How to Protect Pictures Against Copying on Facebook

Facebook makes it easy to share photos on its site by using the photo upload feature. When you add photos, they are organized into albums, each of which may contain as many as 200 photos. Anyone who has viewing privileges for your photos is able to copy them via the "Download" link beneath each photo. To protect your photos from being copied, use the privacy settings feature to stop people from having access. However, keep in mind that you cannot stop anyone you give viewing privileges to from downloading your images.

  • 1. Log into your Facebook account and go to the "Profile" link at the top of any screen.
  • 2. Click on the "Photos" link beneath your profile picture. Choose the "See All Photos" link, located above the top row of your photo albums.
  • 3. Click on the icon just beneath the bottom right corner of an album's cover image that has a small arrow next to it. A privacy options menu will be revealed; this allows you to decide who can see the album.
  • 4. Choose "Friends" from the privacy options menu to stop anyone who is not on your friend list from seeing the album or downloading the photos in it.
  • 5. Choose "Custom" from the privacy options to be even more specific about who can see your albums. If you want all of your friends but a few to have access to an album, choose "Friends" from the "Make this visible to" menu and then enter the name of a friend or friend list in the "Hide this from field" -- you can enter more than one friend in the field. Click "Save Changes" to complete the process.

काजु खानुपर्ने ९ कारण











    
  


थकान हटाउँछ
काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ ।
अनुहार चम्किलो बनाउँछ
काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
दिमाग तेजिलो बनाउँछ
काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।
युरिक एसिड हुन दिँदैन
काजु खानाले शरीरमा युरिक एसिड फर्मेसन हुँदैन । युरिक एसिडको समस्या भएकालाई ड्राइफुड उपयुक्त मानिँदैन । तर, त्यस्ता मानिसले पनि निर्धक्कसँग काजु खान सक्छन् ।
रक्तचाप नियन्त्रण गर्छ
काजुमा सोडियमको मात्रा कम हुन्छ र पोटासियमको मात्रा बढी हुन्छ । त्यसैले काजु खाने गर्नाले रक्तचाप नियन्त्रित अवस्थामा रहन्छ ।
कोलेस्टेरोल घटाउँछ
हरेक बिहान काजु खाने गर्नाले कोलेस्टेरोलको मात्रा नियन्त्रित रहन्छ ।
मुटु बलियो बनाउँछ
काजुमा पाइने ओलिक एसिडले मुटुलाई स्वस्थ र बलियो राख्छ । यसका अतिरिक्त काजुमा पाइने विभिनन तŒवले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् ।
डायबेटिज नियन्त्रण गर्छ
काजु खानाले शरीरमा इन्सुलिनको मात्रा बढ्छ र डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।
पोषण प्रदान गर्छ
काजुमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन, जिंक, म्याग्नेसियम, कपर आदि पाइन्छन् । यिनले हड्डी, दाँत आदिलाइ बलियो बनाउनुका साथै शरीरका सबै प्रणालीलाई चुस्त राख्छन् ।

तनाव हटाउँछन् यी खानेकुरा

केरा
केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने दिनमा दुइटा केरा खाने गर्नुस् ।
स्याउ
स्याउमा फोस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ । 
अमला
तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ ।
जौ
जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ । 
कुरिलो
तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ । 
दूध
दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।
चिसो पानी
तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तŒव उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ । 

उपचार गर्ने पैसा छैन? देशभरका यी ७२ अस्पतालबाट पाइन्छ ८ रोगमा एक लाखसम्मको निःशुल्क उपचार

सरकारले विभिन्न ८ प्रकार कडा रोगको उपचारका लागि ३२ अस्पताललाई स्वीकृति दिएको छ।
मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमिया रोगको उपचारका लागि राजधानीबाहिरका बिरामीलाई नजिकका अस्पतालमा उपचार सेवा पुर्याउन स्वीकृति दिइएको हो। योसँगै अब उपचार गर्न पैसा नभएका बिरामीले देशका ७२ अस्पतालबाट ८ रोगमा एक लाखसम्मको उपचार सेवा पाउने भएका छन्।
स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाले सूचीकृत अस्पतालबाट कडा रोगको उपचारका लागि मिर्गौला बाहेकका अन्य ७ रोगका लागि एक लाख बराबरको उपचार सेवा प्रदान गर्न स्वीकृत दिएको हो। मिर्गौला फेल भएकाहरुले भने प्रत्यारोपणका लागि साढे ५ लाखसम्म र नि:शुल्क डायलाइसिस सेवा पाउँछन्।
महाशाखाको विपन्न नागरिक औषधि उपचार कोष व्यवस्थापन शाखाका सिनियर अहेब प्रकाश घिमिरेले मिर्गौला रोगीका लागि डायलाइसिस निःशुल्क,  मिर्गौला प्रत्यारोपणका लागि ४ लाख र प्रत्यारोपणपछि औषधि उपचारका लागि रु एक लाख उपलब्ध गराउँदै आएको बताए। मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रयोगशाला परीक्षणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउँदै पनि उनले जनाकारी दिए।
त्यसबाहेक  मिर्गौला रोग अन्तर्गत एक्युट रिनल फेलियर (एआरएफ) का बिरामीका लागि एक लाख बराबरको औषधि उपचार खर्च पनि प्रदान गरिँदै आएको छ।
 
तोकिएका अस्पतालमध्ये बाथ मुटुरोगको शल्यक्रियाका लागि बिरामीले सिधै अस्पतालमा पुगेर उपचार सेवा पाउन सक्छन् भने अन्य रोगमा भने कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। बिरामीले यो सहयोग रकम नेपालमा उपचार सम्भव नभएका रोगका लागि विदेश जाँदा पनि पाउनेछन्।
कसरी लिने सहायता?
उपचार सहायताका लागि सबैभन्दा पहिला रोग पहिचान भएपछि डाक्टरको पूर्जी (प्रिस्किप्सन) लगेर गाउँपालिका वा नगरपालिकाबाट विपन्न नागरिक सिफारिसपत्र लिनुपर्छ। सो पत्रका लागि जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिसपत्र लिएर उसले तोकेको अस्पतालबाट उपचार सहायता प्राप्त गर्न सकिन्छ। उपचार आफ्नो घर पायक पर्ने अस्पताल रोजेर गर्न सकिनेछ।
यी हुन् ८ रोगका लागि सूचीकृत ७२ अस्पताल-




पेटको बोसो घटाउने हो ? दैनिक खानुहाेस् यी ५ कुरा


पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ ।  यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् ।
काँक्रो
बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ  । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।
धनियाँको जुस
यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।
एलोभेरा जुस
एलोभेरा जुस  धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ  ।
ग्रिन टी
ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ ।  त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।
अदुवाको रस
प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।
खानपानमा सन्तुलनसँगै नियमित व्यायाम फिट रहने सबैभन्दा उत्तम उपाय हुन् । त्यसकारण यी खानेकुरासहित नियमित व्यायाममा पनि ध्यान  दिनुहाेला ।

इन्स्टाग्राममा महिलाहरूको निर्वस्त्र योगका तस्बिर भाइरल, यस्तो छ कारण [फोटो फिचर]

