दाँत बिगार्ने १८ बानी

हाम्रा केही यस्ता बानी हुन्छन्, जुन हामीलाई स्वस्थकर लागे पनि स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । हामीले ख्याल नगरेका हाम्रा केही बानीले दाँत बिगार्न सक्छन्ः
बरफ चबाउनु
बरफ/हिउँ प्राकृतिक र सुगर फ्रि भएकाले हामीलाई लाग्छ यो चबाउनु हानिकारक हुँदैन । तर, कडा र जमेका आइस क्युब म¥याङम¥याङ चबाउँदा हाम्रा दाँत चोइटिन÷भाँचिन सक्छन् । यसरी बरफ चबाउँदा दाँतका नरम टिस्युमा असर परेमा दाँत दुख्ने सम्भावना हुन्छ । धेरै तातो वा धेरै चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ । 
माउथ गार्ड नलगाई खेल्नु
तपाईं फुटबल, हकी, क्रिकेट खेल्नुहुन्छ भने ‘माउथ गार्ड’ नलगाई मैदानमा नपस्नुहोस् । प्लास्टिकबाट निर्मित माउथ गार्डले माथिल्लो लहरका दाँतमा चोटपटक लाग्नबाट जोगाउँछ । माउथ गार्ड खेलकुद सामग्री पाइने पसलमा किन्न सकिन्छ अथवा आफूलाई फिट हुने गरी डेन्टिस्टसँग बनाउन पनि सकिन्छ ।
सुत्नुअघि बोतलबाट दूध खुवाउनु
बालबालिकालाई सुत्नुअघि बोतलबाट दूध खुवाउनाले उनीहरूको दाँत बिग्रन्छ । सुत्नुअघि बोतलमा दूध खुवाउँदा दाँत उम्रन थालेदेखि नै बिग्रन सुरु हुन्छ । बोतल मुखमा हालेर सुत्दा मुख दूधले भरिन्छ र रातभर उनीहरूका दाँत ‘सुगर’ (ल्याक्टोज) मा डुब्छन् । जसले दाँतमा किरा लाग्नुका साथै बिग्रन थाल्छन् ।
जिब्रो छेडेर गहना लगाउने
झट्ट हेर्दा फेसनेबल देखिए पनि जिब्रो छेडेर विभिन्न किसिमका गहना लगाउनु दाँतका लागि हानिकारक छ । ओठमा गहना लगाउनु पनि दाँतका लागि हानिकारक छ । जिब्रो वा ओठमा भएका गहना टोकिन सक्ने भएकाले दाँत भाँचिन सक्छ । त्यस्तै ती धातुका गहना ओठ र गिजामा रगडिँदा घाउ हुनसक्छ । घाउमा धातु वा ब्याक्टेरियाको संक्रमण हुनसक्छ । गहना लगाउन छेड्दा कुनै ठूलो नसा पनि छेडिन सक्छ, जसले रक्तस्राव र संक्रमण हुनसक्छ । जिब्रो÷ओठ छेडेर गहना लगाउनुअघि दन्तचिकित्सकसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
दाह्रा किट्नु 
निदाएका बेला दाह्रा किट्दा पनि दाँत चाँडै बिग्रन्छन् । यो समस्या नियन्त्रण गर्न कठिन हुन्छ । दिउँसो कडा÷साह्रो खानेकुरा नखाए दाह्रा किट्ने बानीबाट  हुने दुखाइ र हानि केही घटाउन सकिन्छ । सुत्दा माउथ गार्ड प्रयोग गरेमा पनि दाह्रा किट्दा हुने असर न्यून गर्न सकिन्छ ।
खोकीको औषधि
