि सत्य हो भने अन्डाको पहेंलो भागमा स्याचुरेटेड फ्याट थोरै मात्रामा भएपनि यसले रगतमा खराब कोलेस्टरोलको मात्रा बढाउँछ ।
हालै गरिएको एउटा अध्ययनमा धेरै अन्डा (दैनिक एउटा) खानु र मुटुसम्बन्धी रोग र मस्तिष्कघातको जोखिमबीच कुनै सम्बन्ध देखिएन । 
सन् २०१६ मा फिनल्यान्डमा एक हजार भन्दा बढी व्यक्ति सामेल अर्को अध्ययनले कोलेस्टेरोल युक्त भोजन वा अन्डाको सम्बन्ध मुटुसम्बन्धी रोगको जोखिम बढ्नुसँग सम्बन्ध नरहेको निष्कर्ष निकालेको थियो । यो अध्ययनमा वंशाणुगत रुपमा डायटरी कोलेस्टरोलको प्रभाव ब्लड कोलेस्टरोलमा देखिएका व्यक्ति समेत सामेल थिए ।
बरु अन्डा पकाउने र खाने तरिकाका साथै अन्डा अरु कुन खाने कुरामा मिसाएर खाइन्छ त्यसले स्वास्थ्यमा असल वा खराब असर पार्न सक्छ । 
एउटा ठूलो पोच अन्डामा ७१ क्यालोरी र २ ग्राम स्याचुरेटेड फ्याट हुन्छ भने पालुंगोमा एउटा अन्डाको पहेंलो भाग मिसाएर बनाएको अमलेटमा करिब करिब यति नै क्यालोरी र स्याचुरेटेड फ्याट हुन्छ । तर बेकन र हलेन्डाइज सस सहितको एग बेनेडिक्टमा भने ८ सय क्यालोरी र २६ ग्राम स्याचुरेटेड फ्याट हुन्छ ।
त्यसैले अन्डा खानुको मजा त लिनुहोस् तर कसरी खानुहन्छ, खाने तरिकामा भने विचार पु¥याउनुहोस् । अन्डा खाँदा अन्य फाइबयुक्त स्वास्थ्यवद्र्धक फलफूल, सागसब्जी र अन्नसँग खानुहोस् ।
@Swasthyakhabar.com

एनसेलले ल्यायो दैनिक फ्री बोनस टक टाइम, डेटा र एसएमएसको अफर

'सबैलाई उपहार हरेक दिन लगातार' अफर
एनसेलका सबै पि्रपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जस अन्र्तगत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउनेछन् ।
यो अफर यहि असार १४ (बुधबार) बाट लागु हुनेछ । एनसेलका ग्राहकले एस्टि्रक्स १७१२४ ह्यास डायल गरी निर्देशन अनुसार अथवा अंग्रजीमा ‘ए’ टाईप गरी १७१२४ मा एसएमएस पठाई यो योजनामा निःशुल्क सहभागी हुन सक्छन् ।

यो योजनामा सहभागिता जनाए पछि ग्राहकले विविध उपहार मध्ये हरेक दिन निश्चित डेटा भोल्युम, बोनस टक टाईम, बोनस एसएमएस लगायतका मध्येबाट कुनै एक उपहार प्राप्त गर्न सक्नेछन् ।
आकर्षक उपहार अन्र्तगत ग्राहकले १०० एमबी, २० एमबी, १० एमबी डेटा, १५ मिनेट बोनस टक टाइम, १५ मिनेट नाइट टक टाईम बोनस, १० मिनेट डे टक टाइम बोनस र २० बोनस एसएमएस लगायतका उपहारहरु मध्य कुनै एक हरेक दिन प्राप्त गर्न सक्नेछन् ।
यसरी प्राप्त उपहार ग्राहकले त्यसै दिन अर्थात रात्री १२ बजेभित्र प्रयोग गरी सक्नुपर्ने छ । रात्री १२ बजे पछि अघिल्लो दिनको बोनस उपहार स्वतः सकिनेछ र ग्राहकहरुले फेरी त्यस दिनको मध्यरात सम्म मान्य हुने उपहार प्राप्त गर्नेछन् । प्राप्त बोनस टक टाइम र एसएमएस एनसेल नेटवर्कमा मात्र लागु हुनेछ ।
“आफ्ना ग्राहकलाई सधै उत्कृष्ट सेवा अनुभव प्रदान गर्नु एनसेलको उच्च प्राथमिकता रहदै आएको छ । यो अफरले ग्राहकलाई आफ्ना पि्रयजनसँग थप सम्पर्कमा रहन संभव बनाउदै लाभ प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
यो योजना सुरु भएको दिन देखि ३० दिन सम्मको लागि रहनेछ र ग्राहकले एक चोटि यो सेवा सुचारु गरे पछि सेवा निष्कृय गर्न मिल्नेछैन ।