अहिले सामाजिक सञ्जाल इन्स्टाग्राममा निर्वस्त्र भएर योग गरिरहेका महिलाको तस्बिर अपलोड गर्ने ट्रेन्ड चलेको छ र यस्ता तस्बिर बग्रेल्ति देखा परिरहेका छन् । अचम्भित हुनु पर्दैन, सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो समय सामाजिक सञ्जाल ‘बडी पजेटिभ’ भएकाले यो ट्रेन्ड सुरु भएको हो ।
निकै लोकप्रिय इन्टाग्राममा अकाउन्ट ‘न्युड योग गर्ल’ले यस्ता निर्वस्त्र योग गरिरहेको तस्बिर सामाजिक सञ्जालमा अपलोड गर्न महिलाहरूलाई उत्प्रेरित गरेको हो । यो अकाउन्टले निर्वस्त्र भएर विभिन्न योग आसनहरू गरिरहेकी अज्ञात महिलाका तस्बिरहरूको ‘फोटो फिचर’ नै प्रस्तुत गरेको छ । अमेरिका र युरोपतिर यसरी निर्वस्त्र भएर गरिने योगासनलाई प्राकृतिक योग पनि भन्ने  गरिएको छ ।


यो इन्स्टाग्राम अकाउन्टमा यस्ता निर्वस्त्र योगासनका तस्बिर सन् २०१५ नोभेम्बरदेखि अपलोड  हुन थालेका थिए । यसपछि अकाउन्ट पछ्याउने (फलोअर्स) को संख्या पहिलो महिनामै ३३ हजार पुगेको थियो ।
‘निर्वस्त्र योगासन गरेका तस्बिर रहेका मेरो एकाउन्टले सबै मानिसहरूलाई उनीहरूको शारीरिक सुन्दरता अनुभूति गरुन् र आफ्नो सुन्दर शरीरले अविश्वसनीय कामहरू गर्नसक्छ भनेर विश्वास गर्न प्रेरित गरोस् भन्ने चाहन्छु,’ महिलासम्बन्धी वेभसाइट ‘द कट’सँगको इमेल कुराकानीमा ‘न्युड योगा गर्ल’ले भनेकी छन्, ‘म मानिसहरूलाई योगासन गर्न र आफ्नो शरीरप्रतिको दृष्टिकोण सकारात्मक बनाउन प्रेरित गर्न चाहन्छु ।’





इन्स्टाग्रामको ‘न्युड योगा गर्ल’ अकाउन्ट खासमा एक जना २५ वर्षीया मोडल फोटोग्राफरको हो, जो योगका कठिन आसन गर्छिन् ।
उनी योग गर्दा कहिलेकाहीं जुत्ता वा गहनाबाहेक केही पनि लगाउँदिनन्, तर उनका ती कुनै पनि निर्वस्त्र तस्बिर पटक्कै उत्तेजक र अश्लील छैनन् ।
योगासनका निर्वस्त्र तस्बिर अपलोडयता उनलाई पछ्याउनेहरूको संख्या ६ लाख ६० हजार पुगेको छ । उनको इन्स्टाग्राम अकाउन्ट  ३ल्थ्न्थ्यनब ले सयौं महिलालाई निर्वस्त्र योगासन गरेका आफ्ना तस्बिर अपलोड गर्न उत्प्रेरित गरिरहेको छ । यो ह्यासट्यागबाट पे्ररित भएर  ३ सयभन्दा धेरैले ‘बडी पजिटिभिटी’ मा केन्द्रीत पोस्ट अपलोड गरेका छन् । 

अमेरिकालगायत पश्चिमी देशमा अहिले निकै लोकप्रिय ‘न्युड योग’ले स्वास्थ्यमा कुनै विशेष शारीरिक वा मानसिक फाइदा गर्छ/गर्दैन कुनै अध्ययन वा अनुसन्धान भएको छैन । तर प्राकृतिक स्वरुप (वस्त्रविहीन) र योग दुवैबाट फाइदा हुनेमा कुनै शंका छैन । यहाँनेर कुनै कपडा नलगाई सयन गर्दा हुने स्वास्थ्यसम्बन्धी फाइदाबारे स्मरण गर्नु सान्दर्भिक हुनेछ । र, योग गर्दा स्वास्थ्यमा हुने फाइदाबारे तपाईंहरू आफैं जानकार हुनुहुन्छ ।
@swasthyakhabar

मृत्युपछि शरीरमा के हुन्छ ?