औषधि पसलमा बेच्नासाथ खोकीको औषधि (कफ ड्रप्स) स्वस्थकर हुन्छन् भन्ने हुँदैन । यस्ता कफ ड्रप्समा चिनी (सुगर)को मात्रा प्रसस्त हुन्छ । त्यसैले यस्ता ड्रप्स खाएपछि नबिर्सिकन कुल्ला गर्नुपर्छ । खोकीका चक्की, क्यान्डी वा ड्रप्स जस्तो स्वरुपमा भए पनि टाँसिने पदार्थ हुन्छ, जुन दाँतमा टाँसिन्छ । यसरी टाँसिने गुलियो पदार्थ सुगरलाई ब्याक्टेरियाले एसिडमा परिणत गर्छ । जसले दाँतको इनामेल खियाउँछ ।
लस्सादार क्यान्डी
गुलियो पदार्थ (सुगर) मिसिएका सबै प्रकारका क्यान्डीले दाँत बिगार्छन् । अझ लस्सादार क्यान्डी दाँतमा घन्टौंसम्म टाँसिन्छ र यसको सुगरबाट ब्याक्टेरियाले बनाउने एसिडले दाँतको इनामेल खियाउँछ । तपाईं क्यान्डी खानुहुन्छ भने बेग्लै खानुभन्दा भोजनका बेला खानु उपयुक्त हुन्छ, किनभने भोजनका बेला मुखमा धेरै ¥याल उत्पादन हुन्छ, जसले दाँतमा अड्केका क्यान्डीका टुक्रा र सुगर भोजनमा लैजान्छ वा दाँत सफा गर्छ ।
सोडायुक्त पेय
सुगर मिसिएका खानेकुरामा क्यान्डी मात्र होइन, सोडा लगायत कोल्ड ड्रिंक्समा ११ चिया चम्चा जति चिनी (सुगर) मिसिएको हुन्छ । सोडामा फोस्फोरिक एसिड र साइट्रिक एसिडसमेत मिसिएको हुन्छ, जसले दाँतको सेतो बाहिरी भाग इनामेल खियाउँछ । ‘डाएट’ भनेर आउने सफ्ट ड्रिंक्समा चिनी नभए पनि कृत्रिम गुलियोका रुपमा अझ बढी एसिड हुन्छ । 
दाँतले बिर्को खोल्ने
सफ्ट ड्रिंक्सका बोतलको बिर्को वा अन्य कुनै प्लास्टिकका प्याकेट दाँतले खोलेको देख्दा सजिलो लागे पनि यो बानीले दाँत भने बिग्रने सम्भावना बढ्छ । दाँतले बिर्को खोल्दा दाँत भाँचिने÷चोइटिने सम्भावना हुन्छ । हाम्रो दाँतको काम बिर्को खोल्ने नभएर, भोजन चपाउने मात्र हो ।
स्पोर्टस ड्रिंक्स
व्यायाम गरिसकेपछि वा खेलिसकेपछि चिसो स्पोर्टस ड्रिंक्सले हामीलाई ताजा महसुस गराउँछ । तर, यस्ता पेयमा चिनी (सुगर)को मात्रा धेरै हुन्छ । सोडा वा क्यान्डीजस्तै सुगरयुक्त स्पोर्टस ड्रिंक्सले दाँतको इनामेलमा एसिड आक्रमण गराउँछ र दाँत बिगार्छ । अझ नियमितजस्तै यस्ता पेय पिउनाले दाँत बिग्रने निश्चितप्रायः छ । त्यसैले व्यायाम गर्दा वा खेल्दा पानी पिउनु नै उपयुक्त हुन्छ ।
फलफूलको रस
फलफूलको रस भिटामिन र एन्टिअक्सिडेन्टले भरिपूर्ण भए पनि दुर्भाग्यवश सुगरको मात्रा धेरै हुन्छ । कुनै–कुनै फलफूलका जुसमा त सोडा वा सफ्ट ड्रिंक्स जत्तिकै परिमाणमा सुगर हुन्छ । जस्तै, सुन्तलाको जुसमा भन्दा सुन्तला स्वादको सोडामा १० ग्राम सुगर धेरै हुन्छ । सामान्यतया फलफूल गुलिया हुन्छन्, त्यसैले सुगर नमिसाएको जुस खानु उपयुक्त हुन्छ । जुसमा अलिकति पानी मिसाएर सुगरलाई ‘डाइल्युट’ गर्न भने सकिन्छ । 
