साउदीका २६ वटा रोजगारदाता कम्पनी
कालोसूचीमा परेका छन् । एक सय ४५ जना नेपाली कामदार अलपत्र पारेपछि सोमबार
यी कम्पनीलाई वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेको हो ।
अव यी कम्पनीमा नेपाली कामदार पठाउन बन्द
गरिएको छ । वैदेशिक रोजगार विभागले पूर्व स्वीकृति नदिने र यस अघिनै पूर्व
स्वीकृति दिएकाको अन्तीम स्वीकृति रोक्का गर्ने विभागका महानिर्देशक
विश्वराज पाण्डेले जानकारी दिनुभयो ।
कालोसूचीमा पर्ने मध्य लमिक कन्ट्याकटिङ
एण्ड कन्ट्रक्सन कम्पनीमा सबैभन्दा धेरै २० जना नेपाली १० महिनादेखि अलपत्र
परेका छन् । उनीहरुलाई चन्द्रमा ओभरसिज प्रालीले पठाएको हो ।
वैदेशिक रोजगार व्यवसायी संघले पटक पटक
ताकेता गर्दा समेत कामदारको उद्दारमा चासो नदिएको भन्दै यी कम्पनीलाई
कालोसूचीमा राखि कार्वाही गर्न माग गरेको छ ।
विभागलाई पत्र पठाउँदै कामदारको उद्दारका
लागि कुटनीतिक पहल गर्न समेत वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ
। मंसिर १५ गते विभागले संघलाई पत्र पठाउँदै साउदीमा समस्यामा परेका कामदार
र कम्पनीको विवरण मागेको थियो ।
यी हुन कालोसूचीमा पर्ने रोजगारदाता कम्पनी र अलपत्र कामदार
Source - ujyaaloonline news