एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा, आवाज परिवर्तन गरेर फोन गर्न सकिने

एनसेलले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ । यस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्ने छन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्नेछन् ।
यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडियम, बर्थडे टोन लगायतका विभिन्न ब्याक ग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्ने प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् ।
म्याजिक भ्वाइस सेवा सोमबार (असार १९) बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र रु १० लाग्नेछ ।
ग्राहकले एस्ट्रिक्स १७१३५ ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि १’ र स्वतःनविकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखेर १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७ एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७ एमभि १’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ ।
सेवा सुचारु गरेपछि ग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशनअनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् । त्यस्तै, ४, ५, ६ वा ७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजालिन सक्नेछन् । यो सेवाअन्तर्गतको म्याजिक भ्वाइस तथा ब्याक ग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमा फर्कन सक्छन् ।
म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवा अन्तर्गतको विद्यमान् शुल्क लाग्ने कम्पनीले उल्लेख गरेको छ । यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवा निष्कृय गर्न अङ्ग्रेजीमा ‘युएनएसयुबिएमभि’ (सुरुको यु र एमभि ठूलो अक्षरमा) लेखि १७१३५ मा एसएमएस पठाउन सक्नेछन् ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post