फिल्ममा हामी देख्ने गर्छौं– कसैको मृत्यु भयो भने वरिपरि रहेका मानिसले उसको आँखा सुरुमै बन्द गरिदिन्छन्। आँखा खुला पारेर कसैको प्राण गएको छ भने हामी पनि सुरुमा शवको आँखा बन्द गरिदिनेगर्छौ। यसो किन गरिन्छ?
यसो गर्नुपछाडि कारण छ। मृत्युपछि शरीर चिसिन थाल्छ। शरीर चिसिँदै गएपछि समग्र शरीर कडा हुन्छ। यसको आरम्भ आँखाको ढकनबाट हुन्छ। पहिले आँखाको ढकन कडा हुन्छ र त्यसपछि शरीरका बाँकी भाग कडा हुँदै जान्छन्।
झट्ट हेर्दा मृत्यु भनेको अकस्मात घटिन हुने क्रिया हो जस्तो देखिन्छ। जस्तो कि कसैलाई पानी ख्वाउँदासम्म ऊ जीवित हुन्छ। पानी ख्वाउनासाथ उसको मृत्यु हुन्छ। अर्थात्, केही सेकेन्डमै उसको मृत्यु हुन्छ।
तर, मानिसको अकस्मात मृत्यु हुन्छ र जीवन भनेको स्विच थिचेपछि बत्ती झ्याप्प निभेजस्तै हो भन्ने मान्यता गलत छ। श्वारप्रश्वास रोकिएपछि शरीर क्रमशः मर्दै जान्छ भन्नेमा विज्ञान र अध्यात्म दुवैको मत मिल्छ।
वैज्ञानिक मत
विज्ञानसम्बन्धी विषयमा लेख्दै आएकी राचेल नुवेरको एउटा लेख सन् २०१३ को अगस्टमा बिबिसीको अनलाइन संस्करणमा प्रकाशित भएको थियो, जसमा उनले जीवन र मृत्युको साँधसीमासँग सम्बन्धित विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुको कुरा पनि उल्लेख गरेकी थिइन्।
उनी र लेखमा उनले उदृत गरेका सबै वैज्ञानिकको भनाइ के थियो भने, श्वासप्रश्वास बन्द भएपछि पनि मानिसको मृत्यु भएको हुँदैन। भर्खरै मरेको मानिसको दिमाग पूर्वअवस्थामा आउन नसक्नेगरी ड्यामेज भइसकेको हुँदैन। मानिसको पूर्ण मृत्युका लागि दिमाग पूर्ण रुपमा मर्नुपर्छ। तर, शरीरका थुप्रै अंगको मृत्यु भइसकेपछि अन्त्यतिर मात्रै दिमागको मृत्यु हुने गर्छ।
मुटु धड्किन छोडेको घन्टौँसम्म पनि शरीर बाँचिरहेको हुन्छ। यस्ता केही घटनाबारे लेखमा उनले चर्चा गरेकी छिन्। ‘कार्डिक एरेस्ट’पछि मृत्यु भयो भनी ठानिएका अमेरिकाको फिलाडेल्फियाका एक व्यक्ति र विष सेवनपछि मुटु रोकिएको घन्टौँपछि पुनः जीवित भएकी एउटी जापानी महिलाको कहानीबारे पनि उनले लेखमा उल्लेख गरेकी छिन्। संसारभरि जारी गरिने ९५ प्रतिशत मृत्यु प्रमाणपत्रमा चाहिँ मुटुको धडकन रोकिएको क्षणलाई आधार मानेर मृत्युको क्षण तय गरिन्छ।
सन् २०१५ को मेमा न्युरोबायोलोजिस्ट मोहेब कोस्टान्डीले मृत्युपछि शरीरमा आउने परिवर्तनबारे अनुसन्धानमूलक लेख लेखेका थिए। लेखमा उनले श्वास र मुटुको धड्कन रोकिएपछि शवमा कस्तो परिवर्तन आउँछ भन्नेबारे उल्लेख गरेका थिए।
मृत्यु भएको केही समयपछि शरीर कुहिन सुरु हुन्छ। मुटु धड्किन बन्द भएपछि शरीरका कोषिकाहरुले अक्सिजन पाउँदैनन्। शरीरभित्र हुने रासायनिक प्रतिक्रियाका कारण बन्ने विकारलाई अक्सिजनले निस्क्रिय तुल्याउनेगर्छ। अक्सिजनको अभावमा शरीरभित्र त्यस्ता विकार थुप्रिँदै जान्छन्, जसले गर्दा शरीरको अम्लीयपनमा निरन्तर वृद्धि हुँदै जान्छ।
शरीरभित्र कोषिकाले उत्सर्जन गरेका ‘इन्जायम्स’ले कोषिकाका बाहिरी पत्र ‘मेम्ब्रेरन्स’लाई धमाधम मार्न थाल्छन्। बाहिरी पत्र नस्ट भएपछि कोषिकाहरु पनि मर्न थाल्छन्। प्रायः सबैभन्दा पहिले कलेजोका कोषिका मर्न थाल्छन्। अन्त्यमा दिमागका। किनकि कलेजोमा ‘इन्जायम्स’ प्रचूर मात्रामा हुन्छ। दिमागमा चाहिँ पानीको मात्रा बढी हुन्छ।
कोषिकाको मृत्यु हुन थालेपछि क्रमैसँग शरीरका तन्तु (कोषिकाहरुको समूह) र अंग मर्न थाल्छन्। रक्तबाहिनीहरु फुट्न थाल्छन्। रक्तबाहिनी फुटेपछि ड्यामेज भइसकेका रक्तकोषिकाहरु बाहिर पोखिन्छन्। यसरी पोखिएका रक्तकोषिका ससाना नशा (शिरा) र कोषिकामा जम्न पुग्छन्। यो चरणमा पुगेपछि शवको रङ उड्न थाल्छ। शव पहेँलो र फुङ्ग उडेजस्तो देखिने चरण यही हो।
मृत्युपछि शरीरको तापक्रम झर्न सुरु हुन्छ। शरीरभित्रको ताप सेलाउँदै जान्छ र यो बाहिरी वातावरणले निर्देश गर्ने तापक्रममा आएर अडिन्छ। यति बेला शवलाई छामियो भने चिसो महसुस हुन्छ। त्यसपछि शरीरका अंगहरू कडा हुने क्रम सुरु हुन्छ।
शवमा ताप रहुन्जेल हात, खुट्टालगायत बाहिरी अंग खुम्चिएका छन् भने सिधा पार्न सकिन्छ। जब यो चिसिएर कडा बन्छ, तब यसलाई सिधा पार्न अथवा खुम्चाउन सकिँदैन। चिसो भइसकेको शवको औँला बांगिएको छ भने यसलाई सिधा पार्न सकिँदैन।
शरीरको अंग कडा हुने क्रम सबैभन्दा पहिले आँखाको ढकनबाट सुरु हुन्छ। ढकन कडा भएको केही बेरपछि आँखा भासिन थाल्छ। त्यसपछि जिब्रो र गाला कडा हुन्छ। अनि चिउँडो र घाँटीका मांशपेशी कडा हुन्छन्। घाँटीपछि कम्मरदेखि माथिको भाग कडा हुन्छ। अनि यस्तो कडापन जाँघसम्म फैलिन्छ।
जिउँदो शरीरमा ‘एक्टिन’ र ‘मायोसिन’ नाम गरेका दुई प्रकारका प्रोटिन पाइन्छन्। यी प्रोटिनका कारण मांशपेसीका कोषिकाहरुले फैलिने र साँघुरिने काम गर्छन्। यसले शरीरलाई लचक बनाएको हुन्छ। तर, मृत्युपछि मांशपेसीका कोषिकाहरु यी प्रोटिनबाट वञ्चित हुन्छन् र मांशपेसी कडा बन्छ। जोर्नीले पनि हलचल गर्न पाउँदैन।
हाम्रो शरीरमा असंख्य माइक्रोब्याक्टेरियाले बास गरेका हुन्छन्। मृत्युपछि ती विस्तारित हुन थाल्छन्। सन् २०१४ को अगस्टमा अलबमा विश्वविद्यालयका वैज्ञानिक गुल्नाज जाभानले मृत्युपछि शरीरमा फैलिने ब्याक्टेरियाबारे अनुसन्धान गरेका थिए।
आत्महत्या, हत्या, लागूऔषधको ओभरडोज, सवारी दुर्घटना अदिमा परी ज्यान गुमाएका मानिसको शरीरमा माइक्रोब्याक्टेरियाको अवस्थाबारे उनले अध्ययन गरेका थिए। त्यस्ता शवबाट उनले तन्तुहरूको स्याम्पल लिएका थिए। स्याम्पलको अध्ययनबाट उनले रोचक कुरा पत्ता लगाए।
‘जीवित मानिसको भित्री अंगहरु ब्याक्टेरियामुक्त जस्तै हुन्छन्, किनकि शरीरको रोगप्रतिरोधी क्षमताले उनीहरुलाई भित्री अंगहरुमा छिर्नबाट रोक्ने गर्छ। जब मानिसको मृत्यु हुन्छ, तब उसको रोग प्रतिरोधी क्षमता पनि समाप्त हुन्छ। त्यसपछि ब्याक्टेरियाहरुलाई शरीरभित्रका सबै अंगमा फैलिने मौका मिल्छ,’ न्युरोबायोलोजिस्ट मोहेबले आफ्नो लेखमा जाभानलाई उदृत गरेका छन्।
