५५१ प्रहरी सहायक निरीक्षक पदमा आवेदन खुल्ला

नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।
आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो ।
दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस-टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् ।
विज्ञापन हेर्नुस् 

राजमार्गमा रिचार्ज कार्डदेखि ड्राइफूडसम्म ठगी

प्रकाश भण्डारी, गैँडाकोट, नवलपरासी 

प्रायः काठमाडौंको यात्रामा निस्किँदा मैलै आफूलाई बाटोमा चाहिने ड्राईफुड बोकेरै हिँड्छु।
 
रामनगरदेखि धादिङ पार नगरुन्जेल रिचार्ज कार्डदेखि हरेक कुरामा चर्को मूल्य तिर्नुपर्छ। खानाको त कुरै छोडौँ, एउटा १ सय रुपैयाँको रिचार्ज कार्ड किन्दा पनि १०५ देखि ११० रुपैयाँसम्म खर्चिनुपर्छ। व्यापारीलाई सोध्दा ‘हाम्रो रेट नै त्यति परेको छ, चाहिने भए लैजानुस् हैन भने जानुस्’ भनेर जवाफ दिन्छन्। 
 
 तर सधैं यात्रुहरु यही तीतो बोलिको बाबजुत पनि किन्न बाध्य छन्। यस्ता ठगीका कार्यलाई नियन्त्रण गर्न राज्य किन पहल गर्दैन ? 
 
मेरो यात्राका क्रममा सल्यान, रोल्पा, रुकुम, सिन्धुपाल्चोक,‍‌‌‍ओखलढुङ्गा, गोरखा, नुवाकोटमा दिनभरी भरिया तथा खच्चरमा बोकाएर व्यापार गर्नेले समेत पाँच दश रुपैयाँको लागि लोभ गरेनन्। 
 
आफैंमा दया जागेर पाँच दश रुपैयाँ दिनुमा निकै आनन्द आउँछ। तर ठग्नेलाई १ रुपैयाँ बढी दिँदा पनि पछुतो लाग्छ। 
 
राजमार्गमा बजार अनुगमन चाडपर्वमा मात्र होईन हरेक क्षण निरीक्षण हुनु जरुरी छ।

सेतोपेाटी मा प्रकाशित मिति: बिहीबार, साउन २७, २०७३ १४:२७:१४

आगरामा ३१७ बाँदरलाई बन्ध्याकरण खोप

केही समय पहिले स्पेनमा बढ्दो परेवाको संख्या नियन्त्रण गर्नका लागि परेवालाई गर्भनिरोधक पिल्स दिन थालिएको खबर आएको थियो । गर्भनिरोधका लागि मान्छेले बन्ध्याकरण गरिदिने जिवमा बाँदर पनि थपिएको छ ।
भारतको आगरामा अहिले झण्डै ८ हजार भन्दा बढि बाँदर छन् । आउँदो ६ वर्षमा बाँदरको संख्या बढेर २ लाख १६ हजार पुग्ने अनुमान गरिएको छ । बाँदरको यस्तो बढ्दो संख्यालाई नियन्त्रण गर्नका लागि आगरामा बाँदरको बन्ध्याकरण सुरु गरिएको छ ।
आगरास्थित एक गैरसरकारी संस्थाले जिल्ला प्रशासन तथा आगरा विकाश प्राधिकरणसँग मिलेर बाँदरको प्रजनन नियन्त्रणका लागि बाँदरलाई गर्भनिरोधक खोप लगाउने अभियान सुरु गरेको हो ।
यो बाँदर बन्ध्याकरण खोप अभियान अन्तरगत अहिलेसम्ममा ५५२ बाँदरलाई पक्रिएर ती मध्ये ३१७ वटा बाँदरलाई खोप लगाइसकिएको छ । एजेन्सी

फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना

गोरखाबाट विरामी लिएर आएको फिस्टेल एयरको हेलिकोप्टर सोमबार नुवाकोटमा दुर्घटना भएको छ ।
फिदिमबाट विरामी लिएर उडेको नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
हेलिकोप्टर नुवाकोटको मदानपुर ९ को जंगलमा दुर्घटना भएको पुष्टि भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताएका छन् ।
उनले भने,  ‘घटनास्थलमा अहिले प्रहरी पुगिसकेको छैन । तर, दुर्घटना भएको भन्ने करिब-करिब पुष्टि भएको छ ।’
@onlinekhabar