नवलपरासीका तीन स्थानीय तहमा कांग्रेस र एकमा एमाले अगाडि

नवलपरासीका तीन नगरपालिका र एक गाउँपालिकामा मतगणना जारी छ । प्रारम्भिक मत परिणामअनुसार दुई नगरपालिका र एक गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । एउटा नगरपालिकामा भने एमाले अगाडि छ । बर्दघाट र सुनवल नगरपालिका तथा सुस्ता गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । रामग्राम नगरपालिकामा भने एमाले अगाडि छ ।

मतगणनाको प्रारम्भिक परिणाम यस्तो छ-
बर्दघाट नगरपालिका
प्रमुख/उपप्रमुख
नेपाली कांग्रेस- ११३/१०७
नेकपा एमाले- १००/९९
राष्ट्रिय जनमुक्ति पार्टी- २१/२४
नेकपा माओवादी केन्द्र- ५/५


सुनवल नगरपालिका
प्रमुख/उपप्रमुख
नेपाली कांग्रेस- ४९०/४०७
नेकपा एमाले- ४०७/४४२


रामग्राम नगरपालिका
प्रमुख/उपप्रमुख
नेकपा एमाले- १०६/९९
नेपाली कांग्रेस- ९८/६७
राप्रपा- ८१/७१
माओवादी केन्द्र- ४३/४८


सुस्ता गाउँपालिका
अध्यक्ष/उपाध्यक्ष
नेपाली कांग्रेस ३४३/३४६
नेकपा एमाले २४७/२१६

गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ ।
मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् ।
छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम्मेदवारले २ सय ३६ मत पाएका छन् । उपप्रमुखले अहिलेसम्म २ सय २९ मत ल्याएका छन् । कांग्रेसका प्रमुख पदका उम्मेदवारले १ सय ४२ प्राप्त पाएका छन् भने उपप्रमुख उम्मेदवारलाई १ सय १२ मत मिलेको छ ।
चन्द्रकोट गाउँपालिकामा माओवादीले लिड गरेको छ । माओवादीका प्रमुख पदका उम्मेदवारले २ सय ६ मतका साथ अग्रता बनाएका हुन् । उपप्रमुखमा पनि माओवादीकै अग्रता छ । कांग्रेसका प्रमुख पदका उम्मेदवारले १ सय ५१ मत प्राप्त गरेका छन् भने उपप्रमुखलाई १ सय ३६ मत मिलेको छ । एमाले प्रमुख उम्मेदवार १ सय ४४ मतका साथ तेस्रो स्थानमा छन् ।
रेसुङ्गा नगरपालिकामा र गुल्मी दरबार गाउँपालिकाको मतगणना भइरहे पनि परिणाम सार्वजनिक भएको छैन । गणना हुन बाँकी स्थानीय तहको गणना केहीबेरमा सुरु गर्ने गरी तयारी भइरहेको छ ।
 @Onlinekhabar

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । परीक्षामा संलग्न सबै उत्तीर्ण भएका छन् ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको  परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।
परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मलेनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।
कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।
यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

करारका कर्मचारीले पनि दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च पाउने

२१ बैशाख, काठमाडौं । सरकारले करारका कर्मचारीहरुलाई दशैं खर्च दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधिउपचार खर्च दिने निर्णय गरेको छ ।

बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद बैठकले पुष्पराम केसी, नारायणबाबू थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।