चुनावको भविष्यवाणी गल्ती भएपछि लेखकले चपाए आफ्नै किताब




कुनै पनि कुराको भविष्यवाणी गर्नु यतिसम्म महंगो हुँदोरहेछ ! बेलायतमा केही दिन अघिसम्म चुनावको माहोल थियो । त्यसक्रममा एकजना लेखकले चुनावी नतिजाको बारेमा खुबै जान्ने भएर भविष्यवाणी गरे । तर, उनको भविष्यवाणी चुनावी नतिजाले गलत सावित गरिदियो ।
८ जूनमा बेलायतमा भएको आम चुनावमा लेबर पार्टीले जित हासिल गरेसँगै लेख म्याथ्यू गुडविन सकसमा परे । उनले २८ जूनमा एक ट्विट गर्दै लेबर पार्टीले ३८ प्रतिशतभन्दा धेरै मत नपाउने भविष्यवाणी गरेका थिए । यदि आफ्नो भविष्यवाणी गलत भएमा आफ्नो नयाँ पुस्तक ‘ब्रेक्जिट’ चपाउने उनले बाचा गरेका थिए । लेबर पार्टीले ४०.३ प्रतिशत मतसहित जित हात पारेपछि गुडविनको बाचा धेरैले सम्झिए ।
लेबर पार्टीका कार्यकर्ताहरुले सोसल मिडियामा गुडविनलाई ट्रोल गर्न सुरु गरे । अन्ततः लेखकले आफ्नो बाचा पूरा गर्न बाध्य हुनुपर्यो । उनले १० जूनमा एउटा अर्को ट्विट गर्दै भने – लेबर पार्टीले जित्यो र म गलत सावित भएँ । अब मैले टेलिभिजन लाइभमा आफ्नो किताब खानेछु ।
त्यसपछि उनी स्काई च्यानल टेलिभिजनमा गए, आफ्नो किताब लिएर । टेलिभिजनमा चलिरहेको चुनावी बहसको ‘लाइभ शो’ मै उनले आफ्नो किताबका पन्ना च्याते र चपाए ।
केन्ट विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक गुडविनले बाचा पूरा गर्दै आफ्नै किताब चपाएको सन्दर्भमा टेलिभिजन कार्यक्रम सञ्चालकले उनको प्रशंसा गरे ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post