जाडोमा सुन्दर देखिन यसरी बचाउँनुस् छालालाई

छाला मानव शरीरको सबैभन्दा ठुलो एवम् बाह्य अंग भएकाले यो सुन्दरताको प्रतिबिम्ब पनि हो । त्यसैले छालाको सही हेरचाह नै सुन्दर व्यक्तित्वको रहस्य बन्न सक्छ । जाडो मौसममा छालामा विभिन्न समस्या देखा पर्ने हुँदा स्याहार गर्न अलि गार्हो हुन्छ । शिशिरयाममा रुखो बाहिरी मौसमको प्रत्यक्ष भार छालाले थेग्नुपर्ने हुँदा छालाको नरमपना खोसिन्छ । यो नरमपना आकर्षक मुलायम स्वरुपका लागि जरुरी हुन्छ । 
हातखुट्टा फुट्नु, छाला सुख्खा हुनु, चिलाउँनु, कत्ला बस्नु, ओठ चिरिनु र अनुहारको चाउरी बढ्नु जाडोयामका प्रमुख समस्या हुन् । यसबाहेक छालाको नरम तत्वलाई हानिकारक प्रदुषणयुक्त धुँवा र धुलोका कणबाट पनि पनि बचाव गर्ने हुनाले सुख्खापनाले एलर्जीको समस्या बढ्छ । यो विशेषगरी वृद्ध र बच्चामा बढी हुने गर्छ । जाडोमा पारिलो घाम सबैले रुचाउँछन् । तर, लामो समय घाममा बस्नाले घामको एलर्जी, छालाको बाथ र कत्ले रोग बढ्न सक्छ । घामको किरणका कारण अनुहारमा पोतो आउँन र चाउरीको समस्या बढ्छ । 
यी सबै समस्याका बाबजूद घामले ९५ प्रतिशत भिटामिन डी शरीरलाई प्रदान गर्छ । १५ देखि २० मिनेटसम्म अनुहारको बचाऊ गरेर घाममा बस्नु फाइदाजनक हुन्छ । छाला फुट्ने समस्याका लागि नरम क्रिम र लोशन दिनको चारपटक प्रशस्त मात्रामा लगाउँन सकिन्छ । नरिवल तथा जैतुनको तेलले धेरै सुख्खा छाला हुनेलाई राम्रो गर्छ । नुहाउँनेबित्तिकै पूरै पानी सुक्नुअघि क्रिम लगाउँदा बढी प्रभावकारी असर देखिन्छ । घामबाट बच्न दिनको तीनपटक अनिवार्य रुपले सनस्क्रिन लगाउँन बिर्सनु हुँदैंन । अनुहारको विशेष बचाऊ गर्न प्रशस्त मात्रामा (आधा चम्चा) सनस्क्रिन प्रयोग गर्नुपर्छ । भिटामिन डिका लागि भने अनुहार छोपेर शरीरको अन्य भाग घाममा देखाउँन मिल्छ । यद्यपि घामको एलर्जीका बिरामी भने यसमा चनाखो हुँनैपर्छ । जाडो मौसममा कपाल पनि सुख्खा हुनाले नरिवलको तेल प्रयोग गर्न मिल्छ । तर, तोरीको तेलमा हुने विकारले छाला कालो गराउँछ । तोरीको तेल फोटोसेन्सिटाइजर हुने भएकाले तेल लगाएर घाममा पटक्कै हुँदैंन । यसले लिचेन प्लानस पिग्मेन्टोसस (एलपीपी) रोग निम्त्याउँन सक्छ, जुन सा¥है नै जटिल र उपचारले खासै असर नहुने रोग हो ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post