शाकाहारी बन्नुका १५ फाइदा

  • शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ ।

  • शाकाहारी खाना चाँडै पच्छ ।
  • मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ ।
  • शाकाहारी भोजनमा प्रोटिन, भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिड, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।
  • शुद्ध शाकाहारी व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
  • स्तन क्यान्सरको खतरा कम हुन्छ ।
  • आयु लम्ब्याईदिन्छ ।
  • उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ ।
  • शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।
  • शरीरको तापक्रम र सन्तुलन बनाई राख्छ ।
  • मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।
  • शरीरको वृद्धि गर्न र सन्तुलित राख्न मद्दत गर्छ ।
  • गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ ।  जसले सरुवारोग र कमजोरीबाट बचाउछ ।
  • अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानमा भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ ।
  • मांशाहारीको दाजोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

Post a Comment

If you have any doubts, Please let me know.

Previous Post Next Post