गर्भनिरोधक चक्की खानु अघि ध्यान दिनुपर्ने कुरा

महिलामा स्वास्थ्य शिक्षाको अभाव भएर विभिन्न समस्या आउने गरेको कुरा हामी धेरै पहिलेदेखि उठाउँदै आएका छौँ । तर, शिक्षित सहरी महिलाहरु समेत साझा समस्या लिएर अस्पताल धाइरहेका हुन्छन् । गर्भसम्बन्धी, महिनावारीताका पेट दुख्ने, सेतो पानी बग्नेलगायत समस्या धेरैमा साझा देखिन्छ । सबैभन्दा बढी गर्भनिरोधक चक्कीको उपभोग र जथाभावी तथा धेरैपल्ट गर्भपतन गर्दा आएका समस्या बढ्दै गएका छन् । स्वास्थ्यका बारेमा ज्ञान त छ तर अपुरो छ । त्यसले महिलामा विभिन्न समस्या आइरहेका छन् । विशेष गरी आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी बुझाइ अपुरो देखिन्छ । यसले ल्याउने स्वास्थ्य समस्याको समाधानका उपाय खोज्न महिलाहरु अस्पताल धाउँछन् पनि । असुरक्षित सेक्स गरेको ७२ घन्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा महिलाको रजस्वला गडबड हुनुका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ बढेको छ । गर्भपतनले कानुनी मान्यता पाएकाले धेरैपल्ट गर्भपतन गरेर मानसिक रुपमा विक्षिप्त हुने पनि धेरै छन् । सहज उपलब्धताका कारण सहवासपछि आकस्मिक गर्भनिरोधक चक्कीको सहारा लिने युवायुवतीको संख्या सहरमा जति बढ्दो छ, यसको प्रतिप्रभाव (साइड इफेक्ट) भएर वा गर्भ नरोकिएर स्वास्थ्य संस्था आउनेको संख्या पनि त्यत्तिकै छ । आइपिलको प्रयोग वा एबोर्सनबाट स्वास्थ्यमा समस्या ल्याएपछि धेरै महिला हामीकहाँ आइपुग्छन् । अहिलेको पुस्ताले ज्ञान र स्वतन्त्रता पायो तर दुइटै अपुरो भयो ।
 ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्ड–गर्लफ्रेन्ड भएपछि यौन सम्बन्ध राख्दा केही फरक पर्दैन । अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई बेवास्ता गर्दै आएको छ । कतिपय अवस्थामा हेलचेक्य्राइँ पनि देखिएको छ । आकस्मिक गर्भनिरोधक चक्की खाने वा अन्य तरिकाले गर्भपतन गर्नुलाई सहजै लिने डरलाग्दो प्रवृत्ति छ युवाहरूमा । गर्भपतनले शरीरमा गर्ने नोक्सानीबारे सचेत नहुँदा धेरैको स्वास्थ्य जोखिमउन्मुख भइरहेको छ । परिवार नियोजनसम्बन्धी परामर्श, औषधिको मात्रा र खाने विधि, गर्भावस्थाको सामान्य ज्ञान, यसका जटिलताका बारेमा जानकारी लिएर मात्रै आकस्मिक गर्भपतन चक्की सेवन गर्ने वा मेडिकल गर्भपतन गराउन निर्णयमा पुग्नु राम्रो हुन्छ । यसको