आठ हजार मिटर भन्दा अग्ला शिखरहरु


१. सगरमाथा 8848 मिटर
२. केटु (गडविन आष्टिन) 8611 मिटर
३. कञ्चनजधां 8586 मिटर
४. ल्होत्से 8516 मिटर
५. मकालु 8463 मिटर
६. चोयु 8201 मिटर
७. धवलागिरी 8167 मिटर
८. मनास्लु 8163 मिटर
९. नङ्गा पर्वत 8125 मिटर
१०. अन्नपुर्ण 8091 मिटर
११. गासेब्रुम प्रथम 8068 मिटर
१२. ब्रोडपिक प्रथम 8047 मिटर
१३. गासेब्रुम द्दितिय 8034 मिटर
१४. सिसा पाङ्मा 8013 मिटर

स्वामी ओम द्धारा विग बोसको घरमा आक्रमण गरेर आगो लगाइदिने धम्की

बिग बोशबाट निकालिएका विवादास्पद पात्र स्वामी ओमले अभिनेता सलमान खानमाथि गम्भीर आरोप लगाएका छन् । हालै आयोजित एक पत्रकार सम्मेलनमा उनले सलमानलाई एड्स लागेको र यही कारणले उनले बिहे नगरेको दावी गरे ।
स्वामीले सलमानविरुद्ध बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उनले यो पनि भनेका छन् कि सलमानको लन्डनमा एक श्रीमती र छोरी छन् जुन कुरा उनले सबैसँग लुकाएका छन् ।
विग बोसविरुद्ध पनि स्वामी ओमले आक्रोश पोखे । उनले विग बोसको घरमा आक्रमण गरेर आगो लगाइदिने धम्कीसमेत दिए । उनले २७ जनवरीमा सलमानको विरुद्ध जुलुस निकाल्ने बताए ।
थुप्रै विवादास्पद अभिव्यक्ति र क्रियाकलापका कारणले स्वामी ओम विग बोसबाट निकालिएका थिए । बिग बोशका सबै सहभागीसँग उनको झगडा परेको थियो । स्वामीले धेरै बोले भनेर दुई हप्ताअगाडि बिग बोसमा सलमानले उनको मुखमा कपडा कोचिदिएका थिए । शोबाट निकालिए पनि उनको बोली बन्द भएको छैन ।
भारतीय सञ्चारमाध्यमले उनका अभिव्यक्तिलाई महत्व दिइरहेका छन् । एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता दिँदै उनले सलमान आइएसआइको एजेन्ट भएको आरोप पनि लगाएका थिए । -एजेन्सी

