डिप्रेसनबाट जोगिने ६ तरिका

काममा सक्रियः धेरैमा डिप्रेसनको साझा कारण पर्याप्त रुची वा गतिबिधिको अभाव हो । जतिखेर पनि दिक्क मान्ने गर्नाले डिप्रेसन बढ्दै जान्छ । शारिरक स्वास्थ्य जस्तै मानसिक स्वास्थ्यमा पनि रुची बढाउनु र विभिन्न गतिविधिमा संलग्न हुनु निकै महत्वपूर्ण हुन्छ । यसले आत्मसम्मान र खुशी प्रदान गर्छ । हरेक कुरामा रुची राख्दा सन्तुष्टि र आफ्नोे बारेमा राम्रो महशुस गर्न सहगोग गर्छ । यसले समस्या र नकरात्मक सोचबाट दिमागलाई टाढा भगाउछ । रुची बढाउने केही तरिका पनि छन् । जस्तै घरको सामान्य काममा व्यस्तहुने, बिरामी वा बुढो मानिसलाई भेटेर उनीहरुका समस्या बुझ्ने वा करेसाबारीमा गएर तरकारी गोडमेल गर्ने इत्यादि डिप्रेसन घटाउने सहज तरिका हुन सक्छन् ।
सकरात्मक सोचः डिप्रेसनमा नकरात्मक सोच हाबी भइरहेको हुन्छ । निराश मानिसहरुले आफ्ना उपलब्धी, क्षमता र गुणहरुलाई बिस्तारै कम गर्दै लैजान्छन् । खुशी मानिसहरुले पनि निराश हुने मानिसलेझै असफलता, निराश, अस्वीकारोक्ति, नकरात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन् । तर, पीडालाई सहर्ष स्वीकारेर उनीहरुले सकरात्मक सोच राख्छन् । उनीहरुले यसलाई जीवनको सामान्य अंशको रुपमा लिन्छन् । यसले उनीहरुलाई अझै बढी खुसी बनाउनुका साथै आफ्ना सामाजिक जीवनलाई अझै बढी सुधार्छ । पीडाको समयमा खुशीसाथ बाँच्नु एउटा साहसिक छनौट पनि हो ।
समस्यको पहिचानः सर्वप्रथम आफूलाई आइपरेको समस्याको पहिचान गर्न जरुरी छ । बढी उत्तेजित हुनबाट बच्न स–सना उपायको पहिचान गर्नुपर्छ ।समस्या समाधानको लागि साथी, परिवार, र अन्य सहयोगी समूहको मद्दत लिनपर्छ । जीवनमा किन पीडादायी वा नकरात्मक अवस्था आयो भन्ने विषयमा मनन गर्नुपर्छ । केही निराश मानिसहरुले सम्भाव्य सबै समाधानलाई इन्कार गर्छन् । हरेक कुरा अस्वीकार्य, नरमाइलो र काम लाग्ने हुनको कारण पत्ता लगाउन जरुरी छ ।
खराब स्वभाव रोक्नेः गुनासो गर्दा, रुँदा, निराश अनुभवबारे बोल्दा वा समस्याबारे छलफल गर्दा सम्भवत साथीहरुले सहानूभूति दिन्छन् र मायालु देखिन्छन् । यी माया वा दयाले कतै निराशा कायम राख्न सहयोग त गरेका छैनन् । आफ्नाअघि जस्तासुकै देखिएपछि  बाहिर कि हेप्ने वा कुरा काट्ने गर्न सक्छन् ।  आफ्ना कमजोरी आफ्नै नजिकको बाहेकलाई सकभर अरुलाई सुनाउनु हुदैन । यसले अरुलाई हेप्ने अवसर दिन सक्छ । यसको अर्थ समस्या गुम्साएर राख्नु भने होइन ।
भएकोमा सन्तुष्टः आफ्नो आशा वा जीवनका प्राथमिकताबारे पुनः परीक्षण गर्नपर्छ । निराश मानिस निश्चित विषयहरु जस्तै विशेष प्रेमी, भौतिक सम्पत्ति, मनग्य तलब इत्यादिमा चिन्ता गर्छन् । नभएको कुरामा चिन्ता मात्र लिने होइन, आफूसँग भएकोमा सन्तुष्ट हुने गर्नुपर्छ।  
सोच परिवर्तनः खास त खराब स्वभावले निराश बनाउने हो । नकारात्मक सोचलाई सकारात्मक सोचले विस्थापन गर्ने कामहरु हरेक दिन गरिरहनुपर्छ । आफ्नो निराशाको लागि कुनै घटना वा अन्य मानिसलाई दोष दिइएको छ भने म आफै गल्ती छु भनेर महशुस गर्नुपर्छ । मैले यस्तो सोच्न होइन भनेर दिमागलाई परिवर्तन गर्नुपर्छ । स–सना रमाइलोमा खुलेर हाँस्नुपर्छ ।  नकारात्मक सोचबाट बच्न हाँसोले पनि महत्वपूर्ण भूमिका खेल्छ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post