प्रयोगले कतिपय महिलाको महिनावारी समेत गडबड हुने भएकाले गर्भ रोक्ने कुरामा प्रभावहीन भइदिन सक्छ । आकस्मिक गर्भनिरोधक चक्की लिनुअघि स्वास्थ्य अवस्थाबारे जानकारी लिनु जरुरी छ । लगातार यसको प्रयोगले पछि स्वास्थ्यमा जोखिम बढाउँछ । हर्माेनसँग सम्बन्धित औषधि भएकाले हर्माेनमै गडबड ल्याउन सक्छ । सामान्य शारीरिक प्रक्रियालाई यो औषधिले अनियमित बनाएर गर्भपतन गराउने भएकाले स्वास्थ्यमा जोखिम हुन सक्छ । पटक–पटक शरीरका नियमित  प्रणालीमा बाह्य अवरोध सिर्जना गरिदिँदा मानसिकदेखि शारीरिक स्वास्थ्यसम्म जोखिम आइपर्न सक्छ । यही कारण धेरै सहरी महिलामा मानसिक समस्या आइसकेको छ । यसका प्रयोगकर्ता महिलामा मुटुरोग भएमा वा भएर भल्भ फेरेको भएमा ज्यान नै जोखिममा पर्ने सम्भावना हुन्छ । त्यसैगरी अल्सर, प्रेसर भएमा यसले बढाउने र माइग्रेन समस्या निम्त्याउन सक्ने समेत हुन सक्छ । सन् २००३ देखि नेपालमा गर्भपतन कानुनी छ । यसबारे नेपालका अधिकांश महिलाले थाहा पाएका छैनन् । अविवाहित युवतीले गर्भपतन गर्नु सामाजिक रूपमा गलत ठानिने भएकाले पनि ज्यान जोखिममा राखेर आफूखुसी काउन्टरबाट औषधि किनेर ‘मेडिकल एबोर्सन’ गराउनेहरू बढेका छन् ।
 पटक–पटकको गर्भपतन अझ जोखिमपूर्ण हुन्छ । अनियमित रजस्वला भएका, स्टेरोइड थेरापी लिएका दमका रोगी, जन्डिस भएका, रक्तअल्पता भएका, उच्च रक्तचाप भएका, यौनरोग लागेका, पाठेघरमा संक्रमण भएका, मुटुरोग लागेकाले मेडिकल एबोर्सन गराउन मिल्दैन । तर, असुरक्षित रूपमा गरिने मेडिकल एबोर्सनमा यी कुरा जाँच तथा सोधखोज हुने सम्भावना कम हुन्छ । मेडिकल एबोर्सन होस् वा सर्जिकल, दुवैले शरीरलाई हानि गर्छन् । गर्भपतनलाई नै परिवार नियोजनको साधनजस्तो ठान्नु गम्भीर जोखिम निम्त्याउनु हो । लगातार गर्भपतन गर्नुले बाँझोपन निम्त्याउन सक्छ ।  पाठेघरमा इन्फेक्सन हुने, धेरै ब्लिडिङ हुने खतरा पनि हुन्छ । २५ वर्षको उमेरमै ६÷सात चोटि गर्भपतन गरिसकेको बताउने महिला पनि भेटिएका छन् । उनीहरु आफैँले ‘आफू मानसिक रोगी’ भइसकेको समेत दाबी गरिरहेका हुन्छन् । सन्तान नबसेको भनेर गुनासो गर्न आउनेमध्ये कतिपयको पाठेघरमा क्षति भइसकेको देखिन्छ । धेरै गर्भपतन गराएकै कारण महिनावारी नै नहुने समस्या लिएर पनि थुप्रै महिला आइरहेका छन् । अहिलेका सहरका महिलालाई सबै थाहा छ तर केही थाहा छैन भनेजस्तो देखिन्छ ।