आलु चिप्स 
सुगरबाट मात्र होइन, ब्याक्टेरियाले ‘स्टार्च’युक्त खानेकुरालाई पनि एसिडमा बदल्छ । हामीले खाने आलु चिप्सजस्ता खानेकुराका ससाना टुक्रा दाँतमा रहँदा २० मिनेट वा त्यसभन्दा बढी समयमा एसिडले असर पार्छ । यस्ता स्टार्ची खानेकुरा खाएपछि मुख कुल्ला गर्नुपर्छ ।
लगातार खाइरहनु
भोजनका बेलाभन्दा अरु बेला कच्याककुचुक केही न केही खानेकुरा (स्न्याक्स) खाइरहँदा थोरै मात्रामा ¥याल निस्कन्छ । यसले खानेकुरा ‘फ्लस’ नहुनुका साथै दाँतमा धेरै बेर खानेकुराका टुक्रा अड्किन्छन् र एसिडले दाँत बिगार्छ । यस्ता स्न्याक्स खाँदा खासगरी सुगर थोरै हुने खानेकुरा छान्नुपर्छ ।
पेन्सिल/कलम टोक्ने 
पढाइमा ध्यान केन्द्रित गरेका बेला कतिपयमा पेन्सिल वा कलम टोक्ने/चबाउने बानी हुन्छ । बरफ चबाएजस्तै यो बानीले पनि दाँत भाँचिन वा टुक्रिन सक्छ । यस्तो बानी भए सुगरलेस गम चबाउनु बेस हुन्छ, यसले मुखमा ¥यालको मात्रा बढाउँछ र दाँत बलियो पार्नुका साथै एसिडबाट जोगाउँछ ।
कफी
लामो समय कफी पिउँदा यसको गाढा रंग र एसिडिटीले दाँत पहेँलो बनाउँछ । कफी पिएर पहेँलिएका दाँत सफा गर्न डेन्टिस्टसँग सल्लाह गर्नु उपयुक्त हुन्छ ।
धूमपान
सिगरेट लगायत सुर्तीजन्य पदार्थको सेवनबाट दाँतमा दाग बस्ने र बिग्रने मात्र नभएर झर्ने र गिजासम्बन्धी रोग लाग्ने हुन सक्छ । सुर्तीजन्य पदार्थको सेवनले मुख, ओठ र जिब्रोको क्यान्सर पनि हुने गर्छ । 
वाइन पिउनु
वाइनमा हुने एसिडले दाँतको इनामेल खियाउँदा हुने ससाना प्वालले दाँतमा दाग बस्ने र कुरुप देखिने हुन्छ । रेड वाइनमा पाइने ‘क्रोमोजेन’ र ‘ट्यानिन’जस्ता ‘पिग्मेन्ट’ले दाँतमा रङ बढी टाँसिन्छ । वाइनको गिलास रित्याएको निकै बेरसम्म पनि रातो रंग भने दाँतमा रहिरहन्छ । सेतो वाइनले पनि इनामेल खियाउनुका साथै कफीले जस्तै दाँतमा दाग लगाउँछ । 
अत्यधिक भोजन
कतिपय मानिस बिहे वा अन्य भोजमा जाँदा अत्याधिक खाने स्वभावका गर्छन् । यसरी खाँदा धेरै मिठाइ पनि खान्छन् । मिठाइमा हुने गुलियो (सुगर) ले दाँत बिगार्छ । त्यसैगरी बान्ता हुँदा पनि त्यसमा निस्कने एसिडले दाँतमा हानि गर्छ र कमजोर बनाउँछ । 