फेसबुक चलाउनेले थाहा पाउनैपर्छः यी ८ टिप्स

फेसबुकमा साथीहरुसँग सम्पर्क गर्ने, फोटो तथा भिडियोहरु हेर्नुका अलावा अरु धेरै काम गर्न सकिन्छ । यस प्लाटर्फममा तपाइँ समाचार पनि पाउनुहुन्छ र मनोरञ्जक चिजहरु पनि देख्नुहुन्छ । यी सबै कुराका अतिरिक्त फेसबुकमा अरु धेरै चिजहरु पनि गर्न सकिन्छ भन्ने के तपाइँलाई थाहा छ ? फेसबुक चलाउनेले जान्नैपर्ने ८ टिप्स यस्ता छन्:
१. आफ्नो एक्टिभिटी हेर्नुहोस्:
फेसबुक प्रोफाइल पेजमा तपाईं Activity Log हुन्छ, जसमा सबैचिज हुन्छ, जस्तै: तपाइँले गरेको पोष्ट, कमेन्ट, लाइक, लाइफ इभेन्ट्स आदि । यो केवल तपाइँले मात्र हेर्न सक्नुहुन्छ र कुन मितिमा के गर्ने भन्ने कुरा पनि देख्न सक्नुहुन्छ ।
२. गोप्य कुराकानी:
जब तपाइँ फेसबुक मेसेन्जर प्रयोग गर्नुहुन्छ तपाइँ उक्त मेसेज इण्ड टू इण्ड इनक्रिप्ट हुने वा नहुने कुराको छनोट गर्न सक्नुहुन्छ । मेसेन्जरमा यो फिचर अन गरिसकेपछि तपाइँलेSecret Conversation अप्सनमा ट्याप गर्नुहोस् ।
३. अपुताली थाम्ने वारेस:
तपाईंको मृत्युपछि पनि तपाईंको आफ्नो फेसबुक अकाउन्ट एक्टिभ रहन्छ । आफू मरिसकेपछि पनि आफ्नो फेसबुक अकाउन्टको रेखदेख होस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो कुराको पहुँच कसैलाई दिनुपर्ने हुन्छ वा तपाईंले आफ्नो शेषपछिको वारेस कसैलाई तोक्नुपर्ने हुन्छ । यसका लागि फेसबुक एपकोSettings > Security > Legacy contact मा जानुहोस् र कुनै फेसबुक कन्ट्याक्टलाई त्यहाँ एड गर्नुहोस् । तपाइँले त्यहाँ उक्त फेसबुक अकाउन्टवालालाई आफ्नो पूरानो पोष्टहरु सम्पादन गर्ने वा हटाउनेलगायतका कुराको अधिकार पनि दिन सक्नुहुन्छ र सो विषयको जानकारी सम्बन्धित व्यक्तिलाई दिन सक्नुहुन्छ ।
४. एच डी मा अपलोड:
जब तपाईं फेसबुकमा कुनै फोटो वा भिडियो अपलोड गर्नुहुन्छ त्यसलाई स्पेस, डाटा तथा अपलोड स्पीडलाई ध्यानमा राख्दै रिसाइज गरिदिन्छ फेसबुकले । तर यदि आफूको सामग्री एच डी मै रहोस् भन्ने चाहुनुहुन्छ भने Settings > Videos and Photos मा गएर दुबैका लागिUpload HD अप्सन अन गरिदिनुस् ।
५. हेर्नुहोस्, कहाँकहाँबाट लगइन हुनुहुन्छ तपाईंको फेसबुक:
प्राय हामीले विभिन्न डिभाइस तथा ब्राउजरबाट फेसबुक लगइन गर्दछौँ । यदि तपाइँ आफुले अहिलेसम्म कुन कुन ठाउँबाट फेसबुक अकाउन्ट लगइन गरेको रहेछु भन्ने कुरा जान्न चाहनुहुन्छ भने त्यसका लागि Settings> Security > Where You’re Logged In  मा जानुहोस् । त्यहाँ तपाइँले कहाँकहाँ र कुन कुन डिभाइस र लोकेसनबाट फेसबुक लगइन भएको रहेछ भन्ने देख्न सक्नुहुन्छ ।
६. On This Day फिचर:
फेसबुकको एक रोचक फिचर हो On This Day । यसले तपाइँलाई पूराना कुराको याद दिलाउँछ र अघिल्लो वर्ष यहीँ दिनमा के कुरा पोष्ट गरेको रहेछु भन्ने सम्झना गराउँछ । फेसबुक एपले डिफल्ट नै तपाइँको उक्त दिनका विगतका पोष्टहरु देखाइदिन्छ भने वेब ब्राउजरमा गईwww.facebook.com/onthisday af6 बाट पनि यो फिचरactivate गर्न सकिन्छ ।
७. महत्वपूर्ण चिज नछुटुन्:
हुनसक्छ की तपाइँले धेरै पेज तथा अकाउन्ट फलो गर्नुभएको छ । त्यसमा केही महत्वपूर्ण हुन्छन् र केही कम महत्वपूर्ण । फेसबुकले तपाइँलाई सुविधा दिएको हुन्छ आफ्नो प्राथमिकता तय गर्ने र सोही अनुरुप आफ्नो न्यूज फिडमा देखाउने । त्यसका लागिSettings > News “eed Preferences > Prioritise Who to See “irst   मा जानुहोस् र त्यहाँ कुन पोष्ट सुरुमा हेर्न चाहनुहुन्छ छान्नुहोस् ।
८. मेसेन्जर एपभित्रै गेम खेल्नुस्:
फेसबुकले मेसेन्जर एपभित्र पनि केही गेम हालेको छ । कसैसँग मेसेन्जरमा गफ सुरु गर्नुहोस् र २ादअजभकक उबिथ सेन्ड गर्नुहोस् । यो सजिलो खेल भने होइन । यसका साथै बास्केटबल तथा सकर डि्रबल पनि खेल्न सक्नुहुन्छ । त्यसका लागि च्याटमा कसैलाई बास्केटबल तथा सकरको इमोजी पठाएर त्यसमा ट्याप गर्नुहोस् ।