मृत्युपछि ब्याक्टेरिया सबैभन्दा पहिले नाइटोपछाडि रहने सानो र ठूलो आन्द्रा जोडिएको ठाउँमा फैलिन्छ। अरुबेला ब्याक्टेरिया फैलियो भने एन्टिबायोटिक खाएर मार्ने गरिन्छ। तर, शवलाई एन्बिायोटिक दिइँदैन। त्यसले गर्दा ब्याक्टेरियाले दुबै आन्द्रालाई काम नलाग्नेगरी बिगारिदिन्छ।
त्यसपछि आद्रा वरिपरिका तन्तुहरुलाई नस्ट गर्न थाल्छ। ड्यामेज भएका कोषिकाबाट निस्किने तरल पदार्थले ब्याक्टेरियाहरुलाई थप ऊर्जा प्रदान गर्छ। यसबाट उनीहरु शरीरभित्र थप क्रियाशिल हुन्छन् र शरीरका सबै अंगलाई धमाधम नष्ट गर्न थाल्छन्।
आन्द्राबाट पाचन प्रणालीको महत्वपूर्ण अंग ‘क्यापिलरी’लाई ब्याक्टेरियाले नस्ट गर्छ। त्यसपछि कलेजो र फियो (रक्त संरचना रुपान्तरित गर्ने आमाशयको माथिल्लो भागस्थित कोमल अंग) लाई यसले काम नलाग्ने गराउँछ। फियोपछि मुटु र दिमागमा ब्याक्टेरिया फैलिन पुग्छ।
जाभान र उनको टिमले मृत्यु भएको २० देखि ४० घन्टा भइसकेका विभिन्न शवबाट स्याम्पल झिकेर अध्ययन गर्दा यस्तो निष्कर्ष निस्किएको थियो। अन्त्यतिर ब्याक्टेरियाहरुले प्रजनन् अंगलाई नस्ट गर्छन्।
मृत्युलाई पराजित गर्ने कोसिस पनि वैज्ञानिकहरु लाग्दै आएका छन्। तर, यसमा उनीहरुले सफलता हात पार्न सकेका छैनन्। साथै सफल हुने आशा पनि उनीहरुले गरेका छैनन्। यद्यपि प्रयास चाहिँ जारी राखेका छन्।
मानिसको मृत्यु हुन लाग्दा कोषिका तथा तन्तुहरु कमजोर हुँदै मृत्युतर्फ उन्मुख हुन पुग्छन्। यस्ता कोषिका र तन्तुलाई पुनः जीवन दिन औषधि प्रयोग गर्ने गरिन्छ। कोषहरुको ऊर्जाको स्रोत ‘माइटकान्ड्रिअन’ हो। वैज्ञानिकहरु ऊर्जाको यही स्रोतलाई सक्रिय गराउने औषधि विकास गर्न लागिपरेका छन्। त्यस्तै, कोषिकाहरु मार्ने ‘क्याल्पेन’ नाम गरेको इन्जायममाथि अवरोध सिर्जना गर्ने औषधि विकासका लागि पनि अनुसन्धान भइरहेको छ।
तर, यसमा सबैभन्दा ठूलो समस्या के छ भने शरीरका कोषिका कसरी मर्छन् भन्ने कुराबारे वैज्ञानिकहरुले थोरै मात्र थाहा पाउन सकेका छन्। यसकारण कोषिका मर्ने प्रक्रियालाई रोक्ने विधि विकास गर्न सकिरहेका छैनन्। सायद, कोषिका मर्ने प्रक्रिया थाहा हुँदो हो त यस्तो प्रक्रिया रोक्न सक्ने औषधि बनाउन सकिन्थ्यो।
आध्यात्मिक मत
वैज्ञानिक मतजस्तै आध्यात्मिक मतले पनि शरीर अचानक मर्दैन भन्छ। शरीर क्रमैसँग मर्छ भन्ने पुष्टि गर्न हिन्दू धर्मशास्त्रले प्राणलाई विभिन्न भागमा विभाजित गरेको छ।
भारतीय राज्य तमिलनाडूको कोइमबटोर सहरमा ‘इसा फाउन्डेसन’ नामक संस्था स्थापना गरेर विभिन्न राष्ट्रमा योग र अध्यात्मसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका सद्गुरु जग्गी बासुदेवका अनुसार हिन्दू धर्मशास्त्रले प्राणका पाँच प्रकार ‘सामन’, ‘प्राण’, ‘उदान’, ‘अपान’ र ‘व्यान’बारे चर्चा गरेको छ। डाक्टरले कुनै व्यक्तिलाई मृत घोषणा गरेको २१ देखि २४ मिनेटमा सामनले शरीरलाई छोड्न थाल्छ। सामनले शरीरमा तापक्रम सन्तुलनमा राख्ने भएकाले यसले छोड्दै गर्दा शरीर क्रमशः चिसो हुँदै जान्छ।
मृत्यु भएको ४८ देखि ६४ मिनेटमा प्राणले शरीर त्याग्छ। त्यस्तै मृत्यु भएको ६ देखि १२ घन्टामा उदान शरीरबाट बाहिरिन्छ। उदान मुक्त नभइन्जेल शवमा पुनःजीवन भर्ने तान्त्रिक क्रियाको अभ्यास यदाकदा हुने गरेको उनी बताउँछन्। तर, उदान निस्किसकेपछि यस्तो सम्भावना अत्यन्तै झिनो रहन्छ। मृत्यु भएको ८ देखि १८ घन्टाबीचमा अपान शरीरबाट मुक्त हुन्छ। जीवन जोगाउने मूल तत्वयुक्त प्राण चाहिँ व्यान हो। मृत्यु भएको ११ देखि १४ दिनसम्म व्यान शरीरबाट निरन्तर मुक्त भइरहेको हुन्छ।
उनका अनुसार बुढ्यौलीका कारण सहज मृत्यु भएका मानिसको हकमा मात्र शरीर प्राणमुक्त हुने यो नियम लागू हुन्छ। यस्ता मानिसको जीवन ११ देखि १४ दिनसम्म कुनै न कुनै रुपमा अस्तित्वमा रहन्छ। यस अवधिमा उनीहरुको नङ, दाह्री, कपाल आदि बढिरहन्छ। समाधिस्त गरिएका मानिसको नङ, कपाल आदि बढेको पाइएका विभिन्न प्रमाण छन् पनि। यदि, सक्रिय जीवन बिताइरहेको कुनै मानिसको दुर्घटनामा परेर वा अल्पायुमै मृत्यु भयो भने उसको शवबाट सबै प्रकारका प्राण पूर्णतः मुक्त हुन ४० देखि ९० दिनसम्म लाग्छ।
भारतीय सहर मुम्बईतिर मृत्युपछि शवका दुबै खुट्टाका बुढी औँलालाई एकैठाउँमा बाँध्ने चलन छ। यसो गर्दा शरीरको मूलधरा पनि बाँधिन्छ, जसकारण शरीरबाट मुक्त भइसकेको प्राणले पुनः शरीरभित्र प्रवेश गर्ने प्रयत्न गर्न सक्दैन। मूलधरा लिंग अथवा योनी र गुद्वारबीचको भागमा हुन्छ। यसमार्फत जीवन उत्पत्ति हुने भएकाले यसमा अन्त्यसम्म जीवन रहन्छ।
समग्र शरीर चिसो भइसक्दा पनि मूलधरा चाहिँ तातो नै हुन्छ। र, त्यही मूलधरामार्फत शरीरबाट निस्किँदै गरेका प्राण पुनः शरीरमा प्रवेश गर्न खोज्छन्। दुवै खुट्टा बाँधिदिँदा मूलधरा पनि बाँधिन पुग्छ, जसकारण निस्किएको प्राणले पुनः शरीरमा प्रवेश गर्ने प्रयत्न गर्न सक्दैन। र, निस्किँदै गरेको प्राणले त्यस्तो प्रयत्न नगरेकै राम्रो हो भन्ने आध्यात्मिक मत छ।
धर्मग्रन्थहरुका अनुसार मनिसको मृत्यु भएको आधा घन्टादेखि चार घन्टासम्म उसको दाहसंस्कार गर्नु उत्तम हुन्छ। किनकि शव सामु हुँदा प्रियजनहरुलाई कुनै जादुमयी शक्तिले मृतकलाई पुनर्जीवन दिने पो हो कि भन्ने आस हुन्छ। त्यस्तै, शवबाट निस्किएको प्राणलाई पनि पुनः शरीरमा प्रवेश गर्न पाए हुन्थ्यो भन्ने अभिलासा हुन्छ।
यसका लागि उसले प्रयत्न पनि गरिहन्छ। यस्तोमा दाहसंस्कार गरियो भने आफ्नो प्रियजनको जीवन अब चाहिँ सकियो भन्ने महसुस जीवितहरुलाई हुन्छ। मृतकको प्राणले पनि शरीर नै नरहेपछि अब मैले प्रयत्न गर्नु व्यर्थ छ भन्ने महसुस गर्छ र शान्त रहन्छ। यस्तो शान्ति जीवित र मृतक दुवैका लागि लाभकारी हुने मृत्युसम्बन्धी उल्लेख गर्ने विभिन्न हिन्दू धर्मशास्त्रको मत छ।

जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट

जिल्ला न्यायाधीशको रिक्त दरबन्दीमध्ये अब ८० प्रतिशत पदपूर्ति खुला लिखित प्रतिस्पर्धाबाट हुने भएको छ । न्याय परिषद्ले मङ्गलबार जिल्ला न्यायाधीशको परीक्षासम्बन्धी पाठ्यक्रम पारित गरेको छ । न्यायाधीश नियुक्तिको इतिहासमा पहिलो पटक जिल्ला न्यायाधीशको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुने निश्चित भएको हो ।
न्याय परिषद् सचिव राजन भट्टराईले लिखित परीक्षाको पाठ्यक्रम परिषद्ले पारित गरेको जानकारी दिए । परिषद् सचिव भट्टराईको नेतृत्वमा गठित पाठ्यक्रम समितिले तयार पारेको पाठ्यक्रम परिषद्ले पारित गरेको हो । पाठ्यक्रम कार्यान्वयनमा आएपछि जिल्ला न्यायाधीशमा कानुन व्यवसायीले समेत प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । परिषद्ले जिल्ला न्यायाधीशको परीक्षाको पाठ्यक्रम तयार पारे पनि अन्य विधि तय गर्न भने बाँकी छ ।
रिक्त दरबन्दीमध्ये २० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता र कार्यक्षमताको मूल्याङ्कनको आधारमा नियुक्त गरिनेछ भने बाँकी ८० प्रतिशत खुला प्रतिस्पर्धा बाट नियुक्त हुनेछ । प्रतिस्पर्धाको परीक्षा न्याय सेवा आयोगले लिनेछ । परीक्षाको योग्यताक्रम अनुसार आयोगले जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नेछ ।
रिक्त दरबन्दीको ४० प्रतिशत न्याय सेवाको राजपत्राङ्कित द्वितीय श्रेणीमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट खुला प्रतिस्पर्धा हुनेछ । जसमा कानुन, नयाय तथा सरकारी वकिल समूहका उपसचिव सरहका कर्मचारीले प्रतिस्पर्धा गर्न पाउनेछन् ।
बाँकी ४० प्रतिशत दरबन्दी खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ । जसमा कानुन व्यवसायीले पनि प्रतिस्पर्धा गर्न पाउनेछन् । कम्तीमा आठ वर्ष वकालत गरेका अधिवक्ताले पनि परीक्षामा सामेल हुन पाउनेछन् । यस्तै, कानुनमा स्नातक गरी न्याय सेवाको राजपत्राङ्कित पदमा कम्तीमा आठ वर्ष काम गरेका कर्मचारीले खुला कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् । कानुनको अध्यापन, अन्वेषण वा कानुन वा न्यायसम्बन्धी कुनै क्षेत्रमा निरन्तर आठ वर्ष काम गरेका व्यक्ति पनि जिल्ला न्यायाधीशको खुला प्रतिस्पर्धामा भाग लिन पाउनेछन् ।
अन्तरिम संविधानले नै खुला प्रतिस्पर्धाबाट जिल्ला न्यायाधीशको पदपूर्ति गर्ने व्यवस्था गरे पनि कानुन अभावमा कार्यान्वयन हुन सकेको थिएन । नेपालको संविधानले उक्त व्यवस्थालाई निरन्तरता दिएको छ ।
@Gorkhapatra

यो समयमा बन्द हुँदैछ नारायणगढ-मुग्लिन सडक

नारायणगढ-मुग्लिन सडक खण्ड भएर तपाईं यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने विचार गर्नुस्, एकतर्फी सञ्चालनमा रहेको यो सडक आजदेखि एकहप्तासम्म विभिन्न समयमा बन्द हुँदैछ ।
नारायणगढ-मुग्लिन सडक खण्डकाे स्तराेन्तिकाे कामलार्इ तीव्रता दिन नारायणगढ-मुग्लिन सडक खण्ड निर्माण अायाेजनाले विभिन्न समयमा अावागमन राेक्न लागेकाे हाे ।

चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले आजदेखि एकहप्ता परिक्षण स्वरुप बिहान ७ बजेदेखि ८ः३० बजे, ११ बजेदेखि १२ बजे, १ बजेदेखि २ बजे र ३ बजेदेखि ४ बजेसम्म सडक रोकेर भित्तो काट्न लागिएको जानकारी दिए ।
नारायणगढ-मुग्लिन सडकको १६, २२ र ३३ किलो क्षेत्रमा करिब ७ सय मिटरमा भित्तो काट्ने काम बाँकी छ । यहाँको झन्डै १० किमि क्षेत्रमा भने पहिलो तहको कालोपत्र सकिएको छ । सो सडकको अहिलेसम्म ५८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । स्तराेन्तिकाे काम जारी रहेकाले याे सडककाे सवारी अावागमन प्रभावित हुँदै अाइरहेकाे छ ।

सफल बन्ने उपाय ।

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ ।

अर्काको सफलतामा रमाउने

सामूहिक रोग हो, अर्काको प्रगतिमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततःः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन । अर्काको सफलतामा समेत रमाउने स्वभावको विकास गर्दा आफ्नो सफलताका लागि सोच्ने शक्तिको विकास हुन्छ ।

