बाह्रौँ पुस्तकालय दिवस बिरेन्द्र क्याम्पसमा सम्पन्न।


बाह्रौँ पुस्तकालय दिवस बिरेन्द्र क्याम्पसमा सम्पन्न।
भाद्र-१५, प्रकाश भण्डारी
गैँडाकोट

बाह्रौँ राष्ट्रिय पुस्तकालय दिवस आईतबार चितवनमा पनि मनाईएको छ।"पठन संस्कृतिको पूर्वाधार: पुस्तकालयको बिकास र बिस्तार" भन्ने मुल नाराका साथ आईतबार भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसको पुस्तकालय शाखाले एक अन्तक्रिया कार्यक्रम गर्दे सम्पन्न गरेको हो।
पुस्तकालय भनेको ज्ञानको भण्डार हो जहाँ जसले अरुलाई पनि ज्ञान दिन्छ आफु पनि ज्ञान बाट भरिपुर्ण हुन सकोस् भन्ने उद्देश्यले पुस्तकालय दिवस मनाउदै आएको पुस्तकालय शाखा प्रमुख श्री रूद्रबहादुर बोहराले बताउनुभयो। प्रत्येक घर घरमा पुस्तकालय हुनु पर्ने र प्रत्येक घरमा किताब हेर्ने बानीको बिकास हुनु जरूरी रहेको उहाँले प्रष्ट पार्नुभयो।
























लाईब्रेरीमा हाल दर्ता रहेका ४९ हजार र दर्ता नभएका उपहार स्वरूप प्राप्त पाँच हजार पुस्तक रहेका छन्।लाईब्रेरीबाट ३५ दिनका लागी बिद्यार्थीहरूलाई पुस्तक प्रदान गरिने र पुस्तक फिर्ता गर्ने म्याद नाघेको अवस्थामा प्रतिदिन रू. 1 जरिवाना स्वरूप तिर्नुपर्नेछ। पुस्तकका अलावा पुस्तकालयमा दैनिक ३० भन्दा बढी राष्ट्रिय तथा स्थानीय पत्रिकाहरू आउने र साहित्यका पुस्तकहरू पनि उपलब्ध रहेका छन्। पुस्तकालय शाखामा हाल बिहान र दिउसोको शत्रमा ११ जना कर्मचारी कार्यरत रहेको र दक्ष तथा पर्याप्त कर्मचारी नहुँदा ई-लाईब्रेरी सन्चालन गर्न नसकेको पुस्तकालय शाखा प्रमुख बोहराले बताउनुभयो।
38 बर्ष लामो पुस्तकालयको अनुभव संगाल्नुभएका बोहराले पुस्तकालयमा बसेरै पुस्तक पढ्नेको संख्या न्यून रहेको र पुस्तकालयबाट पुस्तक लगी घरमै पढ्नेको संख्या अत्यधिक रहेको छ।पुस्तकालयप्रति सरकार तथा निजी संघ संस्थाहरूले बृद्धि बिकासमा ध्यान नदिँदा पुस्तकालयलाई थप व्यवस्थित रूपमा अगाडि बढाउन नसकिएको गुनासो गर्नुभयो। चितवन जिल्लामा सार्बजनिक पुस्तकालय स्थापना गरी पुस्तकको व्यवस्था गर्न सकेको खण्डमा बिभिन्न संस्थाका भूतपूर्व कर्मचारी, बिद्यार्थी, अन्य समाजसेवी र ईच्छुक पाठकलाई थप व्यवस्थित रूपमा अध्ययनको लागी पुस्तक उपलब्ध गराउन सकिने थियो। जसले गर्दा पाठकहरूको अध्ययनको दायरालाई अझै प्रगाढ गर्न सकिने उहाँले जानकारी दिनुभयो।
पुस्तकालय दिवसको अवसर पारेर बिरेन्द्र बहुमुखी क्याम्पस पुस्तकालय शाखाले भाद्र १५ गते पुस्तकालयबाट सेवा लिने पहिलो पाँच जनालाई डायरी, पेन तथा मुख्य पुस्तकालय सहायक पुष्प अधिकारी अञ्जलीका कृतिहरू उपहार स्वरूप प्रदान गरेको थियो।