फ्रेस हुने १० उपाय

कहिलेकाँही कुनै घटना परिस्थिति तथा वाध्यता पछि मानिसको मन भौतारिन सक्छ । यस्तो अवस्थामा मन एउटै कुरामा घुमाई रहनुहुँदैन । बरु मन परिवर्तन गर्नुपर्छ, कुनै नराम्रो अनुभव मनमा लिईरहँदा हाम्रो मष्तिष्कमा समेत असर पु¥याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटि हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाई नगर्ने ।
२.   अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।  हामी हाम्रो प्रगति चाहन्छौं, यो राम्रो पक्ष हो । तर हामीमा केही गलत धारणा पनि रहन सक्छ । अर्काले प्रगति गर्दा आफूलाई नकारात्मक मुल्यांकन गर्ने बानी असाध्यै नराम्रो हो । त्यसैले मनलाई ठुलो पार्नुपर्छ, संकिर्ण पार्नु हुदैन । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ, हामीलाई मनोरोग लाग्न सक्छ । हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफूसरहको प्रगतिमा साथ दिनुपर्छ, नकि आफूलाई अबमूल्यन गर्ने होईन ।
३.    पूराना रुढिवादी कुरामा विस्वास गर्नु हुदैन ।  बाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउन हुँदैन,  मन ढुक्क पार्नुपर्छ । किनभने यस्ता कुरामा कुनै सत्यता हुँदैंन । राशिफल हेराउने, भूतप्रेत बोक्सी युगको अन्त्य भइसक्यो । त्यस्तै यस्ता कुरामा चिन्ता लिई समय बरबाद गर्नुहुँदैंन । बरु सफा पानी, ताजा खानेकुरा खाने, राती बाटोमा हिड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छन् । त्यसैले पूराना गलत चलन पनि हटाउनुपर्छ ।
४.    हरेक काममा खुसी, सुखि तथा सन्तुष्ट बन्ने,  दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल । असफल हुँदैंमा हतास हुनुहुँदैन, बरु असफलताको कारण पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ । निराश हुनुहुँदैन । अरुसंग पनि सरसल्लाह लिनुपर्छ । कहिलेकाँही हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर  बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैंन । कतिपय समस्या आफै पनि समाधान भएर जान्छन् । ३, ४ महिनापछि आउने समस्यालाई लिएर पहिल्यै चिन्तित हुनुहुँदैन । बरू देखिएका समस्यालाई एउटा योजना बनाई यो पछि यो गर्छु भनी योजना बनाई अघि बढ्नुपर्छ ।  कतिपय मिडियाले राम्रो कुरालाई पर्दा पछाडि राखी नराम्रो कुरालाई प्रचार गर्छन् जसले गर्दा सर्वसाधारणमा बिग्रियो, भत्कियो, बेकार छ जस्ता भावना आउन सक्छ । तर वास्तविकता त्यस्तो हुँदैन । त्यसैले धेरै टीभी, रेडियो हेर्न सुन्न हुँदैन ।
५.   जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने ।  धेरै मानिस आफू कहाँबाट आएको भन्ने कुरा पनि बिर्सन्छन्, विगतलाई बिर्सन्छन्, वर्तमानमा सन्तोष लिन चाहँदैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधै असन्तोष भईरहन्छन् । विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अवस्थामा आइपुगे  भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । धेरैजसो मानिस ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसले मनमा सन्तोष दिएको हुँदैन त्यसैले हामीले सन्तोष लिन सिक्नुपर्छ ।  तर मिहिनेत गर्न छाड्नु हँुदैन । पूराना असफलता केलाउँदै लक्ष्यमा पुग्नुपर्छ ।
६.    लागुपदार्थ तथा दुव्र्यसनबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकाले यस्ता वस्तुबाट टाढा रहने७.   दैनिक जीवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा ठूलाले सानालाई हेप्ने, आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने,  अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने प्रवृत्ति पनि पाइन्छ । यस्तो प्रवृत्ति आपराधिक मानिन्छ र यसलाई अन्त्य गर्नुपर्छ । समाजमा स्वस्थ  प्रतिस्पर्धा भएमा सबै मानिसले उत्तिकै क्षमता विकास गर्न सहयोग मिल्छ । कसैलाई डर हुदैन, सबैको कल्याण हुन्छ ।
८.  अति नैतिकवान नबन्ने तथा अरूबाट पनि त्यस्तो आशा नगर्ने । समाजमा कोही मानिस अति नै नैतिक हुन्छन्  । यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन् । अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पु¥याउछन् ।  तर समाज त्यस्तो छैन । समाजबाट यस्ता मानिसले धोका पाउँछन् र मन दुखाउन पुग्छन । सोहीकारण मनोरोग लाग्न पुग्छ । त्यसैले हामी केही हदसम्म तलमाथि हुनैपर्छ । केही मानिसलाई आफूले गरेको बाहेक अरूले गरेको काममा चित्त बुझ्दैन । त्यसैले यस्ता मानिस अरूले गरेको काम सच्याउने गर्छन् । यस्तो हुँदा दैनिक जविनमा अप्ठेरो महसुस हुन्छ । त्यसैले केही हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ । समाजमा अति नैतिक भई बाँच्न गाह्रो हुन्छ, त्यसैले आफू पनि परिवर्तन हुनुपर्छ र समाजअनुसार चल्नुपर्छ ।
९. मनका कुरा अरूलाई भन्ने बानी गर्ने    । हामीमा ठुलो समस्या आउँदा पपनि अरूलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलन्छ । हावा भरिएको प्रेसर कुकर झैँ बिस्फोट हुने वा अचानक सिठ्ठी लागेर ठूलो हलचल हुनेजस्तो हामीभित्र पनि हलचल हुन सक्छ । काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौ । आफ्नो मनको वेदना अरूका सामु व्यक्त गर्दा मन शान्त हुन जान्छ ।
१०. पहिले–पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ । मनोरोग भनेको टेन्सन हुनेदेखि कडा रोग सिर्जोफोनियासम्म पर्छ । अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन् । डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हुदैन । त्यसैले आत्तिन हुँदैन । सामान्य मनोरोग लागेका बिरामीले अनावश्यक चिन्ता लिनु हुँदैन ।

