खाना पकाउँदा के नगर्ने ?

खाना कसरी मीठो बनाउने भनेर असाध्यै धेरै सोचिरहेका हुन्छाँै तर कसरी सफा तरिकाले पकाउने भन्ने कुरामा ध्यान गएको हुँदैन । पानी पखाल्दा र आगामा पकाउँ सब ठिक हुन्छ भन्ने मान्यता हुन्छ । तर, यसले शरीरलाई हानी गरिरहेको हुन्छ बिरामी भएपछि अर्कै कारणले ठान्छौ । कतै भान्साकै हेलचक्र्याइँले त भएको छैन ?

खाना पकाउनुअघि र नपकाएको माछामासु समातेपछि साबुनपानीले हात धुनुहोस् । यसो गर्दा खानामा जीवाणु पस्न पाउँदैन ।

खाना पकाउँदा एप्रोन प्रयोग गर्नुहोस् ।

रुघा लागेको छ अथवा सिंगान बगिरहेको छ भने खाना पकाइरहेको बेला हातले कुनै पनि खानेकुरा नछुनुहोस् ।

मासु काट्न अलग चपिङ बोर्डको व्यवस्था गर्नुहोस् । नपकाएको मासुमा जीवाणु हुन्छन् र एउटै चपिङ बोर्ड प्रयोग भएमा यस्ता जीवाणु चपिङ बोर्डमा काटिने सलाद लगायतमा पस्न पुग्छन् ।

बजारमा पाइने तरकारी र फलफूलमा विषादि बढी प्रयोग हुने भएकाले पकाउनुअघि÷खानुअघि तरकारी र फलफूललाई मनतातो नुनपानीमा दुई घण्टाजति भिजाउनुहोस् । यसरी भिजाएको फलफूल र तरकारी चिसो पानीमा पखालेर काट्नुपर्छ ।

हात ओभानो राख्न भान्छामा राखिने तौलिया दिनदिनै धुनुपर्छ । खासगरी माछामासु समातेको हात पुछ्न प्रयोग गर्ने तौलियालाई तातो पानीमा धुने गर्नुहोस् । यसो गर्नाले तौलियाबाट जीवाणु सर्न पाउँदैन ।

तरकारी, फलफूल र माछामासु ताजा राख्न फ्रिज प्रयोग गरिन्छ । यसरी राखिएका सामग्रीले फ्रिजभित्रै जीवाणुका अवशेष छोड्ने भएकाले फ्रिजलाई सफा गरिरहनुपर्छ । 

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post