जोर्नीको दुखाइ हटाउन व्यायाम गरौं
नियमित व्यायामले गोलीगाँठा, घुँडा, हिप, काँध र गर्धनको दुखाइ घटाउन सघाउँछ ।
जोर्नीको दुखाइले नियमित दिनचर्या नै प्रभावित हुन्छ र हामी फूलबारी स्याहार्ने, फुटबल खेल्ने, जगिङ गर्ने जस्ता ससाना कुराको आनन्द लिनबाट वञ्चित हुन्छौं । कहिलेकाहीँ त स्थिति यति धेरै खराब हुन्छ कि हामीलाई सिँढी उक्लन/उत्रिन, टुक्रुक्क बस्न वा कार÷ट्याक्सीभित्र पस्न समेत कठिन हुन्छ ।
गोलीगाँठा, घुँडा, हिप र काँधका जोर्नीको दुखाइबाट मुक्त नभए पनि दीर्घकालीन रुपमा न्यून गर्न र दैनिक जीवनयापन सहज पार्न  उपयुक्त व्यायाम गर्नु राम्रो उपाय हो । व्यायाम गर्दा जोर्नीको दुखाइ बढेजस्तो लागे पनि यथार्थमा घटिरहेको हुन्छ ।
–    उपयुक्त व्यायामले जोर्नी वरिपरिका टिस्यु र मांसपेशीलाई बलियो पार्नुका साथै लचकता बढाउँछ । उदाहणका लागि तिघ्राको मांसपेशी बलियो भए घुँडालाई भरथेग गर्छ र घुँडामा पर्ने दबाब पनि केही मात्रामा कम हुन्छ ।
–    व्यायामले जोर्नीको कडापन घटाउँछ वा अररो जोर्नीलाई लचकदार बनाउँछ । कडापनले जोर्नी दुख्छ । हाम्रो शरीर गतिशील हुनुपर्छ, किनभने बनावट नै त्यस्तै छ । व्यायाम नगर्दा ‘टेन्डन’, मांसपेशी र लिगामेन्ट छिट्टै जाम हुन्छन् । तर, व्यायाम र शारीरिक सक्रियताले कडापन हटाउँछ र शरीर क्रियाशील हुन्छ ।
–    व्यायामले जोर्नीमा हुने ‘लुब्रिकेन्ट’ (सिनोभियल फ्लुइड) को उत्पादन वृद्धि गर्न सघाउँछ । सिनोभियल फ्लुइडले जोर्नीमा पोषण र अक्सिजन लैजानुका साथै जोर्नी गतिशील हुँदा घर्षण हुन दिँदैन । त्यसैले व्यायामले हाम्रा जोर्नीलाई सुरक्षित पार्ने काम पनि गर्छ । 
–    व्यायामले शरीरमा रहेको दुखाइ कम गर्ने प्राकृतिक तत्वहरूको उत्पादन बढाउन पनि मद्दत गर्छ । व्यायाम नगर्दा शरीर सानातिना दुखाइमा पनि बढी संवेदनशील हुन्छ । व्यायाम गरेको शरीरले सानातिना दुखाइको बेवास्ता गर्छ अर्थात् शरीरलाई यस्ता दुखाइबाट बचाउने प्राकृतिक क्षमता विकास गराउँछ ।
–    व्यायामले शरीरको वजन नियन्त्रण गर्न सघाउँछ । शारीरिक वजन नियन्त्रित भए शरीरको भार थेग्नुपर्ने हिप, घुँडा र गोलीगाँठाजस्ता जोर्नीमा पनि दबाब कम पर्छ ।
तर कस्ता व्यायाम गर्ने भन्नेबारे भने फिजियोथेरापिस्ट वा व्यायाम प्रशिक्षकसँग जानकारी लिएर मात्र गर्नु उपयुक्त हुन्छ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post