अरुसँग तुलना नगर्ने

आफ्नो तुलना अर्काे कोहीसँग गर्नुहुँदैन । किनकि जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ । अरुसँग तुलना गर्दा कि त आफू कमजोर भएको महसुुस हुन्छ, कि त बलियो । दुइटै दिमागलाई नयाँ तरिकाले उपयोग गर्ने प्रक्रियाका बाधक हुन् । आफूसँग भएको कुरालाई उच्चतम प्रयोगका लागि सोच्ने बानीका कारण दिमाग सदा विकल्प ठम्याउनेतिर अघि बढ्छ ।

परिवर्तनसँग नडराउने

मान्छे ठीकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । यथास्थितिमै रमाउन वातावरण सिर्जना गर्न थाल्छ । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । परिस्थितिको परिबर्तनलाई अवसरको नयाँ दैलो ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्ये परेका छन् । सफलताको माथिल्लो सिँढीमा उनीहरु नै पुगेका छन् । मान्छेको दिमाग परिवर्तनलाई सदा स्वागत गर्छ । तर, समयसँगै आफूलाई बदल्न चाहन्छ । हामी यथास्थितिमा राख्न खोज्छौँ, जसले गर्दा बुद्धिको विकासमा असर पु¥याउँछ । परिवर्तनसँग डराउने होइन, डटेर सामना गर्ने विचारले दिमाग बढाउँछ ।

एक्लोपन महसुस नगर्ने

धेरै मान्छे अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । गहन कुरा सोच्न खोज्दा समेत एकाग्र हुन सकिदैन । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुसीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताको कारक बन्न सक्छ । त्यसरी रहँदा नयाँ सोच आउने सम्भावना धेरै हुन्छ ।

गल्ती महसुस गर्ने, तनाव नलिने

गल्ती कसले गर्दैन ? जानेर पो गर्नुहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउँछन् । तर, यो बानी राम्रो होइन । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

अर्काको नजरबाट आफूलाई नहेर्ने

धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो यो । अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने प्रायः को बानी हुन्छ । यही गल्तीले मान्छेलाई निरन्तर पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्दैनन् र सबै आफ्ना अनुकूल हुँदैनन् । अरुको नजरमा आफूलाई सही नदेखेकै अवस्थामा आफू गलत नहुन पनि सकिन्छ । त्यसैले सही सुझावलाई ग्रहण गर्ने तर उनीहरुको नजरिया अनुसार आफूलाई मूल्यांकन नगर्ने बानीले दिमागलाई स्वस्थ राख्न मद्दत गर्छ ।
@swasthyakhabar

अधिकृत क्याडेट मा जागिर खुल्यो । बिज्ञापन सहित






































More Information - www.nepalarmy.mil.np

यस कारण टोक्नु हुँदैन नङ?

सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ 
भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ।
तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात कीटाणूमुक्त हुँदैन। त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन्।
करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा कीटाणूमुक्त हुँदैन। तर, यसको कारण पत्ता लगाउन भने करिब ७० वर्षभन्दा बढी समय लाग्यो।
सन् १९७० तिर आएर मात्र हात पूर्णतया कीटाणूमुक्त नहुने कारण पत्ता लाग्यो। वैज्ञानिकहरूले परीक्षणबाट के पत्ता लगाए भने हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलन घट्छ। हाम्रो नङमुनिको ठाउँमा यति धेरै कीटाणू हुन्छन् कि यसलाई कीटाणूको घर भने हुन्छ।
हात धुँदा नङ र औंलाको काप राम्ररी सफा हुँदैन। साथै हात धोएपछि पनि नङ र काप धेरै बेरसम्म सुक्दैन। सुख्खा नहुने र ओसिलो (भिजेको) ठाउँमा ब्याक्टेरियाको अत्यन्त छिटो वृद्धि हुन्छ।
सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना स्वयंसेवक र केही कर्मचारीका हातको नमूना परीक्षण गरियो। परीक्षणमा नङ र औंलाका काप नै त्यस्ता ठाउँ प्रमाणित भए, जहाँ हातका अन्य भागभन्दा बढी ब्याक्टेरिया पाइयो। पूरै हातभरि हजारौं ब्याक्टेरिया भेटिए भने नङमुनि लाखौं ब्याक्टेरिया फेला परे।
हात धुँदा पनि साबुन नङमुनि मुस्किलले पुग्छ र त्यहाँ रगडेर सफा गर्न पनि कठिन छ। यसैकारण नङमुनि ब्याक्टेरिया मजाले वृद्धि भइरहन्छन्। यसमा हामीले पाल्ने लामा नङ र नक्कली नङको पनि ठूलो योगदान रहन्छ। 
सन् १९८९ मा अमेरिकामा त्यहाँका केही नर्सले नङबाट बिरामीलाई हुने हानीबारे लेखेका थिए। यसपछि एउटा अनुसन्धान गरियो। अनुसन्धानमा ५६ जना नक्कली नङ लगाउने नर्स र ५६ जना प्राकृतिक रुपमा नै लामा नङ पालेका नर्सको हातका नमूना लिइयो। परीक्षणमा सक्कलीभन्दा नक्कली नङमुनि बढी ब्याक्टेरिया वृद्धि भइरहेको पाइयो। यसको कारण थियो, नक्कली नङयुक्त हातको सफाइ राम्रोसँग गर्न सकिँदैन।
साथै, नक्कली नङ भएका नर्सहरूले आफ्ना हातका कीटाणू बिरामीलाई सारिरहेका थिए। सन् २००० र २००२ मा गरिएका परीक्षणबाट पनि यस्तै परिणाम आए, जसमा नक्कली नङबाट हुने हानीबारे सचेत गराइएको थियो।
नक्कली नङका तुलनामा पालिस लगाएका प्राकृतिक नङमुनि ब्याक्टेरिया थोरै हुने अनुसन्धानहरूले देखाएका छन्। तर, नङमा लगाएको पालिसमा पर्ने चिरामा भने ब्याक्टेरियाको बास हुनसक्छ। सन् १९९३ मा अमेरिकी राज्य बाल्टिमोरस्थित जोन हप्किन्स इन्स्टिच्युटमा भएको एउटा अनुसन्धानले यस्तो परिणाम देखाएको थियो।
यी अनुसन्धानबाट के प्रस्ट हुन्छ भने स्वस्थ रहन लामो नङ नपाल्नु र सफा राख्नु अत्यन्त आवश्यक छ। यसो गरे हात पूर्णतया कीटाणूमुक्त नभए पनि निकै न्यून हुन्छ। भर्खर पालिस लगाएको नङमुनि थोरै कीटाणू हुन्छन्। तर चार–पाँच दिन वा त्यसभन्दा अघि पालिस लगाएको नङमुनि भने कीटाणूको संख्यामा वृद्धि भइहाल्छ। 
बर्सेनि विश्वभर करिब ३० लाख मानिसको मृत्यु डाइरियाबाट हुने गरेको छ। सरसफाइ विज्ञहरूका अनुसार हात राम्ररी धुने हो भने तीमध्ये १० लाखको जीवन बचाउन सकिन्छ। र, हामीले आफ्ना नङ नपाल्ने र हात सफा राखे अझै धेरै जीवन बचाउन सकिन्छ।
धेरै मानिसको नङ टोक्ने बानी हुन्छ। नङ कीटाणूको भण्डार भन्ने थाहा पाइसकेपछि अझै नङ टोक्नु हुन्छ? 