उच्च अदालतमा ८० न्यायाधीशको नाम सिफारिस

काठमाडौँ, पुस २९ गते  । न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले राससलाई जानकारी दिनुभयो ।
सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी (कानुन, न्याय, सरकारी वकिल) का १६, जिल्ला न्यायाधीशबाट ३७ र नेपाल बार एसोसिएसनबाट २७ जना छन् । सिफारिस भएका न्यायाधीशमा न्याय सेवाका विशिष्ट कर्मचारीबाट राजेन्द्र सुवेदी, कृष्ण गिरी, श्रीकान्त पौडेल, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना रहनुभएको छ ।
त्यसैगरी, जिल्ला न्यायाधीश, न्याय र कानुन कर्मचारीबाट बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, बिनोद मोहन भट्टराई, भोलानाथ चौलागाईं, अच्युत बिष्ट, यज्ञराज भट्ट, शेखर पौडेल, बालचन्द्र शर्मा, ईश्वर आचार्य र रामप्रसाद अधिकारी रहनुभएको छ ।
साथै, गोपाल भट्टराई, रामप्रसाद ओली, जगतप्रसाद श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, नारायण पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेरचन्द्र अर्याल, शालिकराम कोइराला, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तप्रसाद डुम्रे, राजेन्द्रप्रसाद खरेल, ठाकुरप्रसाद शर्मा पौडेल र हरिप्रताप रहनुभएको छ ।
त्यसैगरी, कृष्णबहादुर थापा, अच्युतकृष्ण भण्डारी, ऋषि अधिकारी, बलभद्र बास्तोला, टेकनारायण कुँवर, चन्द्रबहादुर सारु, धीरबहादुर चन्द, लेखनाथ पौडेल, बिपुल न्यौपाने, नातिबाबु लामिछाने, डा रवि शर्मा अर्याल र साधुराम सापकोटाको नाम सिफारिस भएको छ ।
कानुन व्यवसायीबाट गणेशप्रसाद बराल, सीताराम मण्डल, सुदर्शनदेव भट्ट, सुवास पौडेल, जनक पाण्डे, बामदेव ज्ञवाली, श्यामजी प्रधान, गोकर्ण डाँगी, बासुदेव आचार्य, सुशीप्रसाद थारू, मुनेन्द्रप्रसाद अवस्थी, मदन पोखरेल र श्यामप्रसाद सापकोटाको नाम सिफारिस भएको छ ।
त्यसैगरी, ध्रुव राजनन्द, दुर्गाबहादुर विश्वकर्मा, टङकप्रसाद गुरुङ, हरिप्रसाद पौडेल, राकेशकुमार निधि, तेजनारायण सिंह राई, बबिता उप्रेती, रामबहादुर थापा, शकुन्तला घिमिरे, नसुरल्लाह अन्सारी, दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको नाम पनि सिफारिस भएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा परिषदका सदस्यहरु वैद्यनाथ उपाध्याय, रामप्रसाद सिटौला, पदमप्रसाद वैदिक र मन्त्री नायकसमेत उपस्थित बैठकले न्यायाधीश नियुक्तिका लागि अन्तिम नामावलीको टुङ्गो लगाएको हो ।
नेपालको संविधानअनुसार परिषदको सिफारिस अनुसार सर्वोच्च अदालतका प्रधान न्यायाधीशले उच्च अदालतका न्यायाधीशको नियुक्ति गर्नुहुने प्रावधान रहेको छ ।
सात प्रदेशमा रहेका उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट गरी ८० जना न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस भएको हो । रासस

हेर्नुहोस् नवनियुक्त न्यायाधीशहरुको सूची⇉


लोकसेवाले माग्यो १ हजार १ सय १२ नायब सुब्बा

लोकसेवा आयोगले निजामती सेवाका विभिन्न समूहमा १ हजार १ सय १२ जना नायब सुब्बाका लागि दरखास्त माग गरेको छ । जसमध्ये ४ सय ५८ जना खुला प्रतिस्पर्धाबाट नियुक्त हुनेछन् । बाँकी भने निजामति सेवाको आन्तरिक प्रतिस्पर्धाबाट छानिनेछन् ।
लोकसेवाले माघ १८ गतेसम्मको म्याद दिएर दरखास्त माग गरेको हो । सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रका लागि १ सय ९८ नासु मागिएको छ । पूर्वाञ्चलका लागि ९१, पश्चिमाञ्चलका लागि ६९, मध्यपश्चिमाञ्चल क्षेत्रीय ५७, सुदूरपश्चिमाञ्चलका लागि ४३ पदमा खुला प्रतिस्पर्धा हुनेछ ।
यसमा आन्तरिक र खुला दुबै गरी प्रशासन सेवाअन्तर्गत आठ सय ९१ जना माग गरिएको छ । जसमा प्रशासन सेवाअन्तर्गत रहेको सामान्य प्रशासन समूहका लागि ५ सय ९२, लेखा समूहका लागि २ सय २२ र राजस्व समूहका लागि ७७ जना नासु पदमा नियुक्त हुनेछन् । अन्य समूहहरुमा पनि नासुका लागि दरखास्त खुलेको छ ।
खुला तथा आन्तरिकतर्फ प्रथम चरणको परीक्षा फागुनमा हुनेछ । दोस्रो चरणको परीक्षा वैशाखमा हुने आयोगले जनाएको छ ।
नायव सुब्बा दरखास्त दिन न्यूनतम शैक्षिक योग्यता प्रबणिता उत्तीर्ण वा सोसरहको नेपाली नागरिक हुनुपर्छ ।