चरालाई चुरोट पिलाउँदा पर्‍यो आपत

आफ्नो मनोरञ्जनका लागि मानिस यो हदसम्म पनि जान सक्दछ भन्ने कुरा सायद कसैले सोचका होलान् । रुसमा बस्ने १८ वर्षका भिक्टर एवदिवले ख्याल–ख्यालमा एउटा चरालाई चुरोट पिलाइदिए । उनको यो कृत्य तब खुलासा भयो, जब चुरोट पिइरहेको उक्त चराको तस्वीर सोसल मिडियामा भाइरल बन्यो ।
वास्तवमा भिक्टर आफ्नो कारमा चढेर घर गइरहेका थिए । उनले बाटोमा एकठाउँ गाडी रोके । अकस्मात गाडीको झ्यालबाट एउटा चरा उड्दै गाडीभित्र छिर्यो । भिक्टरले झ्याल बन्द गरे र चरालाई बाहिर निस्किन दिएनन् ।
केहीबेरपछि उनले एउटा खिल्ली चुरोट सल्काए र उक्त खिल्ली चराको मुखमा झोसिदिए । यसरी उक्त चराले मुखमा चुरोटको खिल्ली चेपिरहेको वा चुरोट पिइरहेको अवस्थाको फोटो पनि खिचे उनले । त्यो जब उनले सोसल मिडियामा पोष्ट गरे तब त्यो फोटो भाइरल बन्यो ।
जनावर अधिकारकर्मीहरुले त्यसको घनघोर विरोध गरे । अहिले उक्त घटनामाथि सरकारी अधिकारीहरुले जाँच गरिरहेका छन् । यदि यस मामिलामा भिक्टर दोषी ठहर भएमा उनीमाथि १ वर्षको जेल वा १ लाख रुपैयाँ बराबरको रकम जरिवाना हुनेछ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post