दाँत बिगार्ने १८ बानी

हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः
बरफ चबाउनु
बरफ/हिउँ प्राकृतिक र सुगर फ्रि भएकाले हामीलाई लाग्छ यो चबाउनु हानिकारक हुँदैन । तर, कडा र जमेका आइस क्युब म¥याङम¥याङ चबाउँदा हाम्रा दाँत चोइटिन÷भाँचिन सक्छन् । यसरी बरफ चबाउँदा दाँतका नरम टिस्युमा असर परेमा दाँत दुख्ने सम्भावना हुन्छ । धेरै तातो वा धेरै चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ । 
माउथ गार्ड नलगाई खेल्नु
तपाईं फुटबल, हकी, क्रिकेट खेल्नुहुन्छ भने ‘माउथ गार्ड’ नलगाई मैदानमा नपस्नुहोस् । प्लास्टिकबाट निर्मित माउथ गार्डले माथिल्लो लहरका दाँतमा चोटपटक लाग्नबाट जोगाउँछ । माउथ गार्ड खेलकुद सामग्री पाइने पसलमा किन्न सकिन्छ अथवा आफूलाई फिट हुने गरी डेन्टिस्टसँग बनाउन पनि सकिन्छ ।
सुत्नुअघि बोतलबाट दूध खुवाउनु
बालबालिकालाई सुत्नुअघि बोतलबाट दूध खुवाउनाले उनीहरूको दाँत बिग्रन्छ । सुत्नुअघि बोतलमा दूध खुवाउँदा दाँत उम्रन थालेदेखि नै बिग्रन सुरु हुन्छ । बोतल मुखमा हालेर सुत्दा मुख दूधले भरिन्छ र रातभर उनीहरूका दाँत ‘सुगर’ (ल्याक्टोज) मा डुब्छन् । जसले दाँतमा किरा लाग्नुका साथै बिग्रन थाल्छन् ।
जिब्रो छेडेर गहना लगाउने
झट्ट हेर्दा फेसनेबल देखिए पनि जिब्रो छेडेर विभिन्न किसिमका गहना लगाउनु दाँतका लागि हानिकारक छ । ओठमा गहना लगाउनु पनि दाँतका लागि हानिकारक छ । जिब्रो वा ओठमा भएका गहना टोकिन सक्ने भएकाले दाँत भाँचिन सक्छ । त्यस्तै ती धातुका गहना ओठ र गिजामा रगडिँदा घाउ हुनसक्छ । घाउमा धातु वा ब्याक्टेरियाको संक्रमण हुनसक्छ । गहना लगाउन छेड्दा कुनै ठूलो नसा पनि छेडिन सक्छ, जसले रक्तस्राव र संक्रमण हुनसक्छ । जिब्रो÷ओठ छेडेर गहना लगाउनुअघि दन्तचिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
दाह्रा किट्नु 
निदाएका बेला दाह्रा किट्दा पनि दाँत चाँडै बिग्रन्छन् । यो समस्या नियन्त्रण गर्न कठिन हुन्छ । दिउँसो कडा÷साह्रो खानेकुरा नखाए दाह्रा किट्ने बानीबाट  हुने दुखाइ र हानि केही घटाउन सकिन्छ । सुत्दा माउथ गार्ड प्रयोग गरेमा पनि दाह्रा किट्दा हुने असर न्यून गर्न सकिन्छ ।
खोकीको औषधि
औषधि पसलमा बेच्नासाथ खोकीको औषधि (कफ ड्रप्स) स्वस्थकर हुन्छन् भन्ने हुँदैन । यस्ता कफ ड्रप्समा चिनी (सुगर)को मात्रा प्रसस्त हुन्छ । त्यसैले यस्ता ड्रप्स खाएपछि नबिर्सिकन कुल्ला गर्नुपर्छ । खोकीका चक्की, क्यान्डी वा ड्रप्स जस्तो स्वरुपमा भए पनि टाँसिने पदार्थ हुन्छ, जुन दाँतमा टाँसिन्छ । यसरी टाँसिने गुलियो पदार्थ सुगरलाई ब्याक्टेरियाले एसिडमा परिणत गर्छ । जसले दाँतको इनामेल खियाउँछ ।
लस्सादार क्यान्डी
गुलियो पदार्थ (सुगर) मिसिएका सबै प्रकारका क्यान्डीले दाँत बिगार्छन् । अझ लस्सादार क्यान्डी दाँतमा घन्टौंसम्म टाँसिन्छ र यसको सुगरबाट ब्याक्टेरियाले बनाउने एसिडले दाँतको इनामेल खियाउँछ । तपाईं क्यान्डी खानुहुन्छ भने बेग्लै खानुभन्दा भोजनका बेला खानु उपयुक्त हुन्छ, किनभने भोजनका बेला मुखमा धेरै ¥याल उत्पादन हुन्छ, जसले दाँतमा अड्केका क्यान्डीका टुक्रा र सुगर भोजनमा लैजान्छ वा दाँत सफा गर्छ ।
सोडायुक्त पेय
सुगर मिसिएका खानेकुरामा क्यान्डी मात्र होइन, सोडा लगायत कोल्ड ड्रिंक्समा ११ चिया चम्चा जति चिनी (सुगर) मिसिएको हुन्छ । सोडामा फोस्फोरिक एसिड र साइट्रिक एसिडसमेत मिसिएको हुन्छ, जसले दाँतको सेतो बाहिरी भाग इनामेल खियाउँछ । ‘डाएट’ भनेर आउने सफ्ट ड्रिंक्समा चिनी नभए पनि कृत्रिम गुलियोका रुपमा अझ बढी एसिड हुन्छ । 
दाँतले बिर्को खोल्ने
सफ्ट ड्रिंक्सका बोतलको बिर्को वा अन्य कुनै प्लास्टिकका प्याकेट दाँतले खोलेको देख्दा सजिलो लागे पनि यो बानीले दाँत भने बिग्रने सम्भावना बढ्छ । दाँतले बिर्को खोल्दा दाँत भाँचिने÷चोइटिने सम्भावना हुन्छ । हाम्रो दाँतको काम बिर्को खोल्ने नभएर, भोजन चपाउने मात्र हो ।
स्पोर्टस ड्रिंक्स
व्यायाम गरिसकेपछि वा खेलिसकेपछि चिसो स्पोर्टस ड्रिंक्सले हामीलाई ताजा महसुस गराउँछ । तर, यस्ता पेयमा चिनी (सुगर)को मात्रा धेरै हुन्छ । सोडा वा क्यान्डीजस्तै सुगरयुक्त स्पोर्टस ड्रिंक्सले दाँतको इनामेलमा एसिड आक्रमण गराउँछ र दाँत बिगार्छ । अझ नियमितजस्तै यस्ता पेय पिउनाले दाँत बिग्रने निश्चितप्रायः छ । त्यसैले व्यायाम गर्दा वा खेल्दा पानी पिउनु नै उपयुक्त हुन्छ ।
फलफूलको रस
फलफूलको रस भिटामिन र एन्टिअक्सिडेन्टले भरिपूर्ण भए पनि दुर्भाग्यवश सुगरको मात्रा धेरै हुन्छ । कुनै–कुनै फलफूलका जुसमा त सोडा वा सफ्ट ड्रिंक्स जत्तिकै परिमाणमा सुगर हुन्छ । जस्तै, सुन्तलाको जुसमा भन्दा सुन्तला स्वादको सोडामा १० ग्राम सुगर धेरै हुन्छ । सामान्यतया फलफूल गुलिया हुन्छन्, त्यसैले सुगर नमिसाएको जुस खानु उपयुक्त हुन्छ । जुसमा अलिकति पानी मिसाएर सुगरलाई ‘डाइल्युट’ गर्न भने सकिन्छ । 
