करारका कर्मचारीले पनि दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च पाउने

२१ बैशाख, काठमाडौं । सरकारले करारका कर्मचारीहरुलाई दशैं खर्च दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधिउपचार खर्च दिने निर्णय गरेको छ ।

बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २० अरब रुपैंया ऋण लिने प्रस्तावलाई स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद बैठकले पुष्पराम केसी, नारायणबाबू थापा र रामशरण पौडेललाई सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै नेपाली सेनाका विनायक सिंहलाई पाइलट महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बैठकले सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीको संयोजकत्वमा संघीय प्रशासनिक पूनर्संरचना समिति र काशीराज दाहालको नेतृत्वमा सहजीकरण समिति गठन गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post