दूध खानै पर्नै ८ कारण


१. हाड : दूध र दुग्धजन्य उत्पादन क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।
 
२. दाँत : दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पु¥याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ  । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सडनबाट पनि बचाउँछ ।

 
३. रक्तचाप : अध्ययनहरुले के देखाएका छन् भने दैनिक तीन भाग दुग्धजन्य पदार्थ, ५ भाग फलफुल तथा तरकारी र न्युन नुन खानाले वयस्क तथा बालबालिका दुवैमा उच्च रक्तचाप घटाउँछ । दुधसहित क्याल्सियम, पोटासियम  र प्रोटिन खानाले उच्च रक्तचाप घट्ने बताइन्छ ।

 
४. मुटु : दुध र दुग्धजन्य पदार्थको सेवनले मुटुसबन्धी रोग लाग्ने खतरा पनि घटाउँने एक अध्ययनले देखाएको छ । बेलायतको वेल्समा गरिएको एक अध्ययनले बढी दुध सेवन गर्ने मानिसमा सेवन नगर्नेमा भन्दा हृदयाघातको खतरा कम भएको पाइएको थियो । विज्ञका अनुसार दुधमा पाइने क्याल्सियमको उच्च मात्रा मुटु जोगाउन लाभकारी रहेको पाइएको थियो । उच्च क्याल्सियमले खराब कोलेस्टेरोल हटाउँने र असल कोलेस्टेरोलको मात्रा बढाउँने अध्ययनहरुले देखाएका छन् ।

 
५. मोटोपना : कतिपय मानिसहरु मोटो होइन्छ भनेर दुध पिउने गर्दैनन् । तर, दुध र दुग्धजन्य पदार्थ नियमित सेवन गर्नेहरुको मोटोपनासमेत घट्ने अध्ययनले देखाएको छ । यो क्यालोरी नियन्त्रित गर्ने डाइटको एक भागको रुपमा मानिन्छ ।

 
६. टाइप टु डायबेटिज : अध्ययनहरुका अनुसार नियमित रुपमा कम चिल्लो भएको दुग्धजन्य पदार्थ सेवन गर्नाले टाइप टु डायबेटिजको खतरा कम गर्छ । हालै ३७ हजार वयस्क महिलामा गरिएको अध्ययनले बढी मात्रामा दुध सेवन गर्नेहरुमा डायबेटिजको खतरा कम भएको पाइएको थियो । सन् २००५ मा पुरुषमा गरिएको अध्ययनले पनि यस्तै खालको नतिजा पाइएको थियो ।

 
७. क्यान्सर : नियमित दुधको सेवनले कोलोरेक्टल र स्तन क्यान्सरको खतराबाट बचाउँछ । ४५ हजार स्वीडिसमा पुरुषमा गरिएको अध्ययनले १.५ ग्लास वा त्योभन्दा बढी दुध दैनिक सेवन गर्नेमा हप्तामा दुई गिलासभन्दा कम पिउनेभन्दा क्यान्सरको खतरा ३५ प्रतिशतले कम भएको पाइएको थियो । नर्वेमा ४० हजार महिलमा गरिएको अध्ययनमा पनि स्तन क्यान्सरको खतरा कम भएको पाइएको थियो ।


 
८. हाइड्रेसन :  शरीरमा पानीको मात्रा पुर्याउँन नियमित ६ देखि ८ कप तरल पदार्थ सेवन गर्नुपर्ने हुन्छ । पानीको मात्रा नपुगे स्मरणशक्तिमा ह्रास आउँने र चिडचिडाहट हुने हुन्छ । दुध तरल पदार्थ आपूर्ति गर्ने उपयुक्त स्रोत बन्न सक्छ । यो शरीरलाई आवश्यक तरल पदार्थको स्रोतमात्रै नभई दाँतका लागि पोषक तत्वको समेत भूमिका खेल्छ ।