आलु चिप्स 
सुगरबाट मात्र होइन, ब्याक्टेरियाले ‘स्टार्च’युक्त खानेकुरालाई पनि एसिडमा बदल्छ । हामीले खाने आलु चिप्सजस्ता खानेकुराका ससाना टुक्रा दाँतमा रहँदा २० मिनेट वा त्यसभन्दा बढी समयमा एसिडले असर पार्छ । यस्ता स्टार्ची खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ ।
लगातार खाइरहनु
भोजनका बेलाभन्दा अरु बेला कच्याककुचुक केही न केही खानेकुरा (स्न्याक्स) खाइरहँदा थोरै मात्रामा ¥याल निस्कन्छ । यसले खानेकुरा ‘फ्लस’ नहुनुका साथै दाँतमा धेरै बेर खानेकुराका टुक्रा अड्किन्छन् र एसिडले दाँत बिगार्छ । यस्ता स्न्याक्स खाँदा खासगरी सुगर थोरै हुने खानेकुरा छान्नुपर्छ ।
पेन्सिल/कलम टोक्ने 
पढाइमा ध्यान केन्द्रित गरेका बेला कतिपयमा पेन्सिल वा कलम टोक्ने/चबाउने बानी हुन्छ । बरफ चबाएजस्तै यो बानीले पनि दाँत भाँचिन वा टुक्रिन सक्छ । यस्तो बानी भए सुगरलेस गम चबाउनु बेस हुन्छ, यसले मुखमा ¥यालको मात्रा बढाउँछ र दाँत बलियो पार्नुका साथै एसिडबाट जोगाउँछ ।
कफी
लामो समय कफी पिउँदा यसको गाढा रंग र एसिडिटीले दाँत पहेँलो बनाउँछ । कफी पिएर पहेँलिएका दाँत सफा गर्न डेन्टिस्टसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
धूमपान
सिगरेट लगायत सुर्तीजन्य पदार्थको सेवनबाट दाँतमा दाग बस्ने र बिग्रने मात्र नभएर झर्ने र गिजासम्बन्धी रोग लाग्ने हुन सक्छ । सुर्तीजन्य पदार्थको सेवनले मुख, ओठ र जिब्रोको क्यान्सर पनि हुने गर्छ । 
वाइन पिउनु
वाइनमा हुने एसिडले दाँतको इनामेल खियाउँदा हुने ससाना प्वालले दाँतमा दाग बस्ने र कुरुप देखिने हुन्छ । रेड वाइनमा पाइने ‘क्रोमोजेन’ र ‘ट्यानिन’जस्ता ‘पिग्मेन्ट’ले दाँतमा रङ बढी टाँसिन्छ । वाइनको गिलास रित्याएको निकै बेरसम्म पनि रातो रंग भने दाँतमा रहिरहन्छ । सेतो वाइनले पनि इनामेल खियाउनुका साथै कफीले जस्तै दाँतमा दाग लगाउँछ । 
अत्यधिक भोजन
कतिपय मानिस बिहे वा अन्य भोजमा जाँदा अत्याधिक खाने स्वभावका गर्छन् । यसरी खाँदा धेरै मिठाइ पनि खान्छन् । मिठाइमा हुने गुलियो (सुगर) ले दाँत बिगार्छ । त्यसैगरी बान्ता हुँदा पनि त्यसमा निस्कने एसिडले दाँतमा हानि गर्छ र कमजोर बनाउँछ । 
जोर्नीको दुखाइ हटाउन व्यायाम गरौं
नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ ।
जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं । कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन, टुक्रुक्क बस्न वा कार÷ट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ ।
गोलीगाँठा, घुँडा, हिप र काँधका जोर्नीको दुखाइबाट मुक्त नभए पनि दीर्घकालीन रुपमा न्यून गर्न र दैनिक जीवनयापन सहज पार्न  उपयुक्त व्यायाम गर्नु राम्रो उपाय हो । व्यायाम गर्दा जोर्नीको दुखाइ बढेजस्तो लागे पनि यथार्थमा घटिरहेको हुन्छ ।
–    उपयुक्त व्यायामले जोर्नी वरिपरिका टिस्यु र मांसपेशीलाई बलियो पार्नुका साथै लचकता बढाउँछ । उदाहणका लागि तिघ्राको मांसपेशी बलियो भए घुँडालाई भरथेग गर्छ र घुँडामा पर्ने दबाब पनि केही मात्रामा कम हुन्छ ।
–    व्यायामले जोर्नीको कडापन घटाउँछ वा अररो जोर्नीलाई लचकदार बनाउँछ । कडापनले जोर्नी दुख्छ । हाम्रो शरीर गतिशील हुनुपर्छ, किनभने बनावट नै त्यस्तै छ । व्यायाम नगर्दा ‘टेन्डन’, मांसपेशी र लिगामेन्ट छिट्टै जाम हुन्छन् । तर, व्यायाम र शारीरिक सक्रियताले कडापन हटाउँछ र शरीर क्रियाशील हुन्छ ।
–    व्यायामले जोर्नीमा हुने ‘लुब्रिकेन्ट’ (सिनोभियल फ्लुइड) को उत्पादन वृद्धि गर्न सघाउँछ । सिनोभियल फ्लुइडले जोर्नीमा पोषण र अक्सिजन लैजानुका साथै जोर्नी गतिशील हुँदा घर्षण हुन दिँदैन । त्यसैले व्यायामले हाम्रा जोर्नीलाई सुरक्षित पार्ने काम पनि गर्छ । 
–    व्यायामले शरीरमा रहेको दुखाइ कम गर्ने प्राकृतिक तत्वहरूको उत्पादन बढाउन पनि मद्दत गर्छ । व्यायाम नगर्दा शरीर सानातिना दुखाइमा पनि बढी संवेदनशील हुन्छ । व्यायाम गरेको शरीरले सानातिना दुखाइको बेवास्ता गर्छ अर्थात् शरीरलाई यस्ता दुखाइबाट बचाउने प्राकृतिक क्षमता विकास गराउँछ ।
–    व्यायामले शरीरको वजन नियन्त्रण गर्न सघाउँछ । शारीरिक वजन नियन्त्रित भए शरीरको भार थेग्नुपर्ने हिप, घुँडा र गोलीगाँठाजस्ता जोर्नीमा पनि दबाब कम पर्छ ।
तर कस्ता व्यायाम गर्ने भन्नेबारे भने फिजियोथेरापिस्ट वा व्यायाम प्रशिक्षकसँग जानकारी लिएर मात्र गर्नु उपयुक्त हुन्छ ।